अस्थायी, त्यसमाथि घर अपायक मेरो भोगाइका ३२ वर्ष !

उमेर छँदा त गाह्रो लाग्थेन; तर ५३ वर्षे रोगी शरीर लट्ठी टेकेर ८–१० घण्टाको उकालो–ओरालो, गर्न कठिन हुन थाल्यो । आफूसँगै पढेका कति साथी त जिशिअ नै भए । तर ‘यसले दुः ख पाएको छ; पायक पर्ने ठाउँमा ल्याउनुपर्छ’ भन्ने सोच कसैमा पलाएन ।

व्यावसायिक माध्यमिक विद्यालयमा ४०० पूर्णाङ्कको बागवानी विषय लिई अध्ययन गर्दा मैले शिक्षक बन्ने कल्पना गरेको थिइनँ । कृषकको छोरो भएको कारण तत्काललाई पढ्न सजिलो र भविष्यमा जे.टी./जे.टी.ए. बन्न पाइने ठानेर उक्त विषय लिएको थिएँ । तर टेष्ट पास भएपछि सजिलै ‘मार्साब’ बन्ने अवसर हात लाग्यो । घरको आर्थिक अवस्था दयनीय त छँदैथियो । घरबाट २५ कोस टाढा गएर ‘मार्साब’मा दर्ज भएँ । ३२ वर्षे शैक्षिक दानको यो दौरानमा मैले थुप्रै आरोह–अवरोह पार गरे । सेवा अवधिमा कैयौं शैक्षिक आन्दोलनहरू भए । ती सबैमा सरिक भएँ– पेशागत हकहित र सुरक्षाको निमित्त । पञ्चायती व्यवस्थामा मण्डले शिक्षकहरूको बिगबिगी तथा उनीहरूकै सुराकी र धम्कीका कारण पञ्चायतइतर शिक्षकले कैयौं हैरानी खेप्नु परयो । प्रजातन्त्रको पुनस्र्थापना नभई शिक्षक हकहित सुरक्षित हुँदैन भन्ने मान्यताका साथ काम गर्दा तलब समेत रोक्का भयो । पञ्चायती व्यवस्थाको अवसानपछि केही नयाँ आशाका किरणहरू पलाए । तर २०४६ पछि पनि एकपछि अर्को सास्ती खेप्नुपरयो । शिक्षक सेवा आयोगहरू खुले, प्राथमिक विद्यालयको हकमा, प्रावि शिक्षक छनोट समिति जिल्लामा गठन हुने र स्थायीको सम्पूर्ण प्रक्रिया त्यही समितिले पूरा गर्ने निरन्तरता कायम भयो । प्रजातन्त्रको पुनर्बहालीपछि राजनीतिक प्रतिशोध झन् विकराल बन्दै गयो । त्यसबाट शिक्षक संघ/सङ्गठनहरू पनि अछुतो रहन सकेनन् । एकअर्कामा निषेधको सिद्धान्त हावी भयो ।

सङ्घर्षशील जीवनको लामो इतिहास पार गरिसकेकाले होला राजनीतिक रूपमा होस् वा नातावाद, कृपावाद, चाकरी, चाप्लुसी, घुसखोरी इत्यादि पदावलीप्रति नजिक नभएकै कारण जिल्लाबाट सञ्चालित छनोट परीक्षामा करिब २०० जना शिक्षकको विज्ञापन हुँदा पनि म त्यो ‘लिष्ट’मा अटाउन सकिनँ । थुप्रै नयाँ अनुहारका नाम त्यहाँ लिष्टेड भए । छनोट समितिका सदस्यहरूका नामथर परिवर्तन भए/गराइए । कसैका नाम घिउ के.सी., कसैका तिलहरीनाथ, कसैका पैसाराम । यस्तै–यस्तै नामथरले सम्बोधित लोभी–पापी पदासीन शैक्षिक पदाधिकारी र तिनलाई बिगार्ने झेलेहरूका कारण आज म र म जस्तै थुपै्र मेरा मित्रहरू ३२–३४ वर्षे अस्थायी शिक्षकका दर्दनाक पीडाहरू भोग्दैछौं । त्यति मात्र हैन; सेवा आयोग परिणाममा पनि कैयांै पटक ‘टि–पेक्स’ प्रयोग गरिए । अन्तरवार्तापछि को रिजल्टमा टि–पेक्सबाट मेरो नाम पनि छोपिन पुग्यो । पछि गएर शिक्षक सेवा आयोग आफैं थाक्यो । सरकारी नीति तिल्मिलायो । कहिले स्वतः स्थायीको ढ्वाङ फुक्यो, कहिले प्रक्रिया पुर्याएर स्थायी गर्ने भनियो । मजाले खेलायो अस्थायी शिक्षकहरूलाई सरकारले; बिरालोले–मुसो खेलाएझै ।

शिक्षकमा नियुक्ति हुँदा म २० वर्षको ठिटो थिएँ । कलिला रेखी परेका जुँगा र भर्खर खाता बस्न थालेका दाह्रीले मेरो भौतिक शरीरलाई शोभायमान बनाइरहेको थियो । नानीबाबुहरूलाई कखरा र ए,बी,सी,डी रटाउँदा–रटाउँदै जुँगा फुलिसकेछ, कपला सेताम्य भएछ । ३२ वर्ष पहिला क,ख रटाएका मेरा ती नानीबाबुहरूले पेन्सनपट्टा बनाइसकेछन् । ब्याङ्कमा तलब झ्क्नि जाँदा उनीहरूको हातमा पेन्सनपट्टा देख्दा म आफ्नै शरीरलाई नियाल्छु; अनि नाँच्दानाँच्दै आफ्नो खुट्टातिर हेरी रुन थालेको मयुरझै हुन्छु ।

‘चोरी चकार न गरी चतु¥याइँ हुन्न, दंगा फसाद न गरे इज्जतै रहन्न’ भैरव अर्यालका यी व्यङ्ग्यात्मक पङ्क्ति आजभोलि झलझली याद आउँछन् । यीगुण नभएकै कारण घरपायक सरुवाको निम्ति जिल्लाका बोक्रे भलाद्मी र शिक्षा अधिकारी लाई एकान्त होटल र रेस्टुराँमा लगेर बियर र मासुको स्वाद चखाइनँ । त्यही भएर होला विकट गाउँको विद्यालयमा मकैको भात, सिस्नो र जुकासँग नछुट्टिने मितेरी साइनो जोडिएको छ । उमेर छँदा त गाह्रो लाग्थेन; तर ५३ वर्षे रोगी शरीर लट्ठी टेकेर ८–१० घण्टाको उकालो–ओरालो, भञ्ज्याङ र खहरे खोलाहरू पार गर्न कठिन हुन थाल्यो । मानिसमा मानवीय संवेदना पनि हराउँदै गएछ, आफू सँग सँगै पढेका साथीहरू शिक्षा अधिकारी भए । जिल्ला शिक्षामा काम गर्ने करिब ९० प्रतिशत कर्मचारी जिल्लावासी र आधाभन्दा बढी नातेदार छन् तर ‘यसले दुः ख पाएको छ; नजिक पायक पर्ने ठाउँमा ल्याउनुपर्छ’ भन्ने सोच कसैको पलाएन । ‘छन्गेडी सबै मेरा, छैनन्गेडी सबै टेडा !’

अब अन्त्यमा एउटै आशा छ, हराम्रो साथी यो शिक्षक मासिकमार्फत प्रश्न गर्छु, “सरकारले अस्थायी शिक्षकहरूको लागि ‘गोल्डेन ह्याण्ड सेक’ कहिले देखि लागू गर्छ हँ ?”

भवानीप्रसाद रेग्मी, अस्थायी शिक्षक
प्रावि राँका, सल्लेरी, दैलेख

commercial commercial commercial commercial