स्कूल बन्दै मदरसा ! (फोटो फिचर)

शब्द/तस्बिरः डम्बरकृष्ण श्रेष्ठ

दुई दशक देखि घिटी–घिटी चल्दै आएको नेपालगञ्जकोगणेशपुरस्थित दारुल उलुमगुलशने मदिना अहिलेगुलजार छ । बाँस–टाटले बेरेको झुपडीको ठाउँमा पक्की कक्षाकोठा बनेका छन्, विद्यार्थी सङ्ख्या ३८ बाट बढेर १६० पुगेको छ र तिनलाई पढाउन मौलनाका अतिरिक्त ६ जना शिक्षक कक्षा शुरु हुनुभन्दा १५ मिनेट अगावै मदरसा अर्थात् विद्यालयमा उपस्थित भइसक्छन् । ३ कक्षासम्मलाई जिल्ला शिक्षा कार्यालयले मान्यता दिइसकेको छ भने मौलना मासिर उद्दिन अन्सारीको नामका अगाडि ‘प्रधानाध्यापक’ को उपाधि पनि थपिएको छ । जिशिकाबाट कक्षा ४ र ५ को पढाइले मान्यता पाउन बाँकी छ ।
यो सबै परिवर्तन र उपलब्धिको जस उर्दू र अरबी बाहेक नेपाली तथा अङ्ग्रेजी भाषा र गणित लगायतका विषयसमेत पढाउने मदरसाको साहसी निर्णयलाई जान्छ । निकै वर्षसम्म उर्दू र अरबी मात्रै पढाउने जिद्दी बोक्दै आएका मौलना अन्सारीलाई लाग्यो, “धार्मिक हिसाबले उर्दू, अरबी र इस्लामविना त हामी बाँच्न सक्दैनौं, तर व्यावहारिक जीवनका लागि नेपाली र अङ्ग्रेजी नभई नहुने रहेछ ।” उनी भन्छन्, “काठमाडौं कति किलोमिटर टाढा छ भनेर लेखेको पोल होस् या सरकारी अफिसको साइनबोर्ड—सबै नेपाली र अङ्ग्रेजीमा भएकाले ती भाषा त नपढाई हुँदै भएन !”

बाँके जिल्लाका १४७ मदरसामध्ये ७० वटा जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छन् । यसरी दर्ता भएका मदरसाले सरकारी अनुदानसँगै शिक्षक तालिम लगायतका अवसर र सुविधा पाउँछन् ।

commercial commercial commercial commercial