बहस शिक्षा र शिक्षकका समस्या

कोही छैनौं दोषमुक्त !

अहिले कक्षा १–१० सम्म विद्यालयमा भर्ना भइसकेपछि कोही पनि फेल हुँदैनन् । तर मेरो विचार मा शिक्षाको जग बलियो पार्न कक्षा १ मा विद्यार्थीलाई कम्तीमा दुई–तीन वर्ष रोकेर राम्ररी किताब पढ्न, लेख्न र गणित सम्बन्धी साधारण हिसाब गर्न सिपालु एवम् दक्ष भएपछि मात्र कक्षा २ मा चढाउने गरिनुपर्छ ।


 लीलाधर जोशी

नेपालको सार्वजनिक शिक्षा र त्यसका प्रमुख पात्र शिक्षकका मूल समस्या भनेको शिक्षामा स्पष्ट नीति, सिद्धान्त र ऐन–नियम लागू हुन नसक्नु वा नपाउनु हो । विद्यालयमा अहिले स्थायी, अस्थायी, करार, राहत, परियोजना, पीसीएफ, निजी गरेर धेरै प्रकारका शिक्षक नियुक्त छन् । स्थायी शिक्षक बाहेक अरूको नोकरीकोग्यारेन्टी छैन । अहिले व्यापारिक दृष्टिकोण बोकेर शिक्षकहरू विद्यालयमा प्रवेश गर्छन् । तिनलाई कुनै आशा–भरोसा छैन । शिक्षा नियमावलीमा प्रत्येक वर्ष ६/६ महिनामा विज्ञापन प्रकाशित गर्ने भन्ने कुरा स्पष्ट लेखिएको छ । तर २०५२ सालमा खोलिएको विज्ञापनको रिजल्ट २०६० सालमा निकालियो । २०५२ सालभन्दा अगाडि नियुक्त शिक्षकहरू स्थायी हुने आशामा विद्यालयमा पढाउने काम गरिरहे । तर आठ वर्षपछि परिणाम प्रकाशित हुँदा तीमध्ये कैयौँ असफल भए । अन्य सरकारी नोकरीको लागि उनीहरूको उमेर ढल्किसकेको थियो । २०६२ सालको ५० प्रतिशत आन्तरिक परीक्षामा पनि १० देखि २५ वर्ष काम गरेका शिक्षकहरू असफल भएका छन् । २०५२ सालको आयोगबाट विस्थापित जो १० देखि १२ वर्षसम्म कार्यरत थिए २०६२ सालको आयोगमा पनि असफल भएका छन् । यति लामो समयसम्म काम गरेका शिक्षकहरूलाई सरकारले अपाङ्ग बनाइदिएको छ । शिक्षकहरूको दुः ख पीडालाई कसले बुझने ? यस्ता शिक्षकले के गर्ने ? आफ्नो जहान परिवारलाई पालन–पोषण एवम् शिक्षा स्वास्थ्यको कसरी व्यवस्था गर्ने ? यो एकदम अन्याय हो, अत्याचार हो तथा भ्रष्ट नीतिको परिणाम हो । यसैकारण शिक्षकहरू निराश छन् ।

शिक्षामा राजनीति
अहिले ‘जसको दल उसको बल’ भन्ने उखान हराम्रो शिक्षामा लागू भएको देखिन्छ । शिक्षकहरू विभिन्न संघ तथा सङ्गठनहरूमा आबद्ध भएर खुला राजनीतिमा लागेका छन् । त्यसरी राजनीतिमा लागेका शिक्षकहरू प्रायः स्थायी पनि भइसकेका छन् । कुनै पनि राजनीतिक धारसँग आबद्ध नभएका; विद्यालयमा नियमित उपस्थित भई पढाउने योग्य शिक्षकहरू मात्र अस्थायीका अस्थायी छन् । हराम्रो शिक्षाको स्तर न्यून हुने प्रमुख कारण नै राजनीति हो । शिक्षक भर्ना गर्दा राजनीति, स्थायी गर्दा राजनीति, पुरस्कार दिँदा राजनीति, बढुवामा राजनीति, विद्यालयहरूको अनुमति दिँदा राजनीति, दरबन्दी निकासा गर्दा राजनीति, विद्यालयहरूमा शैक्षिक तथा भौतिक सुविधा उपलब्धगराउँदा राजनीति तथा विभिन्न शैक्षिक आन्दोलनहरूमा समेत राजनीति चलेको हुन्छ । केन्द्रीय स्तर का नेताहरूसँग रराम्रो सम्बन्ध भएका शिक्षकहरू अध्ययन बिदा मिलाएर विभिन्न ठेक्कापट्टाका काममा लागेका छन् । काज मिलाएर सुगम ठाउँमा बसेका छन् । व्यापारमा लागेका छन् । कुनै ठाउँमा विद्यालयमा कहिलेकाहीँ उपस्थित भएर हाजिर गर्ने काम मात्र भएको छ । यदि शिक्षामा यस्तै राजनीति चलाइरहने हो भने शिक्षाको गुणस्तर मा कहिल्यै पनि सुधार ल्याउन सकिँदैन ।

शिक्षक स्वयम् दोषी
विश्वमा सबभन्दा सम्मानित पद शिक्षक हो । हराम्रो नीतिशास्त्रले त असल बाटोमा हिँड्न सिकाउने तथा ज्ञानी बनाउने शिक्षकलाई भगवानतुल्य नै बनाएको छः
गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वरः
गुरु साक्षात् परम् ब्रह्मा, तस्मै श्री गुरुभ्यो नमः ।

यस्तो पवित्र एवम् सम्मानित पेशा अहिले शिक्षकहरूकै विभिन्न अनैतिक कर्मले गर्दा अपहेलित हुन पुगेको छ । शिक्षक पदलाई हेलाको दृष्टिले हेरिनुमा शिक्षक स्वयम् दोषी छ । शिक्षकहरू विभिन्न राजनीतिक दलहरूमा आवद्ध छन् । शिक्षकहरू स्वयम् मदिरापान, धुम्रपान सेवन गर्ने , बलात्कार गर्ने , चोरी गर्ने , तास खेल्ने,गाली गर्ने , विद्यालय समयमा पनि मदिरा सेवन गरेर आउने, विद्यालयमा उपस्थित नहुने, घुस दिने, घुस खाने, पक्षपात गर्ने , परीक्षामा विद्यार्थीलाई नक्कल गराउने, विद्यालयमा नपढाएर म तिमीहरूलाई परीक्षामा पास गरिदिन्छु भन्ने, विद्यालयमा एकथरीका शिक्षकले अर्कोथरीका शिक्षकलाई हेला गर्ने , विद्यालयमा आएका सम्पूर्ण रुपैयाँ विद्यालयको आवश्यक काममा खर्च न गरी छात्रवृत्तिको रकमसहित आफंैले खाने, नक्कली विद्यार्थीको नामावली पेश गरी सरकारी रकमको दुरुपयोग गर्ने जस्ता काम गर्दा शिक्षकहरू आफैं अपहेलित हुन पुगेका हुन् ।
यदि माथि उल्लिखित कामको बदलामा शिक्षकले लगनशील भएर पढाउने, सम्पूर्ण शिक्षकहरूले एकजुट भएर एकअर्काप्रति सम्मान को दृष्टिले हेर्ने, सम्पूर्ण शिक्षकहरूको एक बलियो युनियनगठन गर्ने , कुनै राजनीतिक पार्टीसँग आवद्ध नहुने, समाज र विद्यार्थीको अगाडि अथवा देखावटीमा कुनै किसिमको अम्मलपान सेवन न गर्ने , कुनै किसिमको नैतिक पतन हुने काम न गर्ने , समाज को विकास गर्ने काममा अग्रसर हुने, सबैको विश्वासिलो पात्र बन्ने, पक्षपात न गर्ने , पढाउने कामलाई मुख्य काम ठानेर दैनिक पाठयोजना बनाएर मिहिनेत साथ पढाउने, विद्यार्थीको बारेमा समय–समयमा अभिभावकलाई जानकारी गराउने गरे मा, अभिभावक एवम् विद्यार्थीको प्रिय पात्र बनेमा, परीक्षामा बिल्कुलै नक्कल न गराएमा, विद्यालयको शैक्षिक , आर्थिक, भौतिक लगायत सम्पूर्ण पक्षहरूको चौतर्फी विकास मा निरन्तर लगनशील भएर लागिरहेमा, समाज मा भइरहेका अनेकौं विसङ्गतिहरूलाई हटाएर निरन्तर समाज सेवामा लागिरहेमा शिक्षकहरू कतैबाट पनि अपहेलित हुनुपर्दैन । शिक्षकका जायज मागहरूलाई विद्यार्थी लगायत सम्पूर्ण समाज ले सहयोग गरी पूरागराइदिन सक्थ्यो । शिक्षकहरूको सम्मान हुनेथियो । देशमा शिक्षाको गुणस्तर सधैं अगाडि बढ्दै जानेथियो ।

अभिभावकको दोष
विद्यार्थी केवल ६ घण्टा मात्र शिक्षकको साथमा; बाँकी १८ घण्टा जति अभिभावककै साथमा हुन्छन् । अभिभावकले आफ्ना छोराछोरी समयमा विद्यालय जान्छन् कि जाँदैनन्, समयमै विद्यालयबाट घर फर्कन्छन् कि फर्कंदैनन्, विद्यालयमा नियमित उपस्थित हुन्छन् कि हुँदैनन्, सङ्गतका साथीहरूको चालचलन कस्तो छ, बानीव्यहोरा कस्तो छ, खानपिन कस्तो छ, घरमा गृह कार्य गर्छ कि गर्दैन, सुत्ने र उठ्ने समय ठीक छ कि छैन, खाने समय ठीक छ कि छैन, विद्यालयमा प्रगति कस्तो छ, के–के कुरा मा सुधार गर्नु पर्ने देखिन्छ आदि कुरा हरू बुझनु अनिवार्य हुन्छ । माथि उल्लिखित केही कुरा हरू त अभिभावकले कम्तीमा महिनाको एकचोटि विद्यालयमा गएर शिक्षकहरूसँग छलफल गर्ने एवम् सुझाव माग्ने गर्नु पर्दछ । तब मात्र विद्यार्थीको प्रगति हुन्छ । तर अहिले समाज मा यस्तो बिल्कुलै देखिँदैन । विद्यालयमा भर्ना गरिसकेपछि छोराछोरी के गर्दैछन्, त्यसको केही मतलब छैन । जब छोराछोरीहरू साथीहरूको लहैलहैमा लागेर विभिन्न कुलतमा फँसी समाज मा अनैतिक काम गरेको सुनिन थाल्छ र सरकारी नोकरी तथा अन्य प्रवेश परीक्षाको विभिन्न प्रतिस्पर्धामा असफल भएर कुनै पनि पेशा वा व्यवसाय समेत गर्न नसकी समाज को कलङ्कको रूपमा देखिन्छन्, तब सम्पूर्ण दोष शिक्षकहरू माथि थुपार्छन् । तर यसमा शिक्षकको मात्र दोष छैन । अभिभावकहरू पनि उत्तिकै दोषी छन् । उनीहरूले आफ्ना छोराछोरीहरूको स्वास्थ्य र शिक्षामा पर्याप्त ध्यान पुर्याउनै पर्छ ।

निरीक्षण र परीक्षा प्रणालीको दोष
हामीकहाँ शिक्षा निरीक्षकहरू नियुक्त त भएका छन् तर तिनलाई सुगम र सदरमुकाममा कहिलेकाहीँ मात्र फेला पार्न सकिन्छ । दुर्गमका स्कूलमा विनिहरू कहिल्यै पनि पुग्ने गरेको पाइँदैन । स्रोतव्यक्तिहरू पनि कहिलेकाहीँ मात्र स्रोतकेन्द्रमा भेटिन्छन् । धेरै शिक्षकहरूले पाठयोजना अनुसार अथवा पाठको उद्देश्यलाई ध्यानमा नराखी, कक्षामा उपयुक्त शिक्षण क्रियाकलाप न गरी भाषण विधि प्रयोग गर्ने , मूल्याङ्कन न गर्ने तथा गृह कार्य नदिने गरेको पाइन्छ । मूल समस्या त यो छ कि विद्यार्थीहरूले किन पढ्ने, परीक्षामा नक्कल गर्न पाइहालिन्छ र शिक्षकले पनि किन मिहिनेत गरेर पढाउने परीक्षामा गएर चिटिङ गराउनै पर्छ । चिटिङ नगराइकन पास हुँदैनन् । यसकारण शिक्षकहरूले पनि खाली कोर्स सक्ने काम र विद्यार्थीले खाली विद्यालयमा औपचारिकता पुरयाउने काम मात्र गरेको पाइन्छ । यो एक विकराल समस्या भइसकेको छ । विद्यालयस्तर देखि लिएर क्याम्पस तथा डिग्री तह यस्तै चिटिङ गर्ने र गराउने गरेको पाइन्छ । यसमा समयमै सरकार लगायत शिक्षासँग सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरूले ध्यान पुर्याउनुपर्ने देखिन्छ । शिक्षाको स्तर यति न्यून भइसकेको छ कि कक्षा ६–१० सम्म अध्ययन गर्ने केही विद्यार्थीहरू राम्ररी लेख्न र पुस्तक समेत पढ्न नसक्ने छन् । यो कुरा विद्यालयहरूमा निरीक्षण गर्दा थाहा भइहाल्छ ।

प्राथमिक तहमा कसैलाई फेल न गर्ने , सबैलाई उत्तीर्ण गर्नु पर्ने व्यवस्था पनि ठीक छैन । अहिले कक्षा १–१० सम्म विद्यालयमा भर्ना भइसकेपछि कोही पनि फेल हुँदैनन् । तर मेरो विचार मा शिक्षाको जग बलियो पार्न कक्षा १ मा विद्यार्थीलाई कम्तीमा दुई–तीन वर्ष रोकेर राम्ररी किताब पढ्न, लेख्न र गणित सम्बन्धी साधारण हिसाब गर्न सिपालु एवम् दक्ष भएपछि मात्र कक्षा २ मा चढाउने गरिनुपर्छ ।

समस्या समाधानका केही उपाय
१.    विद्यालयहरूको सङ्ख्या कम गरेर भए पनि देशका सम्पूर्ण विद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी किटान गरी शिक्षकहरूलाई नियुक्त गर्ने ।
२.    विद्यालय खोल्नुअघि शिक्षक दरबन्दीको निकासा सुनिश्चित गर्ने ।
३.    अहिलेसम्म विद्यालयहरूमा कार्यरत अस्थायी, करार, राहत आदि सबै खालका शिक्षकहरूलाई समेत दरबन्दी कायम गरी स्थायी गर्ने ।
४.    स्रोत केन्द्र, जिल्ला क्षेत्र र केन्द्रहरूमा विद्यालय निरीक्षण टोलीगठन गरी हप्तामा एक–दुई चोटि विद्यालय निरीक्षण गर्ने व्यवस्था मिलाउने ।
५.    प्रत्येक स्रोतकेन्द्रमा विषय विशेषज्ञ टोलीगठन गरी आवश्यक छलफल गर्ने व्यवस्था मिलाउने ।

मालिकार्जुन मावि, तेली गाउँ, दार्चुला


सार्वजनिक शिक्षाः समस्या अनेक, समाधान एक

किसानको आलस्यले खेती बिग्रिए जस्तो शिक्षकको बेइमानीको असर तत्काल देखा पर्दैन । तर; बेइमान र कमजोर नैतिक धरातल भएका त्यस्ता डाक्टर, इन्जिनियर, वकिल उत्पादन गर्ने शिक्षक, प्राध्यापकहरूको कामगराइ र क्षमतामा स्वतः प्रश्नचिह्न लागि नै हाल्छ ।

तीर्थबहादुर नेउपाने

जबसम्म शिक्षाले मान्छेको पेट भर्दैन, मस्तिष्क र मुटुलाई बुद्धि र मानव ताले सिञ्चित गर्न सक्दैन, जबसम्म शिक्षकले विद्यार्थीमा श्रमको गरिमालाई रोप्न सक्दैन, जबसम्म समाज का अगुवाहरू योग्य व्यक्तिलाई शिक्षक र नेता बनाउनुपर्छ भन्ने ठान्दैनन्, जबसम्म विद्यमान कानुन, शिक्षा नीति र ऐन अनुसार शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरू चल्दैनन्, शिक्षकको आत्मसम्मान बढ्दैन, पेशागत इमान दारी विकसित हुँदैन– तबसम्म शिक्षा क्षेत्र कुहिरोको कागजस्तै रुमल्लिन विवश हुन्छ र शिक्षक समस्याग्रस्त र निरीह नै रहन्छ ।

राष्ट्रको बजेटको सबभन्दा ठूलो हिस्सा ओगट्ने शिक्षा क्षेत्रले सरकार बनेको महिनौंसम्म शिक्षा मन्त्री पाउँदैन । त्यस्तै, शिक्षण पेशा पनि रोजीको पेशा नभएर छोडी पेशा बन्न पुगेको छ । बच्चाबच्चीलाई सानै देखि डाक्टर, इन्जिनियर, पाइलट बन्ने लक्ष्यले पढाउँछन् उनीहरूका आफन्त र अभिभावकले । स्थायी मावि शिक्षक पनि पाएसम्म निजामतीतर्फको खरिदार र सुब्बा बन्नै हाम्फाल्छ । समाज कागन्यमान्य व्यक्तिहरू आफ्ना छोराछोरीलाई शिक्षक बन्न प्रेरित गर्नु को साटो भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन सक्ने पेशामा पठाउनै मरिहत्ते गर्छन् । जनताले तिरेको करबाट भत्ता खाने मन्त्री र सभासद्ले नै आफ्ना छोराछोरी र आफन्तलाई सार्वजनिक विद्यालय र कलेजमा नपठाएपछि सार्वजनिक शिक्षाको स्तर र सम्मान कसरी उँभो लागोस् ? सार्वजनिक शिक्षा सुधार गर्छौं भन्ने तिनका कुरा हावादारीगफ मात्र किन नबनून् ! मन्त्री भएको भोलिपल्ट शिक्षा क्षेत्रलाई राजनीति गर्ने थलो बनाउनुहुँदैन, बन्द गर्नु हुँदैन भन्ने आदर्शवादीहरूले अघिल्लो दिनसम्म शिक्षकसँग लेभी उठाएको र आफ्ना पक्षका विद्यार्थीलाई सडकमा टायर बाल्न लगाएको बिर्सिएपछि सार्वजनिक शिक्षा कसरी समस्या मुक्त हुनु ? यथार्थमा यस्तै उभयचरका कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको हो । त्यसैले कथनी र करणीमा ‘ग्याप’ पार्ने बुद्धिजीवी, नेता, समाज र शिक्षा क्षेत्रका अगुवा र शिक्षक स्वयं पनि सार्वजनिक शिक्षाका वैरी हौं भन्दा छुच्याइँ नहोला कि ?

अब शिक्षा क्षेत्र भित्रैका वा शिक्षाकै कारण सिर्जित समस्या पनि हेरौं । वर्षौं शिक्षा आर्जनमा लागेर निकै वटा प्रमाण–पत्र बटुलेका शिक्षार्थीहरूलाई स्वरोजगार बनाउन नसक्ने, बाँच्ने सीप र प्रविधि दिन नसक्ने शिक्षा आफैं पनि समस्या हो । ३२ अङ्क ल्याउँदा पास ३१ ल्याउँदा फेल हुने (१ नम्बरले कति क्षमताको अन्तर देखाउँछ ?) मूल्याङ्कन पद्धतिले कति विद्यार्थीलाई आत्महत्यासम्म पुर्याएको छ । यस्तो मूल्याङ्कन पद्धति पनि शिक्षा क्षेत्रभित्र समस्याकै रूपमा रहेको छ । एउटा/दुइटा विषयमा फेल हुँदा जीवनका अरू पक्षमै फेल भएको ठान्ने नकारात्मक आमधारणाले विद्यार्थीका अन्य सकारात्मकगुणलाई ओझाेलमा पार्ने र पढाइबाट पाखा लाग्ने अवस्था ल्याउँछ । एकातिर शिक्षकलाई पेशागत मर्यादामा बस्न नदिने राजनीतिक दल समस्या हुन् भने अर्कोतर्फ त्यस्तै दलका लागि मरिहत्ते गर्ने हामी कतिपयको स्वभाव पनि समस्या नै हो । शिक्षकहरूमा लापरबाही देखि ँदा त्यसलाई सच्याउन अनुगमन र निरीक्षण गर्ने र पेशाप्रति प्रतिबद्ध रहन प्रेरित गर्नु पर्ने शिक्षा प्रशासकहरूको कुम्भकर्णे निद्रा पनि शिक्षा क्षेत्र भित्रको कमजोरी नै हो । शिक्षक र सम्बन्धित क्षेत्रका विद्यालय हेर्ने स्रोतव्यक्ति र विनिहरूलाई विद्यार्थीको न्यून उपलब्धि र असफलताको जवाफदेही बनाउन नसक्ने शिक्षा प्रशासन पनि समस्याग्रस्त शिक्षाको कारक हो ।

सफल नागरिकहरू आफ्नो प्रगतिको जस शिक्षकलाई दिन्छन् । राम्ररी पढाउने, इमान दार र लगनशील शिक्षकलाई त कसैले पनि बिर्संदैनन् । त्यस्ता शिक्षकको पदचिह्न पछ्याउँदै आफ्नो जीवन–नौका चलाउँछन् । मैले पढ्दा को–को शिक्षामन्त्री भए, को–को सचिव, जि.शि.अ. र विनि भए मलाई थाहा छैन तर कपुरी ‘क’ देखि एम.एड पढ्दासम्म पढाउने शिक्षकहरू सबै थाहा छ र नियमित विद्यालय आउने, राम्ररी पढाउने शिक्षकहरू सदैव श्रद्धाका पात्र हुनुहुन्छ, अविस्मरणीय हुनुहुन्छ । दीर्घकालीन प्रभाव छाड्न सक्ने, विद्यार्थीको सोच, व्यवहार र जीवन बदल्न सक्ने, आफूले विद्यार्थीमा रोपेका लगनशीलता, प्रतिबद्धता र नैतिकगुणले समाज र राष्ट्रमा नै मगम गाउँदो बास्ना फिँजाउन सक्ने अर्थात् राष्ट्रलाई असल, इमान दार, नैतिक नागरिक दिन सक्ने हामी शिक्षकहरूभित्रै नालायक शिक्षकहरू पनि छौं र शिक्षा र असल शिक्षकलाई बद्नाम गराउँदैछौं भन्दा म भित्रको शिक्षकलाई पनि सिस्नो हाने जस्तो हुन्छ । त्यसैले सार्वजनिक शिक्षा र शिक्षकका समस्याको कुरा गर्दा हामी शिक्षकको कमजोरी उल्लेख न गर्नु र अन्य बाहिरी समस्या मात्र उठाउनु अढाइ रुपैयाँभन्दा डेढ रुपैयाँ धेरै भने जस्तो हो । आफ्नो आङको भैंसी नदेखे जस्तो हो ।

उसोभए शिक्षक सिर्जित समस्याहरू अथवा हामी कतिपय शिक्षकका कमजोरीहरू के–के हुन् त ?

सार्वजनिक शिक्षालाई उँभो लाग्न नदिने शिक्षकका पेशागत कमजोरीः
–    आफ्नो जागिरभरिको (१०–४ को) समय पनि इमान दार भएर विद्यालयलाई नदिने, विद्यालयमा भरसक कम उपस्थिति हुने, उपस्थित भएका बेलामा पनि कक्षामा ढिलो जाने र छिटो निस्कने;
–     गृह कार्य नदिने, दिए पनि भरसक नजाँच्ने, जाँचे पनि पृष्ठपोषण नदिने, पढाउनु पर्ने पाठकोे पूर्व तयारी न गर्ने , विद्यार्थीको मूल्याङ्कन कम गर्ने वा गर्दै न गर्ने , पढाउन आलटाल गर्ने र परीक्षामा चोराउने, चोराउन लगाउने, ठूलाठूला सैद्धान्तिकगफ गर्ने तर पढाउन साँच्चै इमान दार प्रयास चाहिने अवस्थामा यो भएन र त्यो भएन भनी समस्याको पहाड ठड्याएर कामबाट पन्छिने, कमजोर विद्यार्थीमा सिकाइकेन्द्रित गर्नु पर्छ भन्ने नठान्ने, आफू पनि रराम्रो गर्न नखोज्ने, रराम्रो गर्न खोज्ने सहकर्मीलाई पनि खिस्याउने;
–    वर्षैपिच्छे तालिम लिने, तालिमका लागि तँछाडमछाड गर्ने , तालिमको भत्ता र तालिमका प्रमाण–पत्र बटुल्ने तर तालिमको सिकाइ तालिम हलमै छोडेर स्कूल फर्किने, तालिमबाट केही सिकेको भए पनि त्यो सिकाइ आफ्नो कक्षा अध्यापनमा प्रयोग न गर्ने ;
–    आफ्नो स्थानमा खेताला खटाउने, महिनाको अन्तिममागई महिनाभरिको हाजिरी मिलाउने, आफ्ना कमजोरी सुधार्नुको सट्टा ‘¥यासनलाइज’ गर्ने ।
–    प्रअका लागि काम गरे जस्तो ठानी प्रअ नभएका दिन पढाउन अल्छी गर्ने , अतिरिक्त क्रियाकलाप लाई अतिरिक्त काम जस्तो ठान्ने, परीक्षाका कापी जाँच्न हेलचेक्र्याइँ गर्ने ;
–    गर्मी अथवा जाडो, धेरै विद्यार्थी वा थोरै विद्यार्थी आदिको निहुँ झ्किेर कक्षा कम लिने, आफ्नो पेशागत क्षमता बढाउन अध्ययन न गर्ने ।
–    आफूलाई समाज को महत्वपूर्ण मान्छे भन्ने ठान्ने तर असामाजिक बानीव्यवहार काखी च्यापिरहने (जस्तैः जाँडरक्सी सेवन, तासजुवा खेल्ने आदि)

शिक्षक बेइमान भइदिँदा मानवीय मूल्यमान्यता, नैतिकता र मानवीय गरिमा भत्काउने पुस्ता निर्माण हुन्छ । शिक्षकको अकर्मण्यताले देशको विकास वर्षौं पछाडि पर्छ । डाक्टरले अप्रेसन गर्दा पेटमै कैँची छोडे जस्तो, इन्जिनियरले पुल निर्माणगराउँदा तत्कालै पुल भत्किए जस्तो, वकिलको कुतर्कका कारण दोषी उम्किएको र निर्दोष दण्डित भए जस्तो, किसानको आलस्यले खेती बिग्रिए जस्तो शिक्षकको बेइमानीको असर तत्काल देखा पर्दैन । तर; बेइमान र कमजोर नैतिक धरातल भएका त्यस्ता डाक्टर, इन्जिनियर, वकिल उत्पादन गर्ने शिक्षक, प्राध्यापकहरूको कामगराइ र क्षमतामा स्वतः प्रश्नचिह्न लागि नै हाल्छ । अहिले हामी जे–जस्ता छौं (नेता, बुद्धिजीवी, कर्मचारी, नागरिक), हराम्रो नैतिक धरातल जे–जस्तो छ, त्यसको निर्माण आज भएको होइन । हामीले वर्षौं पहिले प्राप्त गरेको शिक्षा, हामीलाई कपुरी ‘क’ देखि स्नातक, स्नातकोत्तर आदि तहसम्म पढाउने हाम्रा शिक्षकको प्रभावको फलस्वरुप हराम्रो सोच, दक्षता, नैतिक धरातल निर्माण भएको हो । त्यसैले हामी शिक्षकमा रहेका कमजोरीहरूले शिक्षा क्षेत्र बढी समस्याग्रस्त बनेको हो भन्न हिचकिचाउनुपर्दैन ।

समस्या धेरै छन् । अभिभावक, शिक्षक, शिक्षा प्रशासक, नेता धेरथोर दोषी छौं । तर समाधान एउटै छ, शिक्षाप्रति चासो र कर्म बढाउन आफ्ना बानीहरूमा सुधार । सबैले आ–आफ्नो दायित्व बोध गरी आफूलाई सच्याउँदै जानुको विकल्प छैन । हामी सबैले मननगरौं— सुधार आफूबाट शुरु हुनुपर्छ र त्यही सुधार दिगो हुन्छ ।

जनसेवा उमावि, बयरवन, मोरङ

विजेतालाई बधाइ  !

प्रबुद्ध पाठकहरू ! ‘शिक्षक र शिक्षकका समस्या’को सेरोफेरोमा केन्द्रित रहेर शिक्षक को भदौ अङ्क देखि जारी बहसलाई पूर्व सूचना अनुरुप यसै अङ्कबाट बिट मारिएको छ । आफ्ना महत्वपूर्ण विचार र अनुभव पठाएर बहसमा सहभागी हुनुहुने सबै लेखकहरूलाई हार्दिक धन्यवाद ।

यस बहसका सहभागीमध्ये क्रमशः भदौ र मङ्सिर अङ्कमा प्रकाशित किशोरदत्त बराल (भद्रकाली उमावि, पोखरा) र डम्बरबहादुर बोहरा (गर्जनेपानी उमावि, रायल, बझङ)का विचार र प्रस्तुति हराम्रो मूल्याङ्कनमा उत्कृष्ट ठहरिए । त्यसैले बरालजी र बोहराजीलाई जनही रु.१० हजार पुरस्कार दिने निर्णय गरिएको छ । विजेतालाई हार्दिक बधाइ !

commercial commercial commercial commercial