विद्यालयको भीडमा पृथक पहिचान

धनभन्दा पनि प्यारो छ,
मनभन्दा पनि प्यारो छ,
मेरो धर्म मेरो आफ्नो संस्कृति
प्राणभन्दा पनि प्यारो छ ।

यिनै पङ्क्तिका साथ शुरु हुन्छ, ललितपुरको बाल कुमारीस्थित हिन्दूपीठ–नेपालमा अध्ययनरत करिब ५०० विद्यार्थीहरूको विद्यालयको दैनिकी । तीमध्ये दलित, युद्धपीडित, पिछडिएका र दुर्गमका गरी १०० भन्दा बढी बालबालिकाले यहाँ छात्रवृत्ति पाएका छन् । २५ वर्षअघि स्थापित ललितपुरको यस विद्यालयले काठमाडौंको थली र दाङमा पनि सञ्जाल विस्तार गरिसकेको छ । यी तिनैवटा विद्यालयमा गरी १४०० विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयले आफूलाई मुख्यतः तीनवटा कुरा मा केन्द्रित गरेको देखिन्छ– नैतिक मूल्य–मान्यता, संस्कृति र अध्यात्ममा आधारित शिक्षा । हिन्दू विद्यापीठ–नेपालको अगुवाई गरेका छन् ४७ वर्षीय प्राचार्य चिन्तामणि योगीले । (हे.वार्ता पृ.१८)  

यहाँ कविता, वादविवाद, प्रार्थना, भजन र सत्सङ्ग नियमित जसो हुने गरेको छ । साताको पाँच दिन नैतिक शिक्षाको अतिरिक्त कक्षा पनि सञ्चालन हुन्छ । उक्त कक्षामा वेद, उपनि षद्, रामायण, महाभारत, बाइबल र समसामयिक घटनाका सकारात्मक र नकारात्मक पक्ष माथि छलफल छलाइन्छ । विद्यालयको पिस क्लबले शिक्षक अनुपस्थित रहेको वेला वा विद्यार्थीहरू तनावमा हुँदा १–३ मिनेटसम्म मौन धारणा गराउने गर्छ । प्रार्थनासभामा राष्ट्रभक्ति र नैतिक शिक्षा दिने विभिन्नगीतहरूगाउन लगाइन्छ ।

यी विषयका अतिरिक्त विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धाका लागि सक्षम बनाउन अङ्ग्रेजीलाई नै पठनपाठनको माध्यम बनाइएको छ । तर, अङ्ग्रेजीमा पढाए पनि अङ्ग्रेज नबनाउने लक्ष्य राखेको दावी गर्छन प्राचार्य योगी । योगीका अनुसार यही लक्ष्य हासिल गर्न शिक्षकहरू पनि नैतिक शिक्षालाई विशेष जोड दिँदै विद्यार्थीलाई शिक्षा हस्तान्तरणभन्दा पनि उनीहरूको रुपान्तरणप्रति बढी सजग छन् ।

हाल बर्माका दुई शिक्षक विद्यालयमा अध्यापनरत छन् भने बर्माका एक र थाइल्याण्डका चार नेपाली भाषी विद्यार्थी अध्ययनरत छन् । त्यतिमात्र नभई समय–समयमा अमेरिका र युरोपमा बस्दै आएका नेपालीका छोराछोरीसमेत छुट्टीका वेला नेपाली संस्कार र पूर्वीय दर्शन अध्ययनका लागि आउने गरेका छन् । यस विद्यालयले विगत सात वर्ष देखि एसएलसीमा उत्कृष्ट नतिजा ल्याइरहेको छ । उक्त अवधिमा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।

रामनवमी, बुद्धजयन्ती, ल्होसार, उभौली–उधौलीमा बिदा नदिएर ती पर्व र उत्सवहरूको ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक आधारका बारेमा विद्यार्थीहरूबीच छलफल चलाइन्छ । छठ र दशैँबीचको वैज्ञानिक र सांस्कृतिक सम्बन्ध खोजी गर्न लागिपर्छन् विद्यार्थी र शिक्षक ती पर्व परेका वेला । बिदा हुने पर्वलाई नै खुला पाठ्यक्रमका रूपमा लिएको प्राचार्य योगीको दाबी छ । योगी भन्छन्, “विद्यार्थीहरूलाई संस्कृति नमेटाइकन विकृति हटाउने कुरा मा सचेत बनाउँछौं ।”

नाम ‘हिन्दू विद्यापीठ’ भए पनि विद्यालयको वातावरण सबै धर्मका लागि सहज छ । जुनसुकै समुदाय र धर्मलाई भर्नाका लागि स्कूलमा आवेदन दिन सक्छन् । नर्सरी र केजी तहमा अभिभावकसँग छलफल गरे पछि मात्रै भर्ना लिने गरिएको छ भने कक्षा एक देखि सातसम्म नयाँ भर्नाका लागि प्रवेश परीक्षा पास गर्नै पर्ने हुन्छ । योगी थप्छन्, “हामीले हिन्दू धर्ममा आधारित शिक्षा दिने नभई हराम्रो संस्कृति र संस्कारलाई बुझाउने र नेपाली माटोको हिन्दू संस्कृति र संस्कार दिने गरेका छौं ।”

सीतामढी, बिहार घर भएका मोहम्मद इजहार मन्सुरीले आफ्ना दुई छोरा र एक छोरीलाई यही विद्यालयमा पढाएका छन् । कपडामा बुट्टा बुन्ने व्यवसाय सञ्चालन गरेर १६ वर्ष देखि काठमाडौंमा बस्दै आएका मन्सुरीका जेठा छोरा कासिफ सबालेगत वर्ष एसएलसीमा ८२.२ प्रतिशत अंक ल्याए । मुस्लिम समुदायबाट भएर पनि कासिफको शैक्षिक स्तर ले पनि सबै धर्मावलम्बीहरूका लागि विद्यालयको वातावरण सहज र अनुकूल रहेको पुष्टि गर्छ । कासिफका बुबा मन्सुरी भन्छन्, “शुरु मा मलाई पनि अप्ठ्यारो लागेको थियो पछि विद्यालयको सहज वातावरण, अनुशासन देखेर त म निकै प्रभावित भएँ ।” विद्यालयले धर्मलाई भन्दा पनि ज्ञानलाई बढी जोड दिने गरेको उनको अनुभव छ । बुबा मन्सुरीका अनुसार कासिफ विद्यालयमा हुने जुनसुकै कार्यक्रममा सक्रिय रूपमा सरिक हुने गरेका थिए । उनका कान्छा छोरा फैज आजम र छोरी सबाना साहिन पनि यही विद्यालयमा अध्ययनरत छन् । भन्छन्, “धर्मभन्दा माथि उठेर शिक्षा र ज्ञानका लागि म त अन्य विद्यार्थीहरूलाई पनि त्यही विद्यालयमा भर्ना गराउन सिफारिस गर्ने गरेको छु ।”

त्यसै गरी अर्का अभिभावक विमल कुमार बानियाँ पनि विद्यालयबाट सन्तुष्ट देखिन्छन् । बानियाँकी छोरी विभिषा बानियाँलेगत वर्ष धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएसको प्रवेश परीक्षामा सबैलाई उछिन्दै प्रथम भइन् । बुबा विमल भन्छन्, “हजारौं विद्यार्थी भएको ठाउँमा पढाउनु भन्दा साना विद्यालयमै पढाउँदा रराम्रो हुने ठानेर विद्यापीठमा भर्ना गरें ।” उनकै छोरा विशाल बानियाँले पनि सोही स्कूलबाट ८५.५ प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण गरे । विद्यालय सञ्चालनको आर्थिक स्रोत भनेको मुख्यतः विद्यार्थीहरूबाट लिइने शुल्क नै हो । विद्यार्थीहरूसँग मासिक रु. ६०० देखि रु.१,२०० सम्म लिन्छौं । स्कूलको सञ्चालक समितिका सदस्य र व्यवसायी तथा विदेशमा बस्ने नेपालीको सहयोगमा विद्यालय चलिरहेको छ ।
बालमैत्री शिक्षणलाई जोड दिएको छ, विद्यालयले । विद्यार्थीलाई स्वतन्त्र र भयरहित वातावरणमा शिक्षा हासिल गर्न शिक्षक र विद्यार्थीबीच मित्रवत् व्यवहारका लागि सक्दो प्रयास गरेको देखिन्छ, विद्यालयले । शिक्षकसँग डराउने र धक मान्नुपर्ने अवस्था त परैजाओस् विद्यालयका प्राचार्यसँग पनि विद्यार्थी जुनसुकै वेला भेट्न सक्छन् ।

शारीरिक दण्ड निषेध नै छ, विद्यालय परिसरमा । कुनै विद्यार्थीले आचरण विपरीत काम गरयो भने पनि उसलाई कक्षामा असल विद्यार्थीको सामीप्यमा राख्ने र अभिभावकमार्पmत पनि उत्प्रेरणा दिलाउने प्रयास गर्छौं । त्यसै गरी विद्यालयका बाल क्लबका माध्यमबाट पनि विद्यार्थीलाई ‘काउन्सिलिङ’ गर्ने गरिएको छ ।

विद्यालयले विद्यार्थीको शिक्षामा मात्र नभई उनीहरूलाई पढाउने शिक्षक छनोटमा पनि सजगता अपनाउने गरेको पाइन्छ । नयाँ शिक्षक छनोट भइसकेपछि कक्षाकोठामा पठाउनुअघि पुराना शिक्षकको माध्यमबाट आफ्नो उत्तरदायित्वबारे अवगत गराउने र उसको शिक्षण शैलीलाई करिब एक महिनाको अवधिलाई परीक्षणका रूपमा लिइने गरिएको छ । विद्यार्थीसँग घुलमिल, पाठयोजना तयारी, पुराना शिक्षकहरूसँग सम्बन्ध स्थापित भएपछि मात्र उसलाई पूर्ण र नियमित जिम्मेवारी दिने गरिएको छ ।  
त्यस अलावा विद्यार्थीको समग्र मूल्याङ्कन परीक्षा भए पनि साथै, शिक्षक र अभिभावकले पनि अधिकतम १०–१० अङ्क दिन पाउने व्यवस्था गरिएको छ । शिक्षकले विद्यार्थीको सामाजिक ज्ञानको स्तर जाँचेर मात्र यस्तो अङ्क दिने गरेका छन् । साथै विद्यार्थीले दैनिक कतिबेर टीभी हेर्छ, पढाइमा लगाव कस्तो छ ? आदि कुरा को मूल्याङ्कनका आधारमा आफ्नो बच्चाको मूल्याङ्कन गर्ने अवसर अभिभावकलाई पनि दिइएको छ ।

शिक्षक छनोटमा पनि विशेष सजगता अपनाइने गरिएको छ । छनोट अघि उसका लागि एक हप्ताको अवलोकन कक्षा राखिन्छ । यो अवधिमा उसले कक्षामा गएर विद्यार्थीसँग अन्तरक्रिया गर्छ, विद्यार्थीले पनि शिक्षकलाई बुझने प्रयास गर्छन् । पुराना शिक्षकले उसको मूल्याङ्कन गर्छन् । साथै उसले हराम्रो स्कूलको गतिविधि, शिक्षण शैली र कार्यविधिबारे बुझछ । स्कूलको समग्र वातावरणलाई बुझेपछि उसले आफूलाई कत्तिको अनुकूल महसुस गरेको, न गरेको मूल्याङ्कन गर्छौं र त्यसैका आधारमा छनोट गरिन्छ ।

छात्रवासमा बस्दै आएका विभिन्न धर्म र समुदायका विद्यार्थीहरूले समाज मा विद्यमान छुवाछूत रगलत कर्मकाण्डलाई गतिलो चुनौती पेश गरेका छन् । विद्यालयले आफ्ना विद्यार्थीहरूलाई भारतको चण्डीगढ, लखनऊ तथा जापान, थाइल्याण्ड लगायतका मुलुकमा समेत पठाउने गरेको छ । एकातिर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी पनि उत्पादन गर्ने र अर्कोतिर पूर्वीय संस्कार तथा राष्ट्रिय संस्कार बुझेका यहाँका नदीनाला, देवीदेवता र बोटबिरुवालाई आफ्नो ठान्ने विद्यार्थी उत्पादन गर्नु नै मुख्य लक्ष्य रहेको योगी बताउँछन् ।

शिक्षाको मूल लक्ष्य भनेको पूर्ण मानव को विकास हो त्यसो नहुँदा व्यक्तिवादी समाज र मूल्यमान्यताविहीन समाज निर्माण भइरहेको योगीको ठहर छ । योगी भन्छन्, “अहिलेको शिक्षाले डाक्टर र इञ्जिनियर तयार गरे पनि मानव तयार गर्न सकेको छैन । शिक्षाको प्राण बुझने समाज नै भएन । हराम्रो लक्ष्य भनेको नेपाली माटोको तिलक लगाउने विद्यार्थी उत्पादन गर्नु हो । शिक्षित मान्छे सचेत भएन र मूल्यमान्यता विहीन भयो भने त्यो जस्तो भयाभव स्थिति केही हुँदैन ।”

commercial commercial commercial commercial