राष्ट्रप्रेमी विद्वान् डा. हर्क गुरुङ

राज्यको बहिष्कारमुखी नीति नेपालको राष्ट्रिय समस्या हो र यो समस्याको निदान नखोजी राष्ट्र­का रूपमा नेपाल एकीकृत र समृद्ध हुन सक्तैन भत्रे उहाँको मान्यता थियो । नेपाललाई आधारभूत रूपमा अल्पमत समूहको देशका रूपमा व्याख्या गर्ने उहाँ पहिलो विचारक हुनुहुन्थ्यो ।

आठ वर्षअघि, २०६४ असोज ६ (२३ सेप्टेम्बर २००७) बिहान उत्तरी ताप्लेजुङको घुन्सा भिरमा भएको हेलिकोप्टर दुर्घटनामा मुलुकले प्रकृति संरक्षण क्षेत्रका धेरै मूर्धन्य व्यक्तिहरू गुमायो । तीमध्ये सबैभन्दा परिचित र राष्ट्रिय जीवनमा विशिष्ट योगदान दिएका विद्वान् डा. हर्क गुरुङ हुनुहुन्थ्यो । उहाँको अवसान त्यस वेला भयो, जब संघीयताको सँघारमा उभिएको राज्यलाई उहाँको सबैभन्दा बढी खाँचो थियो । नेपालको भौगोलिक; जातीय र सांस्कृतिक विविधता एवं विशिष्टतालाई अध्ययन र अनुभव दुवै तहमा बुझ्ेका, गहिरोसँग आत्मसात् गरेका र नेपालको सर्वाङ्गीण विकासको मार्गचित्रबारे जानकार शायदै अर्को व्यक्ति होला जति डा. गुरुङ हुनुहुन्थ्यो । नेपालको सबैभन्दा बढी पैदल यात्रा गरेका, हिमाल सम्बन्धी सबैभन्दा बढी ज्ञान राख्ने विद्वान्का रूपमा उहाँ अन्तर्राष्ट्रिय रूपमै सुपरिचित हुनुहुन्थ्यो । नेपालको विकास सम्बन्धी कुनै पनि क्षेत्र उहाँका निम्ति पराई थिएन ।

उहाँका विचार र धारणाले समूह वा दल विशेषभन्दा माथि उठेर राष्ट्रिय महŒव राख्थे । समकक्षी विद्वान्मध्ये उहाँ नि:सन्देह उचो हुनुहुन्थ्यो । एक प्रकारले डा. गुरुङ राष्ट्रिय सम्पत्ति भइसक्नुभएको थियो ।

यो छोटो लेखमा डा. गुरुङको व्यक्तित्व र कृतित्वबारे जानकारी दिने प्रयत्न गरिएको छ । नेपालमा आफ्ना विद्वान् र तिनीहरूको योगदानबारे चर्चा गर्ने प्रचलन एकदमै कम छ । शिक्षक मा यस्तो चर्चा हुनु आवश्यक छ, किनभने यस्ता सामग्रीले विद्यार्थीलाई हौसला दिन्छ र भविष्यका निम्ति प्रेरणा पनि ।

हर्क गुरुङको जन्म सन् १९३५ मा लमजुङ जिल्लाको मस्र्याङ्दी नदीको देब्रे पाखामा अवस्थित तराँचे गाउँमा सुबेदार परसाई गुरुङ र माइसेवो गुरुङको कोखबाट भएको हो । तराँचे गाउँ बेंसीसहरबाट मनाङ जाने मूल बाटोमा पर्छ । उहाँका पिताजी प्रथम विश्वयुद्धमा फ्रान्स र प्यालेस्टाइनको धावामा संलग्न गोर्खा सिपाही हुनुहुन्थ्यो । नौ वर्षको उमेरमा पढाइका निम्ति डा. गुरुङ काठमाडौं आउनुभयो । सो यात्राको मार्मिक वर्णन उहाँले आफ्नो पुस्तक भिगनेटस् अफ नेपाल को शुरूमा गर्नुभएको छ । पछि भारतको जालन्धरस्थित किङ जर्जेस मिलिटेरी स्कूलबाट उहाँले स्कूल अध्ययन पूरा गर्नुभयो । स्कूल तहमा उहाँ प्राज्ञिक विशिष्टता, खेलकुद र अपरम्परागत विचारका लागि नामी हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजबाट आईए (सर्वप्रथम) र पटना कलेजबाट सन् १९५९ मा भूगोलमा प्रथम श्रेणी अनर्स सहित बीएको अध्ययन पूरा गर्नुभयो । स्कटल्यान्डको एडिनबरा विश्वविद्यालयबाट सन् १९६५ मा विद्यावारिधि (पीएचडी) गर्नुभयो । केही समय स्कूल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिज, लन्डनमा अनुसन्धाताका रूपमा पनि सम्बद्ध रहनुभयो । नेपालमा उहाँले भूगोल शिक्षकका रूपमा त्रिभुवन विश्वविद्यालयबाट पेशागत जीवन शुरू गर्नुभयो । तर उहाँ विश्वविद्यालयमा लामो समय रहनु भएन । राष्ट्रिय योजना आयोगमा सात वर्ष (१९६९­१९७५) (पहिला सदस्य र पछि उपाध्यक्ष रहेर) रहेर उहाँ शिक्षा, उद्योग तथा वाणिज्य (सन् १९७५–७७) र पर्यटन र यातायात राज्यमन्त्री (१९७७­–७८) पनि हुनुभयो । उहाँ जस्तो खरो र स्पष्टवक्ता पञ्चायतको चाप्लुसी परम्परामा तग्न सक्ने कुरै थिएन ।

राष्ट्रिय पञ्चायतको मनोनित सदस्यबाट राजीनामा गरी सन् १९७८ पछि उहाँ सरकारी कामबाट पन्छिनुभयो र मूलत: अध्ययन­अनुसन्धान र परामर्श सेवामा लाग्नुभयो । १९८४–­८५ मा इस्ट वेस्ट पपुलेसन इन्स्टिच्युट, हवाईमा रिसर्च फेलो रहेर नेपालको आन्तरिक बसाइँ­सराइ सम्बन्धी अनुसन्धान गर्नुभयो । सन् १९९३–९८ मा एसिया प्रशान्त क्षेत्र विकास केन्द्र, क्वालालम्पुरको निर्देशक रहनुभयो । नेपाल फर्केर फेरि आजीवन अनुसन्धानमै लागिरहनुभयो ।

डा. गुरुङ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो— विद्वान्, शिक्षक, विकास योजनाकार, मन्त्री, प्रशासक, घुमक्कड, फोटोग्राफर, चित्रकार, खेलाडी, अल्पमत तथा आदिवासी जनजाति अधिकारका सशक्त प्रवक्ता र रक्षक । यी सबै उहाँको बहुआयामिक व्यक्तित्वका परिचायक थिए । तर पनि डा. गुरुङको बौद्धिक जीवनका सबै पक्षमा समान रूपले पाइने एउटा साझ भाव थियो— राष्ट्रप्रेम ।

राष्ट्र भत्राले समान जातित्व, सांस्कृतिक विशेषता र मनोभावमा आबद्ध जनसमुदायलाई बुझउँछ । यस अर्थमा नेपाल राष्ट्र एउटा सामूहिक मनोभावमा आबद्ध विविध जाति र संस्कृतिको समष्टि थलो हो । नेपालको राजनीतिक एकीकरणले एउटा राज्यको जग बसायो, तर त्यो जगमाथि नेपालको जातीय र सांस्कृतिक विविधता झ्ल्काउने राष्ट्रको निर्माण गर्ने काम भएन । फलस्वरूप नेपाललाई सही अर्थमा बुझने र बुझउने काम ओझ्ेलमा पारियो । नेपाललाई सही अर्थमा बुझने र बुझउनेको खडेरी परेको इतिहासको लामो कालखण्डलाई चिर्ने काम गर्ने धेरै कम नेपाली विद्वान्हरूमध्ये डा. गुरुङ अग्रणी हुनुहुन्थ्यो ।

प्रेमको पहिलो अभिव्यक्ति राष्ट्रलाई बुझने प्रयत्न हो । डा. गुरुङ नेपाललाई सबैभन्दा राम्ररी चिनेका र हिमालय सम्बन्धी सबैभन्दा बढी ज्ञान राख्ने विद्वान् हुनुहुन्थ्यो । आफ्नो विद्यावारिधिका लागि उहाँले पोखरा उपत्यकाको विस्तृत भौगोलिक अन्वेषण गर्नुभयो र स्वीस भूगर्भविद् टोनी हागनको पोखरा उपत्यकाको उत्पत्ति सम्बन्धी कथनलाई चुनौती दिनुभयो । पोखरा उपत्यका काठमाडांै जस्तो नदीद्वारा निर्मित तलैया उपत्यका नभएर हिमपहिरोद्वारा रचित उपत्यका हो भत्रे डा. गुरुङको निष्कर्ष थियो । पोखरा उपत्यकाको उहाँको अन्वेषण (पोखरा भ्याली— अ जियोग्राफिकल सर्भे) नेपालको क्षेत्रीय भौगोलिक विश्लेषणमा अझ्ै पनि कोसेढुङ्गो मानिन्छ । भिगनेटस् अफ नेपाल (मैले देखेको नेपाल शीर्षकमा नेपालीमा अनूदित) उहाँको १९६० को दशकदेखि १९७८ सम्मको नेपालका विकट प्रदेशहरूको पैदल यात्राको प्रतिफल हो । विभित्र खण्डमा झ्ण्डै १००० किमिभन्दा लामो कर्णाली, गण्डकी र कोशी भेगको पदयात्राका भूगोल, इतिहास र संस्कृतिका झ्लकहरू समेट्तै उहाँले नेपालको विविधताको नितान्त बेग्लै र मौलिक तस्वीर प्रस्तुत गर्नुभएको छ । उक्त किताब नेपाल बुझने क्रममा आज पनि उत्तिकै सान्दर्भिक र मननयोग्य लाग्छ । डाइमेन्सन्स् अफ डेभलपमेन्ट (१९८०) मा नेपालको विकासका विविध आयामबारे गहकिलो चर्चा छ । नेचर एन्ड कल्चर (१९८९) जस्ता उहाँका किताबमा नेपाली भूगोल, संस्कृति, इतिहास, जनसंख्या, राजनीति र आर्थिक विकासप्रति उहाँको धारणा र मर्मस्पर्शी विश्लेषण झ्ल्कन्छन् ।

नेपालका समस्या र सम्भावनालाई अनुभव र अध्ययन दुवैका आधारमा बुझने डा. गुरुङ विरला व्यक्ति हुनुहुन्थ्यो । नेपालबारे उहाँका मन्तव्य, विचार र सोचहरू उहाँको विशद ज्ञान र अध्ययनबाट खारिएका छन् । यसैले त उहाँको विद्वत्ता, अथक परिश्रम र व्यक्तित्व यति विश्वासिलो मानिन्थ्यो कि उहाँको प्रवचन सुत्र मानिसहरू धैर्यसाथ पर्खन तयार हुन्थे । उहाँ आफैमा राष्ट्रको जीवित ढुकुटी र राष्ट्र नै समृद्ध पार्ने स्रोत हुनुहुन्थ्यो र व्यक्तिका रूपमा एउटा संस्था नै हुनुहुन्थ्यो । उहाँका अंग्रेजीमा १९ र नेपालीमा ४ पुस्तक प्रकाशित छन् ।

डा. गुरुङ सटीक र घतलाग्दा उक्तिका लागि पनि चिनिनुहुन्थ्यो । “नेपालीहरू हिमालमाथि गर्व गर्छन् तर हिमाल चिन्दैनन्” डा. गुरुङको घतलाग्दो उक्तिमध्ये हो । नभन्दै प्रत्येक दिन देखिने आफ्नै अगाडिका हिमशिखरहरूको नाम र उचाइ अधिकांशलाई थाहै हँुदैन । नेपालमा पर्वतारोहण सम्बन्धी लेख्ने, हिमाली उच्च चुचुरोबारे विषद ज्ञान राख्ने र तिनको सूची बनाउने पनि डा. गुरुङ पहिलो र अहिलेसम्मै एक मात्र नेपाली हुनुहुन्छ । अत्रपूर्ण टु धौलागिरि— अ डिकेड अफ माउन्टेनियरिङ इन नेपाल (१९६८) मा उहाँले नेपालमा पर्वतारोहणको पहिलो दशकका उपलब्धिहरूको सविस्तार वर्णन गर्नुभएको छ । पिक्स एन्ड पिनाकल्स् (२००४) मा नेपाली पर्वतारोहणसँग सम्बन्धी विभित्र तथ्यहरूको चाखलाग्दो सँगालो छ । हिजोआज शेर्पा जाति र नेपाली पर्वतारोहण पर्यायवाची जस्तै भएका छन् । तर हिमालय क्षेत्रको पर्वतारोहणमा शुरूमा संलग्न नेपालीहरू ब्रिटिश गोर्खाका मगरहरू थिए । सन् १९८३ मा नेपाल सरकारबाट गठित हिमाली चुचुराको नामकरण समितिको उहाँ अध्यक्ष हुनुहुन्थ्यो । सन् १९९४ मा पर्यटन र नागरिक उड्डयन मन्त्रालयबाट प्रकाशित डा. गुरुङको नेपाल हिमालय इन्भेन्टोरी नेपालबाट प्रकाशित अहिलेसम्मकै हिमचुचुराहरूको अवस्थिति र वर्णनको एक मात्र विवरण हो । हिमाल र पर्वतहरू डा. गुरुङका निम्ति यति चाख र आकर्षणका विषय थिए कि उहाँका चारमध्ये तीन सन्तानलाई हिमाली चुचुराकै नाम दिनुभएको छ ।

डा. गुरुङको अध्ययनको क्षेत्र भूगोल थियो । भौगोलिक क्षेत्रगत विश्लेषण उहाँको विशिष्टता थियो । नेपालको पारम्परिक भौगोलिक विश्लेषण पहाड र तराईको उत्तर­दक्षिणको द्वेधतामा बढी केन्द्रित छ । डा. गुरुङले यो उत्तर­दक्षिण (हिमाल, पहाड, काठमाडौं उपत्यका, भित्री मधेश, तराई) आयामसँगै पूर्व­पश्चिमको कोशी, गण्डकी, कर्णाली जलाधारको आयामलाई समेत जोड दिनुपर्ने तर्क गर्नुभयो । नेपालको उत्तर­पश्चिम र दक्षिण­पूर्वका बीच टड्कारो भित्रता छ— उत्तर–पश्चिम सापेक्षित कम पानी पर्ने शुष्क र चिसो छ, दक्षिण­पूर्व त्यसको ठीक उल्टो बढी पानी पर्ने आद्र्र र न्यानो । तीन जलाधार क्षेत्रका सांस्कृतिक विशेषता पनि फरक छन्— पहाडमा कोशी जलाधार मङ्गोल जातिको बसोबास र बाहुल्य भएको क्षेत्र हो भने कर्णाली ककेसाइ खस समूहहरूको बाहुल्य रहेको क्षेत्र । गण्डकी जलाधार यी दुई ककेसाइ र मङ्गोल समूहहरूको संव्रmमणको क्षेत्र हो । प्रणाली र बहावका दृष्टिले कोशी सबैभन्दा द्रुत र कर्णाली सबैभन्दा ठूलो नदी हो, गण्डकी यी दुईको बीचमा पर्छ । तराईमा पनि पूर्व र पश्चिमबीच टड्कारो अन्तर छ । पूर्वी तराईमा पश्चिमको तुलनामा दुई गुना बढी वर्षा हुन्छ, बढी उर्वरा हुनुका साथै कम उचाइ र घना बसोबास छ । काठमाडांै उपत्यका यी तीनै जलाधारभन्दा फरक छ । यसका प्राकृतिक, सांस्कृतिक र जनसांख्यिक विशेषता एवं सम्भावना पनि पृथक् छन् । यसरी नेपालको भौगोलिक र विकासको वस्तुस्थितिको सही विश्लेषण गर्नका लागि १० प्रदेशको खाकाको प्रस्ताव डा. गुरुङले गर्नुभयो । यसमा तीन जलाधार क्षेत्रका तीन पर्यावरणीय प्रदेश (हिमाल, पहाड र तराई) र काठमाडौं उपत्यका पर्छन् ।

नेपालको अध्ययनमा डा. गुरुङको सबैभन्दा प्रभावकारी योगदान नेपालको प्रादेशिक असमानताको विश्लेषण र त्यसको निदानका उपायको ठम्याइ हो । आवश्यक तथ्याङ्कको खडेरी रहेको सन् १९६० को दशकमै डा. गुरुङले जनसंख्या, कृषि, औद्योगिक उत्पादन, यातायात, शिक्षा, स्वास्थ्य र प्रमुख आयोजनाको वितरण जस्ता प्रारम्भिक सूचकहरूका आधारमा नेपालमा विद्यमान प्रादेशिक विकासको असन्तुलनको विवेचना गर्नुभयो । यसले काठमाडौंमा विकास योजनाहरूको अत्याधिक केन्द्रीकरण रहेको देखायो । अर्कातिर खाद्यात्र न्यून पहाडी अर्थतन्त्र र खाद्यात्र बचत तराई अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने आवश्यकता पनि औंल्यायो । पहाडबाट तराईतिर भइरहेको बसाइँ­सराइ समस्याको दीर्घकालीन समाधान नभएको र पहाडी विकासको नयाँ रणनीतिको अपरिहार्य भएको डा. गुरुङको निष्कर्ष थियो । यथास्थितिसँग अभ्यस्त नेपाली राजनीतिज्ञ र नीति निर्माताका लागि प्रादेशिक असमानता नेपालको विकासको प्रमुख चुनौतीमध्ये एक हो भत्रे यो धारणा सर्वथा नवीन थियो । नेपालको राजनीतिक र आर्थिक एकीकरणका निम्ति विभित्र भौगोलिक प्रदेशहरूका विशिष्ट प्राकृतिक स्रोतमाथि आधारित आर्थिक लेनदेनलाई सबल बनाउनुपर्छ भत्रे सोच पनि नौलो थियो ।

डा. गुरुङको चिन्तनको केन्द्रविन्दु नेपालको समग्र विकास नै थियो । नेपालको विकास योजनाले राष्ट्रका सबै आयामलाई समेट्नुपर्छ भनेर नै १९६९ मा रिजनल डिभलपमेन्ट प्लानिङ फर नेपाल पुस्तक मार्फत उहाँले योजना निर्माणमा क्षेत्रीय अवधारणा ल्याउनुभयो, जसले प्राकृतिक स्रोतको तुलनात्मक लाभबाट फाइदा लिन विविध भौगोलिक क्षेत्रलाई एकीकृत गर्ने योजनाको खाका अगाडि सा¥यो । तराई र पहाडको आर्थिक एकीकरणमा नेपालको भविष्य निर्भर रहने उहाँको ठम्याइ थियो ।

नेपालका सुदूर प्रदेशहरूमा विद्यमान पहुँचको समस्या र भौगोलिक तथा जलाधार प्रदेशहरू बीचको असमानता र विभेदलाई कम गर्न तीनवटा जुक्तिहरूको खाका त्यो रणनीतिमा थियो । पहिलो, प्रत्येक बृहत् जलाधारलाई समाहित गर्ने— उत्तर–दक्षिण राजमार्गको परिकल्पना । यसरी प्रस्तावित पाँच राजमार्गहरू थिए— धनगढी­–डँडेल्धुरा, नेपालगंज–­जुम्ला, भैरहवा­–पोखरा­–जोमसोम, वीरगंज­–काठमाडौं­–धुन्चे÷बाह«बिसे, विराटनगर­–हेदाङ्ना । दोस्रो, यी राजमार्गलाई आर्थिक र जनसांख्यिक दृष्टिले सबल तुल्याउन खास खास विन्दुहरूमा योजनाबद्ध शहरी विकासको प्रस्ताव । र तेस्रो, राजमार्गबाट प्रभावित इलाकामा उत्पादनका तुलनात्मक फाइदा भएका स्थल र क्षेत्रहरूको पहिचान गरी कृषि, उद्योग आदिमा लगानीलाई प्रोत्साहित र केन्द्रित गर्ने सोच । उहाँकै पहलमा चौथो पञ्च वर्षीय योजना (सन् १९७०–­७५) मा विकास क्षेत्र, विकास केन्द्र र विकास विन्दुका अवधारणा ल्याइएका थिए । यिनै कुराहरूलाई मध्यनजर गरी नेपाललाई चार (पछि पाँच) विकास क्षेत्रमा विभाजित गरी प्रादेशिक विकास केन्द्रहरूको पनि निरूपण गरिएको हो । तर विकेन्द्रीकरणमाथि आधारित डा. गुरुङको प्रादेशिक विकासको रणनीति पञ्चायतको सामन्ती, केन्द्रीकृत शासन र राज्य व्यवस्थाको चेपुवामा प¥यो । फलस्वरूप प्रादेशिक विकासको रणनीतिले राजनीतिक प्रतिबद्धताको हैसियत नै पाएन । यद्यपि त्यस बेला परिकल्पना गरिएका कतिपय उत्तर–दक्षिण राजमार्ग अहिले बनिसकेका वा बत्रे व्रmममा छन् । आज संघात्मक गणतन्त्रलाई मुलुकले अङ्गिकार गरेका बेला डा. गुरुङको प्रादेशिक विकासको रणनीति एकपल्ट फेरि सान्दर्भिक हुन पुगको छ ।

योजना आयोगको सदस्य र उपाध्यक्षका रूपमा देशको भौगोलिक यथार्थ र विकेन्द्रीकृत शासन तथा विकासको अवधारणाको वकालत गर्ने उहाँ पहिलो केन्द्रीय नीति निर्माण तहमा रहेका व्यक्ति हुनुहुन्थ्यो । अराजनीतिक व्यक्ति भएर नै उहाँले केन्द्रीय नीति निर्माण तहमा प्रवेश गर्नुभएको थियो । तर त्यो अनुभवले राष्ट्रप्रेमी विद्वान्का रूपमा उहाँलाई खार्न मद्दत नै ग¥यो । केन्द्रीकृत र सामन्ती राज्य व्यवस्था देशका लागि बोझ् भएको र यो लामो समय टिक्न नसक्ने विचार राख्नेहरूमध्ये उहाँ अग्रणी विद्वान् हुनुहुन्थ्यो ।

नक्साहरू विशेषज्ञलाई मात्र उपयोगी मानिने हाम्रो जस्तो देशमा उहाँले यसलाई विकासका लागि नीति–निर्माणको साधनका रूपमा सरकारी संयन्त्रमा लोकप्रिय बनाउनुभयो । नक्सा निर्माण (कार्टोग्राफी) उहाँको अर्को सोख थियो । म्याप्स अफ नेपाल (१९९९), नेपाल एटलास अफ एथनिक­ कास्ट ग्रुप्स् र नेपाल : एटलास अफ लिंग्विस्टिक ग्रुप्स् (२००६) यस सम्बन्धी उहाँका कृति हुन् ।

डा. गुरुङ नेपालको पहिलो पर्यटन मन्त्री पनि हो । उहाँकै पहलमा नेपाली पर्यटनले नीति–निर्माताको ध्यानाकर्षण गरेको हो । पर्यटनबाट उहाँ वातावरण संरक्षणतर्फ आकर्षित हुनुभयो । ‘बाटो देखाउने काम सरकारको हो तर देश विकासमा पर्यटनको सम्भावनालाई मूर्तरूप दिने काम निजी क्षेत्रको हुनुपर्छ’ भत्रे उहाँको ठहर थियो । उहाँ नेपालमा पर्यटन प्रवद्र्धनका निम्ति अनुसन्धानको थालनी गर्ने अगुवा हुनुहुन्थ्यो । पोखरामा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयको स्थापनामा उहाँको भूमिका अहम् थियो । सो संग्रहालयमा अहिले उहाँको सम्झ्नामा एउटा कक्ष समर्पित छ । त्यस्तै नेपाल पर्वतारोहण संघलाई व्यावसायिक संघका रूपमा विकसित गर्न पनि उहाँको ठूलो योगदान छ ।

राष्ट्रिय जनसंख्या आयोगद्वारा सन् १९८३ मा गठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बसाइँसराइ कार्यदल’ संयोजकका रूपमा डा. गुरुङ चर्चामा आउनुभयो । त्यसले नेपाल–भारत सीमा नियमन तथा त्यससँग सम्बन्धित समग्र राष्ट्रिय सामाजिक आर्थिक विकासका नीतिहरूको पुनरावलोकन र कार्यान्वयनको महŒवपूर्ण सिफारिश ग¥यो, जसको सान्दर्भिकता आज पनि उत्तिकै छ जति त्यस बेला थियो । कतिपयले पढ्दै नपढी सो प्रतिवेदनको विरोध पनि गरे । नागरिकताका सम्बन्धमा ‘नेपाली उत्पत्तिका व्यक्ति’ भत्रे शब्दावली नै त्यस बेलाको संविधानबाट झ्क्निुपर्ने सुझव दिँदै सो प्रतिवेदनमा भनिएको थियो कि “उक्त व्यवस्था राष्ट्रियताका दृष्टिले संकीर्ण, आधुनिक राज्य मान्यता अनुसार साम्प्रदायिक, जातीय र सांस्कृतिक दृष्टिले भेदभावपूर्ण तथा कार्यान्वयन पक्षमा द्विविधाजनक” छ ।

पछिल्लो समयमा डा. गुरुङ नेपालमा क्षेत्रगत, सामाजिक, आर्थिक तथा जातीय असमानता र विभेदका समस्याको विश्लेषण गर्नतिर लाग्नुभयो । खास गरी सन् १९९० देखि उहाँ आदिवासी, जनजाति र अल्पमतीय प्रश्नको विश्लेषण र समाधानमा लागिपर्नुभएको थियो । नेपालमा विकासको समस्यालाई उहाँले मूलत: संरचनागत र राज्यको बहिष्कारमुखी नीतिको प्रतिफलका रूपमा व्याख्या गर्नुभएको छ । राज्यको बहिष्कारमुखी नीति दलित र जनजातिका मात्र समस्या होइनन् । यो राज्यको बहुमत जनसंख्यालाई प्रभाव पार्ने राष्ट्रिय समस्या हो र यो समस्याको निदान नखोजी राष्ट्र­राज्यका रूपमा नेपाल एकीकृत र समृद्ध हुन सक्तैन भत्रे उहाँको मान्यता थियो । नेपाललाई आधारभूत रूपमा अल्पमत समूहको देशका रूपमा व्याख्या गर्ने उहाँ पहिलो विचारक हुनुहुन्थ्यो । राष्ट्रिय सन्दर्भमा हेर्दा राजनीति र सामाजिक आर्थिक क्षेत्रमा हालिमुहाली गर्ने बाहुन र क्षत्री पनि एकतिहाईभन्दा कम अर्थात् अल्पमतमै छन् । नेपाली राज्य प्रायोजित ढङ्गले विशेष धर्म (हिन्दू), विशेष भाषा (नेपाली) र विशेष जाति (बाहुन­–क्षत्री) को पक्षधर रहनु नै समस्याको जरो हो भत्रे उहाँको ठहर थियो । नेपालमा सामाजिक विभेद र असमानतालाई सम्बोधन गर्न चार मुख्य सामाजिक समूह (बाहुन, क्षत्री, दलित, जनजाति र मधेसी) का समस्या÷आकांक्षा र तिनको निदानका उपायहरूमा राज्यका नीति केन्द्रित हुनुपर्छ । नेपाल राष्ट्रको विकासमा सबै जातजातिको राजनीतिक, सामाजिक र आर्थिक सहभागिता सुनिश्चित हुने प्रणालीको विकास गर्नुपर्छ भत्रे उहाँको मत थियो । सोसल डेमोग्राफी एन्ड एक्सप्रेसन्स् (१९९८), ट्राइडेन्ट एन्ड थन्डरबोल्ट (२००३), फ्रम एक्सक्लुसन टु इन्क्लुसन : सोसियो­पोलिटिकल एजेन्डा फर नेपाल (२००६) नेपालको जनसांख्यिक, सामाजिक विश्लेषण गरिएका उहाँका कृतिहरू हुन् । देश विकासका लागि समावेशी राज्यको अनिवार्यतामा उहाँ जोड दिनुहुन्नथ्यो । आर्थिक आत्मनिर्भरताका आधारमा जिल्लाहरूको पुनर्गठन हुनुपर्ने पनि उहाँको जिकिर थियो । शक्ति विकेन्द्रीकरणका लागि संघात्मक शासनको अनिवार्यतामा उहाँको सोच मूर्ततातर्फ अघि बढिरहेकै बेला हामीले उहाँलाई गुमायौँ । राज्यको पुनर्संरचनाका सन्दर्भमा उहाँका गहन सुझव र दूरदर्शी सल्लाहको अभाव खट्केको छ ।

व्यक्तिगत रूपमा पनि डा. गुरुङ सरलता, सहजता, विनोदप्रियता, हास्यचेत, र स्पष्टवादिताका लागि स्मरणीय हुनुहुन्छ । फाल्तु कुरा गर्न उहाँसँग समय थिएन तर अध्येताका निम्ति उहाँको ज्ञानको ढोका सधैं खुला हुन्थ्यो । खेलकुदमा ठूलो चाख थियो र एकताका उहाँको कप्तानीमा ठमेल­ ११ ले फुटबलको राष्ट्रिय कप जितेको थियो । समय­ समयमा पदयात्राका लागि पहाडी र हिमाली क्षेत्रतिर लाग्ने उहाँको बानी थियो । उहाँ नेपाली लोकगीतका पारखी हुनुहुन्थ्यो । हिमाली क्षेत्रको संस्कृति र विकासमा उहाँको ज्यादै चाख थियो । उहाँकै पहलमा सरकारले ‘दुर्गम क्षेत्र विकास समिति’ गठन गरेको हो । नेपालमा अनुसन्धान गर्ने प्राय: सबै देशी­विदेशी अनुसन्धाता र विद्वान्सँग उहाँको निकट र आत्मीय सम्बन्ध थियो ।

कुनै पनि मुलाहिजा नराखी सटीक ढङ्गले कुरा राख्ने उहाँको विशेषता थियो । “उकालो लाग्ने घोडाको लगाम खुकुलो हुनुपर्छ”, “नेपालमा दण्ड कम र पुरस्कार बढी दिने चलन छ”, “नेपालमा हिमाल चढ्नेले लेख्तैनन् र लेख्नेले हिमाल चढ्दैनन्” आदि उहाँका घचघच्याइरहने उक्तिहरू हुन् । नेपालका सबै नागरिकको हित बाहेक डा. गुरुङका कुनै व्यक्तिगत वा राजनीतिक एजेन्डा थिएनन् र पनि उहाँ यथास्थितिवाद विरुद्ध साँच्चिकै प्रखर र बौद्धिक आलोचक हुनुहुन्थ्यो । उहाँको आलोचना राष्ट्रप्रेमकै द्योतक हुन्थ्यो । संसारभरि नै उहाँका प्रशंसक छन् र नेपाललाई माया गर्ने र नेपालबारे रुचि राख्ने सबैले उहाँलाई सधैं आदरपूर्वक सम्झ्नेछन् ।

नेपालको अनुसन्धान, बुझइ र विकासको सोचका क्षेत्रमा डा. हर्क गुरुङ आफै एउटा शिखरपुरुष हुनुहुन्थ्यो । पर्यटन र पर्वतारोहणमा डा. गुरुङको योगदानको कदर गर्दै नेपाल सरकारले सन् २००७ मा लमजुङमा उहाँकै गाउँ अगाडिको ७,८७१ मिटर उचाइको ङादी चुली लाई ‘डा. हर्क गुरुङ चुली’ नामकरण ग¥यो । यो त्यही चुली हो, जसले जगाएको ज्ञानको कौतुहल मेट्न उहाँ जीवनपर्यन्त लाग्नुभयो ।

(प्रा.डा. शर्मा डा. गुरुङका विद्यार्थी र सहअनुसन्धाता हुनुहुन्छ ।)

commercial commercial commercial commercial