नियमविनाको वर्णविन्यासः सिकारुलाई समस्या

कहिले ‘दस’ शब्दगलत कहिले त्यही ‘दस’ सही, कहिले फूल (पुष्प)गलत कहिले फुल (पुष्प) सही, कहिले ‘दुध’ ह्रस्व लेख्दा कान उखेलिने त कहिले ‘दूध’ दीर्घ लेख्दा टुप्पीका जरा खलबलिने । वर्णविन्यासका यी मौसमी नियमले भाषा सिक्ने र सिकाउने दुवै कुहिराका काग बनिरहेका छन् ।

वर्णविन्यास भनेको शुद्धाशुद्धि वा हिज्जेको विधान हो । यसले शब्दमा वर्णहरूको सार्थक एवम् समुचित विन्यास अर्थात् रखाइलाई जनाउँछ । तर यस विषयमा नेपालीका विद्वान्हरूले जुँगाको लडाइँ मच्चाउने गरेकाले नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् ।  

यति बेला त वर्णविन्यासका नियमहरूको चर्चाले शिखर नै चुमेको छ र यसको प्रत्यक्ष मारमा छन् विद्यार्थी तथा शिक्षक वर्ग । एउटा तहमा पढदा शुद्ध मानिएको शब्द अर्काे तहमा पुग्नासाथ अशुद्ध भनिँदा शिक्षक वर्गप्रति विद्यार्थीहरूको विश्वास घट्दो छ भने समग्रमा नेपाली भाषाप्रति नै वितृष्णा बढ्दो छ । अझ् शिक्षक वर्गलाई गम्भीर समस्या छ । आफू कुन तहमा पढाउँदैछु भन्ने हेक्का राखेन भने उसले शुद्ध लेख्न नजानेको प्रमाणित भई जागिरै जान बेर लाग्दैन ।

भाषा मानिसले व्यवहारबाट सिक्दछ र भाषिक व्यवहार बारम्बारको अभ्यास मा आधारित हुन्छ । सिकाइका क्रममा  जानेका कुरा दिमागमागाडिएर रहेका हुन्छन् ।गलत प्रयोगबाट लागेको बानी बदल्न निकै गाह्रो हुन्छ भने बारम्बारको अभ्यास बाट सही भनी दिमागमा अङ्कित गरिएको कुरा लाई गलत ठान्न कठिन हुन्छ । सिकाइका क्रममा कहिले ‘दस’ शब्दगलत कहिले त्यही ‘दस’ सही, कहिले फूल (पुष्प)गलत कहिले फुल (पुष्प) सही, कहिले ‘दुध’ ह्रस्व लेख्दा कान उखेलिने त कहिले ‘दूध’ दीर्घ लेख्दा टुप्पीका जरा खलबलिने । वर्णविन्यासका यी मौसमी नियमले भाषा सिक्ने र सिकाउने दुवै कुहिराका काग बनिरहेका छन् । विधिनिर्माताहरूका लागि यो रमाइलो खेल भए पनि यसको मारमा पर्नेहरूका लागि भने महाझेल सावित भएको छ । यो भाषिक अन्योल र व्यभिचारको उपचार खोज्नु अहिले प्रत्येक भाषा प्रयोक्ताको कर्तव्य बन्न गएको छ ।

लेख्य व्यवस्था र वर्णविन्यास
वर्णविन्यास भाषाको लेख्य व्यवस्थासँग सम्बन्धित कुरा हो । संस्कृत मूलबाट प्राकृत हुँदै विकसित भएकाले शब्दभण्डारमा संस्कृत मूलका अत्यधिक शब्दसँगै नेपाली भाषाले लौकिक संस्कृतकै देवना गरीलाई आत्मसात् गरेको छ । फरक कहाँनेर रह्यो भने नेपालीको मूल भनिने संस्कृतको लेख्य व्यवस्था निर्विवाद छ तर नेपालीको सबैभन्दा बढी विवाद यही लेख्य व्यवस्थामा देखिन्छ ।

वैज्ञानिक अध्ययनले नेपाली भाषाको उच्चारण व्यवस्थालाई ह्रस्वप्रधान घोषित गरेको छ तापनि लामो परम्परा देखि नै लेख्य व्यवस्थामा दीर्घ वर्ण वा मात्राको प्रयोग पनि यथावत् छ । भाषा लेखाइका क्रममा यसको शुद्धताका लागि ध्यान पुर्याउनुपर्ने क्षेत्र निम्नानुसार छन्ः
क)    ह्रस्वदीर्घः इ/,ि ई/ ी, उ/ ु, ऊ/ ू   
ख)    श्रुतिसम लाग्नेः ब/व, ए/य, श/ष/स, क्ष/छ्य, ज्ञ/ग्यँ
ग)    चन्द्रबिन्दु ( ँ ) शिरबिन्दु ( ं ) र पञ्चमवर्ण (ङ, ञ, ण, न, म)
घ)    अजन्त र हलन्त (खुट्टो नकाट्ने र काट्ने)
लेख्य व्यवस्थामा वर्णविन्यासले मुख्य प्रभाव पार्ने हुनाले भाषा सिकारुलाई शब्द सिकाइको लेखाइ सीपको शिक्षणका बखत नै यसको शिक्षण अत्यावश्यक हुन्छ ।

वर्णविन्यास र नियम
भाषा आन्तरिक नियममा व्यवस्थित हुन्छ तापनि वर्णविन्यासका क्षेत्रमा व्युत्पन्न शब्दहरूलाई छाडेर कुनै शब्दमा किन तिनै वर्णहरू हुनुपर्ने भन्ने न त तर्क हुन्छ न त नियम नै । जस्तो कि ‘ढुङ्गो’ शब्दमा ‘ढ’ किन ह्रस्व नै हुनुपर्ने र ‘ढ’ दीर्घ लेख्दा किन गल्ती हुने भन्ने कुरा को नियमगत कुनै तर्क छैन । यसको एक मात्र कारण भनेको परम्पराको निर्वाह हो । त्यसो त भाषा आफैँमा एक परम्परा हो । सिकारुले परम्परा देखि प्रचलित भाषा अग्रजबाट सिक्छ । भाषा परिवर्तनशील हुन्छ तर यसको अनुभव वक्तालाई हुँदैन । यो त अध्येताले भाषाको कालक्रमिक अध्ययनका क्रममा थाहा पाउने कुरा   हो । यसैले वर्णविन्यासका क्षेत्रमा परम्परा अनुसरण गर्नु अत्यावश्यक हुन्छ ।

नेपाली व्याकरणहरूमा वर्णविन्यासको अलग्गै अध्याय खडा गरी विभिन्न नियम र उदाहरणहरूको चर्चा गरेको पाइन्छ । एकातिर वर्णविन्यासका लागि निर्मित नियमहरू आफैँमा पूर्ण छैनन् भने ती नियमका आधारमा थोरै शब्द मात्र शुद्ध लेख्न सकिन्छ । नेपाली भाषाको सिकारुले वर्ण, बाह्रखरी, आधा वर्ण र संयुक्त वर्णको सिकाइपछि लगत्तै शब्द र वाक्य सिकाइमा शब्दहरू सिक्ने क्रम शुरु हुन्छ । यही बेला उसका लागि वर्णविन्यासको सिकाइ शुरु हुन्छ । भाषा सिकाइको प्रारम्भिक चरणको विद्यार्थीलाई शब्द वर्गलाई आधार मानी बनाइएका नियमहरू कसरी बुझाउने ? वर्णविन्यास नियम बुझने तहमा पुगेपछि मात्र यसको शिक्षण गर्ने भन्ने हो भने यस्ता प्रारम्भिक तहमागलत अभ्यास मा परेका हातलाई माथिल्ला तहमा नियमका भरमा सुधार्न कठिन देखिन्छ । उदाहरणका रूपमा ‘पुलिङ्गी’ नाम शब्दको अन्त्यमा ह्रस्व हुन्छ भन्ने नियम मुखाग्रै रहेका विद्यार्थीले आफ्नो लेखाइका क्रममा दाइ, भाइ जस्ता पुलिङ्गी शब्दलाई अन्त्यमा दीर्घ लेख्ने गरेको उल्लेख्य मात्रामा भेटिन्छ । यस्तो (दाई, भाई) त्रुटि इङ्गित गरी उसलाई नियम सम्झइदिँदा उक्त विद्यार्थी ‘ला !’ भन्दै एकबित्ते जिब्रो निकाल्न पुग्छ । अतः नियममा आधारित भई वर्णविन्यास सिकाउने प्रचलन परिवर्तन गर्नु अत्यावश्यक देखिन्छ ।

वर्णविन्यासका समस्या र निराकरणका उपाय
विभिन्न अध्ययनहरू अनुसार नेपाली भाषाले हजार वर्षभन्दा बढी आयु बिताइसकेको छ । यसबीचमा नेपाली भाषा–साहित्यका क्षेत्रमा प्रशस्तै कामहरू नभएका होइनन् तापनि यी सबै कामलाई अभिलेखीकरण गर्न मुख्य माध्यम लेख्य व्यवस्थामा आजसम्म पनि एकरुपता कायम हुन नसक्नु नेपाली वाङ्मयका लागि विडम्बनाको कुरो हो । अझ् गम्भीर चिन्ताको विषय त, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा समेत वर्णविन्यासका क्षेत्रमा एकरुपता पाईंदैन । यसले भाषा सिक्ने/सिकाउनेलाई मात्र होइन कि यसका सम्पूर्ण प्रयोगकर्ताहरूलाई गम्भीर असर पार्नुका साथै समृद्ध नेपाली भाषाको गरिमा माथि नै चोट पुर्याएको छ ।

नेपाली लेख्य व्यवस्थालाई समस्याग्रस्त तुल्याउने विभिन्न कारकतŒवहरू छन् जसलाई निम्नानुसार समेट्ने प्रयास गरिएको छः

मौसमी नियमः सरलताका बहानामा जटिलता थप्दै छनेपारोले रङ बदले झैँ बदलिरहने वर्णविन्यासका नियमहरू नेपाली लेख्य व्यवस्थाका प्रमुख समस्या हुन् । नियम बाँधेर पाठ्यक्रममा राखिसकेपछि पढ्ने र पढाउनेलाई नपढी/नपढाई सुखै भएन । समय–समयमा र भिन्न–भिन्न शैक्षिक तहमा बदलिरहने नियमहरूले वर्णविन्यासका क्षेत्रमा समस्या खडा गरेका छन् ।  

शब्दकोशलाई निर्णायक मान्ने संस्कारको कमीः शब्दकोश कुनै शब्दको हिज्जेको मात्र नभई त्यसको उच्चारण अर्थ, शब्द वर्ग, व्युत्पादन जस्ता सूचनाहरू प्रस्तुत गर्ने निर्णायक स्रोतग्रन्थ हो । यसैले यसले दिने सूचनाहरू आवश्यक भए निर्णायक र मान क हुन्छन् । यसकारण त्रुटिहरू देखिन्छन् भने शब्दकोशको परिमार्जन गर्नु बुद्धिमत्तापूर्ण कार्य हुन जान्छ । शब्द विषयक आधिकारिक सूचनाका लागि देशकै एउटा जिम्मेवार निकाय एउटा शब्दकोश प्रकाशन गरिरहेको छ भने देशकै अर्काे जिम्मेवार निकाय शब्दकोशमा तोकिएभन्दा विपरीत नियम बाँधेर पठनपाठनका लागि ‘भिटो’ आदेश पठाइरहेको छ । अझ् अनौठो कुरा त, ‘प्रयोगात्मक नेपाली शब्दकोश’ का विद्वान् कोशकारहरू आफैँ नै आफ्नो कोशमा प्रस्तुत मान्यताका विरुद्ध खरो उत्रेको नाट्यलीला नेपाली भाषामञ्चमा देखि न गयो । एकातिर शब्दकोश र अर्काेतिर वर्णविन्यासको निर्णायक निकाय रहनाले नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा समस्या उत्पन्न भएको छ ।
    
विद्वान् विशेषणधारीबीच जुँगाको लडाईंः नेपालका विश्वविद्यालय, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा अन्य विभिन्न निकायका नेपाली भाषाका विद्वान् विशेषणधारीबीच चल्ने जुँगाको लडाईंले पनि नेपाली लेख्य व्यवस्थाका क्षेत्रमा एकरुपता कायम गर्न समस्या उत्पन्न भएको छ । भाषा साझ सम्पत्ति भएकाले यसको एकरुपताका लागि जुँगे–लडाईंलाई त्यागेर अघि बढ्नु आजको आवश्यकता हो ।

समग्र भाषा प्रयोक्ताहरूमा चेतनाको कमीः अङ्ग्रेजी आँधीले विश्व बढारिरहेको यस क्षणमा नेपाली भाषा आफ्नै घरमा उपेक्षित छ । भाषा–विषयक चेतनाको यही कमीकै कारणले आम नेपाली भाषाका प्रयोगकर्ताले आफूले प्रयोग गर्ने भाषाको शुद्धताबारे सचेतता अपनाइएको पाइँदैन । यसको शुद्धता नेपाली विषय पढ्ने विद्यार्थी वा नेपाली विषय पढाउने शिक्षकले मात्र कायम गर्नु पर्ने होइन । सञ्चार, कानुन लगायतका सम्पूर्ण क्षेत्रमा भाषा प्रयोगको एकरुपता र शुद्धता हुनैपर्ने हो ।

गलत शिक्षण परम्पराः पाठ्यक्रमले वर्णविन्यास शिक्षणलाई गलत ढङ्गले निर्देशन गरिदिनाले भाषा सिकारुलाई समस्यामा पारेको छ । वर्णविन्यासको नियम शासित होइन कि अभ्यास मा आधारित शिक्षण हुनु शोभनी य देखिन्छ । वर्षभरिमा कुनै एउटा एकाइविशेषमा होइन कि विद्यार्थीले पढ्ने हरेक पाठको शिक्षणमा वर्णविन्यास अर्थात् हिज्जेलाई शिक्षणको उद्देश्य नबनाउँदा समस्या सिर्जना भएको छ ।

उपर्युक्त समस्याहरूको समाधानका लागि बुँदागत रूपमा निम्नलिखित उपायहरूलाई प्रस्ताव गरिएको छः
१.    वैज्ञानिक, परिष्कृत एवम् त्रुटिरहित मान क शब्दकोशको निर्माण गर्ने ।
२.    शब्दको शुद्धाशुद्धिको निर्णय शब्दकोशबमोजिम हुनुपर्ने ।
३.    शब्दकोशमा तोकिएभन्दा भिन्न रहेर कुनै व्यक्ति वा निकायले शुद्धाशुद्धि विषयक नियम बाँध्न, प्रचार गर्न तथा शिक्षण गर्न नपाउने ।
४.    भाषाको शुद्धता सम्बन्धी दायित्व नेपाली वाङ्मयका धर्मसंस्कृति, इतिहास, भूगोल, विज्ञान, दर्शन, सञ्चार, कानुन आदि सम्पूर्ण क्षेत्रले सचेततावश वहन गर्नु पर्ने ।
५.    वर्णविन्यास शिक्षणलाई माध्यमिक, उच्चमाध्यमिक तथा विश्वविद्यालयका विभिन्न तहबाट हटाई प्राथमिक तहमा केन्द्रित गरिनुपर्ने ।
६.    लेखाइको शुद्धताको मूल्याङ्कन पाँच अङ्कको एउटा प्रश्नमा नभई समग्र लेखाइमा खोजिनुपर्ने ।
७.    प्राथमिक तहका नेपाली भाषाका विद्यार्थीहरूलाई हरेक पाठमा ह्रस्वदीर्घ, ब/व, य/ए, श/ष/स, क्ष/छ्य, ज्ञ/ग्यँ जस्ता श्रुतिसम लाग्ने वर्ण भएका चन्द्रबिन्दु ( ँ ) शिरबिन्दु ( ं ) र पञ्चमवर्ण प्रयोग भएका ‘र’ को विभिन्न प्रयोग भएका एवम् अजन्त–हलन्त रहेका शब्दहरू चयन गरी तिनको अनुलेखन तथा हिज्जे परीक्षा लिई भएका भुललाई सुधार गर्न लगाउनुपर्ने ।

commercial commercial commercial commercial