बालविकास केन्द्र गुण र विशेषता

अमेरिकाको नेसनल इन्स्टिच्युट फर अर्ली चाल्इड एजुकेशन रिसर्च (निर) ले अमेरिकाका बालविकास केन्द्र अर्थात् पूर्व प्राथमिक विद्यालयको निम्ति निर्धारण गरेका विशेषता, गुणस्तर र नीतिगत व्यवस्थाहरू नेपालका लागि पनि सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरिएको छः

राम्रा बालविकास केन्द्र अर्थात् पूर्व प्राथमिक विद्यालयका शिक्षकले नानीहरूलाई आदर गर्छन्; उच्च संस्कार दिएर हुर्काउँछन् । बालबालिकालाई चुनौती सामना गर्ने सीप सिकाउँछन् ।

बालबालिकालाई आदर गर्नु सर्वाधिक महत्वको कुरा हो । बालबालिकाहरू स्वभावैले वयस्क मानिससँग हेलमेल गर्न रुचाउँछन् । ठूला मानिसका नजिक बस्न पाउँदा ती खुसी हुन्छन् । बालबालिकाहरू आफ्ना दौँतरी हुन् वा ठूला मानिसहरू, जोसँग पनि अन्तरक्रिया गर्न र विभिन्न तरिकाले संवाद गर्न मन पराउँछन् । उनीहरू लामो समयसम्म मौन रहन र एक्लै बस्न सक्दैनन् । आफूलाई उपेक्षा वा बेवास्ता गरेको पटक्कै मन पराउँदैनन् । अर्थात् बालबालिका स्कूल जान पाउँदा खुशी हुन्छन्; किनभने उनीहरूले स्कूलमा नयाँ साथी र नयाँ–नयाँ कुरा सिक्न पाउँछन् । यी कुराहरू गतिला बालविकास केन्द्रमा सहजै पाइन्छन् ।

राम्रा पूर्व प्राथमिक स्कूलमा बालबालिकाका लागि हमेसा नयाँ सीप, ज्ञान र प्रयोग गर्ने अवसर उपलब्ध हुन्छन् । उनीहरूलाई स्कूलमा संवाद गर्ने , काम सिक्ने र अनुभव गर्ने अवसर प्राप्त हुन्छ ।
कक्षाकोठाहरू पढ्ने र गृह कार्य बुझाउने स्थान मात्र होइनन् । त्यहाँ बालबालिकाको रुचि अनुसारका खेलौना र शैक्षिक सामग्री पनि हुनुपर्छ । त्यस्ता सामग्रीको अभ्यास तथा प्रयोगले बालबालिकाको बौद्धिक अनुभव बढाउन सहयोग पुग्छ । स्तरीय पूर्वप्राथमिक विद्यालयमा बालबालिकाले खेलेर सिक्ने अवसर पाउँछन् । त्यहाँ घोकाइँदैन, दबाब दिइँदैन, बरु खेल्ने अवसर दिइन्छ । खेलबाट उनीहरूले चुनौती सामना गर्न सिक्छन् ।

बालबालिका कक्षाकोठामा पनि यताउता गरिरहन मनपराउँछन् । कक्षामा हिँड्नु, डुल्नु वा कुनै वस्तु छुनु र चलाउनुले सिकाइको स्तर बढाइरहेको हुन्छ । कुनै उद्देश्य लिएर नै उनीहरूले यस्ता क्रियाकलाप गरिरहेका हुन्छन् । राम्रा बालविकास केन्द्रमा बालबालिकाका यस्ता क्रियाकलापहरूलाई महत्वका साथ सम्मान गरिन्छ ।

राम्रा पूर्व प्राविमा बालबालिकाले अर्थपूर्ण निर्णय लिन सक्छन् । किनभने उनीहरू त्यहाँ केही न केही काम गरिरहेका हुन्छन् । राम्रा पूर्व प्राथमिक शिक्षालयमा बालबालिकाका यस्ता क्रियाकलाप को रराम्रोसँग समीक्षा गरिन्छ ।
बालबालिका स्वभावैले विभिन्न क्रियाकलाप र गतिविधि चयन गरिरहेका हुन्छन् । उनीहरू आफूलाई कुन बेला कस्ता सामग्री चाहिन्छन् र ती सामग्रीबाट के गर्न सकिन्छ भन्ने कुरा सोचिरहेका हुन्छन् । त्यसको प्राप्तिका लागि आफैँ निर्णय लिन्छन् । त्यसै गरी उनीहरू साथीसँग कुरा कानी गर्न र खेल्न मन पराइरहेका हुन्छन् । त्यसबारे स्वनिर्णय लिन्छन् ।गतिला शिक्षालयमा बालबालिकाका यस्ता प्रवृत्ति र अभ्यास लाई प्रोत्साहन गरिन्छ ।

राम्रा पूर्व प्राथमिक शिक्षालयमा बालबालिकाको घरेलु बोली र संस्कारलाई पनि सम्मान गरिन्छ ।
राम्रा शिक्षालयमा बालबालिकाका निजी व्यवहारलाई पनि स्वीकार गरिन्छ र सक्दो प्रशंसा गरिन्छ । कक्षाकोठा र पाठ्यक्रममा पनि यस्ता तत्वहरू समावेश गरिएको हुन्छ ।   

बालबालिकाले एक्लै, सानो समूह वा ठूलो समूहमा पनि विभिन्न क्रियाकलाप गर्न सक्छन् । अर्थात् उनीहरू विभिन्न वातावरणमा सिक्न सक्षम हुन्छन् ।
सहज वातावरणमा स्वतन्त्र भएर होस् वा निश्चित अनुशासनमा रहेर पनि, बालबालिका जतिखेर पनि सिक्न सक्षम हुन्छन् । आफूभन्दा ठूलो उमेर समूहका साथी र शिक्षकबाट तिनले सामाजिकता र निजी अनुशासनका विधिहरू पनि सिक्न सक्छन् । ख्याल राख्नुपर्ने कुरा के हो भने सबै बालबालिकामा बौद्धिक तथा शारीरिक विकास एकै खालको हुँदैन । राम्रा शिक्षालयहरूले यही कुरालाई ध्यान दिएर बालबालिकाको निजी आवश्यकता र स्तर लाई विशेष महत्व दिएका हुन्छन् । र, सिकाइ क्रियाकलाप गराउँदा उनीहरूको क्षमता अनुसारको विधि अपनाउँछन् ।

बालबालिका आफूलाई भोलि आवश्यक पर्न सक्ने सीप पनि आवश्यकता अनुसार सिकिरहेका हुन्छन् ।
नानीहरूको बोलिरहने बानीले भाषा सम्बन्धी अभ्यास बढाइरहेको हुन्छ । बोलचाल गरिरहने बच्चाले किताब पढ्दा पनि अन्तरक्रिया गर्न रुचाउँछन् । अर्थात् बोल्ने बानीले बुझेर पढ्ने अभ्यास को विकास गरिदिन्छ । ठूला मानिसहरूसँग विस्तारमा कुरा कानी गर्न सहयोग पुर्याउँछ । यसबाट लामो समयसम्म लेख्ने र पढ्ने बानीको विकास गराउँछ । यस्तो बानी परेका बालबालिका सिक्न पाउँदा आनन्द लिन्छन् । उनीहरूमा सकारात्मक सोचको विकास हुन जान्छ । राम्रा शिक्षालयमा बालबालिकालाई स्कूलमा भाषाको अवधारणा सिक्ने अवसर उपलब्ध हुन्छ । स्कूलमा कसरी कुरा सुन्नुपर्दछ, शिक्षकले दिएका निर्देशनहरू कसरी पछ्याउन सकिन्छ अनि शिक्षकले सोधेमा कसरी जवाफ दिनुपर्दछ भन्ने कुरा पनि सिकिरहेका हुन्छन् । उनीहरूले स्कूलमा नै समस्याहरू समाधान गर्ने तरिका पनि सिकेका हुन्छन् । राम्रा शिक्षालयका विद्यार्थीहरू सधैँ समस्या समाधान गर्ने तत्परता देखाउँछन् ।

राम्रा पूर्व प्राविका नानीहरूले ‘स्कूलका कामको तयारी’ गर्ने सीप सिक्ने अवसर पाएका हुन्छन् ।
बालबालिकाले त्यहाँ शब्दभण्डार बढाउने सीप सिक्न पाउँछन् । सावाँ अक्षर मात्र होइन त्यो के सिद्धान्तमा आधारित छ भन्ने पनि बुझन पाउँछन् । शब्द र आवाजको तालमेल मिलाउने तरिका जान्न पाएका हुन्छन् । गणितमा अङ्क, आकार र नापको ज्ञान, वस्तुको आकार, क्षेत्रफल र स्थानको सम्बन्ध आदि बुझन पाउँछन् । अनि त्यही अनुसार काम गर्ने बानी बसाउँछन् । पढ्दापढ्दै बालसुलभ सोच अनुसारको वैज्ञानिक परिकल्पना विकास गर्ने अवसर पाउँछन् । राम्रा शिक्षालयमा नानीहरूले वर्तमान विश्व र यसले कसरी काम गर्छ भन्ने तरिका थाहा पाउँछन् ।

राम्रा शिक्षालयमा बालबालिकाका जिज्ञासालाई नै तिनको प्रेरणाको प्रमुख स्रोत मानिएको हुन्छ ।
बालबालिकाले उपलब्ध वातावरणमा अनेक रुचि तथा जिज्ञासा प्रदर्शन गरिरहेका हुन्छन् । त्यसका आधारमा उनीहरूले विभिन्न किसिमका सोच र अवधारणा पनि विकसित गरिरहेका हुन्छन् । बालबालिकाका यस्ता प्रवृत्तिको अध्ययनले पाठ्यक्रम र सिकाइ क्रियाकलाप हरूको निर्माण वा रचना गर्न सहयोग पुरयाउँछन् ।

राम्रा बालविकास केन्द्रले बालबालिकाको दैनिक क्रियाकलाप का आधारमा विविध शैक्षिक गतिविधिहरू निर्माण गरेका हुन्छन् ।
बालबालिका शान्त वातावरण चाहन्छन् । तर, उनीहरूगतिशील हुन्छन् । राम्रा शिक्षालयमा विद्यार्थीलाई यस्तै शैक्षिक वातावरण उपलब्ध हुन्छ । बालबालिकालाई कक्षाभित्रका क्रियाकलाप गरिसकेपछि कक्षा बाहिर निस्केर सिक्ने वा खेल्ने अवसर उपलब्ध हुन्छ । उनीहरूलाई छोटा–छोटा क्रियाकलाप गर्न दिइन्छ । त्यस्तै उनीहरूमा लामो समयसम्म ध्यान दिएर सुन्न सक्ने बानी विकसित गर्ने अवसर हुन्छ राम्रा शिक्षालयमा ।

परिवार र बाल–शिक्षालय

राम्रा बाल शिक्षालयहरूले बालशिक्षाका सबैजसो कार्यक्रम तिनका परिवारका सदस्यहरूको साझेदारीयुक्त सहभागितामा सम्पन्न गरेका हुन्छन् ।
बालबालिकाका रुचि, क्षमता र लगावका बारेमा तिनका अभिभावकहरूलाई नै बढी जानकारी हुन्छ, त्यसकारण राम्रा शिक्षालयहरूले अभिभावकसँग लगातार परामर्श आदान–प्रदान गरिरहन्छन् । बालशिक्षाका कार्यक्रमहरूमा अभिभावकहरूलाई पनि भाग लिने अवसर हुन्छ ।

राम्रा साना शिक्षालयहरूले अभिभावकहरूलाई पनि बालशिक्षाका विविध कार्यक्रम र अभिभावकत्व गर्ने सीपमा सुधार ल्याउन विशेष अवसर उपलब्धगराउँछन् ।
बालबालिकाका निजी प्रगति र सीप विकास का बारेमा अभिभावकहरूलाई नियमित सूचना दिइन्छ राम्रा बालविकास केन्द्रमा । बालशिक्षाका नीति र कार्यक्रम सुधार गर्ने काममा अभिभावकहरूले पनि योगदान गर्न सक्छन् भन्ने मान्यता राखेर उनीहरूलाई पनि विशेष अवसर उपलब्धगराइन्छ ।

बालबालिकाका पारिवारिक भाषा र संस्कृतिलाई राम्रा शिक्षालयले उचित सम्मान दिन्छन् र लवज र संस्कृतिको प्रशंसा गर्छन् ।
पूर्व प्राथमिक शिक्षालयले बालबालिकासँग सूचना आदानप्रदान गर्दा तिनले प्रयोग गर्ने पारिवारिक भाषा प्रयोग गरिदिनुपर्दछ । यसो गर्दा बालबालिकाका परिवारका मान्यता, विश्वास र संस्कारको सम्मान हुन जान्छ । यी महत्वपूर्ण कुरा हरूलाई रराम्रोसँग बुझेर शैक्षिक कार्यक्रम बनाउनुपर्दछ ।

राम्रा शिक्षालयले प्रत्येक परिवारलाई ‘क्षमतावान परिवार’ मान्ने दृष्टिकोण विकसित गरेका हुन्छन् ।
यसरी प्रत्येक परिवारलाई क्षमतावान मानेर चल्ने हो भने बालबालिकाको हेरचाह र विकास मा परिवार स्वतः संलग्न हुन्छ । राम्रा बालविकास केन्द्रले यस्तो पद्धतिलाई टेवा पुग्ने गरी मजबुत समर्थन र सहयोग दिनुपर्छ ।

बाल विकास केन्द्र र शिक्षक

शिक्षकहरू योग्य हुन्छन्ः

राम्रा बालविकास केन्द्रमा कम्तीमा चारवर्षे स्नातक गरेका शिक्षक हुन्छन् । तिनले बालविकास विषयमा विशेष तालिम पाएका हुन्छन् । ती शिक्षकहरूमा बालविकास का अवधारणा र पद्धति, शिक्षण विधि तथा पाठ्यक्रमका बारेमा गहिरो जानकारी हुन्छ । उनीहरू बालबालिकाहरूमा सामाजिकता र बौद्धिक विकास लाई टेवा दिनका लागि विविध अवसर उपलब्ध गराउन पनि सक्षम हुन्छन् ।

शिक्षकहरू बालबालिकासँग छोटो समयमै नियमित अन्तरक्रिया गर्न सक्षम हुन्छन्ः
असल र योग्य शिक्षकले विद्यार्थीहरूलाई नियमित रूपमा जानकारीमूलक वार्ता गर्न प्रेरित गर्छ । शिक्षकले नानीहरूलाई बालबालिकाको ज्ञान तथा शब्दभण्डार बढाउन तथा किन र कसरी होला भनेर लामो उत्तर दिनुपर्ने खालका खुला प्रश्न सोधेर बोल्ने बानी बसाइदिन्छन् । बोल्न सिकाइसकेपछि समस्या समाधान गर्नका लागि उत्प्रेरित गर्छन् ।

शिक्षकले गणित र प्रारम्भिक भाषा शिक्षाका अवधारणा बुझाउन परियोजना कार्यको विधि अपाउँछन्ः
यी विषयहरू पढाउनका लागि शिक्षकले आफ्ना पूर्व अनुभवका आधारमा उचित क्रियाकलाप हरू सञ्चालन गर्द छन् र क्रियात्मक पाठ्यक्रम बनाएर आवश्यक शैक्षिक गतिविधिहरू चलाउँछन् ।

योग्य शिक्षकले प्रत्येक विद्यार्थीका प्रगतिका बारेमा दैनिक तथ्याङ्क राखेका हुन्छन्ः
यिनै तथ्याङ्कहरूलाई नै विद्यार्थीसँग सम्बन्ध बनाउने आधार बनाएका हुन्छन् । त्यतिमात्र होइन बालबालिकाहरूमा दैनिक जसो देखा पर्ने क्षमता वृद्धिको दैनिक लगत पनि राख्छन् । यसलाई आधार बनाएर विद्यार्थीका उपलब्धि बढाउने खालका क्रियाकलाप र योजना तयार गर्छन् ।

योग्य शिक्षकले विशेष खालको सिकाइ विधि आवश्यक पर्ने बच्चाहरूका लागि विशेष सीप सिकाइका लागि सिफारिस गर्द छन्ः
तालिम प्राप्त शिक्षकहरूले बालबालिकाका समस्याका विस्तृत मूल्याङ्कन गरिरहेका हुन्छन् र समस्याको ठीक पहिचान गरेर तिनका अभिभावकलाई उचित सल्लाह दिने काम गरिरहेका हुन्छन् ।

राम्रा शिक्षालयमा शिक्षकहरूले सम्मान र मर्यादासहित रराम्रो तलब तथा अन्य सुविधा पाएका हुन्छन्ः
त्यहाँ शिक्षकहरूको मिहिनेतको कदर भएको हुन्छ । नियमित पारिश्रमिक पाइरहेका हुन्छन् । अनुभवी र विशेष दक्षता भएका शिक्षकले विशेष सुविधा पनि पाइरहेका हुन्छन् । विद्यालयले शिक्षकका व्यावसायिक वृत्ति विकास का लागि आवश्यक पर्ने अवसरहरू पनि जुटाइदिएको हुन्छ ।

स्तरीय बालविकास केन्द्रका अरू कर्मचारीहरूले पनि व्यावसायिक क्षमता विकास गर्ने अवसर पाएका हुन्छन्ः
उनीहरूको कामको पनि नियमित मूल्याङ्कन भइरहेको हुन्छ । त्यति मात्र होइन, स्कूलका कर्मचारीहरूलाई नियमतिर ूपमा व्यावहारिक ज्ञान र आवश्यक सुझाव दिइरहेको हुन्छ ।

शिक्षक अभिभावकप्रति आदर सम्मान देखाउँछन् र बालबालिकालाई न्यानो माया दिन्छन्ः
गतिलो शिक्षालयका शिक्षकहरू बालबालिकाका निजी व्यक्तित्व र तिनका परिवारका भाषा र संस्कृतिबारे जानकार हुन्छन् । अनि उनीहरू अभिभावक वर्गको क्षमता आदिलाई प्रशंसा गर्द छन् ।

शिक्षकहरूले सहकर्मी, अभिभावक तथा विषयगत मित्रहरूसँग सम्मान जनक सहकार्य गरेका हुन्छन्ः
यस्ता शिक्षालयका प्रत्येक कक्षामा अनिवार्यतः एक शिक्षक हुन्छन् भने उनलाई दिनभर सहयोग गर्न र समूहमा मिलेर काम गर्न एकजना वयस्क सहयोगी पनि उपलब्धगराइएको हुन्छ । अमेरिकाको नेशनल एसोसिएसन अफ एजुकेशन फर योङ्ग चिल्ड्रेनले ३–५ वर्ष समूहका बालबालिकाका लागि १० बच्चा बराबर एक शिक्षक र एक सहयोगी स्टाफ तोकिदिएको छ । बालबालिकाको समूह २० जनाभन्दा बढीको हुनुहुँदैन भनेको छ ।

शिक्षकले शिक्षणको विशेष उद्देश्य भएको पाठ्यक्रम उपयोग गरेका हुन्छन् । त्यस्ता पाठ्यक्रममा बालशिक्षा सिकाउने तरिका, लक्षित प्रतिफल र मूल्याङ्कन पद्धति समेत समावेश भएको हुन्छः
प्रत्येक शिक्षकले पाठ्यक्रमका उद्देश्य र लक्ष्य आदि बारे रराम्रो जानकारी राखेका हुन्छन् र आवश्यकता परेका बेला रराम्रोसँग व्याख्या गर्न पनि सक्छन् । उनीहरूलाई त्यस्तो पाठ्यक्रम किन बनाइयो वा अपनाइयो अनि त्यसबाट के उपलब्धि हुन सक्छ भन्ने कुरा को रराम्रो जानकारी हुन्छ ।

स्तरीय शिक्षालयमा विद्यार्थीले फराकिलो कक्षाकोठा र शिक्षण सामग्रीले भरिएको आकर्षक कक्षामा बसेर पढ्ने/सिक्ने अवसर पाएका हुन्छन्ः
त्यस्ता शिक्षालयहरूमा शिक्षण सामग्रीहरू पनि उमेर अनुसार मिल्ने गरी राखिएका हुन्छन्– चित्र, सङ्गीत, विज्ञान, भाषा, गणित, दिमागी खेल ९एगशशभिक० तथा नाटक गर्न मिल्ने खेल तथा नयाँ रचना गर्न मिल्ने सामग्री पनि बच्चाका उमेर अनुसार मिल्ने गरी राखिएका हुन्छन् ।

प्रस्तुतिः हस्त गुरुङ

commercial commercial commercial commercial