शिक्षा र आदर्श

आदर्शमा ठूलो शक्ति हुन्छ । यसले मानव –जीवनलाई दिशा र अर्थ प्रदान गर्छ । यसको प्रेरक शक्ति चुम्बकीय एवम् बलवान हुन्छ । सही दिशा दिन सकिएन भने यो धर्मान्धता र उग्रवादतर्फ पनि मोडिन सक्छ । त्यसैले शिक्षामा मूल्यवान आदर्श जोडिनु आवश्यक छ । शिक्षा र व्यवहार दुवैबाट विद्यार्थीलाई शिक्षकले सही आदर्शतर्फ डोर्‍याउनुपर्छ ।

“हामीलाई विद्यालयमा भन्ने गरिएको छ, ‘तिम्रो कुनै आदर्श हुनुपर्छ ।’ मलाई लाग्छ, यो व्यर्थको प्रलाप हो । आदर्श भनेको दिवास्वप्न मात्र हो । वास्तविकतालाई ठीकसँग देख्न–बुझन सक्नु नै हराम्रो सबैभन्दा ठूलो आवश्यकता हो । तर, आदर्श यस्तो वस्तु हो जो हामी र वास्तविकताका बीचमा (पर्खाल बनेर) उभिएको हुन्छ ।”

आइरिस मर्डोकको उपन्यास ‘द बेल’ को एउटा पात्र जेम्सका दृष्टिमा आदर्शले व्यक्तिको यथार्थबोधलाई बाधित गर्छ । आदर्शभित्र एउटा लालच लुकेको हुन्छ, जसले व्यक्तिलाई वास्तविकताको सामना गर्न प्रेरित गर्नु को साटो सपनाको संसारमा प्रवेशगराउँछ । त्यसैले, अवास्तविक स्वप्न अथवा मनमौजी तरंगमा बग्नुको सट्टा वास्तविक तथा सहज लक्ष्यप्राप्तिका निम्ति प्रयास गर्नु उचित हो ।

तर, यो विचार व्यापारी–बुद्धि र जीवनलाई नाफा–नोक्सानको तराजुमा तौलिने मान सिकताको परिचायक हो । व्यक्ति, खास गरी विद्यार्थीका सामु आदर्श नभए उसको जीवन एउटा उद्देश्यहीन, अर्थहीन यात्रामा परिणत हुन पुग्छ । शैक्षिक आदर्श निर्धारित गर्न सरकारले कुनै कन्जुस्याइँ गरेको छैन । समान ता, न्यायप्रियता, स्वस्थ प्रजातन्त्र, उत्पादक अर्थव्यवस्था, दिगो विकास जस्ता वाञ्छनीय मूल्य र आदर्शप्रति उसले औधि जोड दिने गरेको छ । परन्तु, हासिल गर्नु पर्ने लक्ष्य अथवा मूल्यांकनका खास मापदण्डहरूलाई नियालेर हेर्ने हो भने यी कुरा लाई उति गम्भीरतासाथ लिएको पाइँदैन । अझ्, कतिपय अवस्था र सन्दर्भमा त ‘आदर्श’ शब्दकै अर्थ र अभिप्राय समेत स्पष्ट हुँदैन । यस लेखमा म आदर्श सम्बन्धी अन्य प्रश्नहरूमा नअलमलिई तीन कुरा को चर्चा गर्ने छुः आदर्शको अर्थ; आदर्शको महत्व; र शिक्षामा आदर्शको स्थिति ।

आदर्शको अर्थ
आदर्श (ideal) का दुइटा प्रमुख गुण हुन्छन् । एक, आदर्श श्रेष्ठताको त्यस्तो छवि हो, जसलाई साकार पार्न बाँकी छ । दुई, आदर्श त्यस्तो लक्ष्य हो, जसलाई प्राप्त गर्न हामीलाई उत्कट इच्छा छ । हार्वे सीगलका अनुसार, ‘मुख्यतः आदर्श ती कुरा लाई भनिन्छ, जसलाई सामान्यतया अत्यन्त मूल्यवान मानिन्छ ।’ रिचर्ड हेयरका शब्दमा, ‘बृहत्तर समूहमा ज्यादै रराम्रो कुरा का रूपमा स्वीकृत स्थिति/वस्तु नै आदर्श हो ।’ (तेस्रोगुणका बारे अलिक पछि चर्चा गरिनेछ ।)

यति सामान्य र औपचारिक संकेत मात्रले आदर्शको अन्तर्वस्तुबारे बुझन सकिंदैन । हुन सक्छ, कसैसँग कुनै आदर्श होस् र ऊ त्यसलाई अत्युत्तम मान्दो होस् तर अरूहरू त्यस आदर्शलाई अपर्याप्त, अनाकर्षक अनि कुण्ठा अथवा अनैतिकताका रूपमा हेर्दा हुन् । उदाहरणका लागि अमेरिकाको ‘कू क्लास क्लान’ (Ku klux klan) पन्थलाई लिन सकिन्छ, जो चरम रंगभेद र साम्प्रदायिकताका आधारमा सञ्चालित छ ।गोरा जातिका ईसाई–आदर्शप्रति उग्र रूपमा समर्पित यस पन्थका आदर्श त्यस जातिका केही सीमित व्यक्तिका निम्ति पवित्र र नैतिक होलान् । तर, काला जाति र यस पन्थमा नलाग्नेहरूका निम्ति ती आदर्श अपवित्र, अहितकर र अनैतिक ठहरिन्छन् । अर्को उदाहरण हेरौं । मेरो कुनै साथीले भ्वाइलिन बजाउँदै उल्टोतिर बाट साइकल चलाएरगिनीज बूकमा नाम दर्ता गराउनु लाई आफ्नो आदर्श घोषित गरयो भने म अवाक् भएर सोच्न थाल्नेछु, यो कस्तो वाहियात आदर्श हो ! यद्यपि, यो उसका निम्ति आदर्श नै हो भन्ने कुरा इन्कार गर्न सकिंदैन ।

आदर्श शब्दभित्र वैशिष्ट्य अथवा श्रेष्ठताको भाव अन्तर्निहित हुनु जरुरी छ । यदि कुनै व्यक्ति कुनै स्थिति अथवा वस्तुविशेषका निम्ति आदर्श शब्दको प्रयोग गर्छ र साथसाथै त्यसको जोडदार आलोचना पनि गर्छ अथवा त्यो कुरा आफ्ना निम्ति अत्यन्त अहम् हो भन्ने जाहेर गर्दैन भने उसले ‘आदर्श’ शब्दको अर्थ नबुझेको ठहर्छ । जस्तै, जति कोशिश गर्दा पनि एमबीबीएसमा प्रवेश नपाएपछि कसैले बीएड्मा प्रवेश लिन्छ र शिक्षाशास्त्र पढ्नु नै मेरो आदर्श हो भन्न थाल्छ भने उसको भनाइमा शंका उत्पन्न हुन्छ । यसको अर्थ कसैले आफ्नो आदर्श माथि प्रश्न उठाउनै हुँदैन भन्ने होइन । आदर्शको श्रेष्ठता माथि प्रश्न उठाउनुको अर्थ त्यसलाई इन्कार गर्नु होइन । श्रेष्ठतालाई नै इन्कार गर्ने हो भने त त्यो स्थिति अथवा वस्तु आदर्श नै कहाँ रह्यो र ?

बिर्सन नहुने कुरा चाहिं के हो भने आदर्शमा अन्तर्निहित ‘श्रेष्ठता’ लाई तपाईंले प्राप्त गर्नु भयो भने त्यो आदर्शका रूपमा कायम रहँदैन । यस्तो अवस्थामा आदर्श ‘लक्ष्य’ को समकक्षी बन्न पुग्छ । जस्तै, आठ हजार मिटरभन्दा अग्ला संसारका सबै हिमाल आरोहण गर्ने मेरो लक्ष्य छ र मैले त्यो काम पूरा गरे भने मसित त्यो लक्ष्य बाँकी रहँदैन । त्यो एउटा उपलब्धि अथवा यथार्थमा परिणत भइसकेको हुन्छ । यही कुरा आदर्शमा पनि लागू हुन्छ । र, भाषिक रूपमा सजग हुने हो भने आदर्शलाई ‘संज्ञा’ र ‘विशेषण’ का रूपमा अलग–अलग हेर्नुपर्ने हुन्छ । यदि कुनै शिक्षक ‘मेरो आदर्श शिक्षक बन्नु हो’ भन्छ भने तपाईं उसलाई भन्न सक्नुहुन्छ, ‘तपाईं शिक्षक त हुनुहुन्छ नै ।’ यस अवस्थामा उसले कुरा स्पष्ट पार्न सक्छ, ‘म आदर्श शिक्षक बन्न चाहन्छु ।’

आदर्श भनेको कल्पित श्रेष्ठता हो; स्वप्न अथवा ‘भिजन’ हो र यसमा सर्वाधिक काल्पनि कता विद्यमान हुन्छ । तर, यसको अर्थ आदर्शको कुनै तार्किक औचित्य हुँदैन भन्ने होइन । आदर्शलाई उसको आधार अनि त्यसमा निहित वास्तविकताबोधका आधारमा तर्कसंगत मान्न सकिन्छ । उदाहरणका लागि, मानिसमा उड्ने क्षमता हुनुपर्छ भन्ने कसैको आदर्श छ र त्यसो भएमा वायु प्रदूषण कम हुन्छ भन्ने उसको तर्क छ । यस्तो अवस्थामा तपाईं पर्यावरणप्रति उसको चिन्तासँग सहमत भए नै पनि उसको आदर्शलाई गम्भीरतापूर्वक लिनुहुन्न । यद्यपि, कसैको आदर्श त्यस्तो हुनसक्छ भन्ने कुरा लाई हामी इन्कार गर्न सक्तैनौं । जसलाई हासिल गर्ने प्रयाससम्म गर्न सकिंदैन त्यस्तो आदर्शग्रहण गर्नु पनि गलत कुरा होइन । यसलाई अवधारणात्मकगडबडी भनिदैन । अ–श्रेष्ठलाई आदर्श मानी हिंड्नु मात्र अवधारणात्मकगडबडी हो । आदर्श श्रेष्ठ छ तर त्यसको प्राप्तिका निम्ति प्रयास गर्न सकिंदैन भने त्यसलाई व्यावहारिकगडबडी मात्र मान्न सकिन्छ ।

दुई खालका आदर्श
आदर्श दुई खालका हुन्छन् । एउटाले स्थिति–विशेषलाई आदर्श मान्छ, अर्काले श्रेष्ठ व्यक्तिकागुणहरूलाई । पहिलो किसिमको आदर्श त्रुटिहीन तथा पूर्ण हुन्छ, जसलाई परम आदर्श मान्न सकिन्छ । दोस्रो किसिमको आदर्शमा भने त्रुटि र अपूर्णताको सम्भावना रहन सक्छ, त्यसैले यसलाई सामान्य आदर्श भन्न सकिन्छ । स्थिति–विशेषसँग सम्बन्धित पहिलो खाले आदर्शलाई नैतिक, धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक आदि सन्दर्भ–विशेषसँग जोडेर वर्गीकृत गर्न सकिन्छ । यस क्रममा व्यक्ति स्वयम्ले त यस्ता आदर्शलाई धारण गर्छ नै, तिनलाई पूरै विश्व, पूरै देश वा पूरै समुदायमा लागू हुनुपर्ने समेत ठान्दछ । जस्तै, परमाणु अस्त्रबाट मुक्त विश्वको भूमण्डलीय आदर्श अथवा वर्गविहीन समाज को केही सीमित आदर्श अथवा अतिथिप्रेमी परिवारको स्थानीय आदर्श ।

आदर्श ‘स्थिति–विशेष’ अन्तर्गत चारित्रिक आदर्श अथवा व्यक्ति–विशेषकागुणहरू पनि समाविष्ट हुन सक्छन् । जस्तै, कुनै महिलाले आफ्नो आदर्श ‘आदर्श आमा’ बन्नु हो भन्छिन् भने उनले व्यक्तिगत स्थिति (आमा बन्नु ) को मात्र कुरा गरे की हुन्नन्, तीगुणहरूको पनि कुरा गरे की हुन्छिन्, जो उनका अनुसार, आदर्श आमामा हुन जरुरी छन् । यहाँनेर अरस्तूको सद्गुण विषयक सिद्धान्तलाई स्मरण गर्नु उचित हुन्छ । उनका अनुसार, सद्गुणी हुनुको अर्थ हो– ‘सम्यक् पात्रसँग सम्यक् मात्रामा सम्यक् समयमा सम्यक् लक्ष्यका निम्ति सम्यक् तरीकाले व्यवहार गर्नु ।’ यसले हामीलाई सम्यक् कर्म निरन्तर गरिनुपर्नेतर्फ संकेत गर्छ, जसलाई आदर्शका रूपमा निरूपित गरिएको छ । साहस, संयम, बुद्धिमत्ता, न्याय, इमान दारी, उदारता आदि चरित्रका आदर्शगुण हुन् ।

‘परम आदर्श’ लाई त्यतिन्जेलसम्म साकार पार्न सकिंदैन, जबसम्म ‘दोषपूर्ण परिस्थिति’ विद्यमान रहन्छ । ‘सामान्य आदर्श’ भने जुनसुकै परिस्थितिमा पनि कठिन परिश्रमद्वारा अथवा संयोगवश साकार पार्न सकिन्छ । जस्तै, कसैले अन्तरिक्षयात्री बन्ने आदर्श लिएको छ भने त्यसमा हुनसक्ने जोखिमका बावजूद कठिन परिश्रमद्वारा आफ्नो आदर्श प्राप्त गर्न सक्छ । अथवा, कोही धनी बन्ने आदर्श राखेर प्रत्येक हप्ता चिट्ठा किन्छ भने कुनै दिन संयोगवश उसको आदर्श साकार हुन सक्छ ।

हामी आदर्शका यी दुवै अवधारणालाई मिसमास गरिरहेका हुन्छौं । त्यसैले आदर्शका कुरा गर्दा कस्तो खाले आदर्श भन्न खोजिएको हो भन्ने प्रायः स्पष्ट हुँदैन । एउटा उदाहरण हेरौं । युनिभर्सिटी अफग्लासगोको शिक्षाशास्त्र संकायका कतिपय शोधकर्ताले केही समयअघि ‘इनिसियल टीचर एजुकेशन’ पाठ्यक्रमका छात्रहरूलाई एउटा प्रश्नावली भर्न दिएका थिए, जसमा उनीहरूको आदर्शका बारेमा प्रश्न गरिएको थियो । त्यसमा, एक–तिहाई भन्दा बढी छात्रहरूले बिहा गर्नु लाई आदर्श बताएका थिए । मलाई लाग्छ, उनीहरूलाई ‘आदर्श विषयक दुई अवधारणा (परम आदर्श/सामान्य आदर्श) मध्ये तपाईंको जवाफ कुन अन्तर्गत हो ?’ भनेर सोधिएको भए ती अलमल्ल पर्ने थिए ।

कुरा को चुरो के भने, कुनै पनि व्यक्तिका निम्ति आफ्ना विभिन्न आदर्शहरूबीच संगति र संवाद कायम गर्नु जरूरी हुन्छ । किनभने, कसैले कुनै स्थिति–विशेष अथवागुण–विशेषलाई आदर्श मानेको हुन सक्छ र त्यो सही पनि हुन सक्छ । तर, त्यही स्थिति अथवागुण अन्य स्थिति अथवागुणका सन्दर्भमा असंगत देखि न सक्छ, आदर्श नलाग्न सक्छ । आदर्शहरूका बीचमा द्वन्द्व हुनु अनौठो होइन । त्यसको अर्थ दुईमध्ये एउटा आदर्श खराब भन्ने पनि होइन । हामीले बुझनुपर्ने चाहिं के मात्र हो भने, परस्परमा विपरीत लाग्ने दुई आदर्शलाई एकसाथ साकार पार्न सकिंदैन त्यसैले, यस्तो अवस्थामा, दुईमध्ये एकलाई बढी मूल्यवान मानेर चुन्नुपर्छ ।

यहाँ आएर हामी आदर्शको तेस्रोगुणसँग परिचित हुन्छौं जो यसअघि उल्लिखित दुवैगुणसँग जोडिएको छ र शिक्षामा आदर्शको दृष्टिले अत्यन्त महत्वपूर्ण छ । त्योगुण हो— आदर्शमा निहित प्रेरणा अथवा लक्ष्यगामी शक्ति ।

प्रेरणा–शक्ति
कुनै स्थिति–विशेष अथवागुण–विशेषलाई कसैले आदर्श मानेको छ र त्यसलाई साकार पार्न सकिएको छैन भन्ने सोच्छ भने हामी मान्न सक्छौं— ऊ त्यो आदर्शलाई आफ्नो जीवनमा साकार पार्न चाहन्छ । यस्तो आकांक्षाका बारेमा दुई कुरा भन्न सकिन्छ । पहिलो , आकांक्षा हाम्रा गहन इच्छाहरूको संकेत हो । एलनगेवर्थका शब्दमा, ‘आकांक्षाहरूले हराम्रो आत्माका सर्वाधिक गहन कामनाहरूलाई अभिव्यक्त गर्छन् र यिनै आकांक्षाबाट हाम्रा आत्मीय मूल्यहरू अनि स्वयम् हराम्रो आत्माको लक्ष्य थाहा पाइन्छ ।’ दोस्रो, यस्ता आकांक्षाहरूले संकल्पकोरूपग्रहण गर्द छन् । हेरी फ्र्यांकफर्टका अनुसार, ‘कुनै व्यक्तिसँग कुनै आदर्श छ भने ऊ चाहन्छ, त्यसले आफ्ना आकांक्षाहरूलाई साकार बनाओस् ।’

आकांक्षा गहन इच्छाहरूको संकेत हो भन्नुको अर्थ हो— आफ्नो मनले नचाहेको कुनै पनि आदर्श कसैले अपनाउने सम्भावना हुँदैन । अर्थात्, श्रेष्ठताको जुन छविलाई ऊ साकार पार्न चाहँदैन, त्यसलाई अंगीकार पनि गर्दैन । त्यसैले, ‘आदर्श’ शब्दको सही अर्थ बुझेको कुनै व्यक्ति ‘मेरो आदर्श यो हो’ भन्छ भने हामीले मान्नुपर्छ, ऊ त्यो आदर्श साकार पार्न चाहन्छ । आफ्ना कर्महरू आदर्शको दिशातर्फ प्रेरित होऊन् भन्ने उसको चाहना हुन्छ । आदर्श साकार पार्ने इच्छाले त्यस अनुकूल प्रयास गर्न प्रेरित गर्छ नै ।

हुन त, कतिपय व्यक्तिहरू आफ्नो अतीतमै मग्न हुन्छन् र त्यसैलाई आदर्श मानिबस्छन्, अथवा आफ्नो आदर्श साकार पार्न सकिंदैन भनेर हातखुट्टा छोडेर बसेका हुन्छन् । त्यस्ता मानिसहरूको भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै म के भन्न चाहन्छु भने उनीहरूले आदर्शलाई नै पलायनको बहाना बनाएका छन् । किनभने आदर्शमा प्रेरणा–शक्ति हुन्छ भन्ने कुरा लाई असहाय व्यक्तिको उदाहरण दिएर नकार्न सकिंदैन । बरु, कुरा उल्टो चाहिं हो– असहाय व्यक्ति असहायता किन महसूस गर्छ भने ऊभित्र आदर्शलाई साकार पार्ने इच्छा जीवित हुन्छ ।

आदर्श प्राप्तिका लागि गरिने कर्मको मूल्यांकनका लागि म तीन मान क अघि सार्न चाहन्छु– तर्कसंगतता, नैतिकता र प्रामाणिकता । कर्महरूलाई त्यसबेला मात्र तर्कसंगत मान्न सकिन्छ जब ती आदर्श साकार पार्ने साधन बनेका हुन्छन् । उदाहरणका लागि, धनी बन्नु कसैको आदर्श हो र ऊ कुनै पनि वेला इन्द्रेनी देख्नासाथ त्यसको टुप्पोमा सुनको खानी भेटिन्छ भनेर हतारहतार त्यता दगुर्छ भने उसको कर्मलाई तर्कसंगत मान्न सकिंदैन । जहाँसम्म नैतिकताको कुरा छ, असल आदर्श प्राप्तिका लागि असल (नैतिक) कर्म नै गरिन्छन् भन्ने कुनैग्यारेन्टी छैन । इतिहास साक्षी छ, आदर्श कुनै विचार धारासँग विवेकशून्य भएर जोडिएपछि त्यसका अनुयायीहरू आफ्नो आदर्श साकार पार्न घोर अनैतिक उपाय अपनाउन कत्ति संकोच मान्दैनन् । ‘क्रुसेड’ वा ‘जेहाद’ अर्थात् धर्मयुद्ध र कम्युनिस्टरूस तथा चीनमा लाखौं–करोडौं व्यक्तिको निर्मम दमन यस्तै अनैतिक कर्मका उदाहरण हुन् । नैतिक आदर्शको आधारमा गरिने यस्ता अनैतिक कर्मलाई रोय बाउमिस्तर ले ‘आदर्शीकृत दुष्टता’ को संज्ञा दिएका छन् । कर्मको मूल्यांकन गर्ने तेस्रो आधार अर्थात् प्रामाणिकताको तात्पर्य हो— कर्मको आदर्शसँग तालमेल छ कि छैन भनेर हेर्नु । उदाहरणका लागि, विकसित र विकास शील देशहरूबीचको असमान ता समाप्त हुनुपर्छ भन्ने आग्रह गर्दै कुनै व्यक्ति विश्वव्यापी रूपमा न्याय स्थापित भएको देख्नु आफ्नो आदर्श हो भनी हिंड्छ । तर, बजारमा गएर छानी–छानी त्यस्ता सस्ता सामान किन्छ, जसलाई बनाउने कारीगरहरूलाई पर्याप्त पारिश्रमिक नदिएर शोषण गरिएको छ भन्ने उसलाई रराम्रोसँग थाहा छ । यस स्थितिमा उसको कर्म र आदर्शबीच तालमेल नरहेको बारे प्रश्न उठाउन सकिन्छ । हुन सक्छ त्यसो गर्नु उसको बाध्यता होस् अथवा आफ्नो कर्मका पक्षमा ऊसँग जोडदार तर्क होस् तैपनि उसको कर्म उसको आदर्श अनुकूल छैन भन्ने कुरा त उठ्छ नै ।

निजी स्वभाव
आदर्शको निजी स्वभावलाई विभिन्न दृष्टिले हेर्न सकिन्छ । आदर्शमा श्रेष्ठताको तत्व अन्तर्निहित हुन्छ, त्यसैले अलग–अलग मानिसका आदर्श पनि अलग–अलग हुन्छन् । जस्तै, कसैका निम्ति धार्मिक आदर्श अत्यधिक महत्वपूर्ण हुन्छन्, तर कसैका लागि तिनको कुनै महत्व हुँदैन । कसैको आदर्श धनी बन्नु हुन सक्छ अनि कतिपय चाहिं– धनलाई महत्वपूर्ण मान्दामान्दै पनि – त्यसलाई आफ्नो आदर्श मान्न चाहँदैनन् । रेशरका अनुसार, आदर्श सार्वभौमिक हुँदैनन्; यी त अपेक्षाकृत संकुचित अनि देश–काल–पात्र विशेषसँग सम्बन्धित एवं सापेक्ष हुन्छन् । उता, सीगल भने केही आदर्श सार्वभौमिक हुने तर्क अघि सार्छन् । उनी बहुसंस्कृतिवादका विरुद्ध उभिएका छन्, जसले आदर्शको सार्वभौमिकतालाई असम्भव मान्छ । ‘सबै संस्कृतिहरूले सबै संस्कृतिहरूको वैधता स्वीकार गर्नु पर्छ’ भन्छ बहुसंस्कृतिवादले । सीगलको तर्क छ— यही भनाइबाट पनि उसले त्यस्तो आदर्शका प्रति प्रतिबद्धता व्यक्त गरेको छ, जो सबै संस्कृतिहरू माथि लागू हुन्छ । उनी भन्छन्, ‘कतिपय आदर्श ज्यादै गहिरो तवरमा सार्वभौम हुन्छन् र सबै संस्कृतिहरूमा लागू हुन्छन् । त्यस्ता संस्कृतिहरूमा पनि जो तिनलाई त्यस रूपमा मान्दैनन् ।’
मनुष्य मात्रको आदर अथवा मानवीय गरिमाको आदर्श भलै सर्वत्र नपाइयोस्, परन्तु तार्किक निष्पत्तिका रूपमा यो सबै संस्कृतिहरूमा लागू हुन्छ । वस्तुतः आलोचनात्मक विवेकले युक्त कुनै पनि व्यक्ति ‘आदर’ जस्तो नैतिक आदर्शलाई सार्वभौम नमानेसम्म स्वीकार गर्नै सक्तैन । अन्यथा यस आदर्शका निम्ति उसले तर्कसंगति भेट्न सक्तैन । त्यसैले मलाई लाग्छ, विद्यार्थीलाई नैतिक आदर्शको शिक्षा दिन त जरूरी छ नै, त्यसका साथसाथै ती आदर्श माथि तर्कसंगत एवं मूल्यपरक ढंगले विचार –विवेचना गर्न पनि प्रोत्साहन र सहयोग गर्नु पर्छ । कारको भनाइ मननीय छ, ‘कुनै पनि विचार वान व्यक्ति साहस, संयम, न्याय अथवा करुणा जस्तागुणहरूलाई रराम्रोसँग बुझसिकेपछि यिनलाई प्राप्त गर्ने चाहनाबाट पृथक् रहन सक्तै सक्तैन ।’

आदर्शको निजी स्वभावको व्याख्या अर्को ढंगबाट पनि गर्न सकिन्छ । एउटै स्थिति अथवागुण एउटाका लागि आदर्श र अर्काका निम्ति सामान्य कुरा हुन सक्छ । जस्तै, दुई छाक दाल–भात–डुकूको बन्दोबस्त गर्नु कसैका निम्ति आदर्श स्थिति हुन सक्छ भने कसैका निम्ति त्यो स्वतः प्राप्त भइरहेको वा सहजै प्राप्त हुन सक्ने सामान्य स्थिति हुन सक्छ । सहज रूपमा हिंड्न, कुरा गर्न र पढ्न सक्नु कसैका निम्ति आदर्शगुण वा अवस्था हुन सक्छ भने अरूका निम्ति त्यो स्वतः प्राप्त सामान्य कुरा ठहरिन सक्छ ।

कसैको परम–मूल्यमान्यता के हो अथवा ऊ कुन कुरा लाई सर्वाधिक मूल्यवान मान्दछ भन्ने कुरा को जवाफ नै आदर्श हो । फ्र्यांकफर्टले यही कुरा लाई अलिक काव्यात्मक शैलीमा भनेका छन्, ‘आदर्श त्यस कुरा लाई भनिन्छ, जसलाई हामी भित्रै देखि प्रेम गर्छौं अथवा जसको धेरै ख्याल गर्छौं ।’ हामी धेरै मानिसलाई मूल्यवान ठान्छौं तर सच्चा प्रेम कसै–कसैसँग मात्र गर्छौं । ठीक त्यसै गरी हामी केही आदर्शलाई मात्र आत्मै देखि रुचाउँछौं । भर्खरै भनेजस्तै, कुनै आदर्श साकार भयो भने त्यसपछि पनि त्यो मूल्यवान त रहिरहन्छ तर आदर्श रहँदैन ।

हामी आदर्शलाई असल जीवनको धारणाको एउटा अंग भन्न सक्छौं । रराम्रोपन सम्बन्धी धारणा र आदर्शका बीच गहिरो तहमा तालमेल हुन्छ । उदाहरणका लागि, ‘खाऊ–पिऊ–मोजगर’ को धारणा कसैलाई रराम्रो लाग्छ भने धनसम्पत्तिका मामिलामा उसको आदर्श बौद्ध धर्म अनुकूल नभएर भौतिकवादी हुन्छ । बिर्सन नहुने कुरा के पनि हो भने नयाँ व्यक्ति, परिस्थिति वा आदर्शको सम्पर्कमा आउँदै जाँदा मानिसका ‘रराम्रोपन’ सम्बन्धी धारणा र आदर्श बदलिंदै जान पनि सक्छन् । जस्तै, धर्मनिरपेक्ष परिवारमा हुर्किएको कुनै व्यक्ति मुस्लिम समाज को सम्पर्कमा पुग्दा उसलाई महिलाबारे मुसलमान हरूको दृष्टिकोण वा आदर्श रराम्रो लाग्न सक्छ ।

समग्रमा भन्दा, आदर्श कल्पित श्रेष्ठताकोरूप हो र यो कति वाञ्छनीय हुन्छ भने मानिसहरू यसलाई साकार पार्न निरन्तर प्रयत्नशील हुन्छन् ।

आदर्शको महत्व
रेशरले आदर्शलाई जीवन–समुद्रको यात्रामा नाउको दर्जा दिएका छन् । यसको तात्पर्य हो— आदर्शले हराम्रो जीवनलाई सही दिशा देखाउँछ । फ्र्यांकफर्ट भन्छन्, ‘मानिसहरू त्यसबेला मात्र सार्थक जीवन जिउन सक्छन् जब आफूले अत्यन्त महत्वपूर्ण मानेका साध्यहरूसँग गहन रूपमा गाँसिएका हुन्छन् । ती साध्य नै आदर्श हुन् ।’ महत्वपूर्ण र जरूरी के हो भने साध्य चाहिं व्यक्ति–व्यक्ति अनुसार फरक हुन सक्छ । यसै गरी आदर्श पनि फरक हुन सक्छन्; तिनमा रहने समान ता के मात्र हो भने मानिसहरू आफ्ना आदर्शसँग गहिरो किसिमले जोडिएका हुन्छन् । परम आदर्श अथवा साध्य आफ्नो मूल्यवत्ताका कारण मात्र मानिसका लागि महत्वपूर्ण हुँदैनन्, तिनको व्यावहारिक महत्व पनि छ । तिनले मानिसका कर्मको औचित्य प्रतिपादित गर्छन् र व्यक्तिका लागि सार्थक विकल्प के हुन सक्छ भन्ने पनि बताउँछन् । आदर्श विना व्यक्तिको कुनै पहिचान हुँदैन र आदर्श बाहेक त्यस्तो केही हुँदैन जसलाई उसको स्वभाव भन्न सकियोस् । यसप्रकार, मानिसका लागि आदर्श अस्तित्वगतरूपमै आवश्यक हुन्छ ।

व्यक्तिका लागि आदर्श एकदमै आवश्यक छ भन्ने दाबीका विरुद्ध दुई आपत्ति अघि सार्न सकिन्छ । पहिलो आपत्ति हो— जीवनमा सार्थकताको खोजी गर्न आदर्श अनिवार्य तवरमा आवश्यक छैन; जीवनका मूलभूत आवश्यकता पूरा गरिरहेको कुनै पनि व्यक्तिले आफ्नो जीवन स्वतः सार्थक रहेको मान्न सक्छ । आफ्ना अहम्–केन्द्रित इच्छाहरूलाई तिलाञ्जलि दिइसकेको यस्तो व्यक्ति जीवनका सहज–सरल कुरा हरूको तुष्टिबाटै आनन्दित हुन्छ र त्यही सहजता अनायास उसको आदर्श बनिसकेको हुन्छ । हुन त ‘जीवन आदर्शको उज्यालोमा मात्र सार्थक बन्न सक्छ’ भन्ने फ्र्यांकफर्टको दाबी छ, तर त्यसको विपरीत म के भन्छु भने मानिसका लागि आदर्श अस्तित्वगतरूपले महत्वपूर्ण भए पनि अनिवार्य चाहिं हुँदैन । आदर्श महत्वपूर्ण किन हुन्छ भने यसबाट जीवनले दिशा,गति तथा प्रेरणा प्राप्त गर्छ अनि हामी कुनै कुरा लाई आफ्नो जीवनका निम्ति विशेष बनाउन सक्छौं ।

दोस्रो आपत्ति हो— आदर्शलाई साकार पार्ने प्रयासमा मानिसभित्र कुण्ठा उत्पन्न हुने सम्भावना हुन्छ; उसको जीवनको सार्थकता अथवा आत्मसम्मान मा यसले नकारात्मक प्रभाव पार्न सक्छ । यो कुरा परम आदर्शहरूको सन्दर्भमा बढी सटीक छ किनभने तिनलाई पूर्णतः साकार पार्नै सकिंदैन । तथापि, शुरूमै यो कुरा बुझन सक्यौं भने हामी यस किसिमको कुण्ठा र निराशाबाट बच्न सक्छौं । तर, सम्भाव्य मानिने सामान्य आदर्शहरू साकार हुन सकेनन् भने त्यसबाट उत्पन्न हुने कुण्ठा, निराशा आदिबाट बच्न चाहिं ज्यादै कठिन हुन्छ । कसैलाई आदर्श पिता बन्नु छ र एक दिन उसलाई आफूसँग सन्तानोत्पत्तिको क्षमता छैन भन्ने थाहा भयो भने अथवा सगरमाथा चढ्ने आदर्श निर्धारित गरे की महिलाका खुट्टाहरूमा अकस्मात् प्यारालाइसिस हुन पुग्यो भने उनीहरूलाई अवश्य नै आफ्नो जीवन शून्य भएको , त्यसको सार्थकता समाप्त भएको लाग्नेछ ।

निरर्थकताबोध यसभन्दा विपरीत अर्को परिस्थितिमा पनि उब्जन सक्छ । आफ्नो आत्मकथामा जे एस् मिलले यस्तो परिस्थितिको सटीक वर्णन गरेका छन् । उनी भन्छन्, “मानिलिनुहोस्, मेरो जीवनका सबै उद्देश्य पूरा भए; संस्थाहरू र विचार हरूमा म जस्तो किसिमको परिवर्तन चाहन्छु त्यो तत्क्षण, फटाफट सम्पन्न भयो । मेरो मनले प्रश्न गरयो— यो मेरा लागि ज्यादै आनन्द र खुशीको विषय हुन्छ त ? अन्तर्मनबाट एउटा सचेत र दुर्दमनीय आवाजले उत्तर दियो— ‘हुँदैन !’ यो सुनेर मेरो मन भरंग भयो; त्यो जग भत्कियो जस माथि मेरो जीवन खडा भएको थियो । आफ्नो उद्देश्यलाई साकार पार्ने प्रयासमै त मेरा सारा खुशीहरूको रहस्य लुकेको थियो । आकर्षित गर्न उद्देश्य नै नरहेपछि साधनहरूमा के रुचि बाँकी होस् ? मलाई लाग्यो, जीवनमा जिउनका लागि अब केही बाँकी रहेन !”

परन्तु, उपर्युक्त परिस्थिति र मनोभावहरू आदर्शको महत्वलाई नकार्न पर्याप्त हुन्छन् जस्तो म ठान्दिनँ । पछिल्लो उदाहरणबाट के मात्र बुझन्छि भने, आदर्श प्राप्त गर्ने बाटो कारणवश बन्द हुन पुग्यो भने मानिसले आफ्नो बाटो अथवा लक्ष्य बदल्नुपर्छ । हामीलाई आफ्नो क्षमता र सीमाको रराम्रो बोध हुनुपर्छ अनि त्यस स्थितिका बारेमा पनि स्पष्ट ज्ञान हुनुपर्छ, जुन स्थिति आदर्श प्राप्त भएपछि हाम्रा सामु उपस्थित हुन्छ ।

आदर्शहरूको अस्तित्वगत महत्व छ र ती प्रेरक पनि हुन्छन् । त्यसैले शिक्षामा तिनको ज्यादै महत्व हुन्छ । यसैकारण आमा–बाबु र शिक्षकले केटाकेटीलाई आदर्शको शिक्षा दिनुपर्छ ।

शिक्षामा आदर्श
शिक्षामा आदर्श दुई किसिमलेरूपायित हुन्छ । एउटा हो— शिक्षाको आदर्श, र अर्को हो— शिक्षामार्फत दिइने आदर्श । जर्मन दार्शनिक वोल्फगाँ ब्रेजिन्काले शैक्षिक लक्ष्यहरूलाई मूल्यमान्यताका रूपमा हेरेका छन् । यिनैले बालबालिकाका निम्ति आदर्शलाई सम्भव बनाउँछन् । उनको भनाइ छ, ‘यी मूल्यमान्यताले ती विशिष्ट व्यक्ति–छविहरूतर्फ संकेत गर्छन्, जसलाई बालबालिकाहरू प्राप्त गर्न सक्छन् अथवा जसको प्राप्तिका नजिकै पुग्न सक्छन् ।’ मेरो विचार मा, शैक्षिक आदर्श भनेको शैक्षिक लक्ष्यकै एउटा उप–वर्ग हो ।

आदर्शलाई नैतिक, अनैतिक तथा नैतिकेतर वर्गमा बाँड्न सकिन्छ । स्पष्टै छ, शिक्षामा यस्ता आदर्शहरू समावेश गरिनुपर्छ जसले बालबालिकाको चरित्रमा नैतिकगुणहरूको विकास गरून् । उनीहरूलाई नैतिक आदर्शको शिक्षा दिइनुपर्छ । प्रश्न उठ्न सक्छ, यस्तो शिक्षा दिने आदर्श व्यक्ति को हुन सक्छ— सामान्य मानिस, धर्मप्राण प्रौढ व्यक्ति, धनी–मानी अथवा अरू नै कोही ? तर यस सन्दर्भमा यो प्रश्नगौण हो । रेशर भन्छन्— कुनै व्यक्तिसँग आदर्श हुनु त महत्वपूर्ण हुँदै हो, साथै के पनि आवश्यक छ भने ऊसँग रराम्रो आदर्श होस् । आदर्श कस्तो हुनुपर्छ भने उसलाई धारण गर्ने व्यक्तिले जीवनमा सन्तुष्टि महसूसगरोस् अनि उसका सँग ी–साथीले पनि त्यस आदर्शको सम्मान गरून् ।

नैतिक आदर्श किन पनि जरूरी छ भने यसले नैतिक नियमहरूलाई पालना गर्ने प्रेरणा दिन र मूल्य–मान्यताहरूलाई अपनाउन प्रेरित गर्न सक्छ । नैतिक आदर्शका कारण व्यक्तिभित्र अन्तर्बोध जाग्दछ, जसले हामीलाई नैतिक नियममा अन्तर्निहित विशिष्टतासँग परिचितगराउँछ । के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने बताउनुका अतिरिक्त नैतिक आदर्शको शिक्षा दिने व्यक्तिले त्यस्तो आदर्श अपनाएका व्यक्ति वा समुदायको ठोस उदाहरण पनि दिनुपर्छ । यसले नैतिक नियम पालन गर्ने उत्साह त ज गाउँछ नै, यस्ता नियमलाई उत्कृष्ट रूपमा पालन गर्ने प्रयासलाई पनि उत्प्रेरित गर्छ ।

अझ् जरूरी कुरा त के छ भने नैतिक आदर्शको शिक्षा दिने व्यक्ति स्वयम्को आचरण र व्यवहार त्यस आदर्शको अनुकूल हुनुपर्छ । जसले आदर्शको शिक्षा दिन्छ उसकै आचरण त्यसको प्रतिकूल छ भने बालबालिकाले आदर्शमा विश्वास गर्न सक्तैनन् । इमान दार हुनुलाई चुनौतीपूर्ण आदर्शका रूपमा प्रस्तुत गर्न सकिन्छ, भलै सच्चा इमान दारलाई मानिसहरूले उपहास गर्ने खतरा होस् । वस्तुतः इमान दार हुनु परम आदर्श हो; किनभने हामी यो आदर्शलाई कहिल्यै पनि पूर्णतः साकार पार्न सक्तैनौं । अर्कातर्फ, कुनै शिक्षक विद्यार्थीलाई इमान दार बन्ने शिक्षा त दिन्छ तर आफूबाट पनि गल्ती हुन्छ भन्ने कुरा उनीहरूलाई कहिल्यै बताउँदैन भने विद्यार्थीले उसको शिक्षालाई कदापि गम्भीरतापूर्वकग्रहण गर्दैनन् ।

शिक्षकले अनैतिक आदर्शको शिक्षा दिनुहुँदैन । यस कुरा को व्याख्या गरिरहनु शायद जरूरी छैन । हराम्रो उदारवादी लोकतन्त्रमा मानिसहरू आफ्नो निजी जीवनमा कतिपय अनैतिक आदर्श धारण गर्द छन् । उनीहरूमा जातिवादी अथवा लैंगिक पूर्वाग्रह विद्यमान हुन्छ । हुन सक्छ, केटाकेटीले पनि त्यो सिकून् । तर तिनलाई अनैतिक आदर्शको शिक्षा दिनुको अर्थ हो— अनैतिक कर्म गर्न उक्साउनु । यसो गर्नु अनैतिक कार्य हो किनभने यसले समाज लाई मात्र हानि पु¥याउँदैन, स्वयम् केटाकेटीकै निम्ति पनि यो हानिकारक हुन्छ । यस सन्दर्भमा, अनैतिक आदर्शहरूलाई केटाकेटीसम्म पुरयाउने वयस्क अर्थात् अभिभावकहरूका अधिकारलाई नियन्त्रित गर्ने बारे राज्यसत्ताले विचार गर्न सक्छ ।

अनैतिक नलाग्ने आदर्शका बारेमा भने यो कुरा लागू हुँदैन । सुन्दर–सु गठित हुनु, एथलीट बन्नु अथवा नामी विद्वान बन्नु यस्तै आदर्श हुन् । यस्ता आदर्शले कसैको हितमा प्रतिकूल प्रभाव पार्दैनन् । त्यसैले यस्ता आदर्शतर्फ केटाकेटीहरू आफ्नो इच्छा अनुसार अघि बढ्न सक्छन् । तर, यसको अर्थ शिक्षकले नैतिकेतर आदर्शको कुरा गर्नु पर्दैन भन्ने होइन, न त यस्ता आदर्श केटाकेटीले स्वतः सिक्छन् भन्ने आशा नै अभिभावकले गर्न मिल्छ । जो अभिभावक आफ्नो पेशा या व्यवसायमा सफल छन् तिनले आफ्ना सन्तानका सामु त्यस मार्गमा हिंड्ने आदर्श राख्न सक्छन् तर त्यो आदर्श केटाकेटीका निम्ति पनि उपयुक्त छ अथवा उनीहरू पनि त्यही बाटोमा हिंड्छन् वा हिंड्नुपर्छ भन्ने होइन । नैतिकेतर आदर्शमा पनि नैतिक आदर्शमा जस्तै केटाकेटीलाई प्रेरित गर्ने गुण हुन्छ । यस्ता आदर्शबाट प्रेरित भएर उनीहरू आफ्नो जीवनमा केही ‘खास’ गरेर देखाउन प्रयत्नशील हुन सक्छन् ।

कल्पनाशक्ति र मूल्यांकनको क्षमता
‘आदर्श’ श्रेष्ठताको छवि हो भने यसलाई धारण गर्नु को अर्थ हो— कल्पनाशक्तिको प्रयोग गर्नु ; रचनात्मक र स्वप्नदर्शी हुनु; सही–गलतको मूल्यांकन गर्नु । कुनै आदर्श ठीक छ छैन भन्ने कुरा कल्पनाशक्तिका आधारमा जान्न सकिन्छ । अब्राहम इडेलका अनुसार कल्पनाशक्तिकै आधारमा आदर्शको मूल्यांकन सम्भव छ; आफूले धारण गरेको आदर्श साँच्चै आफ्नो चाहना हो कि होइन भन्ने बोध मानिसले यही कल्पनाशक्तिका आधारमा प्राप्त गर्न सक्छ ।गेवर्थ भन्छन्, ‘विना मूल्यांकन धारण गरिने इच्छाहरू भन्दा मूल्यांकनपछि आकांक्षाका रूपमा धारण गरिने इच्छाहरू सदैव बढी उपयुक्त हुन्छन् ।’ अर्को कुरा के भने, आदर्शहरूका बीचमा संघर्ष पनि हुन्छ । यस्तो वेला, कुन आदर्श बढी महत्वपूर्ण हो भन्ने पहिल्याउन कल्पनाशक्तिकै कारण सम्भव हुन्छ । कुनै व्यक्तिले आफैंलाई सोध्न सक्छ— विश्वप्रसिद्ध संगीतकार बन्नु उसका लागि उपयुक्त आदर्श हो अथवा सुखी–समृद्ध परिवारमा थुप्रै बालबच्चाको बाबु हुनु । आदर्श हाम्रा मात्र हुँदैनन्, अरूका पनि हुन्छन् । तीबीच द्वन्द्व हुन सक्छ । यस्तो अवस्थामा कल्पनाको सहायताबाट हामी बुझन सक्छौं— हाम्रा आदर्श अरूका आदर्श अथवा हितका बाधक हुन् कि होइनन् ।

आदर्शप्रतिको कटिबद्धता स्वयम्मा समस्याविहीन विषय होइन । मानिसहरू पूर्ण अन्धश्रद्धाका साथ आफ्ना आदर्शसँग टाँसिने र त्यसमा कट्टर हुने सम्भावना सर्वत्र हुन्छ । जे न्यूम्यानले कोही आफ्ना आदर्शसँग अन्धभक्तिका साथ जोडिएको छ छैन भन्ने बुझन तीन सूत्र प्रतिपादन गरेका छन्ः क. प्रतिबद्धता कुन विश्वाससँग छ, ख. विश्वासप्रति भावनात्मक लगाव कति गहिरो छ,ग. विश्वासलाई कति मूल्यवान भनिएको छ । यस विश्लेषणको उपयोग हामी आदर्शप्रतिको तीन किसिमको कट्टरता पहिल्याउनका निम्ति गर्न सक्छौं । पहिलो किसिमको कट्टर त्यसलाई मान्न सकिन्छ जो आफ्नो आदर्शसँग यसरी टाँसिएको छ, अरू कुनै कुरा बारे सोच्न पनि सक्तैन । दोस्रो किसिमको कट्टर त्यो हो जो आफ्नो आदर्शसँग भावनात्मक लगावको हदसम्म बाँधिएको छ । अर्थात्, आफ्नो आदर्शप्रति यति गम्भीर छ, अरूले त्यसबारे आपत्ति प्रकट गर्दा पनि कानमा तेल हालेर बस्छ । तेस्रो किसिमको कट्टर भने अरूका आदर्श र हितहरूलाई घाइते बनाएर पनि आफ्नो आदर्शलाई अघि बढाउन हिचकिचाउँदैन र त्यसलाई मूल्यवान नै मान्छ । सबै कट्टर व्यक्तिहरू यिनैमध्ये पर्दछन् ।

कुनै पनि कट्टर व्यक्ति नैतिक दृष्टिले विश्वासयोग्य नहुने मात्र होइन खतरनाक समेत हुन सक्छ । उसको आदर्शले अरूका हित अथवा आदर्शलाई अस्वीकार गर्न सक्छ । त्यति मात्र नभएर त्यसले उसकै अन्य आदर्शहरूलाई समेत आघात पुर्याउन अथवा नकार्न सक्छ । हुन त आदर्शवादी कट्टरतालाई हामी सर्वत्र पूर्णतया अस्वीकार गर्न सक्तैनौं । यस्तो कट्टरता धारण गरेका महात्मागान्धी अथवा मार्टिन लुथर किंगलाई नैतिक चरित्रको प्रतिमान कै रूपमा प्रस्तुत गरिन्छ । तर के पनि बिर्सन सकिंदैन भने, आफ्ना आदर्शप्रतिको कट्टरतापूर्ण प्रतिबद्धताकै कारण यिनीहरूको पारिवारिक जीवनको आदर्शमा आघात पुग्यो । त्यसैले केटाकेटीले मूल्यांकन गर्न सिक्नु जरूरी छ । मानिसहरू आफ्ना आदर्शसँग कसरी जोडिएका छन् र त्यसले अरूको हितमा कस्तो प्रभाव तथा परिणाम सिर्जना गर्न सक्छ भन्ने उनीहरूले बुझनुपर्छ । यस्तो मूल्यांकनद्वारा उनीहरू आदर्शप्रतिको आफ्नो प्रतिबद्धता माथि पनि विचार गर्न सक्छन् । यसबाट केटाकेटीमा अरू थपगुण पैदा हुनेछन्— उनीहरू आफ्नो मनमा अरूप्रति सम्मान भाव राख्नेछन् अनि अरूको हितलाई ध्यान दिनुपर्छ भन्ने नैतिक आवश्यकतालाई बुझनेछन् ।

साथै, केटाकेटीलाई आदर्श प्राप्त गर्न आफूले गरिरहेका कर्महरूको आलोचनात्मक मूल्यांकन गर्न पनि सिकाउनु पर्छ । आदर्शहरूले कर्मको प्रेरणा अवश्य दिन्छन् तर यस्तो प्रेरणाले सधैं राम्रै कर्मतिर डोर्याउँछ भन्ने छैन । यो कुरा ती उग्रवादीहरूमा मात्र लागू हुँदैन जो आफ्ना नैतिक अथवा नैतिकेतर आदर्शहरूका निम्ति मानिसलाई बन्धक बनाउँछन् अथवा तिनको हत्या गर्छन् । यो त ती सामान्य मानिसमा पनि लागू हुन्छ, जो अरूलाई कुनै कष्ट नपु¥याई आफैं माथि अत्याचार गर्न पछि हट्तैनन् । उदाहरणका लागि कुनै व्यक्ति आदर्श शरीर–सौष्ठवका निम्ति आफूलाई एकदमै दुब्लो बनाउन अथवा अस्वाभाविक रूपमा मांसपेशी विकसित गर्न लागिपर्न सक्छ ।

यथार्थवादी बनौं
यथार्थवादी बन्ने मेरो आग्रह शुरूमा उद्धृत जेम्सको उद्धरणको पक्षमा अर्थात् मेरै तर्कहरूको विपक्षमा प्रतीत हुन सक्छ । तर वास्तविकता त्यस्तो होइन । आदर्श धारण गर्नु त ठीक हो तर आफ्ना सम्भावनाहरूको यथार्थ पहिचान पनि हुनुपर्छ जसबाट आदर्शसँग उचित तालमेल हुन सकोस् । अवश्य पनि , आदर्शले व्यक्तिलाई आफ्नो सामथ्र्यभन्दा अघि बढेर लक्ष्य हासिल गर्ने प्रयासमा लाग्न प्रेरित गर्छ । तर, अगम्य ऊँचाइ लिएका आदर्शहरूले हामीमा इच्छाहीनता, इन्कार अथवा तटस्थताको भाव पनि पैदा गर्न सक्छन् । त्यसैले त केटाकेटीले आफ्नो आदर्श र आफ्नो क्षमताको मूल्यांकन गर्न सिक्नु आवश्यक छ । जस्तै, जोसँग गणितीय आकलनको पर्याप्त क्षमता छैन उसले प्रसिद्ध वैज्ञानिक बन्ने आदर्श लियो भने ऊ कुण्ठित हुन पुग्छ । आदर्श प्राप्त गर्न नसक्ता उसको आत्मसम्मान मा कमी आउने जुन सम्भावना हुन्छ, त्यसबाट वेलैमा जोगाउन शिक्षकले उसलाई सहायता गर्नु पर्छ र सम्झउनुपर्छ— उसले लिन चाहेको आदर्श र उसका क्षमताहरूबीच तालमेल छैन । उसलाई बढी यथार्थपरक आदर्श खोज्न शिक्षकले मद्दत गर्नु पर्छ ।

परम आदर्शका सम्बन्धमा भने शिक्षकको दृष्टिकोण अलिक बेग्लै हुनु जरूरी छ । उसले स्पष्ट शब्दमा भन्नुपर्छ— यस्ता आदर्श प्राप्त गर्न प्रयास गर्नु पर्छ तर के पनि बुझरिाख्नुपर्छ भने तिनलाई कहिल्यै पनि पूर्णतः साकार पार्न सकिंदैन । यति बुझेपछि केटाकेटीहरू आदर्श साकार हुन नसक्ता उत्पन्न हुने हताशाबाट पनि जोगिन्छन् र त्यसका लागि कर्म गर्न पनि छोड्दैनन् । केही आदर्श यस्ता हुन्छन्, जसलाई त्यसवेला मात्र साकार पार्न सकिन्छ जब अरू सबैले यस प्रयासमा हामीलाई मदतगरून् । यसै कारण यी आदर्श अप्राप्य हुन्छन् । जस्तैः स्वच्छ पर्यावरण अथवा न्यायपूर्ण विश्वव्यवस्थाको आदर्श । ती अत्यन्त उत्तम आदर्श हुन् भन्ने कुरा मा विश्वका अधिकांश व्यक्ति सहमत हुन सक्छन् अनि धेरैलाई लाग्न सक्छ— मैले यस दिशामा प्रयास गर्नु पर्छ । तर, आदर्श एउटै भए पनि त्यसको प्राप्तिका निम्ति तिनले गरेका प्रयास फरक–फरक हुन सक्छन् र कतिपयलाई त के समेत लाग्न सक्छ भने फलानो–फलानोले गरेका काम आदर्शप्राप्तिका निम्ति सहायक छैनन् । यस्तो भएपछि आदर्शप्राप्तिको उत्साह शंकामा परिणत हुन सक्छ ।

यथार्थवादी हुनुको अर्थ सहज–सामान्य आदर्शका पक्षमा उभिएर अन्य आदर्शलाई अस्वीकार गर्ने भन्ने बिल्कुलै होइन । आफ्नो आदर्शका बारेमा यथार्थपरक दृष्टिकोण राख्नुको मतलब के होइन भने कसैले आदर्श धारण गर्न नै छोडिदेओस् । तर, आदर्शलाई साकार पार्ने क्रममा हराम्रो बाटोमा बाधा आउन सक्छन् र यसले निराशा जन्माउन सक्छ । यो सम्भावित निराशाबाट बच्नका लागि आफ्नो सम्भावना र सीमाको यथार्थबोधका साथ आकांक्षा उत्पन्न हुनुपर्छ; आत्मविश्वास र इच्छाशक्ति निरन्तर कायम रहनु पर्छ, अनि कति प्राप्त भइसकेको छ भन्ने ज्ञान पनि हुनुपर्छ । यसबाट हराम्रो आदर्श कति प्रामाणिक हो भन्ने समेतथाहा पाइन्छ । तपाईं आफ्ना आकांक्षाहरूको परितृप्ति त्यही हदसम्म गर्न सक्नुहुन्छ जुन हदसम्म ती आकांक्षाहरू तपाईंको हृदयकागहिराइबाट निस्केका हुन्छन् ।

(लेखक नेदरल्याण्डको एम्स्टर्डमस्थित ब्रीजे (Vrije) विश्वविद्यालयको शिक्षा–शिक्षण मनोविज्ञान विभागसँग सम्बद्ध छन् ।)

साभारः ‘शिक्षा–विचार’, अक्टोबर–नोभेम्बर, २००३)

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial