शिक्षकको पत्र अभिभावकलाई

प्रिय अभिभावकहरू;
आराम छु । आराम चाहन्छु । आज म तपाईंहरूकै छोराछोरी पढ्ने विद्यालयको सानो कोठामा बसेर यो पत्र लेख्दैछु । पत्र पाउनुभयो भने एकचोटि अवश्य पढिदिनुहोला ।

तपाईंको केही खबर तपाईंका छोराछोरीबाट थाहा पाएँ, पत्र लेखेको मितिसम्म सञ्चै हुनुहुँदोरहेछ । आर्थिक क्षेत्रतिर पनि राम्रै प्रगति गर्नु भएछ । खुसी लाग्यो । तर तपाईं एक वर्ष जति भयो विद्यालयमा नआएको । किन आउनुभएन यसबारे भने केही थाहा पाएको छैन । फुर्सद नै भएन कि ? कसैप्रति दुः ख लागेर हो कि ? स्कूलको वास्ता लाग्न छोडेर हो कि ? एकचोटि आइदिनुभए यसबारे छलफल गर्ने धोको थियो । तपाईंको प्रतीक्षामा बसिरहनेछु ।

तपाईंलाई एउटा कुरा सम्झऊँ भनेर यो पत्र लेख्न बसेको हुँ । तपाईं रात–दिन मिहिनेत गरेर सम्पत्ति कमाउन लाग्नुभएको छ; यो नरराम्रो कुरा हैन । तर योसँगै, आफ्ना छोराछोरीको निमित्त के लगानी गर्नु भयो ? छोराछोरीले विद्यालयमा केही सिकिरहेका छन् अथवा छैनन् कहिल्यै सोच्नुभएको छ ? रातभरि बस्ने घर त छोराछोरीलाई बनाउनुभयो; दिनभरि बस्ने विद्यालयको बारेमा नि ! सोच्नुस् त— यदि ओढ्ने–ओछ्याउने कपडा छैन भने सुतिर हेका बेला सुत्ने ठाउँमा पानी खस्यो भने तपाईंको निद्रामा कस्तो असर पर्छ ? यदि तपाईंका छोराछोरीले पढ्ने विद्यालयको छाना त्यस्तै पानी खस्ने छ भने, बस्ने बेन्च छैन भने कस्तो वातावरण बन्ला ? कसरी असल सिकाइ रहला ? तपाईंका छोराछोरीको भविष्य के होला ?

तपाईंले कमाउने हरेक आम्दानीमा तपाईंको छोराछोरीको अंश लाग्छ । जसरी तपाईंले घर बनाउनुभयो । खेत किन्नुभयो । अति आवश्यक खर्च गर्नु भयो । त्यसै गरी छोराछोरीको भविष्यको लागि पनि थोरै लगानी गर्ने सोच बनाउनु रराम्रो हुन्छ । त्यो लगानी भनेको पैसा नै हुनुपर्दैन; समय, वास्ता, चासो देखाउनु पनि लगानी नै हो । छोराछोरीको बारे अहिले नै विचार पुर्याउनुभएन भने तपाईंले वर्षौं वर्ष लागेर कमाएको सम्पत्ति एक घण्टामै नष्ट गर्ने खालका छोराछोरी पनि बन्न सक्छन् । त्यो बेला तपाईं हराम्रो हालत के होला ? त्यसकारण तपाईंले आफ्ना छोराछोरीका हरेक पाइला–पाइलामा ध्यान पुर्याउनैपर्छ । सकारात्मक वातावरण सिर्जना गरी भोलि तपाईंको घरको विकास मा मात्र होइन देश विकास गर्ने भावना भएको इमान दार छोराछोरी बनाउने वातावरण सिर्जना गर्नु पर्छ । यसको लागि विद्यालय परिवार सहकार्य गर्न तयार रहेको अवगत गराउँदै यस्तै कुरा कानी भेटमा गर्ने आशाका साथ पत्रबाट बिदा माग्दछु । धन्यवाद !
पदमबहादुर कठायत
नारायण निमावि, तिलनेपाटा–१, दैलेख

commercial commercial commercial commercial