मोबाइलः कसले पो नाईं भन्छ र !

मोबाइल कम्पनी र शैक्षिक गुणस्तर अभिवृद्धिमा लागेका संस्था मोबाइल प्रविधिको प्रयोगबाट अध्ययन–अध्यापनलाई अझ् गुणस्तरीय बनाउन लागि परेका छन् । आउँदो दश वर्षमा अहिले ल्यापटप र कम्प्युटरले गर्ने अधिकांश काम मोबाइलबाट सजिलै हुनेछ ।

मोबाइल फोनका आविष्कारक डाक्टर मार्टिन कोपरले कल्पना समेत गरेका थिएनन् होला, उनले बनाएको उपकरण विश्वमा सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक उपकरणका रूपमा विकास हुन्छ भनेर । अहिले  मोबाइल फोन सबैका लागि रहरको कुरा मात्र भएन अति आवश्यक वस्तु नै बन्यो । मोबाइलले फोनका साथै इमेल, इन्टरनेट, खेल, क्यामरा, एसएमएस, एमपी थ्री, रेडियो देखि जीपीएस्सम्मको सुविधा दिने भएकाले यसले सबैलाई आकर्षित गरेको हो । ब्लुटुथ, इन्फ्रारेड जस्ता माध्यमबाट समेत एकआपसमा सम्बन्ध स्थापित गर्न सक्ने भएपछि मोबाइलले धेरैलाई लोभ्याएको छ । अमेरिका, बेलायत, सिङ्गापुर, हङकङ, चीन, भारत लगायतका देशमा किशोर–किशोरीमाझ् मोबाइलको प्रयोग अरू देशमा भन्दा बढी छ ।

मोबाइललाई किशोर–किशोरीले हरबखत आफूसँगै राख्न चाहन्छन् । चाहे त्यो सुत्ने वेलामा होस् वा कक्षामा पढ्दै गरेको वेला । शिक्षक र अभिभावकहरू उनीहरूको मोबाइल आसक्तिप्रति असन्तुष्ट देखिन्छन् । स्वयं विद्यार्थीहरू भने “यसले के बिगारेको छ ?” भन्ने तर्क गरिरहेका हुन्छन् ।  

मोबाइल विना जीवन अधुरो !
छिमेकी मुलुक भारतमा एशोच्याम (द एसोसिएटेड च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्री अफ इण्डिया)लेगत वर्ष गरेको एक सर्वेक्षण अनुसार ६६ प्रतिशत छात्रछात्रा विद्यालयमै मोबाइल फोन लैजाने गर्छन् । एशोच्यामले नयाँदिल्ली, मुम्बई, चेन्नाइ, पुने,गोवालगायत शहरी क्षेत्रका दुईहजार अभिभावक र २५ सय विद्यार्थीबीच उक्त सर्वेक्षण गरेको थियो । त्यसमा विद्यालय हातामा मोबाइल प्रयोग गर्न रोक लगाइए पनि दुईतिहाइभन्दा बढी विद्यार्थीले विद्यालय हाताभित्रै मोबाइल चलाएको तथ्य सार्वजनिक गरिएको छ ।

उक्त सर्वेक्षण अनुसार, १५ देखि १८ वर्षका ८८ प्रतिशत विद्यार्थीले आफ्नै मोबाइल चलाउँछन् भने १३ देखि १५ वर्षका ४० प्रतिशतले अरूको मोबाइल प्रयोग गर्छन् । मोबाइल प्रयोगकर्ताका ५६ प्रतिशत अभिभावकले भने मोबाइलले सङ्कट तथा विपत्तिमा सहयोग गरेको बताएका छन् । ९० प्रतिशत अभिभावकले चाहिँ आफ्ना छोराछोरीले हैरान नपारुन् भनेर मोबाइल किनिदिएको बताए । एशोच्यामका महासचिव डी एस रावतले मोबाइल भारतीय किशोरकिशोरीका लागि एउटा प्रमुख आकर्षणको वस्तुको रूपमा रहेको पाइएको बताए । उनले भने, “छात्रछात्राले मोबाइल विना जीवन नै नहुने ठान्दारहेछन् ।”

एशिया र युरोपको स्थिति
अन्तर्राष्ट्रिय अनुसन्धान संस्था साइनोभेटले हालै गरेको एउटा अर्को सर्वेक्षणले करिब ६४ प्रतिशत एसियाली युवाहरूले मोबाइल बोक्ने गरेको देखाएको छ । दुई वर्षअघि मात्र ६० प्रतिशत युवाहरूले मोबाइल बोक्थे । अहिले एसियाका विकसित देशमा दश प्रतिशत युवाहरू मात्र अहिले मोबाइल नबोक्नेमा परेका छन् । हङकङका ८७ प्रतिशत र सिङ्गापुरका ८५ प्रतिशत युवा मोबाइल बोक्छन् । सर्वेक्षणमा एसियाका ८३ प्रतिशत युवाहरूले  मोबाइल नभई नहुने साधन रहेको समेत उल्लेख गरेको जनाइएको छ ।

चीनका युवाहरू भने मोबाइलबाट इन्टरनेट चलाउनेमा अग्र स्थानमा देखि एका छन् । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था नेलशनले गरेको एक अनुसन्धान अनुसार चीनका युवाहरू अमेरिका र बेलायतका युवाभन्दा अगाडि छन् । नेलशनले विगत ३० दिनमा मोबाइलबाट इन्टरनेट प्रयोग गर्नु भएको छ वा छैन भनेर गरेको प्रश्नमा ७३ प्रतिशत चिनियाँ युवाले तीस दिनयता मोबाइलबाट इन्टरनेट चलाएको बताएको उल्लेख छ । तर, बेलायतका ४६ प्रतिशत युवाले मात्र तीस दिनयता मोबाइलबाट इन्टरनेट चलाएको उक्त सर्वेक्षणमा बताएका थिए । युरोपेली राष्ट्रहरूका एकतिहाई भन्दा कम युवाले तीस दिनयता मोबाइलबाट इन्टरनेट चलाएको जानकारी दिएका थिए ।

चीनमा अहिले कुल ८० करोड मोबाइल प्रयोगकर्ता छन् । र, तीमध्ये २७ करोडले मोबाइलबाटै इन्टरनेटको प्रयोग गरिहेका छन् । संसारमा २० करोडले चाहिँ मोबाइलबाटै फेसबुक चलाउँछन् । अहिले विश्वभरि फेसबुकका ६० करोड प्रयोगकर्ता छन् र तीमध्ये ४० प्रतिशतले मोबाइलबाट फेसबुक चलाउने गरेका हुन् । फेसबुकले जनाए अनुसार मोबाइलबाट फेसबुक चलाउनेहरू कम्प्युटरबाट   चलाउनेभन्दा दोब्बर सक्रिय छन् ।

प्रविधिलाई निर्यात गरेर संसारकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल जापानमा मोबाइल फोनको लोकप्रियता अझ् बढी छ । जापानी शिक्षा मन्त्रालयले दुई वर्षअघि गरेको एउटा अनुसन्धान अनुसार मोबाइल प्रयोग गर्नु छात्रछात्राका निम्ति नशा जस्तै भएको छ । १६ देखि १७ वर्षको उमेरका ९६ प्रतिशत विद्यार्थी आफू जहाँ जाँदा पनि मोबाइल बोक्न बिर्सदैनन् ।

युरोपेली राष्ट्रमध्ये बेलायतका युवाहरू मोबाइलबाट इन्टरनेट चलाउन अगाडि देखि एका छन् । युरोपेली देशहरूको तुलनामा २० प्रतिशत बढी बेलायती युवा इन्टरनेट चलाउन मोबाइलको प्रयोग गर्छन् । तर, उनीहरू भन्दा चीन र अमेरिकाका युवाहरू बढी मात्रामा मोबाइलबाट इन्टरनेटको प्रयोग गर्छन्

अमेरिकामा कक्षामै मोबाइल  
खुलेर “विद्यालयमा मोबाइल प्रयोग गर्न पाइनुपर्छ” भन्नेहरू धेरै नभए पनि लुकेर विद्यालयमा मोबाइल चलाउनेहरू भने धेरै छन् । सन् २०१० मा अमेरिकामा भएको एउटा सर्वेक्षणले मोबाइल प्रयोगमा रोक लगाइएका विद्यालयमा समेत ५८ प्रतिशत विद्यार्थीले कक्षा भइरहँदा मोबाइल प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्च सेन्टरले गरेको अध्ययन अनुसार विद्यालयमा मोबाइल लैजानेमध्ये ३१ प्रतिशत विद्यार्थीले कक्षा भइरहेका वेला एसएमएस पठाउने गरेको देखिन्छ । त्यसमा पनि छात्रले भन्दा छात्राले बढी एसएमएस पठाउने गरेको देखिन्छ । २६ प्रतिशत छात्रछात्रालाई एसएमएसमार्फत अर्काले हेपेको–होच्याएको (बुलिङ गरेको) तथ्याङ्क छ । ३४ प्रतिशतलेगाडी चलाउँदै एसएमएस गर्ने गरेका छन् । १२ देखि १७ वर्षका ४ प्रतिशत टिनले टेक्स्ट मेसेज पठाउने गर्छन् भने १५ प्रतिशत टिनले त्यस्ता मेसेज पाउने गरेका छन् । यौन उत्तेजनात्मक मेसेजलाई सेक्स्ट मेसेज भनिन्छ । सेक्स्ट मेसेज (यौन उत्तेजनात्मक मेसेज) पठाउने र पाउनेमध्ये लिङ्गको आधारमा भिन्नता देखि एको छैन ।

अब मोबाइलबाटै शिक्षा
सबैका लागि शिक्षा भन्ने लक्ष्य प्राप्ति गर्न मोबाइल प्रविधि धेरै सहयोगी हुने मोबाइल कम्पनीहरूको भनाइ छ । यसका लागि विभिन्न मोबाइल कम्पनीहरूले विद्यार्थीहरूलाई लक्षित गरेर मोबाइलमा शैक्षिक सामग्री राख्ने गरेका छन् । यी सामग्रीले पुरानो प्रणालीको शैक्षिक अभ्यास भन्दा चाँडै र रराम्रो नतिजा ल्याएको पछिल्ला उदाहरणले देखाएका छन् ।

नोकियाले दक्षिण अफ्रिकाका छात्रछात्रालाई लक्षित गरी मोबाइलबाटै गणित सिक्न सकिने कार्यक्रम सञ्चालन गरेको छ । सन् २००८ देखि अफ्रिकी सरकार, नोकिया साइमेन नेटवर्क, अपरेटर र गणितका सामग्री उत्पादकबीच सहकार्य चलेको छ । यस कार्यक्रममा  समाविष्ट शैक्षिक सामग्री स्थानीय पाठ्यक्रममा आधारित छन् । ती सामग्रीमा गणितका सैद्धान्तिक कुरा देखि विभिन्न चरणका अभ्यास गर्ने व्यवस्था समेटिएको छ । त्यस्तै साथीहरूसँगै मिलेर गणितका समस्या हल गर्न मिल्ने व्यवस्था पनि छ । यो कार्यक्रमका कारण अफ्रिकाका विद्यार्थीहरूले बिहान होस् वा बेलुकी, साप्ताहिक बिदा होस् वा सार्वजनिक बिदा– मोबाइलबाट गणित सिक्ने गरेको र गणितमा आफ्नो अङ्क रराम्रो बनाउन प्रयास गरेका छन् । यो कार्यक्रमले शिक्षकलाई पनि विद्यार्थीहरू कुन तहसम्मको हिसाब हल गर्न सक्छन् भनेर बुझन सहयोग गरेको छ ।

नोकियाले शैक्षिक सामग्रीहरू मोबाइल नेटवर्कमार्फत विद्यालयमा पुर्याउन नोकिया एडुकेशन नामको सफ्टवेयर समेत निर्माण गरिसकेको छ । यो कार्यक्रममा गुणस्तरीय शैक्षिक सामग्री देखि ज्ञानबद्र्धक भिडियो समेत राखिएका छन् । यो कार्यक्रमलाई फिलिपिन्सको एउटा गाउँमा प्रयोग गर्दा १० लाख बालबालिका लाभान्वित भएका थिए । अहिले यसको प्रयोग तान्जानियाका विद्यार्थीहरूले  गरिरहेका छन् ।

यस्तै एपल कम्पनीले पनि आफ्नो आइफोनमा शैक्षिक र ज्ञानबद्र्धक सामग्री राखेको छ । एपलले अङ्ग्रेजी भाषा र शब्दभण्डार, गणित, विज्ञान, इतिहास, कला, सङ्गीत, स्वास्थ्यलगायत विषयमा बालबालिकाका लागि विभिन्न सामग्री तयार गरेको छ । अन्य संस्था तथा व्यक्तिहरूले समेत मोबाइलमा हेर्न सकिने शब्दकोश लगायत अन्य शैक्षिक सामग्री समेत विकास गरेका छन् । मोबाइल कम्पनी र शैक्षिक गुणस्तर अभिवृद्धिमा लागेका संस्था मोबाइल प्रविधिको प्रयोगबाट अध्ययनलाई अझ् गुणस्तरीय बनाउने उपायका बारेमा लागेका छन् । आउँदो दश वर्षमा अहिले ल्यापटप र कम्प्युटरले गर्ने अधिकांश काम मोबाइलबाट सजिलै हुने अनुमान गर्न कठिन छैन ।


५ अर्ब ३० करोडको हातमा मोबाइल !

पहिलो पटक मोबाइल फोनको प्रयोग सन् १९४६ जुन १७ तारिखमा अमेरिकाको सेन्ट लुइस मिसौरीमा भएको थियो । तर पहिलो कल गर्ने मोबाइल फोन  अहिलेको जस्तो हाते फोन थिएन । त्यो उपकरण ३६ किलोको थियो । सन् १९७३ अप्रिल ३ मा मोटोरोलाका सहयोगीका साथ डाक्टर मार्टिनले पहिलो मोबाइल फोनलाई जन्म दिँदा त्यसको तौल दुई किलो थियो । हातेसेटको आविष्कार गरे पछि डाक्टर मार्टिनले न्युयोर्कको सडकमा बसी मोटोरोलाको प्रतिद्वन्द्वी कम्पनी बेल्स ल्याबका जोल एन्गेललाई फोन गरेका थिए ।

अहिले मोबाइल फोन एक सयग्राम भन्दा कम तौलका पनि पाइन्छन् । आजभन्दा तीस वर्ष अगाडि हजारौं डलर पर्ने मोबाइल फोन धनाढ्य व्यक्तिका लागि शोखको साधन बनेको थियो । पहिलो मोबाइल सेट बनाउन मोटोरोलालाई १० लाख डलर खर्च लागेको थियो । सन् १९८३ सम्म पनि एउटा मोबाइल सेटको चारहजार डलर पर्ने भएकाले गाउँकागोठाला देखि शहर बजारका तन्नेरीको हातमा यति चाँडै मोबाइल पुग्ला भनेर धेरैले कल्पना गरेका थिएनन् । अहिले एक हजार रुपैयाँसम्ममै मोबाइल पाइन्छ । मोल घट्दै जाँदा यसका प्रयोगकर्ता बढेका छन् । फलतः मोबाइल कम्पनीलाई मोबाइलको मोल घटाउन र सुविधा बढाउन दबाब परेको छ ।

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनका अनुसार विश्वको ९० प्रतिशत भूभागमा अहिले मोबाइल नेटवर्क उपलब्ध छ र त्यसले विकास ोन्मुख देशका ६८ प्रतिशत बासिन्दालाई समेटेको छ । युनियनका टेलिकम्युनिकेशन विकास ब्युरोका निर्देशक समिर अल बसिरका अनुसार विकास ोन्मुख देशमा अन्य प्रविधिको तुलनामा मोबाइल अहिलेसम्मकै सबैभन्दा बढी मात्रामा उपलब्ध प्रविधि हो । बसिरले विकासोन्मुख  देशका बासिन्दाले आफ्नो आवश्यकता पूर्तिका लागि मोबाइलको प्रयोग गरेको पनि बताएका छन् । सन् २०१० को अन्त्यसम्ममा मोबाइलकाग्राहकको सङ्ख्या ५ अर्ब ३० करोड पुगेकोे छ । अहिले विश्वका ७७ प्रतिशत मानिसहरू मोबाइल प्रयोग गरिरहेका छन् । सन् २०१० मा मात्र ६१ अर्ब एसएमएस मेसेज आदानप्रदान भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार, हाल एक सेकेन्डमा विश्वभर करिब दुई लाखभन्दा बढी एसएमएस आदानप्रदान भइरहेको छ ।


 

commercial commercial commercial commercial