गणितमा विद्यार्थीलाई रत्याउने शिक्षक

कुनै पनि शिक्षक असल र सफल हो कि होइन भनेर जाँच्ने दुई वटा सूचक छन् । पहिलो, उसले आफ्ना हरेक विद्यार्थीमा आत्मविश्वास भर्न सकेको छ कि छैन । दोस्रो, उसले हरेक विद्यार्थीमा असल मानिस बन्ने अभिलाषा सृजना गर्न सकेको छ कि छैन ।

शिक्षक प्रतिनिधि पाठ्यपुस्तकको प्रभावकारिताका बारेमा अध्ययन गर्न काठमाडौंको पद्मोदय उमाविको कक्षा १० मा पुग्दा भादगाउँले टोपी लगाएका एक शिक्षक अंकगणित पढाइरहेका थिए । करीब १५ मिनेट उनको कक्षाको अवलोकन गरिसकेपछि ती शिक्षकलाई कक्षाबाट बाहिर जान अनुरोध गरियो । अनि विद्यार्थीसित सोधियो, ‘तपाईंहरूलाई सबभन्दा मन पर्ने विषय कुन हो ?’

‘गणित !’ विद्यार्थीले एकस्वरमा भने । अनि थाहा भयो, तिनै गणित शिक्षक, विनोद भट्ट (४२) ले पढाएरै विद्यार्थी रत्याएका रहेछन् । काठमाडौंको पद्मोदय स्कूलको कुनै बेला ठूलो नाम र शान थियो । तर हिजोआज त्यस्तो छैन । यो गरीबका छोराछोरी र अर्काको घरमा काम गरेर बस्न बाध्य बालबालिका पढ्ने विद्यालय बनेको छ । यहाँका धेरै विद्यार्थी आफूले काम गर्ने घरमा गृहकार्य गर्न पर्याप्त समय समेत पाउँदैनन् ।

गोरखा र चितवनका स्कूलको पढाइ सकेर काठमाडौंबाट विज्ञानमा स्नातक गरेका भट्टले २०५२ सालदेखि पढाउन थालेका हुन् । शुरूको करीब आठ वर्ष ललितपुरको शान्ति विद्याश्रम विद्यालयमा  पढाएपछि उनी बीचमा एक वर्ष चितवनमा निजी स्कूल सञ्चालन गर्न गए । त्यसपछि उनी बेलायत बस्ने एक आफन्तको निम्तोमा उतै जाने तयारीमा काठमाडौंमा आएर अंग्रेजी कक्षाको तयारी गर्न थाले । “कुनै जागीरमा नभएको त्यही खाली समयमा पद्मोदयमा गणितको कोचिङ पढाउने अवसर जु¥यो ।

मैले पढाएको बच्चाहरूले मन पराए, अनि १० कक्षामा पनि कोचिङ पढाउन दिइयो । चार वर्षदेखि फेल भएका बच्चाहरू पनि पास भए । त्यसले मलाई धेरै नै उत्साहित तुल्यायो ।” यी र यस्ता सफलताकै कारण उनको बेलायत जाने रहर पनि सेलायो ।

“तिनताका एसएलसी कटाउन नसक्ने ठानिएकामध्ये धेरैलाई ९ र १० मा रोकेर एसएलसीमा राम्रो प्रतिशत ल्याएको देखाउने गरिएको रहेछ । मैले र विद्यार्थी मिलेर खूब मिहिनेत ग¥यौं । अधिकांश पास पनि भए । त्यसपछि  कक्षा ९ र १० मा विद्यार्थीलाई रोकेर एसएलसीमा इज्जत जोगाउने चलन बन्द भयो”, उनी बताउँछन् ।  अहिले पद्मोदय मावि एसएलसीमा ९० प्रतिशतभन्दा माथि नतीजा ल्याउने विद्यालयको रूपमा चिनिन्छ ।

गणितलाई तुलनात्मक रूपमा कठिन विषय मानिन्छ । धेरै गणित शिक्षकहरू आफैं नै यसलाई कठिन विषयको रूपमा विद्यार्थीसमक्ष प्रस्तुत गर्छन् । तर उनी भन्छन्, “शिक्षकको काम त जटिललाई सरल बनाउनु र विद्यार्थीको आत्मविश्वास बढाउन मद्दत गर्नु हो । तर हामी धेरै नै महŒवपूर्ण काम गरिरहेका छौं भनेर भन्ने इम्प्रेसन दिन गणितलाई कठिन विषयको रूपमा प्रस्तुत गरेर गल्ती गरिरहेका छौं ।”

त्यसो भए उनीसित चाहिं गणितलाई सजिलो बनाउन सक्ने कुनै सूत्र छ त ? “म सबभन्दा पहिला विद्यार्थीका समस्याको कारण बुझने प्रयास गर्छु र त्यसै अनुसारका समाधानका उपाय खोज्छु ।”  उनी हरेक विद्यार्थीको स्तर अनुसार उसले गर्न सक्ने हिसाब गर्न लगाउँछन् । मिलेपछि उसलाई लाग्छ, ए म त गर्न सक्ने रहेछु नि ! यसरी उसमा आत्मविश्वास जागृत हुँदै जान्छ । म जस्तै नजान्ने र कमजोरलाई एक महीनामा म गणित राम्ररी सिक्न सक्छु भन्ने आत्मविश्वास जगाउन सक्छु ।”

भट्टका विद्यार्थीले स्कूल छाडिसकेपछि पनि उनको गुण गाउने कारण यही हो । अनमोल पाण्डेलाई कक्षा ७ देखि १० सम्म भट्टले पढाएका थिए । २०६५ सालमा एसएलसी उत्तीर्ण गरी हाल बीबीए छैटौं सेमेष्टरमा अध्ययनरत पाण्डे भन्छिन्, “उहाँको पढाउने सीप र क्षमताकै कारण मैले पनि गणितमा प्रगति गर्न सकेकी हुँ । उहाँ सानो सानो कुरा पनि झ्र्को नमानी र बुझ्निे गरी पढाउनुहुन्थ्यो । नेपाली माध्यममा पढाइ हुने भए पनि भट्ट सरले सबै पाठको थिम र टर्मिनोलोजीहरू अंग्रेजीमा पनि बताइदिनुभएकोले अहिले मलाई बीबीएमा स्टाटिस्टिक्स पढ्न धेरै सजिलो भएको छ ।” पाण्डेको विचारमा भट्ट जस्ता शिक्षक सरकारी विद्यालयमा हुने हो भने सरकारी स्कूल कुनै निजी स्कूलभन्दा कम हुने थिएनन् ।

विद्यार्थीलाई उत्प्रेरित गर्ने उनको आफ्नै सूत्र छ । “सर मेरो एक नम्बरको शुभचिन्तक हो । उहाँ मेरो प्रगति देख्न चाहनुहुन्छ । र मेरो प्रगतिमा सकेको योगदान गर्न चाहनुहुन्छ भन्ने अनुभूति हरेक विद्यार्थीलाई दिलाउन सक्नुपर्छ । त्यसले नै उनीहरूलाई राम्रो विद्यार्थी हुन उत्प्रेरित गर्दोरहेछ ।” उनी भन्छन्, “त्यसैले म विद्यार्थीको सानो सानो कुरामा पनि चासो राख्छु । कुनै विद्यार्थीको अनुहार मलिनो छ भने त्यसको कारण सोध्छु । पारिवारिक र अरू समस्याको उल्झ्न हटाउने तरीका बारे छलफल गर्छु र उचित लागेको सल्लाह दिन्छु ताकि त्यो समस्याबाट पार पाएर तिनीहरूको ध्यान पढाइमा लाग्न पाओस् ।”

उनको बुझइमा कुनै पनि शिक्षक असल र सफल हो कि होइन भनेर जाँच्ने दुई वटा सूचक छन् । पहिलो, उसले आफ्ना हरेक विद्यार्थीमा आत्मविश्वास भर्न सकेको छ कि छैन । दोस्रो, उसले हरेक विद्यार्थीमा असल मानिस बन्ने अभिलाषा सृजना गर्न सकेको छ कि छैन । “हरेक विद्यार्थीमा म सिक्न सक्छु, म गर्न सक्छु भन्ने आत्मविश्वास भर्न सक्षम शिक्षक नै सफल र असल शिक्षक हो ।” आफ्ना पूर्व विद्यार्थीले वर्षौंपछि पनि सम्झ्एिर आफूलाई भेट्न आउने गरेको स्मरण गर्दै उनी विद्यालयको सीमित साधन–स्रोत र वातावरणमा पनि केही गर्न सकिएकोमा खुशी प्रकट गर्छन् ।

उनको दैनिकी हेरेपछि थाहा हुन्छ, उनी कति खट्ने शिक्षक हुन् भनेर । बिहान ५ देखि राति १० बजेसम्म खट्छन् । बिहान ५ देखि ७ बजेसम्म र साँझ् ६ देखि ८ बजेसम्म घट्टेकुलोस्थित आफ्नै डेरामा दुई÷दुई ग्रुपलाई पढाउँछन् भने बिहान ८ बजेदेखि १० बजेसम्म पद्मोदयमा कोचिङ, १० बजेदेखि सोही विद्यालयमा कक्षा लिन्छन् । दिउँसो २ बजेपछि ज्ञानेश्वरस्थित ग्यालेक्सी निजी स्कूलमा पढाउँछन् । त्यति मात्र होइन, उनी राति ९ देखि १० बजे मैतीदेवीको एक व्यापारीको घरमा होम ट्युसनका लागि जान्छन् । भन्छन्, “म पढाउँदा थाक्दिनँ, विद्यार्थीले बुझ्ेपछि झ्न् नयाँ ऊर्जा थपिएको महसूस हुन्छ ।”  

उसो त उनको खटन र आम्दानीको सम्बन्ध पनि उत्तिकै गहिरो छ । पढाएरै राम्रो दाम कमाउने सार्वजनिक स्कूलका शिक्षकका रूपमा उनी दरिएका छन् । कमाइ राम्रो भएकै कारण उनले करीब डेढ वर्षअघि कार किनेका छन् । उनी सरकारी स्कूलको शिक्षक भएर र पढाएकै कमाइबाट कार किन्न सफल हुने विरलै शिक्षकमध्ये एक हुन् । “राम्रो कमाइ भइरहेपछि सरकारी स्कूलका शिक्षकले पनि कार चढ्ने हैसियत राख्छन् भनेर समाजलाई देखाउन कार किन्ने विचार गरें”, उनले सुनाए ।

भट्टको प्रश्न छ, चक र मार्कर घोटेर कमाएको पैसाले कार किन्नै नहुने त होइन नि !

विनोद भट्ट अस्थायी शिक्षक हुन् । तर यिनमा स्थायी हुने कुनै लालसा देखिदैन । शायद त्यसैले होला, गत वर्ष खोलिएको खुला प्रतिस्पर्धामा यिनी सहभागी नै भएनन् । भन्छन्, “स्थायी हुँदा विशुद्ध जागीरे होइने रहेछ । जागीर सुरक्षित छँदैछ भनेर हात बाँधेर ढुक्क भएर बस्ने प्रवृत्तिको विकास हुँदोरहेछ । अनि चाहेको जस्तो तरीकाले काम गर्न पाइँदोरहेनछ । त्यसैले म नाम र सन्तुष्टि दुवै दिने अलि भिन्न खाले काममा संलग्न हुने तयारीमा छु ।” उनको यो सपना छिट्टै पूरा होस् । शुभकामना ! ७

सुदर्शन घिमिरे

commercial commercial commercial commercial