एउटा अनौठो मृत्यु संस्कार

म डोनाको विद्यार्थी थिइनँ, बरु उनी चाहिँ मेरी विद्यार्थी थिइन् । तर, त्यस दिन उनको कक्षामा गएर मैले एउटा महत्वपूर्ण शिक्षा पाएँ । आज पनि जब कसैको मुखबाट ‘म गर्न सक्तिनँ’ भन्ने वाक्य सुन्छु, तब मलाई चौथो कक्षाका तिनै विद्यार्थीहरूले मनाएको अन्तिम संस्कार याद आउँछ । अनि म उनीहरूले थाहा नपाउने गरी भन्छु, ‘म गर्न सक्तिनँ’ त उहिल्यै मरिसक्यो त !


विद्यालय स्रोत केन्द्रको निरीक्षक तथा प्रशिक्षक भएको नाताले म सरकारी स्कूलको भ्रमणमा निस्किएँ । शिक्षण विकास परियोजना लागू गरिएको एउटा सरकारी विद्यालयको चौथो कक्षामा भित्र प्रवेश गरें । त्यो स्कूल र त्यही नै कक्षा मैले किन रोजेँ भन्ने मलाई नै थाहा थिएन । म त्यसै त्यहाँ पुगेँ । अमेरिकाका अन्य सरकारी स्कूलमा झैँ यो कक्षाकोठा पनि सामान्य थियो । विद्यार्थीहरू पाँच लाइनमा राखिएका ६ वटा डेस्कमा बसेका थिए । शिक्षकको डेस्क सबै विद्यार्थीले देख्न सक्ने गरी अगाडि थियो । कक्षाभित्र रहेको सूचना बोर्डमा केही लेखिएको थियो । सर्सर्ती हेर्दा यो एउटा सामान्य स्कूलको सामान्य कक्षाकोठा मात्रै थियो तर पनि त्यस दिन त्यहाँ केही विशेष भइरहेको थियो । विद्यार्थी र शिक्षकको गतिविधि र उत्साहले त्यस्तो देखाइरहेको थियो ।
अमेरिकाको मिचिगन राज्यको एउटा सानो शहरमा रहेको त्यो कक्षाकी शिक्षक थिइन्, डोना । उनी रिटायर हुन दुई वर्ष जति बाँकी थियो । म कोठाको सबैभन्दा पुछारको डेस्कमा बसेँ । सबै विद्यार्थी केही लेख्न व्यस्त थिए । म अलि ढिला पुगेकाले उनीहरू के लेख्दै थिए भन्ने चाहिँ बुझरिहेको थिइनँ । मेरो छेउमा एउटी १० वर्षीया छात्रा थिइन् । मैले छड्के नजरले उनले लेखिरहेको कुरा हेरेँ । उनी लेख्नमा मग्न थिइन् र लेख्दै थिइन् “म... गर्न सक्तिनँ ।”
“म फूटबललाई धेरै पर पुग्ने गरी हान्न सक्तिनँ ।”
“म तीन अङ्कभन्दा बढी भाग गर्न सक्तिनँ ।”
“मलाई मनपर्ने डेबीलाई साथी बनाउन सक्दिनँ ।”
यस्ता कुरा लेख्दै गर्दा उसको आधा पेज भरिइसकेको थियो र ऊ लेख्नमा यति मग्न थिई, रोकिने कुनै छाँटकाँट म देखि रहेको थिइनँ । अलि लम्केर अरू केही विद्यार्थीको लेखाइ पनि हेरेँ । उनीहरू पनि उत्तिकै लगनका साथ आफू के काम गर्न सक्दिनँ भनेर लेखिरहेका थिए ।
“म कान समातेर कुखुरो बन्दै १० पटक उठबस गर्न सक्तिनँ ।”
“आमाले स्कूलमा खाजा खान हालिदिएको सबै बिस्कुट खान सक्तिनँ ।”
अब मलाई यी विद्यार्थीहरूको चर्तिकला थाहा भइसकेको थियो । उनीहरूको लेखन मलाई मन परिरहेको थियो । उता शिक्षक डोना पनि लेख्दै थिइन् । डोनाले चाहिँ के लेख्दै होलिन् भन्ने जिज्ञासा मेट्न म उठेँ । आखिर म स्कूल निरीक्षक थिएँ, मलाई त्यहाँ कसैले रोक्ने सम्भावना थिएन । अनि डोनाको छेउमा उभिएर उनको लेखन हेरेँ ।
“म जोनकी आमालाई शिक्षक–अभिभावक भेलामा आउनका लागि बाध्य पार्न सक्तिनँ ।”
“म छोरीलाई ज्ञान गुनका कतिपय कुरा हरू ध्यानपूर्वक सुन्न बाध्य पार्न सक्तिनँ ।”
“मेरै श्रीमान् एलेनसँग झ्गडा गर्न सक्तिनँ र उनले मलाई सधैँ जितिर हेका हुन्छन् ।”
यो देखेर मेरो मनमा केही कुरा खेल्यो । तर म कामको बीचमा उनीहरूलाई बिथोल्न चाहन्नथेँ । म पुनः आफ्नो ठाउँमा गएर बसेँ । तर मलाई खुल्दुली लाग्यो, विद्यार्थी र शिक्षक दुवै ‘म गर्न सक्तिनँ’ भनेर किन लेखिरहेका
होलान् ? खासमा त ‘म गर्न सक्छु’ भनेर लेख्नुपर्ने हो ! सकारात्मक कुरा लेख्नाले पो विद्यार्थीको मनमा सकारात्मक विचार पलाउँछ र त्यसले उनीहरूलाई जीवनपर्यन्त सहयोग गर्छ । यस्तै कुरा गुन्दै गर्दा विद्यार्थीहरू अर्को १० मिनेटसम्म लेखिरहे । कतिले त यस्तो लेख्दालेख्दै दुई पेज भरिसकेका थिए ।
एकछिनपछि डोनाले विद्यार्थीहरूलाई लेख्न बन्द गर्न भनिन् र आफू पनि लेख्न छाडिन् । अनि “ल अब तिमीहरू सबैले आफूले लेखेको ‘म गर्न सक्तिनँ’ भन्ने लेखका पाना रराम्रोसँग पट्याएर यहाँ डेस्कमा राख” भनेर अह्राइन् । सबैले डोनाको भनाइ अनुसार गरे । डेस्कमा एउटा सानोतिनो कागजको पहाड तयार भयो । त्यसपछि डोनाले विद्यार्थी र आफूले लेखेको कागज एउटा डब्बामा हालिन् । अनि उनले डब्बाको मुख रराम्रोसँग बन्द गरिन् । त्यसपछि उनी त्यो डब्बा च्यापेर कक्षाकोठाबाहिर निस्किइन् । विद्यार्थीले उनलाई पछ्याए र म पनि जिज्ञासापूर्वक उनीहरूको पछि पछि लागेँ ।
अलिपर एउटा कोदालो थियो । डोनाले त्यो उठाइन् र स्कूलको चउरतिर लागिन् । चउरको पनि सबैभन्दा पुछारको कुनामा पुगेपछि डोना र विद्यार्थीहरू अडिए । उनीहरूलाई पछ्याइरहेको म पनि अडिएँ । त्यो कुनामा डोना खाल्डो खन्न थालिन् । उनलाई खाल्डो खन्न विद्यार्थीले पनि सघाए । खाल्डो ठूलै भएपछि ‘म गर्न सक्तिनँ’ राखिएको डब्बा त्यसभित्र राखियो र चाँडोचाँडो माटोले पुर्न थालियो ।
‘म गर्न सक्तिनँ’ भन्ने वाक्यको चिहान थियो यो । ‘म गर्न सक्तिनँ’लाई चिहानमा पुरेपछि विद्यार्थी चिहान वरिपरि लहरै उभिए । डोनाले भनिन्, “ल मेरा प्यारा भाइबहिनी हो, अब सबैजना नजर झुकाएर ‘म गर्न सक्तिनँ’को मृत्युमा शोक/श्रद्धाञ्जलि व्यक्त गरौँ ।” सबैले डोनाले भने झैँ मुन्टो निहु¥याए ।
“साथीहरू, आज हामी यहाँ ‘म गर्न सक्तिनँ’को मृत्यु शोक मनाउन भेला भएका छौँ”, डोनाको आवाज अत्यन्त ओजपूर्ण थियो । “जबसम्म यो यस धर्तीमा र हराम्रो वरिपरि थियो, तबसम्म यसले हराम्रो जीवनमा ठूलो प्रभाव पारेको थियो । यो अलग कुरा हो– यसले कसैलाई बढी र कसैलाई कम प्रभाव पारेको थियो तर प्रभाव चाहिँ अवश्य पारेको थियो । यो कति शक्तिशाली छ भने हर–कोहीले यसको नाउँ लिन्छन् । यो जताततै छ– स्कूलमा , घरमा, समाज मा र देशभरि नै । अरू त अरू शक्तिशाली भनिएको हराम्रो देशको राष्ट्रपति भवनमा समेत यसले प्रभाव जमाएको छ ।” केहीबेर विद्यार्थीको अनुहारमा आँखा दौडाइसकेपछि डोनाले फेरि थपिन्, “आज हामीले ‘म गर्न सक्तिनँ’लाई चिहानमा पुरयायौँ । उसको सम्झनामा एउटा स्मारक पनि बनाइसकेका छौँ । यसको मृत्युपछि अब उसका भाइबहिनीहरू टुहुरा भएका छन् । तिनीहरूलाई हामीले सम्हालेर हुर्काउनुपर्ने भएको छ; र ती भाइबहिनीको नाम हो– ‘म गर्न सक्छु’, ‘म गर्छु’ र ‘म अहिल्यै देखि गर्छु’ । यी तीनजना आफ्नो दाइजत्तिकै लोकप्रिय त छैनन्; तर तिनले तिमीहरूको रराम्रो सहयोग पाउन सके भने ती उत्तिकै लोकप्रिय हुन सक्षम छन् । यी तीनजना अहिले उति शक्तिशाली न देखि ए पनि तिमीहरूले सहयोगग¥यौ भने यिनले गर्न नसक्ने चिज केही हुने छैन ।”
“ईश्वरले ‘म गर्न सक्तिनँ’को आत्मालाई शान्ति प्रदानगरुन् ! म यहाँ के पनि कामना गर्छु भने, संसारका हरेक मानिस ‘म गर्न सक्तिनँ’ विना नै जिउन सिकून् र जीवनलाई अघि बढाऊन् ! धन्यवाद !”
डोनाको भाषण सुनिसकेपछि म दङ्ग परेँ । यो घटनाले यी विद्यार्थीको जीवनलाई कसरी प्रभावित पार्नेछ र यो दृश्य उनीहरूको जीवनभर कसरी अविस्मरणीय रहने छ भन्ने कुरा मलाई छर्लङ्ग भयो । उनीहरूले आइन्दा सकेसम्म ‘म गर्न सक्तिनँ’ भन्ने वाक्य प्रयोग नै गर्ने छैनन् । यो काम प्रतीकात्मक थियो र हराम्रो जीवनको एउटा सार पनि ।
‘म गर्न सक्तिनँ’ लेख्ने, त्यसलाई चिहानमा पुरयाउने ,गाड्ने र त्यसको सम्झनामा शोक–भाषण गरिसकेपछि पनि डोनाको काम सकिएको थिएन । डोना सबै विद्यार्थीलाई लिएर क्यान्टिनमा पुगिन् । म बबुरो पनि उनीहरूलाई पछ्याउँदै गएँँ । त्यहाँ उनीहरूले बिस्कुट, चिया र जुस खाए । त्यो ‘म गर्न सक्तिनँ’को अवसानमा आयोजित मृत्युभोज थियो । यो एउटा खुसीको अवसर झैँ गरी मनाइँदै थियो । आफूसँग रहेको एउटा मोटो कागजमा डोनाले क्रिस्चियनहरूको चिहानमा राखिने शिलापत्र जस्तै गरी लेख्न थालिन् । उनले सबैभन्दा माथि लेखिन्– ‘म गर्न सक्तिनँ’ । अनि त्यसपछि उनले तलपट्टी ‘मृत्यु’ र त्यसको मृत्यु भएको मिति लेखिन् ।
‘म गर्न सक्तिनँ’
‘मृत्यु’
२८ मार्च सन् १९८०
मृत्युभोज र यो लेखनसँगै त्यसदिनको कक्षा पनि सकियो । म आफ्नो कार्यालय फर्किएँ ।
आज यो घटना भएको वर्षौं भइसक्यो । मृत्यु स्मारकको कागज डोनाको कक्षामा पूरै एक वर्षभरि टाँगिइरहेको दृश्य म अहिले पनि सम्झन्छु । कुनैबेला यदि कुनै विद्यार्थीले कुनै पनि काम गर्न सक्तिनँ भन्यो भने डोनाले ‘म गर्न सक्तिनँ’ को मृत्यु भएको वर्ष र महिना अनि गतेसमेत खरर्र भनिदिन्थिन् । अनि विद्यार्थीहरूलाई तुरुन्त आफूले भाग लिएको त्यो मृत्युभोज याद आउँथ्यो । त्यतिबेला डोनाका विद्यार्थीले अर्कै शब्दले आफूले नसक्ने कुरा बताइरहेका हुन्थे र त्यो काम पूरा गर्न डोना प्रायः कम्मर कसेर लागिपरेकी हुन्थिन् ।

पदका हिसाबले म डोनाको विद्यार्थी थिइनँ, बरु उनी चाहिँ मेरी विद्यार्थी थिइन् । तर, त्यस दिन उनको कक्षामा गएर मैले एउटा महत्वपूर्ण शिक्षा पाएँ । आज पनि जब कसैको मुखबाट ‘म गर्न सक्तिनँ’ भन्ने वाक्य सुन्छु, तब मलाई चौथो कक्षाका तिनै विद्यार्थीहरूले मनाएको अन्तिम संस्कार याद आउँछ । अनि म उनीहरूले थाहा नपाउने गरी भन्छु, ‘म गर्न सक्तिनँ’ त उहिल्यै मरिसक्यो त ! 

(चिकन सूप फर द साउल बाट साभार)
अनुवादः अच्युत कोइराला

 

commercial commercial commercial commercial