तीन प्राथमिकता

मेरो जागिरे जीवनको सुरुआत प्रावि शिक्षकबाट भयो । म २०५१ साल भदौमा श्री भूमेश्वर प्रावि बूढाखानी, काभ्रेको लियन पदमा प्रावि शिक्षकमा नियुक्त भएँ । युवावस्थाको जोश, उत्साह र जाँगरले मलाई स–साना भाइबहिनीहरूसँग पठनपाठनमा रम्न सजिलो बनायो । म किताबका कुरा सँगै कविता रगीत पनि बालबालिकालाई सुनाउँथे । यस्तै नौलो प्रयोगका कारण मेरो शिक्षण शैलीलाई उनीहरूले मन पराए । शिक्षण भनेको कला र सिर्जनात्मकता हो, कोरा रटाइ र घोकाइ मात्रै होइन भन्ने मेरो विश्वास छ ।

त्यसपछि म सरुवा भएर श्री महादेवस्थान प्रावि कुस्मामा दरबन्दीमा पदस्थापन हुनपुगेँ । एक वर्षपछि प्रावि प्रअको जिम्मेवारी सम्हालेँ । तर, मैले दैनिक कार्यतालिकासम्म बनाउन जानेको थिइनँ । त्यो कुरा मैले वि.सं. २०५६ सालमा श्री जनकल्याण प्रस्तावित माविमा मावि शिक्षक भएपछि थाहा पाएँ ।

मावि शिक्षक भएको चार महिनापछि मावि प्रअको जिम्मेवारी पाएँ । प्रस्तावित मावि भएकाले मैले ८ पिरियडसम्म पढाउनु का साथै विद्यालयको प्रशासन पनि हेर्नुपथ्र्यो । तर, पहिलो एसएलसीको नतिजा शून्य आयो । विद्यार्थी अनुत्तीर्ण हुनुको पछाडि विज्ञान, अङ्ग्रेजी शिक्षकको अभाव, नयाँ पाठ्यक्रम, नयाँ मोडलको प्रश्नपत्रका साथै अन्य थुप्रै कारणहरू थिए । तर पनि यो मेरो लागि ठूलो बज्रपात थियो । अर्को वर्ष २०५८ सालमा प्रथम श्रेणीसहित एसएलसी नतिजा रराम्रो आयो ।

वि.सं. २०६० सालमा (२०५२ सालको विज्ञापनअन्तर्गत) निमावि शिक्षकमा स्थायी भएर म श्री सरस्वती निमावि पार्थलीमा हाजिर हुनपुगेँ । स्थायी हुँदा थोरै खुसी थिएँ भने माविबाट निमाविमा झ्र्नुपर्दा दुः खी पनि भएँ । तर, म रोकिएको पढाइलाई निरन्तरता दिँदै एम.एड. गर्नतिर लागेँ । त्यसबीचमा लोकसेवा आयोगको परीक्षा दिएँ । २०६२ सालको विज्ञापनमा नेपाली प्रशिक्षक पदमा लिखित परीक्षा उत्तीर्ण भए पनि अन्तर्वार्तामा असफल भएँ । तर, एम.एड.को नतिजा रराम्रो आयो । अनि २०६३ सालमा मावितर्फ स्थायी भई श्री आजाद उमावि, बालुवा, काभ्रेमा पुगेँ । उमावि भएको ले उमावितर्फ पनि पढाउन पाएँ र मावितर्फ पनि विज्ञान विषयबाहेक सबै पढाउन पाइसकेको थिएँ । लाग्छ, धेरै विषयको शिक्षण र उमाविको शिक्षणले मेरो व्यक्तिगत सिकाइ र अनुभूतिलाई ह्वात्तै बढायो । साथै मेरो करिब १५ वर्षको शिक्षणकालमा वास्तविक शिक्षणसिकाइ के रहेछ भन्ने बुझन भ्याएँ ।

मलाई लाग्छ, हामी विद्यार्थीलाई पढाउँदा मात्र रहेछौं, पढ्ने बनाउन भने सक्दा रहेन छौं । हामी खाली ज्ञान हस्तान्तरण गर्दा रहेछौं, ज्ञानको उत्पादनमा सहजकर्ता, मार्गदर्शक र सहयोगी बन्दा रहेनछौं । अनि हामी पुराना शिक्षक बन्दा रहेछौं, नयाँ शिक्षक बन्दा रहेन छौं । वास्तवमा एउटा शिक्षक एउटा सह–सिकारु ९ऋय(भिबचलभच० हुँदोरहेछ; हुनुपर्ने रहेछ । म यही भूमिकामा आफूलाई उभ्याउने तरखरमा थिएँ । तर, २०६६ साउनमा विद्यालय निरीक्षक पदमा र त्यसको तीन महिनापछि कात्तिक २९ गते शिक्षा सेवाको उपसचिव पदमा उत्तीर्ण भएँ । यसरी म मावि शिक्षकबाट शिक्षा मन्त्रालयको उपसचिव पदमा बढुवा हुनपुगेँ ।

मैले शिक्षण पेशामा अधिकतम सन्तुष्टि पाएँ । सबैभन्दा ठूलो कुरा कहिल्यै नटुट्ने विद्यार्थी–शिक्षकको प्यारो नाता पाएँ । त्यसैले म त भन्छु, जसले जे भने पनि शिक्षक पेसा महान हो । किनकि शिक्षण पेसाले सबै पेसालाई पढाउँछ । त्यसकारण मेरो र सबैका तीन प्राथमिकता हुनुपर्छ— पहिलो ; शिक्षण, दोस्रो; शिक्षक र तेस्रो; सही र वास्तविक शिक्षण ।

 लोप्चन, उप–सचिव, शिक्षा मन्त्रालय

commercial commercial commercial commercial