को कति जिम्मेवार ?

विद्यार्थीरुपी खेत पर्ती पल्टँदैछन् । अभिभावकरुपी किसान रनभुल्लमा छन् । सरकारी निकायरुपी हलीहरू ढुंगो पन्छाउनमा भन्दा गोरु चुट्नमै व्यस्त छन् र विचरा शिक्षकरुपी गोरु ( गुरु)हरू न हलो तानेर ढुंगो उप्काउन सक्छन्, न जुवा भाँचेर हिंड्न नै । केवल तलबरुपी परालमा ध्यान केन्द्रित गरी डँडाल्नामा हलीको लौरो सहेर आँशु चुहाउन बाध्य छन् ।

शिक्षक  जेठ अङ्कमा प्रकाशित दुई बेग्लाबेग्लै सामग्रीले मेरो ध्यानाकर्षण गरेका छन् । पहिलो; ‘बर्बादीको नमूना’ भन्ने शिक्षक प्रतिनिधि बाबुराम विश्वकर्माको सिरहाको रिपोर्ट र दोस्रो ‘मन्थन’ स्तम्भमा यम.पी. भुसालको ‘शिक्षकलाई खेद्न छोडौं’ भन्ने लेख । दुवैको प्रकृतिमा भिन्नता भए पनि ती दुवै रेखाहरूको मिलन विन्दु एउटै हो ।

‘बर्बादीको नमूना’ मा पदमपुर प्राविको सिकाइको स्तर देखाइएको छ । म पनि एक शिक्षक हुँ, त्यसैले त्यस प्रकृतिका कपीहरू मेरा नजरबाट पनि गुज्रने गर्द छन् । मैले कक्षा ११, १२ को आन्तरिक परीक्षामा विद्यार्थीलाई कपीमा आफ्नो संकाय ९ँबअगतिथ० उल्लेखगर भन्दा दुवै शब्द नबुझेर ‘फकलाती’ लेखेको पाएको छु । विचार णीय छ, ती छात्र/छात्राले एसएलसी कसरी उत्तीर्ण गरे होलान् ? म एकजना यस्तो विद्यार्थीको सम्पर्कमा छु जसले कुनै परीक्षामा पनि प्रश्नको उत्तर दिएन । हरेक पटक कपीमा आफू यस पढाइप्रति उदासीन रहेको, रहरले नभई अभिभावकका लागि विद्यालय आउने गरेको र कतिपय शिक्षक नै शिक्षक जस्ता नभएको भन्ने गुनासाहरू मात्र लेख्थ्यो । ऊ पनि एसएलसी पास गरेर कक्षा ११ मा पढ्न आयो । मैले भनें, “तिमीलाई पढाइप्रति रुचि नै छैन भने किन समय नष्ट गर्छौ ? तिमीले सिक्दै गरेको विद्युतीय काम नैगर न !” तर ऊ विद्यालय आउँदैछ; पढ्नलाई होइन, साथी भेट्नलाई ।

अब प्रश्न उठ्छ ‘बअगतिथ’ भनेको नबुझने र पढ्ने इच्छा नभएर पनि विद्यालय आइरहने विद्यार्थीको कमजोरीमा को कति जिम्मेवार छ ? राष्ट्रिय शिक्षा नीति ? विद्यालय शिक्षा प्रशासन ? विद्यालय व्यवस्थापन ? अभिभावक ? विद्यार्थी स्वयम् ? कि शिक्षक ? बहसको चुरो यहीं छ । हलो यहीं अड्केको छ । विद्यार्थीरुपी खेतहरू पर्ती पल्टँदैछन् । अभिभावकरुपी किसानहरू रनभुल्लमा छन् । सरकारी निकायरुपी हलीहरू ढुंगो पन्छाउनमा भन्दा गोरु चुट्नमै व्यस्त छन् र विचरा शिक्षकरुपी गोरु ( गुरु)हरू न हलो तानेर ढुंगो उप्काउन सक्छन्, न जुवा भाँचेर हिंड्न नै । केवल तलबरुपी परालमा ध्यान केन्द्रित गरी डँडाल्नामा हलीको हातका लौरा सहेर आँशु चुहाउन बाध्य छन् ।

सुधारको सुरुआत आफैंबाट गर्नु पर्छ भन्ने सबैलाई थाहा छ तर गर्न कोही चाहँदैन । सबैको एउटै सोचाइ छ, “मैले मात्र गरेर के हुन्छ र ? या मैले मात्र न गरेर के बिग्रन्छ र ?” यहाँ मलाई एउटा लोक कथाको प्रसङ्ग राख्न मन लाग्यो— कुनै ठाउँमा दूधपोखरी बनाउने योजना बन्छ र राति सबैले आ–आफ्नो घरबाट दूध ल्याएर खन्याउने निर्णय गर्छन्, तर प्रत्येकले के सोच्छन् भने अरूले त दूध ल्याइहाल्छन्, मैले पानी हाल्दैमा कसले थाहा पाउँछ र ? अनि योजनाको दूधपोखरी यथार्थमा पानी पोखरी बन्छ ।

हाम्रो शिक्षामा पनि भएको यही हो । सुधारको दायित्व पाएको हरेक व्यक्ति वा संस्था दोष जति सरक्क अरूको थाप्लोमा पन्छाएर आफूलाई पानी भित्रको ओभानो सावित गर्नमै तर्क खर्च गरिरहेछ । म पनि यसको जिम्मेवार व्यक्ति वा निकाय हुँ, ममा पनि कमजोरी छन् र मैले मलाई नै पहिले सुधार्नुपर्छ भन्नेतर्फ भन्दा पनि आफूभन्दा कमजोर तहलाई सत्तोसराप गरेर जिम्मेवारी पूरा भएको ठान्दछन् । यता हामी शिक्षकहरू पनि गरेर देखाउनुमा भन्दा बहस गरेर सुनाउनमै पौरख लगाइरहेछौं ।

म भन्दिनँ हामी शिक्षक दूधमा नुहाएका छौं । बारी उही हो, ड्याङ उही हो भने मुला पनि उही हो । तर त्यसमा बारीको उर्वरा शक्ति, मक्किएको बीउ, अविकसित प्रविधि रगोडमेल न गर्ने किसान दोषी कि मुला दोषी ? अयोग्य व्यक्तिलाई शिक्षक कसले बनायो ? शिक्षकलाई चाकरीमा कसले जोतायो ? शिक्षकलाई राजनीतिमा कसले लगायो ? कुनै पनि शिक्षक आफ्नो नियुक्ति पत्रमा आफैं हस्ताक्षर गरेर आएको छैन । कुनै पनि व्यक्तिलाई चाकरी मन पर्दैन । तर शिक्षा कार्यालय धाएकै भरमा पुरस्कार पाइन्छ भने पढाउनु किन परयो ? राजनीति गरेर ‘प्रमोसन’ पाइन्छ भने पढाउनु किन परयो ? सांसद्, मन्त्री वा प्रधानमन्त्रीको झेला बोक्दा सुरक्षित भइन्छ भने पढाउनु किन परयो ? नियुक्तिको बेलामा ‘सोर्स इज फोर्स, कोर्स इज नथिङ’लाई मान्यता दिने भएपछि योग्यताको खोजी कसरी गर्ने ? नदीको मुहानमै ढल मिसाएपछि नदीको शुद्धीकरण कसरी गर्ने ?

नीतिशास्त्रमा एउटा भनाइ छ, ‘अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।’ हामीकहाँ योग्य शिक्षकहरूको कमी छैन, कमी छ त तिनीहरूको योग्यतालाई सुनियोजन गर्ने व्यक्ति वा निकायको । अयोग्यको फलिफाप छ, योग्यहरू रुँदैछन् । कामचोरहरू पुरस्कृत हुन्छन्, कर्तव्यपरायणहरू हेपिएका छन् । देशमा बेरोजगारी छ; यता एउटै व्यक्तिले अनेक जिम्मेवारी बोकेको छ । एक व्यक्ति एक रोजगारी लागू हुन नसक्दा एउटा शिक्षक कतै प्राध्यापक, व्यवस्थापक, चिकित्सक, पत्रकार, ठेकेदार, व्यापारी र सांसद् देखि प्रधानमन्त्रीको प्रतिनिधिसम्म भइटोपल्छ । फलस्वरुप न कसैले तलब रोक्न सक्ने न कसैले जागीर खोस्न सक्ने । शिक्षण पेशालाई छोडेर अन्यत्र चित्त ल गाउँछ । ऊ सोच्छ, निजामती सेवकले पैसाको भ्रष्टाचार गर्छ त म पेशाको भ्रष्टाचार गर्छु, यत्ति हो ।

प्रश्न विचार णीय छ । शिक्षकलाई यस्तो निरङ्कुश बन्न (केही मात्र) प्रेरित गर्ने को ? प्रोत्साहित गर्ने को ? के शिक्षकलाई आफ्नो कर्तव्यमा लगाउने कानून छैन ? छ । त्यस कानूनलाई कार्यान्वयन गर्ने निकाय नै फोहोरमा आकण्ठ डुबेको छ । ऊ अरूलाई छुन सक्दैन किनभने छुन खोज्यो भने पहिले उसका फोहोरी हात देखिन्छन् भन्ने डर छ उसलाई । त्यसैले ‘टका सेर भाजी टका सेर खाजा’ को शैलीमा सबै शिक्षकलाई एउटै डालामा हालेर सोलोडोलो पार्दै शब्दे कारबाहीको खानापुरी गर्द छन् ।

म पुनः लेखतर्फ फर्कन्छु । ‘बर्बादीको नमूना’मा बर्बादीको जुन नमूना देखाइएको छ त्यसको सम्पूर्ण दोष शिक्षकले नै लिनुपर्दछ । नसिकाउने पनि शिक्षक हो र नजान्नेलाई जान्ने देखाउने पनि शिक्षक हो । विद्यार्थीलाई अङ्क दिने रातो मसी शिक्षककै हो । त्यसैले कुनै पनि कुतर्कको मुडो तेस्र्याउन पाइन्नँ । तर विकृतिको शतप्रतिशत जिम्मेवारी शिक्षकको काँधमा हालेर आफू दायित्वमुक्त हुन खोज्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्दछ । जसरी शिक्षकले कक्षाकोठामा डर देखाएर विद्यार्थीलाई पढ्न लगाउन सक्दैनन् त्यसै गरीगाली मात्र गरेर शिक्षकलाई काममा लगाउन सकिन्नँ । काम गर्ने ले सुरक्षा र पुरस्कार को प्रत्याभूति गर्न सक्नुपर्छ र काम न गर्ने ले असुरक्षा र दण्डको सम्भावना देख्नुपर्दछ । त्यसैले आफ्नो बेइमानीलाई इमान को खोल ओढाउन छोडौं र सोचौं हामी को कति बेइमान वा इमान दार छौं आफ्नो कर्तव्यप्रति । इमान दारका बारेमा कुरौटे दार्शनिक सुकरातको भनाइ यस्तो थियो–

इमान दार त्यो होइन जसले बेइमानी गर्न जानेन,
इमान दार त्यो पनि होइन जसले बेइमानी गर्न पाएन, र
इमान दार त त्यो पनि होइन जसले बेइमानी गर्न सकेन ।

हो शिक्षकले गरे सक्छन् तर अरूले गर्दै न गर्ने त ? अरूले पनि गर्नु पर्छ र तत्काल गर्नु पर्ने काम यी हुन्—
१.    भागबण्डाको आधारमा होइन सोच र क्षमताको आधारमा मन्त्रालय दिने,
२.    शिक्षक सेवा आयोगलाई संवैधानिक बनाई निरन्तर क्रियाशील राख्ने,
३.    सुयोग्य व्यक्ति मात्र शिक्षक बन्न पाउँछ भन्ने कुरा को प्रत्याभूति दिलाउने,
४.    अनुगमन र निरीक्षणलाई कक्षाकोठासम्म पुरयाउने र नियमित शिक्षकको कार्य मूल्याङ्कन गर्ने ,
५.    कुनै भेदभावविना दण्ड र पुरस्कार लाई प्रभावी बनाउने,
६.    अभिभावक/समुदायमा विद्यालय हराम्रो हो भन्ने बोध गराउने,
७.    परीक्षा प्रणालीमा आमूल सुधार गर्ने ।

commercial commercial commercial commercial