ऊ, म र बिदाइ

 

साह्रै आत्तिएको थिएँ । डराउँदै दगुर्दै आएँ र होस्टेल इञ्चार्जसँग भनें, “सर, भोजे बग्यो ।”
“कहाँ ?”
“नदीमा”
“मतलब ?”
“हामी चार जना पौडी खेल्न गएका थियौं । भोजे चाहिं नदीमै डुब्यो सर, भर्खरै हो ।”
“तँ हेरेर बसिस् ?”
“बचाउन खोजें, सकिएन ।”
सर, जुरुक्क उठेर मेरो कान बटार्दै भन्नुभयो, “जा, रामुलाई बोलाएर ल्या ।”
मैले रामुलाई बोलाइदिएँ । त्यसपछि म, सर र रामु भएर नदीतिर गयौं । भोजे बगेको ठाउँ देखाइदिएँ ।
“यहाँबाट बगेको भएगोलाघाट पुग्यो होला ।”
“त्यतै जाऔं सर ।”
“हुन्छ, त्यतै जाऔं ।”
हामीगोलाघाट पुग्यौं । रामु नदीमा हामफाल्यो । सकेसम्म खोज्यो, केही हात लागेन ।
हामी फर्कियौं । भोजेसँगै पौडी खेल्ने म, श्याम र सरोज तीनै जनाले पिटाइ खायौं । आइन्दा पौडी खेल्न जाने जति सबैलाई विद्यालयबाट निष्काशन गरिने भयो । अर्को दिन सरहरूको बैठक बस्यो । हामी तीनै जनालाई बोलाइयो, निकालिदिने कुरा पनि चल्यो । हामीले कान समात्यौं, रोयौं, माफी माग्यौं अनि बल्ल बाच्यौं ।

आज ठूली एकादशी । भोजे गएको ठ्याक्कै एक वर्ष भयो । आजको दिन भगडीको शिवालय अगाडि मेला लाग्छ । नारायणीको त्यत्रो बगर पूरै भरिन्छ । वारिपारि मान्छे नै मान्छेको हूल । पसलै पसल । शिवालयमा बसी कोही कीर्तन गाउँदैछन् । कोही नदीमा नुहाउँदैछन् । अघिपछि सुनसान ठाउँ रमझ्ममा रमाउँदैछ । तर पनि खै किन हो, किन हो, मन बेचैन छ, जति प्रयास गरे पनि मन मोरो मान्दै मान्दैन ।

आज म एकादशीको ब्रत गर्दैछु, केही फलिफाप भइहाल्छ कि भनेर । शरीर एकदमै क्लान्त छ । दिउँसो करीब ११ बज्यो होला । विस्तारमा पल्टिएर ‘ गरिमा’ पल्टाउँदै कथा पढ्दैछु । एउटा ६ कक्षाको फुच्चे हराम्रो कोठामा आयो,गोकुलले उसलाई कोठातिर फर्किने आदेश दियो । भोजेको निधनपछि गोकुल मसँगै छ । उसले मतिर फर्किंदै भन्यो, “मनोज, थाहा छ ?”
“के कुरा ?”
“आज, भोजेको एक वर्ष पुग्यो नि ।”
“अँ थाहा छ यार, मलाई त साह्रै याद आइरहन्छ ।
“भावीको लेखा यस्तै रहेछ, हामीलाई पनि चैन छैन ।”
“छोडिदे यी कुरा ।”
मैले गरिमा बन्द गरे । निदाउन प्रयास गर्दै थिएँ । निन्द्रा पटक्कै थिएन ।

म प्रायः सुत्दा कपडा पूरै फुकालेर सुत्छु । भोजेलाई यो मन पर्दैनथ्यो । एक दिन त निन्द्रामा नाङ्गै भएछु । उसले मेरोगालामा आगो निस्कने गरी झपड हान्यो र भन्यो, “तेरोगिद्धले खाने छाला ढाकेर सुत् ।” मैले ब्युँझेर भनें, “तेरो अनुहार त खान परै जाओस्गिद्धले पनि छुन घिन मान्छ बुझिस् ?”
ऊ मसँग सधैं झगडा गरिरहन्थ्यो । तर, उसको एउटा विशेषता थियो—कहिल्यै नरिसाउने ।

म कक्षामा प्रायः प्रथम हुन्थें । हराम्रो कक्षामा जम्माजम्मी दशजना । ऊ छैटौं, सातौं देखि नवौंसम्म हुन्थ्यो । म पनि जाँ गरिलो होइन । तर, ऊ मभन्दा पनि अल्छी थियो । म कक्षामा ध्यानले सुन्थें कोठामा पढ्दिनथें तर ऊ चाहिं दुवैतिर फुस् । त्यसैले म प्रथम ऊ घुँडा टेकेर पास ।

क्लासमा सर पस्ने बित्तिकै म कहिलेकाहिँ भनिदिन्थें, “सर, भोजराजले पाठ सुनाउने रे,” अनि कुखुरो । कहिल्यै पनि सरले पाठ सुन्न पाएनन् ।गाली खायो, पिटाइ खायो बस्यो । सर क्लासबाट निस्किएपछि ऊ मलाई भन्थ्यो, “बिंड तातेर के हुन्छ ? पींध तात्नुपर्छ । म बाहिरबाट हेर्दा पो नजान्ने, मनमनै त विद्वान् छु नि !”
म खित्का छाडेर हाँस्थें ।

कोठामा पनि भुस्, कक्षामा पनि भुस् । पढ्नु परै जाओस्, मान्छेहरूको बीचमागई “मनोजले गर्दा मैले पढ्न पाइनँ” भन्दैगफ चुट्थ्यो । मान्छेहरूले मलाई हपार्थे । म उसलाई झ्पार्थें, “आफू आठ बजे सुत्छ, आठ बजे उठ्छ, अझ् मेरो प्रचार–प्रसार गर्छ । कुकुर, अलिकति लाज छैन ?”
ऊ हाँस्दै भन्थ्यो, “ए अँ साँच्ची, लाज त चौरमै छुटेछ !”
उसका यस्ता कुरा सुनेर नहाँसी धरै हुँदनथ्यो । ऊ भनिहाल्थ्यो, “थोरै हाँसो पकेटमा राख, बेलुका निकाल्दै हाँस्दै गर्लास् ।” उसका प्रत्येक कुरा चुट्किला जस्ता हुन्थे । सुनेर को नहाँसोस् ?
ऊ मान्छे अचम्मैको थियो ।
ऊ आफ्नो खाटमा आएर अरू बसिदिन्छन् कि भन्ने डरले आफ्नो खाटमा अन्डरवेयरहरू राख्थ्यो र आफूचाहिँ मेरो खाटमा बस्थ्यो । लगिदिन्छन् कि भनेर टुथपेस्ट जुठो हाल्थ्यो । अरूले ल गाउँछन् कि भनेर तेलको भाँडोमा ‘जुठो’ लेखेर टाँस्थ्यो ।

मेरा किताबहरू लगेर आफ्नो नाम लेखी अरूलाई बाँडिदिनु उसको शोखझै थियो । मैले किनेका साबुनहरू निजीकरण गर्नु उसको पुरुषार्थ थियो । मेरै पैसा झ्किेर खाजा किन्थ्यो, र उल्टै मलाई खाजा ख्वाउँछु भन्थ्यो । म भोजेका ती चर्तिकला देखे पनि नदेखे झै गर्ने साक्षी थिएँ । प्रेमवश साक्षी, किनभने हामी खुब मिल्थ्यौं ।

ऊ बेला–बेला मसँग तर्क गथ्र्यो, तर्क नभनूँ, कुतर्क ।
ऊ नयाँ नयाँ आत्माको सृष्टि गथ्र्यो, मान्छेमा जीवात्मा, रोबोटमा यान्त्रिक आत्मा, समुद्रमा सामुद्रिक आत्मा । घरी के ! घरी के ! साँच्चै ऊ आविष्कारक थियो । प्रत्यक्ष, अनुमान , शब्द र उपमान देखि भिन्न प्रमाण जसलाई उसले जन्मायो त्यो थियो— ढिपी प्रमाण ।
उसका बेला बेलाका तर्कहरूः

ुतयु को उच्चारण ‘टु’, ुमयु को उच्चारण ‘डु’ भएजस्तै ुनयु को उच्चारण ‘गु’ हुनुपर्ने ।
सासूलाई श्वश्रु भनिन्छ, आँशुलाई अश्रु भनिन्छ भने मासुलाई ‘मश्रु’ भन्नुपर्छ ।
काट्दा रगत रातो भएकै आधारमा सबै बराबर हुने भए सर्प र मान्छेको विवाह किन हुन्न ?
ऊ कहिलेकाहीं कतैबाट रचनाहरू सारेर ‘आफ्ना रचना’ भनी मलाई सुनाउँथ्यो । मलाई पत्यार नलागेर भन्थें, “नहेरिकन भन् न सक्छस् ?”
“कण्ठस्थ छैन क्या !”
“आफूले लेखेकै हैन होला ?”
“कण्ठ पो नभा त ! लेख्या त हो नि आफैंले ।”
“आफूले लेखेको त त्यसै पनि आइहाल्छ नि !”
“चुप् लाग्, देवकोटालाई शाकुन्तल, सुलोचना सप्पै आउँछ ?”
म नबोल्नु ठीक छ भनी चूप लाग्थें ।
एक पटक आफ्नो रचना भनी ऊ सुनाउन खोज्दै थियो—
गाली गर्दैन सारङ्गी।, झुठो बोल्दैन बाँसुरी ।
छ सङ्गीत तिमीभित्र, मीठो बोल सधैं भरी ।।

राष्ट्रकवि घिमिरेका यी पंक्तिहरू मैले पनि सँग सँगै भनेको देखेर ऊ आत्तियो तर ऊ पनि कम त थिएन । भनिहाल्यो, “हाम्रा बालाई रामायण फरर्र... आउँछ । बाले लेखेको कि वाल्मीकिले ? मैले लेखें तैंले जानिस् । के नौलो भयो त ?”
“चुप लाग् पागल,” मैले भनें ।
“ठीकै हो, देवकोटा पनि राँची पुगेकै हुन्”, ऊ बोल्न छाड्थेन ।
भोजेले आफ्नै कोठामा निदाइरहेको सरोजलाई एक झपड हानेर भागेछ । पछि सरोजले कान समातेर माफी माग भन्यो । भोजेले सरोजकै कान समातेर माफी माग्यो ।
भोजे रिसाएको मैले देखि नँ । तर ऊ कसैलाई गाली गर्नु परयो भने सुन्नेले पढेको वेद पनि बिर्सिने गरी गथ्र्यो– तँलाई दाद आओस्, तेरो मुखमा सर्पकोगुहु परोस् । तेरो नाकमा कन्सुत्लो पसोस्, तेरो थाप्लोमा पचहत्तर किलोको घन बजारियोस्, तँलाई भोलि बिहानै हरियो बाँसमा लैजान परोस्, तेरा करङ्गका हड्डी कटकट घोटी चन्दन लगाउन पाऊँ... यस्तै यस्तै ।

ऊ आफ्नो डायरी सधैं लुकाउँथ्यो । एउटै कोठामा बसेर पनि हेर्न नपाएको त्यो डायरी मैले एक दिन लुकेर हेरें । दुईवटा बाहेक सबै पृष्ठहरू खाली थिए । पहिलो पृष्ठमा नाम, ठेगाना आदि थिए । दोस्रो पृष्ठमा ‘मेरो जीवनको लक्ष्य’ लेखिएको थियो । सरर्र पढें । प्रखर प्रवक्ता, राष्ट्रपति, अन्तर्राष्ट्रिय विद्वान् लगायतका आठ वटा बुँदाहरू थिए । तर, पहिलो बुँदा थियो– असल शिक्षक । उसको पहिलो चाहना नै ‘शिक्षक’ बन्ने रहेको देखेर भने मलाई उसप्रति आरद जाग्यो । मेरा आँखाबाट दुईटा मोती झ्रे ।

साँच्चै भोजे चार्ली चाप्लिनभन्दा कम थिएन । ऊ अरूलाई हँसाउन जे पनि गथ्र्यो । ऊ सधैं अरू हाँसेको र खुशी भएको मात्र हेर्न चाहन्थ्यो । त्यसैले त ऊ कहिल्यै रोएन र रिसाएन पनि । ऊ किशोर भइकन पनि बालक जस्तो थियो । ऊ निश्छल थियो । ऊ अरूलाई उक्साउन खुबै च्याम्पियन थियो । अरूलाई उक्साउने, भिडाउने अनि आफूले हेर्ने । ‘वाह ! क्या साहसी’, ‘तँ के कम छस् र ? दे न नाकमा’ ‘हेर् त तँलाई हेपेको, म भएको भए त कि मर्थें कि मार्थें’ यस्तै भनी भनी लडाउँथ्यो । जब लड्न थाल्छन् तब कुचोले दुवैलाई पिटेर भन्थ्यो, “विद्यार्थी हौं भन्छौ । अनुशासन यही हो ?” उसका यस्ता घटना अनगिन्ती छन् ।
हराम्रो होस्टेल तीन तले थियो । म र भोजे छतमा बसेका थियौं । सात कक्षाको केटो आयो । भोजेले उसलाई नजिकै बोलाएर भन्यो, “कति वर्ष भइस् ?”
“तेह्र वर्ष भएँ ।”
“यहाँबाट हामफाल्न सक्छस् ?”
“अग्लो छ, लडेर मरें भने... ?”
“थुइक्क ! सातमा पुगेर पनि त्यही हो भन्ने ?”
“के भन्न खोज्नुभा ?”
“म ६ कक्षामै हामफालें । तँ ७ कक्षामा पनि सक्दैनस् ?”
“सक्न त सकिन्छ होला तर अल्लि...”
“भयो भयो तैंले सक्दैनस् ।”
केटोले एकछिन केही सोचे झै गरेर हे¥यो र फेरि भन्यो—
“दाइ, दोस्रो तलाबाट त सक्छु ।”
“सक्दैनस्, तँ जस्तो लुतेले ।”
“सकें भने ?”
“ल, १० रुपैयाँ दिन्छु ।”
“पहिले पैसा ।”
“पैले काम अनि बल्ल दाम ।”
भोजेलेगोजीबाट १० रुपैयाँ निकालेर दियो ।
बच्चो ‘जय बजरङ्गवली’ भनेर फुत्त हामफाल्यो । केटोलाई केही भएन । १० रुपैयाँ पाएँ भनेर सदन–सदनमा कीर्ति फैलायो । उसको प्रतिद्वन्द्वीले भोजेनेर आएर भन्यो, “दाइ, म पनि हामफाल्छु, दिने ?”
“सक्दैनस् कि ?”
“सुकेको ज्यानमा लुकेको बल छ, सक्छु ।”
केटो हामफाल्यो । दुर्भाग्य, केटो नराम्ररी बजारियो । खुब रोयो । हात पो भाँचिएछ ! भोजेको काम पूरा भयो । तर ठीक उल्टो परिणाम । सरलाई थाहा भयो । हात भाँचिदिएकोले औषधोपचारको खर्च भोजेले नै तिर्नुपरयो । सूर्य अस्ताए । फेरि उदाए । अर्को दिन बिहान एसेम्बलीमा भोजेलाई अगाडि बोलाएर उभिन लगाइयो । उठ्–बस्, कान समातेर माफी माग्नुपर्ने भयो, माग्यो । सबै हाँसे ।

भोजेको शिर लाजले निहुरियो । पसिना–पसिना भयो । सबैको अगाडि माफी माग्यो । अब देखि त्यस्तो न गर्ने वाचा गरयो ।
भोजराज यस्ता सजायहरूबाट अभ्यस्त भइसकेको थियो । तर यो सजायचाहिँ उसका निम्ति अलि अपाच्य भएछ क्यार । घोरिइरहन्छ, झेक्राइरहन्छ । उसले किताब नहेरेको हप्ता दिन भयो । उमङ्गको नामोनिसान पनि छैन चेहरामा । सधैंभरी हाँसिरहने भोजे निराश हुँदा म पनि खिन्न थिएँ । एक रात म पल्टिइरहेको थिएँ । ऊ मेरो खाट नजिकै आएर उभियो रगलेको स्वरमा भन्यो, “मनोज, अब देखि म कहिल्यै पनि यस्तो गर्दिनँ । म गुरुहरूको नरराम्रो हुन पुगें । विद्यार्थीहरूले धज्जी उडाए । पैसा पनि तिर्नुपरयो । साँच्चै, अब देखि म कहिल्यै पनि उट्पट्याङ काम गर्दिनँ ।।”
मैले आश्वस्त स्वरमा भनें, “भो, भो चिन्ता नलिई सुत् ।”
केही समयपछि दुवै निदायौं । फेरि, सूर्यले कान्ति फिजाइ पृथ्वी ढाके । अर्को दिन शनिबार ।
“भोजे, आज पौडिन जाऔं”, मैले भनें ।
“छोडिदे यार, म खेल्दिनँ”, उसले भन्यो ।
“भनेको मान् न, सधैं सुतेर मात्र हुन्छ ?” मैले कर गरे ।
उसले बल्ल सहमति जनायो । सरोज र श्यामे पनि मिसिए ।

मलाई र श्यामेलाई पौडी त्यति आउँदैन । भोजे र सरोजचाहिं निश्चिन्त थिए । सरोज र भोजेमध्ये को छिटो पारि पुग्ने भन्ने कुरा चल्यो । दुवै कम थिएनन् । ठूलो चट्टानबाट दुवै हाम फालेर नदीमा पसे । दुवै पौडिंदै गए । लगभग एकैचोटि बीचमा पुगे । नदी बीचमा सानो टापू छ । दुवै त्यहीँ रोकिए । दुवैजना फेरि हामफाले । नदी पार गरे । नदी वेगले बगेको थियो । वल्लो छेउबाट हामफालेको मान्छे पारि पुगुञ्जेल पल्लो कुनामा पुगिसकेको हुन्थ्यो । फेरि दुवैजना चट्टान माथि उक्लिएर नदीमा हामफाले । भोजे नदी भित्रको ढुंगामा नराम्ररी बजारिन पुगेछ । एकछिन त रन्थनियो । त्यतिञ्जेल नदीको वेगले उसलाई केही टाढा हुत्याइसकेको थियो । पौडिंदै थियो तर नदीको बहावलाई जित्ने आँट भएन । सरोज वारि आइपुग्यो । भोजे नदीमै थियो । चिच्याउन थाल्यो । हात उचालेर चिच्याउञ्जेल उसले चाल चुकाइरहेको थियो । सरोज फेरि हामफाल्यो । सरोज उसका छेउमा पुग्दा नपुग्दै भोजेलाई नदीले निलिसकेको थियो । चिच्याइरहेको भोजेलाई सान्त्वना दिन उठाइएका हातहरू आवाज बन्द भइसकेपछि पनि ठडिएरै रहे ।

भोजे ! तँ विना म रित्तो रित्तो भएको छु । तँ गए पनि तेरो यादले मलाई छोडेको छैन । ती नफर्किने सुनौला दिनहरू अब फर्किंदैनन् । तर पनि भोजे, तँ मरे पनि मर्दैनस् । तँ त छस् नि यहीं, मेरै दिलभित्र ।
जाँदाजाँदै यिनै पंक्तिहरू
बिर्सूं भन्दा पनि नयनका छाल उत्ताल बन्छन्
मेरो कोठा, सिरक, डसना ‘भोज खै ?’ मात्र भन्छन्
बल्झ्छिन् ती मृदु पलहरू ती बिहानी र साँझ्
यस्तै शब्दावली हृदयले अर्पिएँ भोजराज

(मन्दाक्रान्ता छन्द)

कक्षा ११, श्री परमान न्द संस्कृत गुरुकुलम् उमावि, देवघाट–२, तनहुँ

शिक्षक मासिक, २०६९ जेठ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial