विद्यालयको खुल्ला चौर पनि समस्या

विगतमा कैलालीमा विनाशकारी बाढीले सयौं हेक्टर जमिनमा लगाइएको बाली नष्ट गरयो । हजारौं मानिस प्रभावित भए । महीनौंसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठनमा ठूलो असर परयो । त्यतिबेला कैलालीका विद्यालयले संकटासन्नता विश्लेषण तथा प्रतिकार्य योजना बनाएका भए क्षति धेरै कम गर्न सकिने रहेछ ।

हामी बसेको ठाउँ जोखिमयुक्त हुन सक्छ । जोखिम छ छैन भनेर ढुक्क भएर बस्नुहुँदैन । जुनसुकै बेला आउन सक्ने संकटको विश्लेषण गरेर योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने हो भने सुरक्षित रहन सकिन्छ । यसको लागि हराम्रो क्षमतामा वृद्धि गरी भौतिक संरचना सुरक्षित बनाउनुपर्ने हुन्छ ।
विगतमा विद्यालय सुधार गर्दा नयाँ र ठूला योजना बनाउने चलन थियो । त्यस्ता योजनामा साना तर विपत् निम्त्याउने कुरा ख्याल गरिंदैनथ्यो ।

विद्यालयमा जोखिमै जोखिम भए पनि त्यसलाई विश्लेषण गर्ने सोच र क्षमता पनि स्कूलको थिएन । यसैलाई ख्याल गरेर विद्यालयमा आउने भौतिक संकटको विश्लेषण गरी कैलालीमा फाया नेपालको सहयोगमा पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन थालिएको छ । विद्यालय सुधार योजनामा नै यो कामलाई समावेश गरिएको छ । यसले विद्यालयको भौतिक अवस्था तथा विद्यार्थी सुरक्षित बनाउन मद्दत पुगेको कैलालीको कृष्णध्वजचन्द माविका प्रधानाध्यापक भीमबहादुर चौधरी बताउँछन् ।

पहिला भीमबहादुरको स्कूलको चौरमा पानी जम्ने भएको ले आवतजावत गर्न साह्रै कठिन हुन्थ्यो । त्यसबाट छात्रछात्राको पठनपाठनमा बाधा परेको थियो । फाया नेपालबाट तालिम पाएपछि चौधरीको स्कूलले ‘संकटासन्नता विश्लेषण’ गरी चौर सम्याउने र भवन पनि मर्मत गरेको छ । यसले विद्यार्थीलाई आवतजावत गर्न र कक्षामा बस्न सुरक्षित वातावरण सृजना गरेको छ ।

कुनै पनि ठाउँ जोखिम मुक्त छैन । जोखिमको मात्रा कम वा बढी हुने मात्र हो । मुख्य कुरा जोखिम पत्ता लगाउनु र बच्ने सम्भावनाको खोजी गर्नु हो । प्राकृतिक विपत्तिबाट बच्ने क्षमता बढाउने तथा अभ्यास न गरी स्कूलहरू जोखिममुक्त हुन सक्दैनन् । हरेक विद्यालयमा विपत् व्यवस्थापन योजनाको कार्यान्वयन हुनसके सुरक्षित विद्यालयको परिकल्पनालाई सार्थक बनाउन सकिन्छ । यसबाट विद्यार्थीको शिक्षा पाउने अधिकार पनि संरक्षण हुन्छ ।

शिक्षण सिकाइ क्रियाकलाप लाई सहज र प्रभावकारी बनाउन विद्यालयको वातावरण सुरक्षित पार्ने कार्य अत्यन्तै महत्वपूर्ण छ । सन् २००८ देखि २०१० सम्म कैलालीमा आएको  विनाशकारी बाढीले सयौं हेक्टर जमिनमा लगाएको बाली नष्ट गरयो । हजारौं मानिस प्रभावित भए । महीनौं विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठनमा ठूलो असर परयो । त्यतिबेला कैलालीका विद्यालयले संकटासन्नता विश्लेषण तथा प्रतिकार्य योजना बनाएका भए क्षति धेरै कम गर्न सकिने रहेछ । त्यो काम नभएकाले त्यसबेला धेरै क्षति भयो । फेरि पनि विपत् नआउला भन्न सकिंदैन । विद्यालयमा आउन सक्ने विपत्लाई कम गर्न संकटासन्नता विश्लेषण र प्रतिकार्य योजना लागू गर्नु पर्छ । त्यसले बालबालिका सुरक्षित हुन्छन् र सिकाइ दिगो र प्रभावकारी हुन्छ ।

‘रिच आउट टु एशिया’को आर्थिक सहयोग तथा एक्सनएड नेपाल तथा फाया नेपालको साझेदारीमागत मंसीरमा सहभागितामूलक संकटासन्नता विश्लेषण तालिम कैलालीका स्कूलका लागि सञ्चालन गरियो । त्यसपछि विद्यालयले आफ्नो क्षेत्रको संकटासन्नता विश्लेषण गरे । कैलालीका स्कूलका लागि विद्यालयको विपत् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना पनि बनाइएको छ । विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरण गर्ने क्रियाकलाप प्राथमिकताका साथ राखिएको छ । त्यसपछि विद्यालयले भवन मर्मत गर्ने , चौर सम्याउने लगायतका काम भएका छन् ।

कृष्णध्वजचन्द माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल चौधरी आफ्नो स्कूलले विद्यालयमा प्रकोप सामना गर्न व्यवस्थित योजना बनाएको धारणा राख्छन् । चौधरीले पनि विद्यालयमा सहभागितामूलक संकटासन्नता विश्लेषण र विद्यालयमा आधारित विपत् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजनाको तालिम लिने मौका पाएका थिए । “तब न म कहाँ छु र मेरो विद्यालयमा के कस्ता संकट छन् भन्नेबारे विश्लेषण गर्न सक्ने भएँ । स्कूलको  खुल्ला चौर पनि समस्या रहेछ भन्ने थाहा पाएँ”, उनले भने ।

(चौधरी कैलालीस्थित फाया नेपालका सामाजिक परिचालक हुन् ।)

commercial commercial commercial commercial