सफल नागरिकका असल शिक्षक

मायाले जित्यो मन
आयषा शाक्य । कराँतेको राष्ट्रिय खेलाडी । थुप्रै पदक तथा पुरस्कार विजेता । पछिल्लो पटकगत फेब्रुअरीमा बङ्गलादेशमा सम्पन्न ११औं दक्षिण एशियाली खेल (साग)मा स्वर्णपदक जितेर नेपालको इज्जत बढाएकी २३ वर्षीया आयषा भविष्यमा अझै रराम्रो खेलाडी बन्न चाहन्छिन् । खेल अभ्यास का निम्ति बिहानै दशरथ रङ्गशाला पुगेकी आयषा भन्छिन्, “म मेरो सम्पूर्ण जीवन खेलमै लगाउन चाहन्छु ।”
खेल क्षेत्रमा राष्ट्रकैगौरव बनिसकेकी यी खेलाडीको खेल जीवनको सुरुआत ललितपुरको सुदेशा स्कूलमा पढ्न थाले देखि नै भएको हो । यसनिम्ति उनी स्कूलप्रति विशेष आभार व्यक्त गर्छिन् । “यदि स्कूलले मलाई कक्षा छाडेर प्रशिक्षणमा भाग लिन अनुमति नदिएको भए र मेरो छुटेको कक्षा शिक्षकहरूले पछि नलिइदिएको भए पढाइ र खेलमध्ये मैले पढाइ नै रोज्नुपथ्र्यो । अनि पढाइमा मात्र लागेको भए म यहाँ कसरी आइपुग्थेँ र ?” उनको कथन छ । स्कूलमा तपाईंलाई सबैभन्दा मन पर्ने शिक्षक को हुनुहुन्थ्यो ? भन्ने प्रश्न भुईंमा झ्र्न नपाउँदै आयषा भन्छिन्, “शकुन्तला मिस ।” कारण खोतल्दा थाहा भयो, शकुन्तला आयषा समेत सबै विद्यार्थीहरूलाई आफ्नै छोराछोरीलाई झैँ माया गर्द िरहिछन् । “बुझने गरी पढाउने । जिज्ञासा राख्दा या नजानेका कुरा सोध्दा कहिल्यै नरिसाउने । सधैँ हाँसेर सिकाउने । आफ्नो रुचि भएको काम गर्न प्रेरित गर्ने । खेलमा तिमी सफल हुन्छ्यौ मिहिनेतगर भनेर मलाई मिसले सधैँ हौसला दिनुहुन्थ्यो”, उनी स्कूले दिन र मनपर्ने मिसलाई सँग सँगै सम्झन्छििन् ।
आयषाले यति तारिफ गरे की अनि उनको सबैभन्दा मन पर्ने शिक्षक शकुन्तला रानालाई भेट्न १४ असोजको दिउँसो नख्खुजेलको छेवैमा रहेको सुदेशा हाईस्कूलमा पुग्दा उनी दोस्रो त्रैमासिक परीक्षा लिने काममा व्यस्त थिइन् । ‘आयषाको स्कूल जीवनको बारेमा कुरा गर्न आएको’ भन्नासाथ उनको अनुहारमा एक्कासि खुसी छचल्कियो । त्यसपछि विस्तारै आफूलाई सम्हाल्दै उनले भनिन्, “आयषा मेरो उत्तम कोटिकी विद्यार्थी थिइन् । एक्टिभ, स्मार्ट, पोलाइट, अनुशासित, गर्छु भनेको काम गरेरै देखाउने, जोसँग पनि घुलमिल गर्ने , विनम्र, छुस्के व्यवहार पटक्कै नभएको ।”
आयषालाई उनले कक्षा दुई देखि चारसम्म विज्ञान र गणित पढाएकी रहिछन् । उनलाई सोधियो, “आयषासँग को सबैभन्दा अविस्मरणीय क्षण कुन होला ?” उनी कक्षा दुईमै पढ्दाको कुरा हो । “एक दिन उनले गृह कार्य अलि रफ तरिकाले गरेर ल्याइछन्– अक्षर नै बिगारेर र केरमेट गरेर । मैले त्यसलाई सहजैग्रहण गरिदिएको खण्डमा उनले भोलि पनि त्यस्तै दोहोर्याउन सक्छिन् भन्ने लाग्यो । उनलाई गल्ती ‘रियलाइज’ गराउन मैले ‘ गृह कार्य पनि यस्तो गर्ने हो’ भनेर कापी ढोकापट्टि फालिदिएँ । उनी रुँदै ढोकामागइन्, कापी उठाइन् र भनिन्, “सरी म्याम आइन्दा यस्तो कहिल्यै गर्द िनँ ।” अनि मैले उनलाई ढोकैमा गएर सुम्सुम्याउँदै बेन्चमा ल्याएर बसाएँ । शकुन्तलाले सम्झ्इिन्, “त्यसपछि मैले उनलाई कहिल्यै हप्काउनु परेन ।”
आयषा आफ्नी मनपरेकी शिक्षकलाई सम्झ्ँदै थप्छिन्, “शकुन्तला म्यामले मलाई यति धेरै माया गर्नु हुन्थ्योे कि स्कूलकोगेट वरिपरि उहाँलाई देखेँ भने ‘म्याम मेरो ब्याग’ भन्दै उहाँलाई एकछिन भने पनि नबोकाई छोड्दैनथेँ । तिनै फुच्ची आयषा आज ठूली भएर खेल क्षेत्रमा नाम चम्काएको देख्दा शकुन्तलालाई कस्तो लाग्छ त ? उनी भन्छिन्, “राष्ट्रिय खेलाडी भइन् भन्ने सुन्दा म धेरै खुसी भएँ । ‘साग’मा स्वर्ण पदक जितेर नेपालको नाम राखिन् भन्ने थाहा पाउँदा त मलाई यति धेरै खुशी लाग्यो, शब्दमा व्यक्तै गर्न सक्दिनँ ।” शकुन्तला भन्छिन्, “उनको शिक्षक हुनुको नाताले मेरो पनि नाम उँचो भएको छ ।”
केही समय पहिलेको कुरा हो, शकुन्तला मिस लगनखेलमा किनमेल गर्न जाँदै थिइन् । अलिपरबाट हिँडिरहेकी आयषाले उनलाई देख्नासाथ बोलाइन् । “हामीले उभिएरै कुरा गर्यौ ।
शिक्षक विद्यार्थीबीच जस्तो होइन साथी साथीको जस्तो सम्बन्ध छ हामीबीच”, उनी भन्छिन् । सात वर्षअघि स्कूल छाडेर अन्तराष्ट्रिय खेलाडी बनेकी आयषाले आफूप्रति दर्शाउने गरेको सम्मान बाट शकुन्तला धेरै नै खुसी छन् । उनी आयषाको व्यवहारबाट धेरै खुसी हुनुको थप कारण पनि छ । त्यो के भने, उनले पढाएकै कति विद्यार्थी ‘म्याम’सँग बोल्नुपर्ला भनेर परैबाट तर्कन्छन् भने केही चैँ कुम ठोक्किएर हिँडे पनि बोलाउँदैनन् । तर आयषा कहिल्यै त्यसो गर्द िनन् । त्यसैले शकुन्तला प्रसन्न मुद्रामा भन्छिन्, “म आयषाको शिक्षक हो भन्नमा धेरैगर्व गर्छु ।”
एक साँझ् शकुन्तला टिभीमा समाचार हेर्दै थिइन् । प्रायः खेलाडी अलिकति पनि टाउको नझुकाइकन ठाडै पदक भिर्दै थिए । तर आयषाले त्यसो गरिनन् । उनले पदक र पदक दिनेप्रति सम्मान प्रकट गर्दै टाउको झुकाएरग्रहण गरिन् । शकुन्तलाले जब यो दृश्य देखि न्, आफ्नो शिरगर्व ले सगरमाथा झैँ उँचो भएको उनले महसुस गरिन् । “मैले ‘सिनियर’हरूलाई आदर गर्नु पर्छ भन्ने सिकाएको कुरा आयषाले रराम्रोसँग सिकेकी रहिछन् । एउटा शिक्षकका निम्ति योभन्दा ठूलो सन्तोष र सम्मान को विषय अरू हुनै सक्दैन ।”
शकुन्तलाको विचार मा आयषा स्कूलको कारणले मात्र सफल खेलाडी भएकी होइनन् । खास गरी उनको बाबाले नै ‘मेरी छोरी खेल्न सक्छे’ भनेर उनलाई हरदम प्रेरणा दिए । छोरीको सफलताका लागि त्यति मरिमेट्ने बाबुआमा विरलै पाइन्छन् भन्ने शकुन्तलाको निष्कर्ष छ । उनी भन्छिन्, “उनी कक्षा छाडेर कराँते तालिममा जाँदा हामी पढाइ डिस्टर्व भयो भन्ठान्थ्यौं । तर अहिले आएर थाहा भयो, त्यो त उत्तम कामका लागि पो लगानी भएको रहेछ ।” आयषाले पढाइ र खेलकुद दुवैलाई रराम्रोसित ‘ह्यान्डिल’ गरिन् । त्यो क्रम अहिले पनि जारी छ । उनले हालै मात्र व्यवस्थापनमा स्नातकको जाँच सकिन् ।
यी गुरु–शिष्यमा एउटागजबको समान ता रहेछ । जे काम गरिन्छ, डुबेर गर्ने । दुवैको शब्दकोशमा लटरपटर भन्ने शब्द नै रहेनछ । शकुन्तलालाई शिक्षण जीवनमा २४ वर्ष बिताएको पत्तै भएन । “मैले २४ महिना बिताएँ जस्तो लाग्छ, तर २४ वर्ष बितिसकेछ ।” हाँसोलाई नियन्त्रण गर्दै भनिन्, “शिक्षण जीवनबाट धेरै नै आनन्द लिएँ । मैले आफूलाई केटाकेटीकै लागि पूर्ण रूपमा समर्पित गरें ।” गुरुको योगुणले आयषालाई सानै देखि प्रभावित गरेको रहेछ । “आफूलाई रुचि लागेको काममा डुबेर लाग्नुपर्छ भन्नुहुन्थ्यो”, आयषा थप्छिन्, “म्यामको भनाइ रगराइ नै मेरो लागि मार्गदर्शक र प्रेरणाको स्रोत बन्यो । अहिले पनि बनिरहेको छ ।”
विभिन्न प्रतियोगिताहरूमा भाग लिने तयारीमै आफ्नो सबै समय व्यतित गरे की आयषा आफूलाई यहाँसम्म पुरयाउने स्कूललाई केही गर्ने योजनामा छिन् । उनी भन्छिन्, “हराम्रो स्कूलमा खेलमा धेरै राम्रा सम्भावना बोकेका भाइबहिनीहरू छन् । उनीहरूमा रहेको खेल प्रतिभा उजागर गर्ने काममा स्कूलले पनि उचित ध्यान देओस् भन्ने मेरो आग्रह छ । कुनै दिन स्कूलमा गएर यसबारेमा प्रिन्सिपल र शिक्षकहरूसँग आफ्नो अठोट र योजना सुनाउने विचार गरे की छु । मलाई विश्वास छ, स्कूलले यसपटक पनि मेरो सपनालाई पूरा गरिदिनेछ ।”
सुदर्शन घिमिरे
चमत्कारिक चरित्र गौरी
राजा महेन्द्रको प्रजातन्त्र मास्ने २०१७ साल पुस १ गतेको कदम विरुद्ध कालो झ्ण्डा लिएर स्व. शैलजा आचार्यसँग सडकमा उत्रिएकी भए पनि गौरी राणाको जीवनको लक्ष्य नेता–मन्त्री बन्ने भन्ने थिएन । उनी त्यतिवेलै भन्थिन्, “असल नागरिक बन्छु, असल नागरिक बनाउँछु तर नेता–मन्त्री चाहिँ हुन्न ।” २०१७ देखि २०२२ सालसम्म बन्दी जीवन बिताएकीगौरीले आफ्नो जीवनको मूल लक्ष्य साकार पार्न २०२४ सालमा काठमाडौंको कमलपोखरीमा मार्टियस मेमोरियल स्कूल खोलिन् । उनले पढाएका छात्रछात्रा अहिले राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । त्यस्ता धेरैमध्येका एक हुन्– किशोर कुमार लामा । २०२७ साल देखि २०३१ सालसम्म मार्टियस स्कूलमा पढेका लामा यतिवेला सशस्त्र प्रहरी मुख्यालयमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को जिम्मेवारीमा छन् भनेगौरी किशोरले ३६ वर्षअघि छाडेको उही मार्टियस स्कूलकी प्रिन्सिपल ।
गौरीको चरित्र/गुणको छाप किशोरको व्यावसायिक जीवनमा परेको छ ।गौरीसँग सिकेको अनुशासनले किशोरलाई पेशागत जीवन अघि बढाउन ठूलो टेवा दिएको छ । अनुशासन, समूहको नेतृत्व गर्ने कौशल र टीम परिचालन गर्न सक्ने क्षमता आफूले ‘गौरी म्याडम’बाटै सिकेको बताउँदै किशोर भन्छन्, “गौरी म्याम मेरो शिक्षक/प्रिन्सिपल मात्र होइन, अभिभावक समेत हो ।”
काठमाडौँको कमलपोखरीमा जन्मेका किशोरले मार्टियस स्कूल पुग्नुअघि राजधानीका ज्ञानविकास , सेन्ट जेभियर्स, शिशु निकेतन, विजय मेमोरियल, आनन्द कुटी जस्ता आधा दर्जन स्कूल चहारिसकेका थिए । तर, कुनै पनि स्कूलमा उनी ‘फिट’ हुन सकिरहेका थिएनन् । “शायद मैले ती स्कूलमा आफू अनुकूलको शिक्षक र वातावरण पाउन नसकेका कारण त्यहाँ रराम्रो विद्यार्थी बन्न सकिनँ”, किशोरको अनुमान छ । मार्टियस स्कूलमा पढ्न थालेपछि उनको व्यक्तित्व र स्वभाव सबै बदलियो । उनी सहजै रराम्रो विद्यार्थीमा परिणत भए । त्यसैले उनी मार्टियस स्कूल र त्यहाँका शिक्षकहरूलाई आफ्नो जीवनको जग एवं चरित्र निर्माता मान्छन् ।
कक्षा ४ देखि ६ सम्म मार्टियस स्कूलमा अध्ययन गरेका किशोरलेगौरीलाई नभेटेको झण्डै १५ वर्ष पुग्न लागेको छ । तैपनि उनको सम्झनामागौरीसँग अध्ययन गर्दाका क्षणहरू ताजै छन् । “म्यामलाई देख्ने बित्तिकै हामी जुरुक्क हुन्थ्यौं, उहाँको चरित्र नै चामत्कारिक थियो, उहाँसँग पढ्न थालेपछि मेरो जीवन बदलियो”, किशोर भन्छन् ।गौरीले किशोरको समूहलाई सामाजिक र अङ्ग्रेजी पढाएकी थिइन् ।
त्यतिवेला अङ्ग्रेजी, विज्ञान र गणित जस्ता विषय पढाउन नेपालमा योग्य शिक्षक पर्याप्त नपाइने भएकालेगौरीले भारतको केरलाबाट शिक्षक झ्किाएकी थिइन् । केरलाबाट ल्याइएका शिक्षकलाई मार्टियसमा पढेका छात्रछात्राले विज्ञान, गणित र अङ्ग्रेजीका आधारस्तम्भ नै ठान्ने गरेका छन् । किशोर भन्छन्, “पहिलो पटक योग्य शिक्षक र स्कूलमा पढँु पढुँ लाग्ने वातावरण पाएकाले त्यहाँ मैले राम्ररी पढेँ ।”
मार्टियस स्कूल पढ्दाका दुई वटा घटनाले किशोरलाई अहिले पनि रोमाञ्चित बनाउने गरेको छ । एकपटक साथीसँग किशोर फिल्म हेर्न रक्सौल जान लाग्दागौरीले प्रहरीको सहयोगमा दुवैलाई थानकोटमै समातिन् । यसबाट किशोरको रक्सौल पुगेर फिल्म हेर्ने र वीरगञ्ज घुम्ने सपना मात्रै चकनाचूर भएन, उनीहरूले त्यसको अविस्मरणीय मूल्य पनि चुकाउनु परयो ।गौरीले किशोरलाई अतिरिक्त गृह कार्यमा जोताइन् भने उनका साथी प्रज्ज्वल शम्शेरलाई घरको भुईंतलाबाट पानी बोकेर तीन तला माथि पुर्याएर पोख्न लगाइन् । “विद्यार्थीले बदमासी गर्दा म अरू शिक्षकलाई पिट्न दिन्नथें, केही गर्नु परयो भने म आफैंगर्थें । किशोरले जाँच दिन नमान्दा एक पटक कोठाभित्र एक्लै थुनेर जाँच दिन लगाएकी छु”,गौरी सम्झन्छििन् ।
१५ साउन २०३८ मा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका किशोर क्रमिक रूपमा बढुवामा आठ वटा खुट्किलो पार गरेर ३० पुस २०६४ मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारीमा पुगेका छन् । किशोरले नेपाल सरकारबाट दर्जनभन्दा बढी मान , पदवी, अलङ्कार, पदक, प्रमाणपत्र तथा उपहार प्राप्त गरेका छन् । विश्वका २१ देशको भ्रमण गरिसकेका किशोरले लागू औषध अपराध निर्मूलीकरण, कर्तव्य ज्यान अनुुसन्धान, संविधानसभा निर्वाचनमा उम्मेदवार सुरक्षा सचेतना लगायतका पुस्तक लेखेका छन् । आफूले पाएको सफलताको जस किशोरलेगौरी राणा र उनका सहकर्मी शिक्षकहरूलाई दिने गरेका छन् भनेगौरीले मार्टियस स्कूल र त्यहाँका शिक्षकलाई ।
बाबुराम विश्वकर्मा
जया लेखकीय प्रेरणा
सिन्धुली, दुम्जाको कुशेश्वर विद्यापीठ माविमा जया कोइरालाले पढाएका कतिपय विद्यार्थीले आफ्नो क्षेत्रमा राम्रै ख्याति कमाएका छन् । ती को–को हुन् ? कसैले सोधिहाल्यो भने पद्मकन्या क्याम्पसकी सह–प्राध्यापक जयागन्न थाल्छिन्, ‘शिक्षाविद् डा. विद्यानाथ कोइराला, सहसचिव शिवबहादुर रायमाझी, बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, इञ्जिनियर प्रेमबहादुर श्रेष्ठ, परराष्ट्रकी उपसचिव दुर्गा कोइराला... ।’ यसरी नाम भनिरहँदा उनले कहिल्यै नछुटाउने नाम हो– श्याम श्रेष्ठ । अहिले वाम बुद्धिजीवीका रूपमा चिनिने श्यामलाई जयाले कुशेश्वरमा दुई वर्ष पढाएकी थिइन् ।
‘जया मिस’ले श्यामलाई विशेष रूपमा सम्झनुको थप कारण चाहिँ श्यामले ती दुई वर्ष जयाकै घरमा बिताउनु पनि हो । काभ्रेको मङ्गलटारस्थित विन्ध्यवासिनी प्राविबाट पाँच कक्षा उत्तीर्ण गरे पछि श्याम तीन कोस टाढाको कुशेश्वर विद्यापीठमा भर्ना गरिए । त्यति लामो दूरी घरबाट धाउन सम्भव थिएन । त्यसैले श्याम जयाको घरमा बसेर पढ्न थाले ।
पाँच कक्षा उत्तीर्ण भएपछि कहाँ पढ्ने निधो नहुँदा श्यामको एक वर्ष घरमैगाईबाख्रा हेरेर बितिसकेको थियो । त्यसैले उनी कुशेश्वरमा ६ को सट्टा कक्षा ७ मा भर्ना गरिएका थिए । ‘क्लास जम्प’ गर्दा पढाइ चुनौतीपूर्ण हुनु स्वाभाविकै थियो । त्यतिवेलाको दिनचर्या सम्झ्ँदै जया भन्छिन्, “स्कूलमा नबुझेका कुरा म उसलाई घरमा समेत पढाउथेँ ।” यो अवधिमा जयाले श्यामको शिक्षकसँगै अभिभावकको भूमिका समेत निर्वाह गरिन् ।
जया मिसको सम्झना अनुसार मेहनती, लगनशील, मिलनसार र साँचो बोल्नु श्यामका त्यतिवेलाका असलगुण थिए । “तोतेबोली थियो, हत्तपत्त न बुझिने । अग्लो कद, खिरिलो र पातलो ज्यानका श्याम हम्मेसी अरूसँग बोलिहाल्न डराउँथे । कसैले पिटिहाल्यो भने पिलपिल गर्दै आँसु चुहाउँथ्यो । तर, अरू माथि जाइनलाग्ने उसको स्वभाव थियो”, जया सम्झन्छििन् ।
जयाको मूल्याङ्कनमा श्याम स्कूलमा औसत विद्यार्थी थिए । उनी भन्छिन्, “त्यस्तो साह्रै सिपालु पनि होइन, नजान्ने पनि थिएन । तर, मेहनत चाहिँ औधीगथ्र्याे ।” कुनै दिन कक्षामा श्यामको अनुहार रातो र डराएको जस्तो देखि यो भने जया अड्कल लगाइहाल्थिन्, “आज श्यामले गृह कार्य गरे नछ ।” त्यतिवेला कुशेश्वरमा कक्षा ८ सम्म मात्रै पढाइ हुन्थ्यो । कक्षा ९ पढ्न उनी सिन्धुलीगढीको कमला मावि भर्ना भए र त्यहीँबाट २०२४ सालमा एसएलसी उत्तीर्ण गरे ।
जयाका अनुसार, श्याम शुक्रबारको पढाइ सकेर दुम्जाबाट आफ्नो घर मङ्गलटार जान्थ्यो । तर, घरबाट ऊ सोमबार मात्रै स्कूल फर्कन्थ्यो । आइतबारको कक्षा प्रायः छुटाउँथ्यो । ‘हिजो किन नआएको’ भनेर सोध्दा ऊ डराएर जवाफ दिन्थ्यो, “घरमा भोज थियो मिस ।”
जया मिसको पढाउने तौरतरिकाहरू श्यामको मस्तिष्कमा अहिले पनि ताजै छन् । कक्षामा अलि कडा रूपमा प्रस्तुत हुन्थिन्, जया मिस । हक्की स्वभाव थियो उनको । “उहाँको कक्षा छलेर उम्कने र ‘होमवर्क’ न गर्ने कुरा को तगुञ्जायसै हुन्थेन”, श्याम सम्झन्छन् । उनका अनुसार, विद्यार्थीलाई बुझएर पढाउने खुबी जया मिसमा थियो । विद्यार्थीले बुझे/नबुझेको दोहोरयाएर ‘क्रसचेक’गर्थिन् । विशेष गरी जयाबाट सिकेका मुख्य दुई कुरा हरू श्यामका लागि अहिले पनि उत्तिकै प्रेरणादायी छन्, जति हिजो स्कूल पढ्दा थिए । एउटा अङ्ग्रेजी भाषाको आधारभूत ज्ञान र अर्को साहित्यको चिनारी । श्याम आफ्नो अङ्ग्रेजी भाषाको जग जया मिसले नै बसाइदिएको ठान्छन् । कक्षामा साहित्यको अध्ययन र सिर्जनाप्रति विद्यार्थीलाई सधैँ प्रेरितगर्थिन्, जया मिस । अझ् श्यामलाई त उनले घरमा रहँदा पनि झ्कझ्क्याइरहिन्, “ लेख्नुपर्छ है !” भनेर । त्यही वेला देखि नै पलाएको हो, श्याममा साहित्यको मोह । उतिवेला जया मिसले रटाएको राष्ट्रकवि माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’का केही हरफ श्यामलाई अहिले पनि कण्ठै रहेछन्–
‘यी रोए पनि दिक्क हुन्छ मनमा सम्झे कि आमा भनी
यी हाँसे पनि दुः ख हुन्छ मनमा बिर्से कि आमा भनी ।’
श्याम अहिले आपैंm लेखक र विश्लेषकका रूपमा चिनिन्छन् । आफू यहाँसम्म आइपुग्नुमा ‘जया मिस’को योगदान उल्लेख्य रहेको ठान्छन् उनी । “मेरो लेख्ने सीपको जग नै जया मिस हो । त्यही जगमा उभिएरै म आज यहाँसम्म आइपुगेको हुँ”, उनी भन्छन् । जया कोइरालालाई उनी आफ्नो दोस्रो अभिभावक पनि भन्छन् । जया मिसको साहित्यिक प्रेरणाबाटै आफूले आई.ए.मा पनि अङ्ग्रेजी र संस्कृत साहित्य विषय रोजेको श्यामको कथन छ ।
उतिवेलै आफूभन्दा सानालाई माया गर्ने र सिकाउने स्वभावका श्याम भविष्यमा एउटा असल शिक्षक बन्ने लख काटेकी थिइन्, जयाले । उनको अड्कल केही हदसम्म सही पनि भयो । २०२४ देखि २०३७ सालसम्म श्याम काभ्रे र काठमाडौंका स्कूलमा पढाउने शिक्षक रहे ।
जया मिससँग बिताएका अधिकांश क्षण आफ्ना लागि निकै प्रेरणादायी र स्मरणीय रहेको बताउँदा बताउँदै श्याम एउटा तीतो घटना पनि सम्झ्न पुग्छन् । कक्षा आठमा पढ्दा सीताराम नामको एकजना साथीले जया मिसलाई श्यामले भन्दै नभनेको कुरा सुनाइदिएछ, “मलाई त जया मिसले पढ्दै नपढे पनि पास गर्द िन्छु भन्नुभा’छ ।” सीतारामको एकतर्फी कुरो सुनेर जया मिसले सजिवनको लौरोले श्यामलाई पिटिछन् । “त्यो कुटाइबाट चाहिँ मेरो निकै चित्त दुख्यो । तर पछि मिसले पनि दुः ख मान्नुभयो । त्यसैले उहाँप्रतिको श्रद्धामा कमी आउन पाएन”, श्याम भन्छन् ।
यी शिक्षक र शिष्य करिब तीन दशक देखि काठमाडौंमा छन् । तर, स्कूलमा छुटेयता उनीहरूबीच मुश्किलले दुई पटक मात्रै भेट भएको छ । त्यो पनि बाटोमा अकस्मात् । किन त ? दुवैको उस्तैउस्तै जवाफ छ, “शायद दुवै जना आ–आफ्नै काममा व्यस्त भएर हो कि !”
भेटघाट नभए पनि श्यामका बारेमा जया ‘अपडेट’ भइरहन्छिन् । उनी श्यामलाई कहिले टेलिभिजनका पर्दामा देख्छिन् त कहिले अखबारका पानामा पढ्छिन् । जया भन्छिन्, “टेलिभिजनमा श्यामको अन्तर्वार्ता आउँदा नछुटाइ हेर्छु । पत्रिकामा उसका लेखहरू पढिरहन्छु ।” नागरिक अधिकारको पक्षमा श्यामको सक्रियता देख्दा जयालाई खुशी लाग्छ । स्कूल जीवनमा जयाले श्यामलाई सधैँ भनिरहिन्, “भविष्यमा ठूलो मान्छे होइन, असल र निष्ठावान् बन्नु पर्छ ।” उनी आफूले सुझएकै तथ्य श्यामको जीवनमा प्रतिबिम्वित भएको ठान्छिन् र शिक्षक हुनुका नाताले यसप्रतिगर्व गर्छिन् । उनी भन्छिन्, “उसले चाहेको भए ठूलै राजनीतिक पद पाउन पनि सक्थ्यो होला । तर, त्यस्तो पदीय लोलुपता कहिल्यै देखाएन ।” संविधान निर्माणको ढिलाइले लोकतन्त्र खतरा उन्मुख रहेको जयाको बुझइ छ । त्यसैले उनी कामना गर्छिन्, “संविधान बन्न नदिने षडयन्त्र विरुद्ध निष्पक्ष र सशक्त ढङ्गले लागिरहन र जनताको पक्षमा साँच्चिकै लोकतान्त्रिक संविधान जारी गराउने अभियानमा श्याम सफल हुन सकून् ! त्यसमै हामी सबैको कल्याण छ ।”
प्रमोद आयाम
प्रतिबद्ध सर पीताम्बर
कुरा २०२२ सालतिर को हो । पाल्पाको सदरमुकाम तानसेन देखि करिब १५ किलोमिटर पर दर्लमडाँडामा खरले छाएको एउटा झुपडी थियो– दर्लमडाँडा स्कूल । जहाँ केटाकेटीहरू गुन्द्रीमा बसेर कखरा सिक्थे । त्यही भीडमा लिखुरे ज्यानको एउटा बालक आफ्ना दाजुको साथ लागेर त्यही झुपडीको स्कूलमा पढ्न जान्थे । “कम बोल्ने र शान्त स्वभावको त्यो केटो ठूलो भएर के बन्ला, कसो गर्ला कसैले अनुमान गर्न सकेको थिएन”, अङ्ग्रेजी शिक्षक पीताम्बर शर्मा गैरे सम्झन्छन्, “ऊ त ठूलै डाक्टर बनेर सबैको हाईहाई पो बन्न पुग्यो ।” त्यो व्यक्ति अरू कोही नभएर प्रसिद्ध हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला हुन् । हरिप्रसाद कोइरालाका माइला छोरा भगवानलाई गैरे आफ्नो सबैभन्दा सफल विद्यार्थी ठान्छन् ।
भगवान आफ्नो व्यक्तित्व निर्माणको मुख्य आधार दर्लमडाँडाको त्यही झुप्रे स्कूलका शिक्षकलाई मान्छन्, जहाँ उनले कक्षा ८ सम्म पढेका थिए । “भगवानले स्कूलमा कहिल्यै झ्गडा गरेको थाहा भएन । सधैँ अनुशासित, इमान दार र लगनशील भएर पढ्थे ।” गैरेले स्मृतिलाई ताजा बनाए “भगवानका तीनै दाजुभाइले यही स्कूलमा पढे । तर माइला जति तगडा कोही थिएनन् ।” तीन दाजुभाइमध्ये बीचका (माइला) उनी सबभन्दा सोझ र बेग्लै खालका थिए, गैरेले भगवानको बाल्यकाल सम्झ्एि, “उनी लगनशील र अनुशासित थिए, नयाँ कुरा छिटै सिक्ने क्षमता थियो ।”
उतिवेला अङ्ग्रेजी शिक्षकले गाउँठाउँमा निकै सम्मान पाउँथे । त्यस्तै सम्मान गैरेले पनि पाएका थिए । अरू शिक्षक, अभिभावक र विद्यार्थी सबैले गैरेलाई अङ्ग्रेजी जानेका ‘सर’ भनेर खुब तारिफगर्थे । डा. भगवान कोइराला पनि त्यस्तै सम्मान दर्शाउँछन्, गैरेप्रति । उनी भन्छन्, “मेरो अङ्ग्रेजीको ‘बेस’ गैरे सर नै हो ।” उहाँसँगै सिकेको अङ्ग्रेजीबाट पछि हाईस्कूल, कलेज र चिकित्साशास्त्र पढ्ने आधार तयार बन्यो ।” भगवान आफ्ना श्रद्धेय गुरुप्रति नतमस्तक भए, “उहाँ स्कूलमा समयमै आउनुहुन्थ्यो । अनुशासित हुनुहुन्थ्यो । रराम्रोसित पढाउनु हुन्थ्यो । सफल मानिस हुनका लागि इमान दारी, निष्ठा र प्रतिबद्धता चाहिन्छ भन्ने कुरा मैले उहाँबाटै सिकेको हुँ ।” हुन पनि गैरेको शिक्षाप्रति यति लगाव रहेछ कि आफ्ना विद्यार्थी कोइरालाले सो स्कूल छाडेको (२०२९ साल) ३८ वर्षपछि पनि उनी सोही स्कूलमा शिक्षण गरिरहेका छन् । “उहाँले पढाएका हामी अवसर खोज्दै देश–विदेश धायौं । तर उहाँ अझैसम्म गाउँमा शिक्षाको दियो बालिरहनु भएको छ ।” भगवानले आफ्नो गुरुको हृदय देखि प्रशंसा गरे , “यसरी सबै कुरा छाडेर गाउँमै बसेर सेवा गर्नु आफैँमा धेरै महान् काम हो । असल शिक्षक बन्छु भनेर अन्तरात्मा देखि प्रतिबद्ध र समर्पण भएको व्यक्तिले मात्र यसो गर्न सक्छ ।”
२०३४ सालमा हाईस्कूल भएको दर्लमडाँडा केही वर्षयता उच्च मावि बनेको छ । प्राचार्य गैरेको अबको सपना भनेको यसलाई क्याम्पससम्म विस्तार गर्नु हो । “यो मेरो मात्र होइन, यस गाउँका सबैको सपना हो”, गैरेले विश्वासका साथ भने, “क्याम्पसमा पनि हामी स्तरीय शिक्षा दिन सक्षम हुनेछौं ।” बरु, क्याम्पस बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता भगवानले पनि जनाएका छन् । “तर भगवानले आफूले कमाएको पैसा पनि गरीब बिरामीको उपचार गर्नमै खर्च गर्छन् भन्ने सुनेको छु ।” गैरेले आफ्ना पूर्व विद्यार्थीको त्याग र मानवीय संवेदनाको कदर गर्दै भने, “त्यसैले उनीबाट मैले ठूलो आर्थिक सहयोगको अपेक्षा गरेको छैन ।”
तीन वर्षअघि दर्लमडाँडा उमाविले स्वर्णजयन्ती मनायो । यो कार्यक्रममा आइदिन गैरेले आफ्ना चेला भगवानलाई काठमाडौं आएरै निम्तो दिए । आफ्नो जीवनको जग बनाइदिने स्कूल सम्झेर भगवान पनि पुगे, दर्लमडाँडामा । “मुटु रोगीको उपचारमा व्यस्त छन्, भ्याउँदैनन् कि लाग्या थियो”, गैरेले प्रफुल्ल मुद्रामा सुनाए, “भगवानले हामीलाई सम्झेर यहाँ आए । हामी साह्रै खुसी भयौं ।” भगवान विभिन्न कामले तानसेन पुग्दा गैरेलाई भेट्न हम्मेसी छुटाउँदैनन् ।
“भगवानले सानोमा जसरी आदरगर्थे अहिले पनि उसै गरी आदर गर्छन्”, गैरेले खुसी बाँडे, “देश–विदेशमा नाम कमाएको प्रतिष्ठित व्यक्ति भएर पनि भगवानले हामीलाई विद्यार्थीकालमा झैँ आदर गर्दा अद्भुत आनन्दको अनुभूति हुँदोरहेछ ।” डा. भगवानले अहिले सफल मुटु रोग विशेषज्ञका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाएका छन् । यसप्रति असीमगर्व महसुस गर्छन्, उनी । भन्छन्, “आफ्नो विद्यार्थीले यत्रो ख्याति पाएको देख्दा कुन शिक्षकको मन प्रफुल्लित नहोला र ? एउटा शिक्षकका लागि वास्तविक कमाइ र उपलब्धि भनेकै यही हो ।”
भगवानसँग का धेरै रोचक संस्मरण याद नभए पनि गैरेले एउटा घटना चाहिँ अहिले पनि बिर्सेका छैनन् । “भगवानको घरहुँदै म बिहानै गाउँतिर गइरहेको थिएँ । उनी त पधेँरामा नुहाएर सानोगाग्रीमा पानी बोकेर घरतिर जाँदै रहेछन् । तर लँगौटी बाहेक उनको जीउमा एकधरो कपडा पनि थिएन ।” हाँसोको फोहोरा छुटाउँदै गैरेले भने, “ए पण्डित ! बाटोमा नाङ्गै हिँड्न लाज लाग्दैन भनेर खुब जिस्क्याएँ । उनी चाहिँ खुब लजाउँथे । उनी जति लजाउँथे, म उति नै बढी जिस्क्याउँथेँ ।” उनका अनुसार घरबाट करिब १५ मिनेट पर पधेँरामा भगवान हरेक दिन नुहाउँथे र घर फर्कंदा पानी बोकेर ल्याउँथे । यता भगवानसँग पनि यस्तै रोचक स्मृति नभएको होइन । कहिल्यै शिक्षकहरूको सजायको भागिदार हुनु नपरे पनि संयोगबस जीवनमै एकपल्ट मात्र शारीरिक सजाय पाएका रहेछन् । त्यो पनि गैरे सरकै हातबाट ! साथीकोगलत रिपोर्टिङका कारण कक्षा ६ मा पढ्दा एकपटक एक लट्ठी भेटेँ । भगवानले चार दशक भन्दा पुरानो घटना सम्झ्ँदै मुस्काए, त्यस बाहेक मैले कहिल्यै घरमा पनि पिटाइ भेटिनँ ।
सदरमुकाम तानसेनस्थित पुरानो एवं प्रतिष्ठित स्कूल पदम पब्लिकमा कक्षा ९ र १० पढेका भगवानले सोही स्कूलबाट एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेका हुन् । प्राथमिक तह देखि माविसम्म अरू शिक्षकबाट पनि प्रभावित रहेछन् । “हराम्रो घरमा बस्ने नित्यराज सर, दयाराम सर र कृष्णप्रसाद देवकोटा सरलाई पनि म सम्झ्रिहन्छु ।” उनले आफ्ना गुरुहरूलाई सम्झ्ँदै गए, “पदम पब्लिकका प्रअ खिलाराजा पाण्डे र कृषि पढाउने सर पनि स्मरणीय हुनुहुन्छ । मेरो आजको व्यक्तित्व बन्नु का पछाडि उहाँहरूको पनि देन छ ।”
आफ्नो शिष्यकोे उच्च मानवीय भावना र “आफन्तलाई काखा र पराइलाई पाखा” न गर्ने व्यवहार थाहा पाएपछि गैरे अझै बढी खुसी भएको बताउँछन् । “ गाउँघरबाट चिनेजानेका र आफन्तहरू उपचार गराउन काठमाडौं जाँदा भगवानले पालो नमिची सबै बिरामीहरूप्रति समान व्यवहार गर्दा रहेछन् ।” गैरेको निष्कर्ष छ, “असल मानिसमा हुनुपर्ने सबैगुण भगवानसँग छ । उनको बाल्यकालको शिक्षक हुनुको नाताले मलाई यो मेरो लागि ठूलोगर्व को कुरा हो । किनभने उनीसँगै मेरो शिक्षण पनि सफल भएको छ ।”
माधव अर्याल/सुदर्शन घिमिरे