खैनी खान छाडें

आफूले पढाएका विद्यार्थीहरूको प्रगतिका कुरा सुन्न आतुर रहन्छु । बाटामा, अफिस कोठामा जहाँ पनि नबुझेका कुराहरू सोध्न म विद्यार्थीहरूलाई आग्रह गर्दछु ।

म २०४६ साल पुसमा बी.ए. अध्ययन गर्न विराटनगर पुगेँ । लगत्तै सुरु भएको जनआन्दोलनका कारण स्कूल/कलेजहरू एकपछि अर्को गर्दै बन्द हुँदै गए । मसित विराटनगर छोडेर आफ्नै घर मधुमल्लातर्फ फर्कनुको विकल्प थिएन । घर फर्कने बित्तिकै श्री मनोहर जनता माध्यमिक विद्यालयको निमावि दरबन्दीमा जागिर खाने प्रस्ताव पाएँ ।

तर, त्यहाँ पढाउन थालेको केही दिनमै अन्य प्रतिस्पर्धीसहित पुनः परीक्षा दिनुपर्छ भनियो । मा.वि.नि. सहितको उपस्थितिमा हराम्रो मौखिक परीक्षा लिने कुरा गरियो । पहिले जागिर दिएर पछि प्रतिस्पर्धा गराउने कुरा चित्त बुझेको थिएन । तर पनि परीक्षामा सामेल हुनै पर्ने चुनौती मेरा सामु थियो । मलाई ‘माविमा स्ववियु खोसिएको ठीक छ कि छैन ?’ ‘बालिग मताधिकार र पञ्चायती व्यवस्था एकै ठाउँमा बाँच्दैन भन्छन् नि; तपाईको धारणा के छ ?’ भनी नितान्त राजनीतिक प्रश्नहरू सोधिए । र, अन्त्यमा किनारा लगाइयो ।

यो घटनापछि मैले शिक्षक भएरै छोड्ने अठोट गरें । ती अन्यायीहरूको सेखी झर्न पनि मैले जागिर खानै पर्दथ्यो । शिक्षक बन्न म इलामको साकफारातिर हान्निएँ ।

साकफाराको श्री मिक्लाचोङ निमाविमा तीनवटा दरबन्दी खाली भएको सुनेर म त्यहाँ पुगेको थिएँ । तर कहिले प्रअसँग भेट नहुने, कहिले व्यवस्थापन समितिको अध्यक्ष सँग भेट नहुने जस्ता परिवन्दले मलाई दुईचोटिसम्म निराश बनाएर घरतिर फर्कायो । तेस्रोपल्ट जाँदा भने विद्यालयको सञ्चालक समितिबाट सहमति प्राप्त भयो । सहमतिपत्र बोकेर निमावि तहको दरबन्दीमा अस्थायी नियुक्तिका लागि सदरमुकाम इलाम बजारको बाटो लागेँ ।

इलाम पुगेको भोलिपल्ट म शिक्षा कार्यालय गएँ । त्यतिखेर जिशिअ शारदाप्रसाद दाहाल कार्यालयमा हुनुहुँदो रहेनछ । सहायक जिशिअ पशुपति आचार्यसँग मैले जागिरका लागि बिन्ती बिसाएँ । तर, उहाँले त “साकफारा मधुमल्लाका मान्छेलाई जागिर खान राणाहरूले दिएको बिर्ता हो ?” भनी मेरो सातो पो टक्टक्याउनुभयो । जागिरको सिलसिलामा हाकिमको छेउमा कहिल्यै नपरेको मान्छे पहिलो पल्टैगतिलो झ्पा¥याइँ खाए पनि मैले आफ्ना कुरा अदव साथ राखेर उहाँकै अगाडि उभिरहेँ । उहाँले “तपाईं ठिङ्गेपुरबाट आउनुभएको हो ? जानुस् भन्दा पनि उभिरहने !” भनी दोस्रोपल्ट हकार्नुभयो । त्यहाँबाट निराशा र दिग्दारीका कुण्ठा बोकेर फर्कें । जागिर खाने सबै आशाहरू निराशामा परिणत भइसकेका थिए ।

म एकदमै हतोत्साही भएँ  । एकातिर पकेटमा भएको सय रुपैयाँ खोटिंदै थियो भने अर्कातिर रित्तोहात घर जाने कि फेरि विद्यालय नै जाने भन्ने द्विविधामा परेँ । यत्तिकैमा, इलाममा जागिर खाने मेरा ईश्वरी अधिकारी को सम्झना आयो । उहाँलाई सहायक जिशिअ पशुपति आचार्यलाई भनसुन गरिदिन आग्रह गरें । नभन्दै उहाँले भनिदिएपछि पशुपतिजीको ‘हृदय परिवर्तन’ भएछ ! “तपाईंका भाञ्जा मेरा पनि भाञ्जै त हुन्, तपाईं जानुहोस् म उहाँलाई नियुक्ति दिन्छु भनेर मामालाई पठाइदिएछन् ।

नभन्दै मलाई निमावि चतुर्थ श्रेणीको नियुक्ति पत्र थमाइदिए । म खुसीले दङ्गदास भएँ । त्यो नियुक्ति पत्र मेरा लागि लाखौं रुपैयाँभन्दा पनि ठूलो लाग्यो । हिँड्दा पनि बाटैमा हरायो कि, खस्यो कि भनेर बारम्बार छामिरहन्थेँ । २०४६ साल जेठ २ गते श्री मिक्लाचोङ निमाविमा पुगेर प्रअलाई पत्र बुझएपछि म ढुक्क भएँ, आफूलाई पक्का जागिरे भएको महसुस गरें ।

२० वर्ष लामो शिक्षण पेसामा समर्पित रहँदा विद्यार्थीहरूलाई मैले आफ्नै छोराछोरीसरह व्यवहार गर्दै आएको छु । मेरो अध्यापन कार्यलाई अरूले प्रशंसै गर्छन् भन्ने लाग्दै आएको छ । विद्यार्थीहरूको मनोबल उकास्न अनेक प्रयास गर्ने गर्छु । पढाउँदा–पढाउँदा दिक्क भए होलान् भनेर कहिलेकाहीँ हाजिरीजवाफ, वादविवाद, गाउँखाने कथा तथा अन्य क्रियाकलाप हरू गर्ने गर्छु । आफूले पढाएका विद्यार्थीहरूको प्रगतिका कुरा सुन्न आतुर रहन्छु । बाटामा, अफिस कोठामा जहाँ पनि नबुझेका कुरा हरू सोध्न म विद्यार्थीहरूलाई आग्रह गर्द छु ।

एउटा शिक्षकको नाताले मैले बुझेको मुख्य कुरा ; शिक्षक जहिले पनि अनुशासित, मर्यादित र कर्तव्यपरायण रहनु पर्छ । नियम कानुनको मर्यादालाई आफूले पालना गरेर अरूलाई अर्थात् विद्यार्थीलाई पालना गर्न प्रोत्साहित गर्नु पर्छ । कुनैबेला म धुम्रपान र सुर्तीको अम्मली थिएँ । त्यहीताका मलाई कक्षा सातमा स्वास्थ्य पढाउने जिम्मा आइपरयो । कक्षामा धुम्रपान र यसका असरहरूबारे पढाउनु पथ्र्यो । आफैं चुरोट, खैनी खाने मैले त्यो पाठ कसरी पढाउनु ? आफैंलाई लाज लाग्यो । तर, पढाउनु त पथ्र्यो नै । परिणामतः पहिला सुर्ती–खैनी छोड्ने अठोट गरेर सात कक्षालाई स्वास्थ्य पढाउन थालेँ । यो कुरा सम्झ्ँदा मलाई आज पनि गर्व र सन्तोष लाग्छ । त्यसैले मैले लामो समय देखि अम्मलको रूपमा प्रयोग गर्दै आएको खैनीलाई त्यसै दिन देखि छोडिदिएँ ।

जनता मावि, चुलाचुली, इलाम

प्रस्तुतिः चेतन अधिकारी

commercial commercial commercial commercial