गभर्नर चेलाका सन्तोषी गुरु

२०२४ सालमा बनारसबाट बी.एस्सी. सकेर भर्खरै इलाम, करफोकस्थित घर फर्किएका थिए, एकराज अधिकारी । त्यहीवेला झपा, बुधबारेको बुद्ध आदर्श माविका प्रअ देवमणि ढकाल विज्ञान र गणित विषय पढाउने शिक्षक खोज्दै अधिकारी को घर पुगे । शिक्षक खोज्ने र शिक्षक बन्नेका बीचमा कुरा मिल्यो । एकराज इलामबाट झपा झ्रे ।  

झपाको बुद्ध आदर्श, त्रिभुवन निमावि र जनता माविमा ३८ वर्ष बिताउँदा एकराज अधिकारी ले हजारौं छात्रछात्रालाई जीवनको बाटो देखाए । तर, आफूले पढाएका हजारौंमध्येका एक छात्र आज मुलुकको उच्च ओहोदामा पुगेको घटनाले उनलाई आफ्नो शिक्षण जीवन सार्थक भएको अनुभूति दिलाउने गरेको छ । अधिकारी को नजरमा नाचिरहेका उनका छात्र हुन् नेपाल राष्ट्र ब्याङ्ककागभर्नर डा. युवराज खतिवडा । खतिवडा ताप्लेजुङको भानु माविबाट कक्षा ६ उत्तीर्ण गरे पछि थप अध्ययनका लागि झपा झ्रेका थिए । एकराजले उनलाई बुद्ध आदर्शमा कक्षा ७ देखि १० सम्म गणित र विज्ञान पढाएका थिए । २०२८ सालमा बुद्ध आदर्शबाटै द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका युवराज आज राष्ट्रिय मुद्रामा हस्ताक्षर गर्ने पदमा पुगेका छन् ।
एकराज सरको सम्झना अनुसार युवराज बाल्यकाल देखि नै भलाद्मी थिए । युवराजले स्कूलमा कुनै विद्यार्थीसँग झ्गडा गरेको थाहा छैन अधिकारी लाई । “युवराज उतिवेलै कम बोल्थ्यो, त्यो पनि मिजासिलो पारामा । युवराजमा अहिले पनि म त्यही बानीको झ्झल्को पाउँछु”, एकराज भन्छन् ।

एकराजको मूल्याङ्कनमा मध्यमस्तर का छात्र थिए, युवराज । तथापि पढाइमा भने उनी निकै मेहनतगर्थे । सामान्यतया युवराज कक्षामागयल भएको पनि एकराजलाई थाहा छैन । जिज्ञासु स्वभावका उनी शिक्षकलाई कक्षाकोठा बाहिर भेट्दा पनि नबुझेका/नजानेका पाठहरू सोध्नेगर्थे । प्रायः अघिल्लो बेन्चमा बस्थे । तर, उनी अरू विद्यार्थी भन्दा अग्लो भएकाले सधैँ पछाडिबाट छेकियो भन्ने गुनासो आउँथ्यो । यस्तो गुनासो आएपछि एकराज युवराजलाई पछाडि बस्न भन्थे, उनी गुरुको आज्ञा शिरोपरगर्थे । वेला–वेलामा एकराज युवराजलाई भन्ने पनि गर्थे, “तिमी देशकोगतिलो मान्छे बन्छौ ।”

आफूले पढाएको चेलो आजगभर्नर जस्तो उच्च स्थानमा पुगेकोमा निकैगर्वित देखिन्छन्, एकराज अधिकारी । हर्षित मुद्रामा उनी भन्छन्, “स्कूलमा पढाउँदा आफूले कापी जाँचेपछि सही गरेर दिँदा युवराज औधी खुसी हुन्थ्यो । तर, आज उसले सही गरेको पैसा चलाउन पाउँदागर्व लाग्छ ।” आफूले पढाएका मध्ये युवराजलाई उनी सबैभन्दा सफल विद्यार्थी ठान्छन् ।
गभर्नर खतिवडा पनि एकराज सरलाई एउटा ‘कर्तव्यनिष्ठ शिक्षक’को रूपमा सम्झन्छन् । उनको सादा जीवन शैलीबाट आफू निकै प्रभावित भएको युवराजको कथन छ । एकराज सर साइकल चढेर स्कूल आउने–जानेगर्थे । कक्षामा नियमित उपस्थित हुन्थे । युवराज भन्छन्, “कतिपय शिक्षकहरू कक्षामा पूरा समय नबस्ने चरित्रका हुन्छन् । तर, उहाँले कहिल्यै त्यसो गर्नु भएन । उहाँको कक्षा खाली भएर चौरमा फूटबल खेल्न गएको मलाई याद छैन ।” त्यतिवेला स्कूलमा विज्ञानको प्रयोगशाला त के सामान्य उपकरणसम्म पनि थिएनन् । त्यसको बाबजुद पनि एकराज सरले मेहनत गरेर विज्ञान पढाएको सम्झन्छन्, युवराज । उनी भन्छन्, “उहाँले तर्साएको र हप्काएको पनि मलाई थाहा छैन । आफूले जानेका कुरा इमान दारीपूर्वक सिकाउनु भयो । यो नै उहाँको महानता हो ।”गभर्नर खतिवडाका अनुसार, विद्यार्थीसँग घुलमिल हुनसक्ने खुबी थियो, एकराज सरसँग । त्यसैले त उनी विद्यार्थीसँगै फूटबल खेल्न रुचाउँथे ।

प्रथम श्रेणीमा एसएलसी पास गरेर आई.एस्सी. र त्यसपछि मेडिकल डाक्टर वा इञ्जिनियरको बाटो समात्नुपर्छ भनेर युवराजलाई सधैँ प्रेरितगर्थे एकराज अधिकारी । तर, युवराज एसएलसीमा द्वितीय श्रेणीमा उत्तीर्ण भए । फलतः उनी उच्चशिक्षामा विज्ञान पढ्ने सपना त्यागेर अर्थशास्त्रतिर लागे ।  

युवराजले स्कूल छाडेयता यी शिक्षक–विद्यार्थीबीच दुई–तीन पटक मात्रै भेट भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा चाहिँ युवराज आफ्नो सरलाई भेट्न उनको घरैसम्म गएका रहेछन् । एकराज भन्छन्, “त्यतिवेला म चारपाने गएको थिएँ । भेटै नभए पनि गुरु सम्झेर मेरो दैलोसम्म आए । यसैमा मलाई धन्य छ ।” भेटघाट पातलो भए पनि गुरु–चेलाबीच वेला–वेलामा टेलिफोनमा कुरा कानी भने भइरहने रहेछ ।  

युवराजले धेरैपटक गुरु एकराजलाई काठमाडौं बोलाएका छन् । तर, गुरुले भने चेलोको त्यो सत्कारग्रहण गर्ने अवसर पाएका छैनन् । टेलिभिजनमा युवराजको अन्तर्वार्ता आउँदा बडो प्रसन्न भएर हेर्छन्, उनी । यसपालि हिउँदमा भने युवराजलाई राष्ट्र ब्याङ्कमै पुगेर भेट्ने योजना बनाएका छन् एकराजले । युवराजले बुद्ध आदर्शमा पढ्दा कच्ची रहेको बुधबारे–होक्से खण्डको पाँच किलोमिटर बाटो अझैसम्म पनि पक्की भएको छैन । युवराजलाई भेट्दा त्यही बाटो ‘पिच’ गराउनका लागि सरकारसँग पहल गरिदिन अनुरोध गर्ने सोचाइ बनाएका छन्, उनले ।

आफ्नागभर्नर चेलोप्रतिको अपेक्षा प्रकट गर्दै ६७ वर्षीय एकराज भन्छन्, “आफूले पढाएको विद्यार्थीलाई बारम्बार टिभीमा देख्न पाउँदा मेरो छाती नै चौडा भएर आउँछ । उनले हस्ताक्षर गरेका नोट धेरै गरीब र दुः खीका हातमा परुन्, आज यही कामना गर्छु ।”

चेतन अधिकारी /प्रमोद आयाम

commercial commercial commercial commercial