मन फर्केछ

कक्षाकोठामा पस्नासाथ उसले मेरो दिमागमा राज गरी । हिजो उसले भनेको याद आयो, “...म केगरम् ... !”  झ्टपट मेरा आँखाले तेस्रो बेञ्चको कुनामा बस्ने कल्पनालाई खोजे तर अहँ भेट्टाएनन् । ऊ एकपटक होशमा आउँछे कि भन्ने झ्निो आश थियो तर अब त्यो पनि रहेन । जे नहोस् भनेर सोचेकी थिएँ आखिर त्यही भयो । ट्युसनका सबै विद्यार्थी पढ्दै थिए । म पनि किताब खोली डेस्कमा टाउको आड लगाई घोप्टो परेर बसें । आँखा अगाडि किताब भए पनि मनमा चाहिं कल्पना मात्र आई रही, विगतलाई सम्झाउँदै ।

होचो कद, आकर्षक अनुहार, भ्यात्त परेको जीउ र मसिनो स्वर भएकी कल्पना । मान्छे त कलिलै नै हो तर मासु भरिएर होला तन्केको छालामा हल्कागोरोपन छाएको थियो । अलि–अलि पाउडर पनि लाउँदी हो । कक्षामा पहिले–पहिले उसलाई असजिलो महसूस भयो होला, खासै बोल्दिनथी । ऊभन्दा म सानी भए पनि कक्षामा अन्य साथीभन्दा धेरै ठूली थिएँ । त्यसैले हामी दुईलाई नजिक हुन गाह्रो भएन । यसकारण पनि मितिनीका रूपमा चिनियौं छोटो समयमा नै हामी । मलाई उसको विगतबारे केही थाहा थियो । एकदिन उसले पनि भनेकी थिई आफ्नो जीवनबारे । कुरा को अन्त्यमा यो पनि भनेकी थिई, “मान्छेभित्र पनि राक्षसको बास हुँदो रै’छ । तर पनि चिन्नै नसकिने, बाहिर भने देउता जस्तो ।” उसले अनौठो पाराले भनेकी थिई त्यो कुरा । आँखाको हेराइ, अनुहारको भाव, टाउकाको हल्लाइ हात र ओठको चलमलाइ सबै बेग्लै थियो । ऊ त्यतिबेला रिसाएकी थिई ? होइन । गम्भीर भएकी थिई ? होइन । आफैंभित्र हराएकी थिई ? त्यो पनि होइन । साँच्चै उसले अनौठो पाराले भनेकी थिई जुन मेरो आजसम्मको अनुभवमा नौलो थियो । त्यतिबेलाको अवस्थालाई शब्दमा उतार्न मैले सकिनँ ।
पढाइ शुरू गरे पछि उसले सबैको हौसला पाएकी थिई । मान्छेले उसलाई हेर्ने नजरमा पनि परिवर्तन हुन थालेको थियो ।

सरहरू भन्नुहुन्थ्यो, “पहिलेकी कल्पना होइन यो ।” पढाइमा ऊ कमजोर थिई, तीन वर्ष पढाइ छोडेकाले पनि हुनसक्छ । तर पनि मिहिनेत चाहिंगर्थी । विगत केही दिन देखि उसको हिंडाइमा लचकता थपिएको थियो, बोलीमा मस्काइ अनि मन्द मुस्कान । निधारमा टीका, परेलीमागाजल, हातमा तामा र खै अर्कै के धातुले बेरेको बाला, हिंड्दा जीउ हेर्ने भा’थी । आँखा त झन् चञ्चले । मसँग पनि खासै कुरा गर्द िनथी । पहिले देखि नै यस्तै हुँदी हो त, केही हुन्थेन तर अचानक उसमा विस्तारै–विस्तारै हुँदै गएको परिवर्तनले म छक्क परेकी थिएँ । ती परिवर्तनको कारणबारे अनभिज्ञ थिएँ म ।

पानी परेको छाप प्रष्टै थियो भुईंमा । पानीले हानेर स–साना ढुङ्गा किचरिक्क परेर देखि एका थिए । स्कूलको आँगनमा खसेको पानी चिप्लेटी खेल्दै केटाहरूको ट्वाइलेटनेरको खाल्डोमा धमिलो भएर जम्मा भएको थियो ।गाढा हरिया हुँदै गएकारूखका पातहरूमा अडिएका पानीका थोपारूख हल्लँदा सरर खस्थे । हिले चप्पल र जुत्ताको छाप नपरेकागिट्टीहरू सूर्यका किरणले टल्किएका थिए । आकाशको बीचमा सूर्य बलजत्रै थियो । दुई दिनसम्म बादलद्वारा ढाकिएको सूर्यले हिजो अस्तिको किरण पनि आजै फ्याके झै लाग्थ्यो । वस्तुभन्दा छायाँ छोटा थिए । वातावरण उकुसमुकुस हुने खालको थियो । बाहिरी वातावरणको कुनै वास्ता न गरी विद्यार्थीहरू गुरुपूर्णिमाको कार्यक्रममा रमाइरहेका थिए । म स्टेजको देव्रेपट्टिको लास्ट बेञ्चमा बसेकी थिएँ ।

यत्तिकैमा कल्पनाले भनी , “छि ! कति झयाउलाग्दो । घाम पनि कति चर्को । उता नर्सरीमा गएर बसौं न है ।” उसको यो आग्रहले मलाई लख काट्न गाह्रो भएन कि केहीगोप्य कुरा भन्न खोज्दैछे । त्यसैले मैले सहमतिमा टाउको हल्लाइदिएँ ।

स्कूल देखि पर रहेको नर्सरी, विद्यार्थी बाहिर निस्किएकाले कक्षा खाली थियो । केटाकेटीले टेकेर धूलैधूलो बनाएको बेञ्चमध्ये रराम्रो ठाउँ खोजेर म बसें । उसले ढोका बन्द गरी र मेरै छेउमा आएर बसी । मेरो हात समात्दै, अन्त कतै हेर्दै, गम्भीर हुँदै उसले भनी , “बामे इण्डियाबाट फर्केर आ’छ । त्यस्तै एक महिना जति भयो होला । घर फर्कने बाटोमा बस्या हुन्छ । मलाई देख्ने बित्तिकै मनमा ठूलै पीर परेको अपराधी झै हाँस्दै उठ्छ । मलाई बोलाउँछ । म चूपचाप हिंडिरहन्छु । ऊ एकोहोरो बोलिरहन्छ । पहिले गरेको व्यवहारप्रति पछुताउँछ । रोला झै गर्छ । कति दिनसम्म त रोयो पनि । मन न हो पग्लिहाल्यो । पछि –पछि म पनि बोल्न थालें । जस्तो भए पनि ...” मेरो प्रतिक्रिया बुझन उसले मतिर हेरी । मैले तटस्थ तर जिज्ञासु भावले उत्तर दिएँ । उसले फेरि कुरा जोडी, “पहिले मलाई कति ख्याल गथ्र्यो । पछि खै के भयो । अहिले भने सुध्रिएको रै’छ ।” उसले यसो भनिरहँदा कहिले भुईंतिर हेर्थी, कहिले भित्ताका ए, बी, सी, डीतिर , कहिले ढिलो गरेर परेली बन्द गर्दै, खोल्दै सिलिङतिर । कुरा अनुसार उसको अनुहारको भाव पनि परिवर्तन हुन्थ्यो । लामो सास फेर्दै कुरा को टुङ्गो लाउन खोजे झै गरी उसले भनी , “मैले त्यस्तो व्यवहार गर्न नहुने । विगतमा जे भयो भयो । त्यो कुरा बिर्सिदेऊ । हामी छुट्टिनुहुन्न; बामे यस्तै भन्छ ।” म केगरौं ? आफ्नो अवस्थाको बारेमा पनि सोच्नैपर्ने हुन्छ मैले ।” यति भनेर उसले प्रश्नसहित मतिर हेरी । उफ ! म त छक्क परें । लोग्नेमान्छेको अनुहारसम्म हेर्दिनँ भन्ने मान्छे त अहिले ! उसले हल्का मेरो हत्केला दबाई । म अन्योलमा परें । अन्त्यमा भनें, “तिमी मभन्दा जान्नेबुझने छौ, उमेर र व्यवहारले पनि । जीवन तिम्रै हो । जे ठीक लाग्छ, त्यहीगर ।” उसले के बुझी त्यो त मैले थाहा पाइनँ तर त्यसपछि भने उसको अनुहार उज्यालो भएको थियो । आज ऊ ट्युसनमा आइनँ, कुरा प्रष्ट भयो ।

ट्युसनबाट घर फर्कंदा नै मेरो अनुमान सत्य सावित भयो । बिजौरीमा फेरि एकपटक तरङ्ग आइसकेको थियो । त्यसको असर दुई हप्ता, पन्ध्र दिन कहिलेसम्म रहन्छ, त्यो त पछि नै थाहा होला । तर त्यही कुरा मानिसले विभिन्नगुटमा विभाजित भएर आ–आफ्ना टीकाटिप्पणी गर्दैथिए । कतिले भन्दैथिए, “ठीकै गरी, बिहे गर्नै पथ्र्यो, उसैसँग गई ।” कतिले भन्दैथिए, “आफैं पोइलगई , छुट्टापत्र गरी एक वर्ष माइतमै बसी । बाआमाले पढ्न पठा’थे । छोरीले फेरि टाप कसिछ ।” उसको प्रशंसा गर्नु हुने सरहरूले रीस पोख्दै हुनुहुन्थ्यो विद्यार्थी माथि र पोखिरहनु हुनेछ, त्यो कुरा नसेलाउँदासम्म । खाननेपानी ट्याङ्की पछाडि तास खेल्न जम्मा भएका जुवाडेहरूले भन्दैथिए, “कल्पे त फेरि त्यही बामेसँग भागी छे ।” अर्कोले थप्दैथियो, “पन्ध्र वर्षमै तगई । अब त झन् ।” अनि हाँस्दैथिए मुखामुख गरेर जोडजोडले देखाउन मिल्नेसम्मका दाँत देखाएर, चाकलमाडी बसेका खुट्टाहरू दुई हातले आफूतिर तान्दै ।

एसएलसी नतिजाको पर्खाइमा
बिजौरी–५, दाङ­

commercial commercial commercial commercial