‘स्थानीय भाषा र विषयमा जोड दिनुपर्छ’

शिक्षण पेशा नै किन रोज्नुभयो ?
यो स्कूल मेरा ठूलो बुबा रामस्वरुप र पिता बन्नु चौधरीलगायतको सक्रियतामा २०११ सालमा हाम्रै घरमा स्थापना भएको हो । शिक्षामा अग्रजहरूको संलग्नताले गर्दा म पनि स्वतः त्यतै तानिएँ ।

कहिले देखि यो पेशामा हुनुहुन्छ ?
२०२९ भदौ देखि । २०६५ माघमा अवकाश पाए पनि विद्यालय व्यवस्थापन समितिको आग्रहमा पढाइरहेको छु । तर, अहिले मेरो जिम्मेवारी शिक्षणभन्दा प्रशासनिक बढी छ ।

शिक्षक जीवनको दिनचर्या कस्तो रह्यो ?
म कहिल्यै ढिलो विद्यालयगइनँ । घण्टी लाग्नुअघि कक्षाबाट निस्किनँ । विद्यार्थीको कपी जाँच्न अहिले पनि अल्छी गर्द िनँ । अतिरिक्त क्रियाकलाप गराउनमा सधैँ सक्रिय रहेँ ।

प्राचार्यको जिम्मेवारी सम्हाल्दा पनि कहिल्यै गमक्क परिनँ । घण्टी खाली भएको बेलामा जुनसुकै विषय पनि ‘गाइड’ गरें । शिक्षकहरूको कक्षा अनुगमन गरी उनीहरूलाई विद्यार्थीलाई बुझने बनाएर मात्रै अरू कोर्ष बढाउनुहोला भन्ने सुझाव हरदम दिएँ । प्राचार्यका रूपमा दैनिक प्रशासन, विद्यालयको हिसाबकिताब दुरुस्त राख्नेमा मात्र सीमित नरही शिक्षाको गुणस्तर सुधार्नमै मेरो ध्येय रह्यो ।

सरकारी स्कूलको पढाइ सुधार्न के गर्नु पर्ला ?
विद्यालयले अभिभावकहरूसँग को दूरी घटाउनुपर्छ । सरकारी अनुदानमा मात्र भर नपरी स्थानीय साधन स्रोतबाट विद्यालयलाई कसरी सम्पन्न तुल्याउन सकिन्छ भन्नेमा प्रअ र विद्यालय व्यवस्थापन समिति लागिरहनु पर्छ । पुस्तकालय, प्रयोगशाला अनि अतिरिक्त क्रियाकलाप मा पर्याप्त जोड दिँदै स्थानीय एवं निजी विद्यालयको पाठ्यक्रमलाई समेत समेट्न सके गुणस्तर सुधार्न सकिन्छ ।

असल शिक्षकमा हुनै पर्ने तीनगुण के–के हुन् ?
अनुशासन, समयको पालना र विषयवस्तुको पर्याप्त ज्ञान ।

कमजोर विद्यार्थीलाई कसरी उकास्ने ?
सबैभन्दा पहिले विद्यार्थीको घरको अवस्था बुझनुपर्छ । घरमा ज्यादै कामको लोड परेर हो कि, अभिभावकले ध्यान नदिएर हो कि, सँगै बस्ने सहकर्मीहरूले नजान्ने भनेर हेपेर हो कि ? उसको मुख्य समस्या पहिचान गरी अवस्था अनुसार कमजोर विषयमा निश्चित समयको लागि कोचिङ्ग कक्षाको व्यवस्था गरिनुपर्छ । कक्षामा सबै विद्यार्थीलाई समान ध्यान दिनु त छँदैछ, कमजोर विद्यार्थीलाई विशेष ध्यान दिनुपर्छ ।

‘ड्रप आउट’ कसरी घटाउने ?
बारा, पर्सा क्षेत्रमा भाषा पहिलो समस्याका रूपमा देखेको छु । यस क्षेत्रमा थारू र भोजपुरी मातृभाषा बोल्ने विद्यार्थीहरू बढी छन् । त्यसैले, प्राथमिक कक्षामा ती भाषा समेत जान्ने बहुभाषिक शिक्षकबाट पढाइनुपर्छ । यसका अतिरिक्त स्थानीय पाठ्यक्रम बनाएर विद्यार्थीका छेउछाउकै विषयवस्तुमा पढाउन सके उनीहरूलाई कक्षामा निरन्तरता दिलाउन सकिन्छ ।
पुनर्जन्म भएमा के बन्न चाहनुहुन्छ ?
शिक्षक ।

फेरि पनि शिक्षक नै किन ?
म पुरानो पाठ्यक्रममा हुर्के बढेको शिक्षक हुँ । नयाँ शैलीमा पाठ्यवस्तु आउँदा रिटायर हुने अवस्थामा छु । त्यसैले, कम्प्युटरको जमानामा नयाँ शैलीमा विद्यार्थीसामु प्रस्तुत हुने मेरो धोको मेटिएको छैन । त्यो धोको यही जीवनमा पूरा हुने देखिँदैन, त्यसैले ।

शिक्षक बन्न चाहनेलाई के सुझाव दिनुहुन्छ ?
जागिरे झैँ तलब खान मात्र शिक्षक बन्नु हुन्नँ । शिक्षण ज्ञान बाँड्ने पेशा भएको ले ज्ञानको भोक निरन्तर जाग्ने खालको उत्सुक, अध्ययनशील हुनुपर्छ । प्रायः सरकारी स्कूलका शिक्षकहरू ‘अब पढेर सकियो’ भनेर अल्छी मान्ने खालका हुन्छन् । त्यस्ताले शिक्षाको गुणस्तर खस्काउँछन् ।

के तपाईं आफैंले आफूमा कुनै अनुशासनको नियम लागू गर्नु भयो ?
शिक्षक भएपछि कक्षा बाहिर पनि आफू अनुशासित हुनुुपर्छ भन्ने मनसायले मैले जाँड, रक्सी मात्रै होइन, सि गरे ट, खैनीको लतसम्म त्यागेँ ।

विद्यालय बाहिरको समय कसरी बिताउनुहुन्छ ?
समाज सेवा र साहित्यलेखनमा । थारू व्याकरण, कविता, कथालगायत मेरा आधा दर्जन पुस्तक बजारमा छन् । हाल थारू भाषामै महाकाव्य लेखिरहेको छु ।

कृष्णराज सर्वहारी

commercial commercial commercial commercial