‘स्कूलमा भूकम्प पढेको भए यस्तो हुन्थेन’

भूकम्प गएको चार महिना बित्दा पनि सलिनामा वान्ता हुने, टोलाउने, रुने जस्ता समस्या रहेको उनकी दिदी सम्झनाले बताइन् ।

जनता मावि हाङदेवा, ताप्लेजुङकी कक्षा १० की छात्रा सलिना कार्की (१६), १ असोज २०६८ को साँझ् खाना बनाउने सुरसार गर्दै थिइन् । उनकी फुपू ‘भुईंचालो आयो’ भन्दै आँगनमा निस्किन् । सलिना पनि आत्तिँदै आँगनमा आएर फुपूलाई समाउन पुगिन् । केही समयपछि फुपू त चुप लागिन्, तर, सलिना अत्तालिई नै रहिन्; फुपूलाई समाउन पनि छोडिनन् । त्यसपछि बेहोस भएकी सलिनाको २४ घण्टासम्म होस खुलेन ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि उनलाई विराटनगरस्थित न्यूरो अस्पतालमा करिब एक महिना उपचार गरियो । चिकित्सकहरूले भूकम्पले सलिनामा गम्भीर मान सिक आघात पारेको भन्दै ठूलो अस्पतालमा लैजान सल्लाह दिएपछि सलिनालाई भारतको सिलाङ पुर्याइएको छ ।

भूकम्प के हो, कसरी र किन आउँछ भन्ने बारेमा सलिनालाई त्यसअघिसम्म केही पनि थाहा थिएन । त्यसबारेमा उनलाई कसैले पनि बताएको थिएन । न त, स्कूलमै उनले भूकम्प शिक्षा लिने अवसर पाएकी थिइन् । भारतबाट टेलिफोनमा सलिनाले भनिन्, “स्कूलमा भूकम्प बारे पढेको भए म यो हालतमा पुग्ने थिइनँ होला ।” भूकम्प गएको चार महिना बित्दा पनि सलिनामा वान्ता हुने, टोलाउने, रुने जस्ता समस्या रहेको उनकी दिदी सम्झनाले बताइन् ।

१ असोजको भूकम्पका कारण मान सिक आघात पुगेका अर्का बालक हुन् तेह्रथुमको सरस्वती प्रावि ओयाक्जुङेको कक्षा १ का किरण नेपाली । भूकम्पको त्रासले गर्दा नेपालीमा डराउने, काँप्ने र भूकम्पलाई गाली गरेर बोलिरहने समस्या देखि एको छ । “भुईंचालो मान्छेभन्दा ठूलो रहेछ । घर पनि भत्काउन सक्दो रहेछ । मान्छेलाई कुल्चेर लडाउँदो रहेछ भन्दै कराउँछ । भूकम्पअघि यस्तो थिएन, भूकम्पले यस्तो हालतमा पु¥यायो”, किरणकी आमा सुमित्रा भन्छिन् ।

भूकम्पका कारण किरणको जस्तै समस्या भोग्दैछन् प्रवोद मावि माबु इलामको कक्षा २ मा अध्ययनरत अखिल गुरुङ । भुईंचालोले विद्यालयको भवन भत्काएको देखेका अखिल धैरै दिन विद्यालय जान मानेनन् । जुनै बेला पनि ‘भुईंचालो’ भन्दै आत्तिने, आकाशगर्जिदा पनि ‘भुईंचालो’ भनेर रुने समस्याबाट उनीग्रसित छन् ।

भूकम्पपछि केही छात्रछात्रा स्कूल नै नआएको प्रवोद माविकी शिक्षक हेम कुमारी गुरुङ बताउँछिन् । “आफैँलाई पनि डर लागिरहेको थियो, उनीहरूलाई कसरी सम्झउने ? अभिभावक र विद्यार्थी धेरै डराएकाले हामीले घरघरै गएर सम्झयौँ” उनले भनिन् ।

इलामका पूर्ण रूपमा भत्किएका विद्यालयहरूले त्रिपाल टाँगेर पढाइ सञ्चालन गरे । पर्खाल चर्केका स्कूलले चाहिँ पुरानै कोठाबाट काम चलाउने प्रयास गरे । यसले विद्यार्थीमा अर्को मनोवैज्ञानिक त्रास थपिदियो । चर्किएका भित्ता हेर्दै उनीहरूले चर्कने क्रम बढेको बताउन थाले । विद्यार्थीको त्रास मेटाउन कतिपय शिक्षकहरूले चर्केको भाग केही दिन नियमित नाप्न ल गाउँदै दैनिक रेकर्ड राख्न पनि लगाए । “त्यसो गर्दा पनि विद्यार्थी डराउन छोडेनन्; पर्खाल भत्किन लाग्यो अब किच्छ भन्दै कोठाबाट भाग्ने गरेका छन्” पाँचथरका शिक्षक बालकृष्णगौतम भन्छन् ।

अखिल गुरुङको जस्तो समस्या इलामका धेरै विद्यार्थीमा परेको छ । राष्ट्रिय निमावि जमुनामा पढ्ने दिदीबहिनीगंगा र उमा दियालीको घर र विद्यालय एकैचोटि भत्कियो १ असोजको भूकम्पले । विद्यालय आउँदा पनि दियाली दिदीबहिनी डराउने गरेका छन् । “हराम्रो घर र स्कूल फेरि बनाए पनि फेरि भुईंचालोले भत्काइहाल्छ भनेर उनीहरू डराउँछन्”, शिक्षक कुमार गुरुङ भन्छन् । उनका अनुसार विद्यालयका चारवटा भवनमध्ये १ असोजको भूकम्पबाट एउटा मात्र बचेको छ ।

सचेतना कक्षाले केही राहत
भूकम्पको त्रासले छात्रछात्रा डराएको र मान सिक आघात परेको जानकारी आएपछि जिशिका इलामले स्थानीय मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) सँग समन्वय गरेर भूकम्पको वैज्ञानिक कारण, भूकम्प सम्बन्धीगलत धारणा हटाउने तरिका र भूकम्पबाट बच्ने उपाय बारे सचेतना कक्षा सञ्चालन गरयो । जिशिअ महेन्द्रप्रसाद पौडेलका अनुसार कार्यलयको सिफारिसमा भूकम्पबाट बढी क्षति भएका जिल्लाका १० वटा विद्यालयमा यस्ता कक्षाहरू सञ्चालन गरिए । यसले भूकम्प पीडित शिक्षक तथा छात्रछात्रालाई केही राहत पुर्याएको पौडेलको कथन छ । उनले थपे, “यस्ता कक्षा स्कूल तहमा बेलाबेलामा चलाउन पाए भूकम्पको त्रासदीबाट नानीहरूलाई मुक्त राख्न सकिन्थ्यो ।”  

त्यसो त, १ असोजको भूकम्पपछि शिक्षकहरूले पनि कक्षाकोठामा भूकम्प चर्चा बढाएका छन् । इलामको आदर्श निमावि सिद्धिथुम्काका प्रअ सीताराम रिसालका अनुसार विद्यार्थीको डर हटाउन शिक्षकहरूले पनि कक्षाकोठामा छलफल चलाउने गरेका छन् । उनको कथन छ, “भूकम्पका कारण, बच्ने उपाय र भूकम्पगइसकेपछि को सावधानी बारे प्रयोगात्मक छलफल गर्दा छात्रछात्रामा सकारात्मक धारणा विकास भएको छ । हामीले कक्षामा अब भूकम्प सम्बन्धी छलफल लाई घनीभूत तुल्याउनुपर्छ । अन्यथा जुनसुकै बेला आउने भूकम्पले हामीलाई बर्बाद पार्छ ।”

 

commercial commercial commercial commercial