यसरी गराउन सकिन्छ

कुनै विद्यार्थीले उत्तरपुस्तिकामा परीक्षकसँग आफूलाई पास पारिदिने अनुरोध देखि भजनसम्म लेखेको पाइन्छ । त्यस्ता कुरा न लेख्न उनीहरूलाई सावधान गराउनु पर्छ ।

एसएलसी परीक्षालाई फलामे ढोका भनेर विद्यार्थीलाई सानै देखि भयभीत बनाउने गरिएको छ ।  तर वास्तवमा एसएलसी परीक्षालाई विद्यार्थीले डरलाग्दो अग्निपरीक्षाका रूपमा होइन, अध्ययनको उपलब्धि नाप्ने एउटा खुट्किलोका रूपमा लिन पाउनुपर्ने हो ।

 विद्यार्थीलाई आफू कमजोर रहेको विषयमा पनि नडराइकन उचित तरिकाले तयारी गर्ने र आफूले जानेका कुरा हरूलाई लेख्ने तरिका सिकाउन सकियो भने उसले जाँचमा निकै रराम्रो गर्न सक्छ । हामी शिक्षकहरूले आजै देखि केही कुरा मा ध्यान दियौँ भने चोर्ने र चोराउने आवश्यकता नै रहँदैन, र यो शैक्षिक अराजकतालाई धेरै नियन्त्रण गर्न सकिन्छ ।

परीक्षाअघिको तयारी
–    विद्यार्थीलाई समयतालिका बनाएर गाह्रो विषयलाई बढी ध्यान दिएर नियमित अध्ययन गर्न प्रेरित गर्नु पर्छ । विद्यार्थीहरू परीक्षा देखि डराए भने उनीहरूको सिकाइमा बाधा पुग्छ । तर शिक्षकले कक्षामा धेरै मेहनत गराए को छ भने विद्यार्थीहरूले एसएलसीलाई आतङ्ककारूप नलिई साधारण परीक्षा मात्र ठान्न सक्छन् ।
–    परीक्षाको तनाव र तयारीका कारण कति विद्यार्थी बिरामी पनि पर्छन् । स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क हुन्छ भन्ने कुरा सम्झएर शिक्षकले परीक्षा दिने विद्यार्थीलाई आफ्नो आर्थिक अवस्था अनुसार सन्तुलित आहार र प्रशस्त झेल पदार्थ खान र दिनमा कम्तीमा ६ घण्टा सुत्न सजग गराउनु पर्छ ।
–    विद्यालयले व्यवस्था गरेको अतिरिक्त कक्षामा अरूको उत्तर सारेर देखाउनुको सट्टा मौलिक उत्तर लेख्ने प्रयासलाई प्रोत्साहित गर्नु पर्छ । सही उत्तर नजानेमा साथी वा गुरुसँग छलफल गरेर सिक्न प्रेरित गर्नु पर्छ । प्रत्येक विषयका सजिला पाठबाट थालेर अगाडि बढ्दा सिकाइ सहज हुन्छ । प्रश्नहरूको उत्तर घोकाएर सफल हुन सकिँदैन, विद्यार्थीहरूलाई अवधारणा नै बुझाउने कुरा मा जोड दिनुपर्छ ।

परीक्षाको राम्रै तयारी गरेका छात्रछात्राले पनि परीक्षा सकिएपछि “म नर्भस भएँ; प्रश्नहरू समयमा नभ्याउने खालका थिए; मैले उत्तर लेख्दालेख्दै निरीक्षकले उत्तरपुस्तिका खोसे; मलाई उत्तर आउँथ्यो तर परीक्षाको समयमा बिर्सें; त्यो प्रश्न त मैले देख्दै देखि नँ” आदि गुनासा गरेको पाइन्छ । विद्यार्थीलाई परीक्षा व्यवस्थापनको सीप सिकाउन सके यस्ता गुनासा स्वतः कम हुन्छन् ।

समय व्यवस्थापनको सूत्र
विद्यार्थी परीक्षा केन्द्रमा पहिलो दिन आधा घण्टा अगाडि र अन्य दिनमा २० मिनेट अगाडि पुग्नुपर्ने हुन्छ । विद्यार्थीले कलम, मसी, स्केल, इन्स्ट्रूमेन्ट बक्स, क्यालकुलेटर, प्रवेशपत्र आदि छुटाउनुहुँदैन भन्ने कुरा सबैलाई थाहा भए पनि यस्ता कुरा सम्झउन आवश्यक हुन्छ । यस्ता कुरा का लागि प्रत्येक विद्यालयले एसएलसी लिने विद्यार्थीलाई यी सबै कुरा उल्लेख भएको टेबलमा राख्ने वा भित्तामा टाँस्ने खालका एकएक वटा शुभकामना कार्ड दिन सक्छ ।

विद्यार्थीहरूलाई पूर्णाङ्क र समयको अनुपात मिलाउन सिकाउनु पर्छ । यो अनुपात १ः १.५ हुनु सबभन्दा रराम्रो हुन्छ । अर्थात् पूर्णाङ्क १ भएको प्रश्नको उत्तरलाई १.५ मिनेट र २ पूर्णाङ्कको प्रश्नको उत्तरलाई ३ मिनेट दिनुपर्छ । यसरी समय व्यवस्थापन गरे मा विद्यार्थीले निर्धारित समयभित्रै आफूलाई आउने प्रश्नहरूको उत्तर दिन सक्छन् । यसो गर्दा २५ देखि ३० मिनेट समय बढी निस्कन्छ । त्यसबाट १५–२० मिनेटको समय प्रश्नलाई राम्ररी बुझेर पढ्न र बाँकी समयमा लेखिएको उत्तरलाई सरसर्ती हेर्ने र थप उत्तरपुस्तिकालाई स्टिच गरी बुझाउने काममा प्रयोग गर्न सकिन्छ । एसएलसी परीक्षा दिने विद्यार्थीले प्रश्न सारेर आफ्नो समय खेर फाल्नुहुँदैन । परीक्षा समय बाँडफाँडको यस सीपको विकास को लागि शिक्षक मित्रहरूको निर्देशन मात्र पर्याप्त हुँदैन, अपितु नमुना परीक्षाको आयोजना गरेर एसएलसीका उम्मेदवारलाई त्यसमा अभ्यस्त पार्नुपर्छ ।

मान सिक तयारी
शिक्षकले परीक्षार्थीलाई केही सामान्य विधिहरू अपनाएर बढी अङ्क प्राप्त गर्ने सीप सिकाउन सक्छ ।
सर्वप्रथम पूरै प्रश्नपत्रलाई नआत्तिकन बुझेर पढ्न र आफूलाई आउने प्रश्नलाई टिक () गर्न सिकाउनु पर्छ । यसपछि विद्यार्थीहरूले आफूले राम्ररी गर्न सक्ने प्रश्नहरूको उत्तर लेख्न शुरु गर्नु पर्दछ । पहिलो पानामा प्रश्न नं. १ कै उत्तर लेख्नु जरुरी छैन । विद्यार्थीहरूले जानेका प्रश्नहरूको उत्तर दिँदै गए भने तिनीहरू नर्भस हुदैनन् । शुरु मै कठिन प्रश्नको उत्तर दिन खोज्दा बढी समय लाग्ने, नर्भस हुने, उत्तर बिग्रिएर उत्तरपुस्तिका फोहोर हुने र कम अङ्क आउने हुन्छ । यो सीप परीक्षा अगावै आफ्ना विद्यार्थीलाई सिकाउने दायित्व शिक्षकहरूकै हो ।

यदि उत्तरपुस्तिकामा सफासँग सही उत्तर लेखिएको छ भने परीक्षकमा पनि त्यस उत्तरपुस्तिकाप्रति सकारात्मक धारणाको विकास हुन्छ र परीक्षार्थीले रराम्रो अङ्क पाउने सम्भावना बढ्छ ।

आकर्षक उत्तरपुस्तिका
विद्यार्थीहरूले परीक्षा हलमा उत्तरपुस्तिका पाएपछि सर्वप्रथम त्यसको शुरु पृष्ठमा सिम्बोल नम्बर अङ्क र अक्षरमा (अल्फाबेट समेत), विषय, मिति, परीक्षा केन्द्रको नाम आदिलाई स्पष्ट र सही तरिकाले लेख्नुपर्दछ । उत्तर लेख्दाखेरी मार्जिन बाहिर लेख्नुहुँदैन । विद्यार्थीहरूले परीक्षामा कभर पेजको भित्री भागबाट लेख्न शुरु गर्नु हुँदैन किनभने निष्पक्षता कायम गर्न परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षण अगाडि कभर पेजलाई लम्ब रूपमा आधा च्यातेर कोड नं. राख्दछ । यदि विद्यार्थीले कभर पेजको भित्री भागमा लेख्न शुरु गरेको छ भने त्यो उत्तर पनि च्यातिन्छ र त्यसमा लेखिएको उत्तरको अङ्क पाइँदैन ।

विद्यार्थीहरूलाई हरेक टुक्रा प्रश्नको उत्तरलाई फरक फरक अनुच्छेदमा लेख्न सिकाउनु पर्दछ । यसो गर्दा पाउनुपर्ने अङ्क छुट्दैन र उत्तरपुस्तिका पनि सफा र आकर्षक देखिन्छ ।

उत्तर लेख्दा प्रत्येक उप–प्रश्न अर्थात् प्रश्न १ को ‘क’ पछि ‘ख’ को उत्तर लेख्दा एक लाइन छोड्न सिकाउँदा उत्तरपुस्तिका सफा र आकर्षक देखिन्छ ।

निम्न बुँदाहरूमा ध्यान दिएमा विद्यार्थीको उत्तरपुस्तिका आकर्षक देखिन्छ–
–    फरक लेख्दा एउटा मात्र फरक दिनुपरेमा तालिका बनाउनुपर्दैन तर दुईवटा वा त्योभन्दा बढी फरक लेख्नु परेमा तालिका बनाएर बुँदागत रूपमा लेख्नुपर्दछ र दुवै महलका बुँदा नं. एउटै लाइनमा राख्नुपर्दछ ।
–     गणितीय समस्या समाधान गर्दा प्रश्नमा दिएका मान हरू लेखेर एकाईमा समान ता ल्याउनुपर्दछ त्यसपछि उचित सूत्रको प्रयोग गरी सही तरिकाले हिसाब गर्नु पर्दछ र अन्त्यमा १ लाइनमा सही एकाई समेतको उत्तर लेख्नुपर्दछ ।
–    चित्र खिच्दा सिसाकलमको प्रयोग गर्नु पर्दछ र आवश्यक ठाउँमा स्केलको प्रयोग पनि महत्वपूर्ण हुन्छ । चित्र लेखेर नामकरण गर्दा प्रयोग गरिने बाणचिन्ह एकअर्कालाई काट्ने गरी तान्नुहुँदैन । अझ् सकिन्छ भने चित्रको दुवैतिर एउटै लाइनमा पर्ने गरी नामकरण गर्दा रराम्रो हुन्छ ।
–    छोटो उत्तर लेख्दाखेरी पूर्ण वाक्य लेख्नु आवश्यक हुन्छ ।
–    प्रश्नहरू नबुझेको खण्डमा (भाषाको परीक्षा बाहेक) अर्को माध्यमको ९भ्लनष्किजरल्भउबष्०ि प्रश्न पनि पढ्नुपर्दछ । यसले पनि प्रश्नले सोध्न खोजेको कुरा प्रस्ट हुन मद्दत पुग्दछ ।
–    शिक्षकले परीक्षार्थीलाई सबै प्रश्नहरूको उत्तर दिन प्रेरित गर्नु पर्दछ । यदि प्रश्नको सटिक उत्तर नआएको खण्डमा त्यसबारे आफूलाई जे–जति जानकारी छ पूर्णाङ्क र समयलाई ख्याल गर्दै उत्तर लेख्नुपर्दछ ।
–    यदि उत्तरपुस्तिकाको पाना पल्टाउँदा दुईवटा पानाहरू टाँसिएर खाली पाना छुट्न गएमा क्रस गरिदिनुपर्दछ वा अलि ठूलो अक्षरमा एत्इ लेख्नुपर्दछ ।

 कुनै विद्यार्थीले उत्तरपुस्तिकामा परीक्षकसँग आफूलाई पास पारिदिने अनुरोध देखि भजनसम्म लेखेको पाइन्छ । त्यस्ता कुरा न लेख्न उनीहरूलाई सावधान गराउनु पर्छ ।

छात्रछात्रालाई एसएलसी परीक्षाका लागि तयार पार्ने काममा लागेका हामी शिक्षकहरूले परीक्षार्थीलाई विषयवस्तुको ज्ञानका साथै परीक्षाको समयको व्यवस्थापन, मान सिक व्यवस्थापन र उत्तरपुस्तिकाको व्यवस्थापन गर्ने सीपको विकास सम्बन्धी सीप पनि सिकाउनु पर्छ । यी कुरा सामान्य लागे पनि यिनले परीक्षाफलमै तल माथि पार्न सक्छन् । यसमा परीक्षार्थीभन्दा पहिला शिक्षकले ध्यान पुर्याउनुपर्छ तब मात्र छात्रछात्राले सिक्ने अवसर पाउँछन् ।
(लेखक प्रभात उमावि, त्यागल, ललितपुरका विज्ञान विभाग प्रमुख हुन् ।)

२०६७ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial