योग्यता

मैले उसलाई बिदा गरे । मोबाइलमागीत बजाउँदै ऊ बाटो लाग्यो । हरिपगीत बजेथ्यो । सुन्न मन थियो तर ऊ गइसक्यो टाढागीतको धुनसँगै । त्यसगीतको धुनले आज पढ्न मन लागेन । झन् होमवर्क त सबै छ ।गुडनाइट । मनमनै भाइसँग बिदा लिएँ ।

‘यो पढ्ने भन्ने कुरा पनि गाह्रै हो ।’
‘किन, के भो ?’
‘हेर्न—होमवर्कको चाङ !’
‘छोड्दे, कालिदास पढेर विद्वान् भएका होइनन् ।’

उसले यसै भन्यो । हुन पनि हो । उसले एसएलसी रामै्र अङ्क ल्याएर पास गरेको थियो । ‘फन्टुस छ, केही काम छैन’ भन्थे सरहरूले । तर सबैलाई छक्कै पार्दियो उसको मार्कले । ऊ विद्यालयमा सर्टिफिकेट लिन जाँदा म पनि सँगै थिएँ । सरहरूले ‘तिमी किन आएको ? क्लास चलिरहेको छ’ भन्दा म रातो भएको थिएँ । ऊ भने शानसँग “ऊ मेरो साथी आएको” भनेर निकै दमसँग बोलेको थियो । उसको दम देखेर हेडसर पनि बोल्नुभएन । अरू सरहरूको त के कुरा ; मुखामुख मात्रै । हेडसरले सर्टिफिकेट दिंदै भन्नुभयो, “आइरनगेट त तोड्यौ, अबको तिम्रो कलेज पनि राम्रै होस् ।” “म तपाईंहरूको आशीर्वाद खेर जान दिने छैन ।” उसले यसै भनेको आज जस्तै लाग्छ ।

प्रस्तावित गाउँको माध्यमिक विद्यालय । त्यसै त गाउँलेहरू गरिब, दुः खी । त्यसमा पनि दुः खी गरिबका केटाकेटीले टाढा गएर पढ्न सक्दैनन् । फलतः उनीहरूको भविष्य बाउ, बाजेको भन्दा फरक हुँदैन, झन् ओरालो लाग्छ भन्ने सोचेर गाउँलेले गाउँमै माध्यमिक विद्यालय खोले । हामीलाई त केही राहत भएको थियो तर दुर्भाग्य गाउँलेहरूलाई झन् बढी दुः ख आइपरयो । ऊ पनि त्यही विद्यालयको उत्पादन थियो । दुः खले चलाएको माध्यमिक विद्यालय ‘शायद अरू विद्यालयहरूले पनि त्यही गर्छन् होला जुन उसले गरयो’ अर्थात् केही आर्थिक सहयोग गरी विद्यालयबाट प्राप्त हुने सबै प्रमाणपत्र बुझी हेडसरसँग हात मिलाउँदै ऊ बाहिरियो । म पनि पछि पछि लागें । ‘हेर क्लास छुटेपछि तँ मेरो सम्पर्कमा आउनु ल !’ उसले भन्यो । मैले स्वीकृत टाउको हल्लाएको थिएँ ।

ऊ र ममा उमेरले त्यति धेरै फरक छैन । मैले जान्दा ऊ मभन्दा अलिकता अग्लो र मोटो थियो । दाइहरूको लहैलहैमागाईखर्के चौरमा हामी धेरैपटक लड्यौं । सधैं उसले मलाई मुनि पाथ्र्यो । म मुनि परेर रुन खोज्दा दाइहरूले मलाई माथि पारिदिन्थे; अनि म रुनुको साटो हाँस्थें । मभन्दा केही समय अगाडि मात्रै हो ऊ विद्यालय छिरेको । जेहोस् म स्कूल जाँदा ऊ विद्यालयका केही केटाकेटीहरूको दादा भइसकेको थियो । कक्षा छुटेपछि ऊ अगाडि नै भाग्थ्यो आफ्नै साथीहरूमध्ये कसैलाई प्याट्ट हिर्काएर । ‘तँलाई देख, म भोलि सरलाई भनिदिन्छु’, रुँदै यसै भन्थे । कति पटक त मैले पनि भने हुँला । समय अगाडि हिँड्दै गयो । कति पटक त ऊ फेल भयो । म झन् पछि । अहिले भाइले पढेको देख्दा ती कुरा गर्न पनि लाज लाग्छ । जे भए पनि हामीले स्कूल जान छाडेनौं । त्यसैले ढिलै भए पनि ऊ ‘आइरनगेट’ भन्ने एसएलसीबाट छि¥यो । म भने बल्ल पुग्दैछु । म पछाडि पर्नुको मुख्य कारण शायद मेरो गरिबी हो, अभाव हो । जसले मलाई समयमा विद्यालय पुर्याएन, समयमा अक्षर चिनाएन, कक्षा उकालेन ।

त्यसपछि ऊ क्याम्पसतिर गयो । कुन क्याम्पस छि¥यो, कुन विषय लिएर पढ्यो मलाई थाहा भएन । किनकि ऊ शहरिया बन्यो । गाउँमा उसको उपस्थिति पातलिँदै गयो । गाउँमा कति मेला लाग्यो र कति भेटघाट भए । गाउँलेहरूलाई कस्ता कस्ता दुः ख–सुख परे र बाँडे । कति नयाँ जन्मे, कति चाउरी परे र गए । उसले ती सबै देख्न पाएन । ‘तिमी किन गाउँतिर आउँदैनौ ?’ एकपटक जाडो बिदामा आएको बेला सोधेँ । ‘के गर्ने गाउँ आएर टाइम पास केही छैन । यता हल्लियो, उता हल्लियो बेकारमा अनुहार मात्रै बिगार्नु ! मान्छे कहाँ कहाँ पुगे, तिमी गाउँ आउँदैनौ भनेर दुखेसो मान्छौ । हेर शहर भनेको शहर हो । जहाँ धेरै मान्छेसँग भेट हुन्छ । धेरै मान्छेसँग भेट भए धेरै कुरा सिकिन्छ । फेरि सुविधा पनि धेरै छ । यहाँ के छ भन त ? मलाई त लाग्छ, यो १५ दिनको बिदा पनि नदिए हुन्थ्यो । बेकारमा टाइम वेस्ट मात्र ।’

गाउँ छाड्नु अगाडि ऊ सधैं मलाई तँ भन्थ्यो । तर यसपालि तिमी भनेको सुन्दा मलाई कस्तो कस्तो भयो । अलि बेग्लै, खुशी लागे जस्तो, अप्ठ्यारो लागे जस्तो, अनि नमिलेको जस्तो । जेहोस्, ऊ परिवर्तन भएछ । चारित्रिक भए जस्तो पनि लाग्यो । जेहोस् रराम्रो लाग्यो । पहिला गाउँमा सबैलेगालीगर्थे त्यसलाई । अहिले माया गर्छन् । गाउँमा उसैको चर्चा छ । ‘धनीको छोरो बिग्रियो भनेको बल्ल तह लागेछ । धेरैलाई साइनो लाउँछ, रराम्रो भएछ’, कसै–कसैले भनेको सुनें मैले । मलाई नै तिमी भनेको थियो । साँच्चै रहेछ । म पनि एसएलसीपछि त्यस्तै हुनुपर्छ ल ! एउटा मनले त्यही भन्यो । तर गाह्रो छ एसएलसी गर्न, अर्को मनले समस्या देखायो । यी यस्तो चाङ छ अहिल्यै... ? यही त गाह्रो छ । झन् कस्तो होला त्यो दिन ! मैले त्यो पास गरे पछि मेरो घरमा र गाउँमा उसको जस्तो मान पाउँला कि नपाउँला फेरि एउटा मन करायो । कस्तो अप्ठ्यारो आ..छु..छु कस्तो जाडो भयो । अर्को मनले फेरि कुरा बटार्‍यो ।

मकर सङ्क्रान्ति, मैले शैक्षिक क्यालेन्डरमा यही देखें । सरहरूले बिदा भन्नुभयो दुई दिनको । शायद अघिल्लो दिन बिदाको दिन थियो । मैले घरमा रेडियो सुनेको थिएँ । तर बिदाको बारेमा सुनिनँ । पहिलो त मसँग शैक्षिक क्यालेन्डर छैन । फेरि रेडियोमा आउने सबै समाचार सुन्ने फुर्सद पनि छैन ।

उसको छुट्टी सकिएछ क्यारे ! ऊ पढ्न जाने बेलामा मलाई सम्झायो– ‘हेर, रराम्रोसँग पढ्नुपर्छ । यताउता गरौला नि फेरि ! तिम्रो बाले के भन्नुहुन्छ थाहा छ ? रराम्रो हुने रे ! पहिलाको जस्तो जमाना छैन । अबको भविष्य गाह्रो छ । तिमीहरूले गाउँमा काम गर्द नौ, शहरमा काम पाउँदैनौ । हामीले गरे जस्तो दुः ख न गर्ने ले आफ्नो भविष्य आफैं बनाउनुपर्छ । पछि बाउ–बाजेलाई गाली गर्न पाउँदैनौं ।’ ‘बुढाको कुरा ठिक हो बुझयौ ? जेहोस्, तिम्रो बाबा ठीक कुरा गर्छ, भलाद्मी छ । तर, खायो भने बुढो अप्ठ्यारो छ, बुझ । म भोलि बिहानै जान्छु । आफ्नो बाटो नबिर्सनू । फोन कन्ट्याक्टमा रहिरहनू ल ! यो जमाना सजिलो छ, मान्छेले दुः ख पाउनुपर्दैन तर सर–सामान हुनुपर्छ बुझयौ !’ ‘हुन्छ !’ मैले उसलाई बिदा गरे । मोबाइलमा गीत बजाउँदै ऊ बाटो लाग्यो । हरिपगीत बजेथ्यो । सुन्न मन थियो तर ऊगइसक्यो टाढागीतको धुनसँगै । त्यसगीतको धुनले आज पढ्न मन लागेन । झन् होमवर्क त सबै छ । गुडनाइट । मनमनै भाइसँग बिदा लिएँ ।

ऊ गएछ पहिलाको जस्तै, भोलि उठेर सोधें सबैलाई । गयो भने । म पनि आफ्नो अध्ययनमा लागिपरें । बाबासँग बोल्ने मेरो हिम्मत छैन, जे चाहिन्छ आमासँग मागेर पूरागर्थें । जेहोस्, बाबा र आमाको मिलन रराम्रो लाग्छ मलाई । हाँसेरै बुझनुहुन्छ हाम्लाई ।

परीक्षा नजिकिँदैछ । गाउँको विद्यार्थी टेष्ट परीक्षा त जसरी तसरी सरहरूले पास गरिदेलान् भन्ने आशा छ । हराम्रो विद्यालयमा एसएलसी परीक्षा चल्दैन किनकि प्रस्तावित विद्यालय हो । घर छोडेर जानैपर्छ । नयाँ ठाउँ, नयाँ म जस्तै साथीहरू र नयाँ सरहरू ! ओ हो ! त्यसै त परीक्षाभन्दा मलाई पिसाब बढी लाग्छ । झन् त्यहाँ कस्तो होला, के होला ! मैले टेष्ट परीक्षा दिएकै छैन । त्यसपछि आउने अवस्थाले हतोत्साहित छु । ‘ गाउँलेहरूलाई शहर भनेपछि डर लाग्छ रे !’ कतै सरले भनेको सुनेको थिएँ । त्यही अवस्था होला भनेर फेरि डराएँ म ।

ऊ गएको पनि धेरै भयो । अरू साथीसँग सम्पर्क होला उसको । तर मसँग छैन । उसले भने झै जमाना सजिलो छ तर सजिलो बनाउने मसँग साधन छैन । उसको यादमा कहिलेकाहीं दिमाग पुग्छ जसले मेरो अध्ययनमा खलल पुर्याउँछ ।

‘तैंले थाहा पाइस्, उसको कुरा ?’ साथीले मलाई भन्यो । ‘अँहँ छैन’, मैले टाउको हल्लाउँदै भनें । ‘किन ! के भो रे त्यसलाई ?’ ‘परेछ चौकीमा ।’ ‘किनगा’को रे ?’ मलाई पुलिस भन्दै डर लाग्छ । ‘तानेको भेट्टाएछ लगेछ । उसको बाउले छुटाएर आयो रे !’ सबैले रराम्रो भन्थे, त्यसलाई के भएछ । म अन्योलमा परें । ‘के रराम्रो भन्नु ! दुवै क्लासको रिजल्टमा आलु खाएछ ! शहरका केटाहरूसँग मिलेर तान्दो रै’छ । अनि हुन्छ पास ! बाउ–आमाको पसिना मात्रै खेर !’

‘भन्न त भन्थ्यो मलाई यताउता गर्लास् फेरि... । आफैं परेछ त्यस्तोमा’ ‘अर्ति लिन गाह्रो हुन्छ साथी दिनभन्दा ।’ उसले यसै भन्यो । हो के गर्नु उसको ‘एसएलसीको अङ्क’, मलाई दिएको ‘अर्ति’, गाउँलेको ‘सुध्रिएछ’ भन्ने अड्कल पनि खेरै गयो । झन् हेडसरको आशीर्वाद त खोलैमा । एकपटक नेपाली सरले परीक्षामा चिट चोर्दै गर्दा देखेर भनेको कुरा याद आयो, ‘चोरेर ल्याएको अङ्क र किनेको सर्टिफिकेटको अर्थ छैन ।’

म झ्सङ्ग बिउँझें । जाडो समय, भाइ उठेर लेख्दै रै’छ । घडी हेरेको पाँच बजिसकेछ । म फेरि उही सपनाको यादमा एकोरिएछु । सर्टिफिकेट मात्र हात पारेर के गर्नु ! समयमा योग्यताको परिणाम देखाउन नसके । चरित्र निर्माण गर्न नसके । मेरो पनि भोलि त्यही हविगत त हुँदैन ? यस्तै सोचेछु । कताबाट नाकको प्वाल हुँदै एउटागन्ध भित्र पस्यो । हँ ! यसो टाउको उठाएर हेर्दा त बत्तीको लप्कोले भाइको निदार माथिको कपाल पो खाएछ ! उसले हतार–हतार आगो निभायो । ‘सबै वस्तुहरूको रौंकोगन्ध एउटै हुँदो रै’छ ।’ भाइका र मेरा आँखा जुधे । ऊ मुसुक्क मुस्कुरा यो । कुनै दिन मैले पनि त्यसरी नै आगो निभाएको थिएँ । एकपटक फेरि याद आयो ।


श्रीगौ. बोम बस्त मावि, देवीस्थान, म्याग्दी
 

commercial commercial commercial commercial