के सिकाएँ र के सिकें

धेरै वर्षपछि कक्षा २ को अङ्ग्रेजीको पिरियड भागमा परयो । कक्षाकोठामा पस्दा प्रायः विद्यार्थीले कक्षा १ मा सिकाएको बिर्सिसकेको भान भयो । धेरैलाई न ए, बी, सी भन्न आउँछ न लेख्न । यता कक्षा २ सम्म अङ्गे्रजी माध्यममा पढाउने निर्णय गरिएको छ !

शिक्षक मासिक नियमित पढ्दै आएको छु । कसरी सिकाउने ? कसरी लेखाउने ? कसरी सोच्न सिकाउने भन्ने विषयमा डा. विद्यानाथ कोइरालाका लेखले धेरै सहयोग गर्छन् । त्यसैले कक्षा २ मात्र नभएर सम्पूर्ण विद्यालयलाई कसरी सुधार्न सकिन्छ भन्नेमा पहिला शिक्षकहरू बीच एकआपसमा अन्तरक्रिया गरियो । एउटा सोच बन्यो सबै कक्षाका अभिभावकसँग अन्तरक्रिया गर्ने । शैक्षिक सुधार समितिकोगठन गरियो । सबै अभिभावक र विद्यार्थीलाई सँग सँगै राखेर छलफल गरियो । यसले शिक्षक, विद्यार्थी र अभिभावकलाई एकअर्काको निकट ल्यायो । यसबाट घरका, विद्यार्थीका, अभिभावकका र शिक्षकका समस्या खुलस्त भए ।

कक्षा २ को सन्दर्भमा मैले अभिभावकसँग चार कुरा ः १. सिसाकलम २. इरेजर ३. अङ्ग्रेजी लेख्ने कपी र ४. कलम तिखार्ने कटर नियमित रूपमा उपलब्ध गराउन अनुरोध गरे ।

मैले शुरु मा विद्यार्थीहरूलाई धर्का तान्न / \ _ | सिकाएँ । त्यसपछि A लेख्न छड्के दुई वटा धर्का तान र तेर्साे जोड । एवं तरिकाले Z सम्म लेखाउन सिकाएँ । यसरी सिकाउँदा उनीहरूले सिक्नको लागि तत्परता र उत्साह देखाए । विद्यार्थीले अक्षर चिन्न र लेख्न थाले पनि अक्षर बन्न भने सकेका थिएनन् ।

अक्षर सुधार्न बाँदरको पुच्छर, जिराफको घाँटी रगोहीको आकारलाई उदाहरणका रूपमा अघि सारें । ‘जिराफको घाँटी लामो हुन्छ हैन’ भनेर सोधें । ‘हो’ भने पछि लौ त्यसो भए b d f l k t h को टाउकोतिर जिराफको घाँटी जस्तै लामो बनाऊ भनें । त्यस्तै गरी बाँदरको पुच्छर जस्तो तल झ्रेको अक्षर खोज भनें । उनीहरूले y g j p q फेला पारे । यी अक्षरलाई बाँदरको पुच्छर जस्तै गरी तल झर्न भनें । बाँकी रहेकालाई कछुवाको जस्तो डल्लो हुने अक्षर के के होलान् भनी प्रश्न गरे ेंं । उनीहरूले भने c e i... ।

विद्यार्थीको उत्साह बढाउन अर्काे हप्ताबाट जसले धेरै र राम्रा अक्षर लेखेर ल्याउँछ त्यसको कपीमा doll बनाइदिने, फोटो खिच्ने घोषणा गरे । यसपछि त एक पेज लेखेर ल्याऊ भन्दा तीन पेजसम्म लेख्न थाले । सीप लगाएर  लेख्न थाले । जस–जसले रराम्रो लेखेर ल्याउँछन् उनीहरूका कापीमा मयिि को चित्र बनाइदिएँ, अगाडि बोलाएर फोटो खिचें र पुरस्कार दिएपछि ताली बजाउन लगाएँ । अक्षर लेख्ने समस्या सुल्झ्यिो ।

लेखनपछि पाठ्यपुस्तकका शब्दहरू पढाउन थालें । जति भने पनि एक–दुई जना बाहेक घरबाट पढेर आउँदैनथे । लेख्न भन्दा पढ्न सिकाउन गाह्रो भयो । बोर्डमा शब्द लेखेर विद्यार्थीलाई भन्न पनि लगाएँ । तर शब्दभण्डारको अपेक्षित विकास हुन सकेन ।  

शब्दभण्डार सिकाउन निकै समस्या पर्ला जस्तो भयो । यसमा पहिले उनीहरूले जानेका शब्द भन्न लगाएँ र बोर्डमा टिप्दै गएँ । कुनैले भने कुनै चुप रहे । सबैले आफूले जानेका फलफूलका नाम लेखेर आऊ भनेर गृह कार्य दिएँ । मैले लेखेका भन्दा धेरै शब्द लेखेर ल्याउन सफल भए । हप्ताको एक वा दुई दिन खेल विधि प्रयोग गरे । उनीहरूकोग्रुप विभाजन गरिदिएँ । अनि मैले पढेर उनीहरूलाई लेख्न लगाएँ । जुनग्रुपले छिटो र शुद्ध लेख्छ त्योग्रुप पहिलो भनी घोषणा गरी ताली बजाउन लगाएँ । यसो गर्दा उनीहरू थप पढेर आउन एकअर्कालाई आग्रह गर्न थाले । उनीहरू भोलि पनि खेलाउनुपर्छ भन्न थाले । मैले पढाउँदा भन्दा उनीहरूलाई खोज्न ल गाउँदा उनीहरू बढी सक्रिय देखि ए, जिज्ञासु बने, सोचे, खोजे, बुझे र जाने पनि ।

कक्षा २ कमजोर भयो भनेर यो कक्षालाई पनि चार बजेसम्म राख्ने निर्णय भयो । त्यसमा मलाई तीन पिरियड थपियो । त्यो तीन पिरियडमा मैले मौखिक रूपमा मात्रै सामान्य वाक्यहरू भन्न सिकाएँ । अहिले पनि ठूला कक्षाका विद्यार्थीहरू My come sir भन्दछन् । मैले My come हैन May I come in sir भन्न सिकाएँ । Can I go to toilet. I forgot to do my homework. I can't understand your handwriting. What is the answer for question ... जस्ता sentences सिकाएपछि सबै विद्यार्थीहरू मेरो कक्षामा अङ्गे्रजी शब्दको प्रयोग गर्ने भएका छन् ।

अहिले मलाई देख्नासाथ विद्यार्थीहरू कक्षामा पढाउन आउनु न सर भन्दछन् । कक्षामा जानासाथ मैले यति शब्द लेखें भन्दछन् । पहिले कक्षामा गृह कार्य गर्ने विद्यार्थी न्यून हुन्थे भने अहिले गृह कार्य न गर्ने विद्यार्थी हुँदै हुँदैनन् । मलाई अरू कक्षामा भन्दा त्यही कक्षामा गएर पढाउन मन लाग्छ ।

१८ वर्षको शिक्षण अनुभवमा मैले यसैपालिको कक्षा २ बाट धेरै कुरा सिकें । बच्चालाई लादेर हैन रहेछ सिकाउने ।गालीको ठाउँमा ताली, सजायको ठाउँमा पुरस्कार , हप्काउन भन्दा फकाउन वा प्रोत्साहन दिनुपर्ने, योगर भन्दा पनि त्यो विषयवस्तुलाई कुनै चिजसँग तुलना गरेर सोचाइमा परिवर्तन गराउन सकियो भने सिकाउन, सिक्न, बुझन, सोच्न गाह्रो पर्दाेरहेनछ ।

विद्यार्थीलाई लौरो हैन रहेछ । हामी पढ्दा गुरुहरूले किताबी कुरा मात्र घोकाउनुहुन्थ्यो । न अक्षर लेखाउन सिकाउनु हुन्थ्यो न तुलना गर्न । डर, भय र त्रासको वातावरणमा सिकाइ सिकियो त्यो कतिको प्रभावकारी भयो अहिले आएर थाहा लागेको छ ।
विद्यार्थीलाई सोच्ने बानीको विकास गराउन सक्नु पर्दाेरहेछ अनि मात्र शिक्षण प्रभावकारी हुँदोरहेछ भन्ने लागेको छ । कक्षा २ मा मात्रै होइन अहिले विद्यालयको वातावरणमा नै परिवर्तन आएको छ । विद्यार्थीलाई पढाइको अतिरिक्त कृषि विषयको लागि अगाडि को खेल मैदानमा तरकारी लगाउन सिकाइएको छ । विद्यार्थी अनुशासित छन् । यी सबै विद्यालयको कुशल प्रशासक, शिक्षक स्टाफको मेल र मिहिनेतले गर्दा नै हो भन्ने गर्द छन् अभिभावकहरू ।
रत्नराज्य उमावि विरिञ्चोक, गोरखा

commercial commercial commercial commercial