नेपाली हिज्जे पनि सिकाउने हो कि !

उठान
विद्यालयमा नेपाली भाषाको पठनपाठनमा हिज्जे सिकाउने चलनदेखिंदैन । यसको विपरीत अंग्रेजी भाषाको शिक्षणमा भने हिज्जे (Spelling) सिकाउने चलन पुरानो र चल्तीको कुरो देखिन्छ । हिज्जे न गरी अंग्रेजी शब्द सिकाउने कुरो असम्भव जस्तै छ भने नेपालीमा हिज्जे आफैं विद्यार्थीले जान्दछ भन्ने जस्तो ठानिन्छ । अर्कोतिर रोमन लिपिमा लेखिने अंग्रेजी भाषाका स्वर र व्यञ्जन वर्ण सग्लासग्लै हुन्छन् भने नेपालीको ‘देवना गरी’ लिपिका व्यञ्जन वर्णहरू आधा पनि लेखिने हुन्छन् । स्वर वर्णका प्रति (मात्रा) पनि अर्कै ढाँचामा लेखिन्छन् । यसो हुँदा अंग्रेजी भाषाको कथ्य र लेख्य रूपमा उच्चारणका दृष्टिले निकै फरक भए पनि शुरू देखि नै हिज्जे सिकाइने हुँदा विद्यार्थीलाई कथ्य र लेख्यरूप ठम्याउन सजिलो पर्दछ । नेपाली भाषामा भने कथ्य र लेख्यरूप लगभग उस्तै–उस्तै भए पनि हिज्जे नसिकाउनाले विद्यार्थीले धेरै गल्ती गर्न सक्ने सम्भावना हुन्छ ।

नेपाली हिज्जेको विधि
नेपालमा हिज्जेका केही पुराना विधि पनि छन् तर त्यो प्रचलन आजभोलि हराएको देखिन्छ । पूर्वी नेपालतिर दार्जीलिङबाट आउने शिक्षकहरूले हिज्जे गरेरै नेपाली भाषा सिकाउने हुनाले इलाम, पाँचथर, झपा र ताप्लेजुङ आदिका केही विद्यालयमा हिज्जे सिकाउने प्रचलन फाट्टफुट्ट देखिन्छ । नेपालमा पाठ्यपुस्तकहरू पर्याप्त नभएको बेलामा भारत, खास गरी बनारसबाट ‘ठूलो वर्णमाला’ नामको नेपाली पाठ्यपुस्तक आउने गर्द थ्यो । त्यसबाट साउँ अक्षर र मात्रा सिकाउँदा ‘क का, कि, की, कु, कू’ भनेर सोझै घोकाइथ्यो र लेख्ने प्रचलन पनि त्यस्तै नै थियो । तर कतै–कतै भने मात्रा यसरी पनि सिकाइन्थ्यो—
क    =    साउँ जस्ताको त्यस्तै उच्चारण गर्ने
का    =    कान्दानी ‘का’
कि    =    बाइमात्रा ‘कि’
की    =    दाइना ‘की’
कु    =    तर्कुले ‘कु’
कू    =    बर्धने ‘कू’
के    =    एकलखे ‘के’
कै    =    दोलखे ‘कै’
को    =    लखकानो ‘को’
कौ    =    दोलकानो ‘कौ’
कं    =    शिरबिन्दु ‘कं’
कः     =    दवासबिन्दु ‘कः ’

माथि देखाइएका व्यञ्जन वर्ण र स्वर वर्णका प्रति मात्राहरूको नामकरण यस्तो थियो । संयुक्ताक्षर र देवना गरी लिपिमा संस्कृत भाषाका निम्ति प्रयोग हुने केही मात्रा र वर्णहरूको उच्चारण वा हिज्जेका विधि प्रचलनमा नहुँदा यो विधि आंशिक मात्र थियो भन्न सकिन्छ ।

दार्जीलिङे शिक्षकहरूले सिकाउने हिज्जेको तरिका यस्तो थियोः (आजभोलि पनि दार्जीलिङतिर यस्तै प्रचलन छ ।)

क    =    (साउँ जस्ताको त्यस्तै उच्चारण हुने)
का    =    क आकार ‘का’
कि    =    क छोटा इकार ‘कि’
की    × =    क बडा इकार ‘की’
कु    =    क छोटा उकार ‘कु’
कू    =    क बडा उकार ‘कू’
के    =    क एकार ‘के’
कै    =    क ऐकार ‘कै’
को    =    क ओकार ‘को’
कौ    =    क औकार ‘कौ’
कं    =    क अनुस्वर ‘कं’
कः     =    क विसर्ग ‘कः ’

यसरी व्यञ्जन वर्णसँग स्वर वर्णको प्रति मात्राको प्रयोग गरेर हिज्जे गर्न सिकाइन्थ्यो हामीलाई । यसो हुँदा ‘छोटा’ र ‘बडा’ भनेर संस्कृतको ‘ह्रस्व’ र ‘दीर्घ’ को प्रयोग जस्ताको तस्तै हुने गर्द थ्यो ।

यस बाहेक संयुक्त वर्णहरूको उच्चारण पनि सिकाउने गरिन्छ । जस्तैः

‘प्याज’, ‘प’ ‘य’ संयुक्त आकार ‘ज’
‘ध्यान’, ‘ध’ ‘य’ संयुक्त आकार दन्त्य ‘न’
‘सोध्नु’, दन्त्य ‘स’ ओकार ‘ध’ दन्त्य ‘न’ संयुक्त छोटा उकार
‘शिष्य’, तालव्य ‘श’ छोटा इकार मूर्धन्य ‘ष’ ‘य’ संयुक्त

माथिका उदाहरण अलि कठिन जस्तो लागे तापनि शुरू देखि नै यस्तो प्रचलन हुँदा हामीलाई गाह्रो लागेकै थिएन । बरु देवना गरी लिपिका केही विशेष संयुक्त वर्णहरू पनि छुट्टै सिकाउने चलनले गर्दा आजभोलिका छात्रछात्राहरूले गर्ने गल्तीमा सुधार आउन सक्छ । जस्तैः

‘विद्यार्थी’    =    ‘व’ छोटा इकार ‘द’ ‘य’ संयुक्त आकार रेफ ‘थ’ बडा इकार
‘उद्यान’    =    छोटा ‘उ’ ‘द’ ‘य’ संयुक्त आकार दन्त्य ‘न’
‘श्री’    =    तालव्य ‘श’ ‘र’ संयुक्त बडा इकार

नेपालीको कथ्य रूपमा नभएको तर संस्कृतका कारणले तत्समका रूपमा प्रयोग हुने दुवैखाले ‘ण’ लाई मूर्धन्य ‘ण’ र ‘न’ लाई दन्त्य ‘न’ भनेर प्रष्टै छुट्याइएको छ । त्यसरी नै तालव्य ‘श’, मूर्धन्य ‘ष’ र दन्त्य ‘स’ भनेर तीनै प्रकारका ‘श’, ‘ष’, ‘स’ कारूपहरूको अलग–अलग पहिचान देखाउने हिज्जे शुरूबाटै सिकाइनाले विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने हुन्छ ।

भाषा र लिपिका कुरा
अहिले संसारमा लगभग ६ हजार भाषाहरू मातृभाषाका रूपमा प्रचलनमा रहेका भए पनि लिपि चाहिँ थोरै मात्र प्रयोगमा छन् । अर्थात् धेरै भाषाको लेख्यरूप नै छैन । अनि कैयौं भाषाहरूले एउटै साझ लिपि प्रयोग गर्ने गरेका छन् । यसबाट कथ्यरूप मात्र भएको भाषा लेख्य रूपमा ढाल्दा अर्कै नयाँ लिपि आविष्कार गर्न आवश्यक हुँदैन भन्ने पनि स्पष्ट हुन्छ । अर्को शब्दमा भन्दा अनेक भाषाले एउटै लिपि ‘साझ’ रूपमा प्रयोग गर्न मिल्छ । यसो गर्दा भाषाको प्रकृति हेरी केही वर्णहरूको विशेष चिन्ह आवश्यक पनि हुन सक्छ । रोमन लिपिलाई ‘साझ’ मानेर फ्रेन्च, जर्मन र डेनिस आदि भाषाहरूले राम्रै काम चलाएको उदाहरण युरोपमा छ । यसो हुँदा संस्कृत भाषाका लागि प्रयोग गरिने देवना गरी लिपिलाई नेपाली लगायत नेपालका अन्य भाषाहरूले पनि विशेष चिन्ह दिएर आ–आफ्ना भाषामा प्रयोग गर्दा सजिलै हुन सक्छ । भाषाको प्राण हुन्छ, लिपिको ज्यान मात्र हुन्छ । भाषा मुख्य हो; लिपिगौण हो ।

अब हिज्जे कसरी सिकाउने ?
माथि बुँदा २ मा देखाइएको पुरानो नेपाली प्रचलन वा छिमेकी चलन दुवैमा अलिअलि सुधार गरेर हिज्जे सिकाउन सकिन्छ । यो काम गर्ने भनेको विद्यार्थी तल्लो कक्षामा हुँदा अर्थात् शुरूका दिनहरूमा नै हो । यसरी हिज्जे सिकाउन सबभन्दा पहिले त शिक्षकहरू आफैंले नै जान्नुपरयो । देवना गरी लिपिका मात्रा, विशेष चिन्ह र संयुक्त वर्णहरूको पहिचान पूरा गर्नु परयो । संस्कृतबाट तत्सम भई आएका शब्दहरूको पहिचान गर्न सक्नुपरयो । आफूले साना कक्षामा नसिकेको भए पनि अलि चासो राख्ने र जाँगर हुने शिक्षकले छोटो प्रयासले यो काम गर्न सक्छन् ।

नेपाली भाषा शिक्षण प्रशिक्षण कसले गर्ने ?
अंग्रेजी, गणित, विज्ञान जस्ता विषयहरूमा राम्रा–राम्रा शिक्षकहरू चाहिन्छन् भन्ने बुझइ छ तर नेपाली भने सबैले पढाइहाल्छन् नि ! भन्ने सोचले नेपालको शिक्षाजगतग्रस्त छ । त्यस माथि पनि अर्को विडम्बना के छ भने गुरु– गुरुमाहरूले ‘भाषा शिक्षण’ गरेका हुन् कि ‘साहित्य’ भन्ने कुरा मा कमै ध्यान दिन्छन् । ‘भानुभक्त र घाँसी’ भन्ने पाठबाट के सिकाउने उद्देश्य हो ? थोरै शिक्षकहरूले मात्र बुझेका देखिन्छन् । अझ् एउटा ‘शेर्पा’ विद्यार्थीले किन ‘बानुबक्त रगाँसी’ मात्र भन्न सक्छ भन्ने कुरा मा ध्यान जाँदैन होला । अर्को शब्दमा भन्नुपर्दा नेपाली भाषा शिक्षणमा हिज्जे दुवैखाले विद्यार्थीहरूका लागि आवश्यक भए पनि नेपाली मातृभाषा नहुनेका लागि भने अझ् उपयोगी हुन जान्छ ।

अब यो कामको थालनी कसरी गर्ने त ? स्यालको कथा जस्तै ‘टाउकोबाट खाने कि पुच्छरबाट ’ भनेझै यो प्रयास टाउकैबाट थाल्नु उचित हो । अर्थात् त्रिवि शिक्षा संकायको भाषा शिक्षण केन्द्रीय विभागबाट शुरू गर्नु पर्छ अथवा शिक्षा मन्त्रालयको तालीम (महा) शाखाबाट पनि होला कि ? कतै न कतैबाट काम नथाली हुँदैन ।

बैठान
जर्मन भाषा कथ्य र लेख्यको बीच निकै नजिक छ । जस्तै फोटो, ९एजयतय०; क्यामेरा ९प्बmभचब० मुजेउम ९ः गकगm० आदि भन्दछन् र अंग्रेजीभन्दा लेख्न पनि सजिलो छ । फ्रेन्चभन्दा त कता हो कता सरल छ । यी सबै भाषाहरूमा तल्लो तहमा राम्ररी मन लगाएर हिज्जे सिकाउने चलन छ । अझ् जर्मन भाषामा त कतिपय कुरा मा हिज्जे र व्याकरणको सम्बन्ध पनि देखिन्छ ।

हाम्रा विद्यार्थीलाई वनझँक्रीले जंगलमा लगेर सिकाउनु अघि नै हामी शिक्षकहरूले आ–आफ्ना कक्षामा हिज्जे सिकाउन थाल्ने हो कि !

शिक्षक मासिक, २०६९ जेठ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial