सरकारी शिक्षकः लोप हुनबाट बचौं

जुन शिक्षक अध्ययन/अध्यापनमा व्यस्त हुन्छन् उनीहरू स्वस्थ हुन्छन्— मधुमेह, मोटोपन, युरिक एसिड आदि समस्याहरूबाट मुक्त हुन्छन् । त्यस्ता शिक्षकको विद्यार्थीले पनि सधैं प्रशंसा गर्छन् र भन्छन्, “सर त उस्तै हुनुहुन्छ । २० वर्ष पहिले जस्तै !” जुन विद्यालयमा दुई/चार जना जाँ गरिला शिक्षक छन् तिनको शैक्षिक उपलब्धि साह्रै चिन्ताजनक अवस्थामा पुगेको हुँदैन ।

विद्यालय शिक्षा स्तरीय हुन त्यहाँ पढाउने शिक्षक नै योग्य, दक्ष र अनुभवी हुनुपर्छ । अहिले विद्यालयमा रहेका शिक्षकहरू वर्तमान शिक्षक नियुक्तिको एउटा विधिबाट प्रवेश गरेका हुन् । एकपटक सेवामा प्रवेश पाएका शिक्षकहरू सामान्यतः २० वर्ष सेवा गर्छन्; तर राज्यले तिनलाई तीस वर्षसम्म हटाउन सक्दैन । त्यसैले सामुदायिक (सार्वजनिक) विद्यालयको शैक्षिक स्तर उकास्न विद्यालयमा रहने तिनै शिक्षक खट्नुपर्ने हुन्छ ।

आज निजी विद्यालय र सामुदायिक विद्यालयबीचको शैक्षिक उपलब्धि यक्ष प्रश्नको रूपमा खडा छ । विगतमा समुदायले लगानी गरेर निर्माण गरेका भव्य संरचना मानव रहित भूतबङ्गलाको रूपमारूपान्तरण भइरहेका छन् । दुर्गम क्षेत्रका जनता शिक्षाबाट झन्–झन् टाढा पुग्ने वातावरण बनिरहेको छ ।

शिक्षण पेशा र शिक्षक
यताका दिनमा शिक्षण पेशा पनि आशलाग्दो पेशाको रूपमा स्थापित भइसकेको छ । २०३२ सालमा आधिकारिक पेशाकर्मी बनेका शिक्षकहरूको योगदान भनौं वा अगुवा शिक्षकहरूको त्यागका कारण शिक्षण पेशा पनि अन्य पेशासँग तुलनायोग्य बन्न सकेको छ । निजामती कर्मचारीले पाएसरहका प्रायः सबै सेवासुविधा शिक्षकले पाउन थालेका छन् । तर विगत र वर्तमान को शैक्षिक उपलब्धि भने तुलनायोग्य रहेको छैन । निजी विद्यालयको तुलनामा सार्वजनिक विद्यालयहरू कमसल सावित हुँदै गएका छन् । एसएलसी परीक्षालाई आधार मान्दा सार्वजनिक विद्यालयको उत्तीर्ण दर ४० प्रतिशत छ भने निजी विद्यालयको ९० प्रतिशत छ । सरकारले लगानी गरेको शिक्षाका सारथि हामी शिक्षकहरू हौं । हामीहरू सेवासुविधाका हिसाबले अन्य अब्बल दर्जाका पेशाकर्मीहरूसँग समतुल्य हुन लाग्यौं । समतुल्य यस अर्थमा पनि भयौं जहा“ दिनभरमा एउटै टिप्पणी उठाउनु नपर्ने, एउटा पत्र लेख्नु नपर्ने, एउटा सञ्चार गर्नु नपर्ने मात्र १० र ५ बजाए पुग्ने । दिनभर राजनीति र सञ्चारमाध्यमकागफ चुटेर जागिर पाक्ने जस्ता कतिपय सरकारी कार्यालयका कर्मचारीहरूको कामसँग पनि हामी शिक्षकहरूको काम मिल्न थाल्यो । निजी कम्पनी, निजी बैंक र निजी स्कूलमा काम गर्ने पेशाकर्मीले शनिबार वा लामो बिदाको दिन बाहेक आफ्नो आर्थिक हैसियत अन्य पेशाकर्मीहरूसँग तुलना गर्न भ्याउँदैनन् ।

ती मानिसहरू नै स्वस्थ हुन्छन् जो मान सिक तथा शारीरिक रूपमा व्यस्त हुन्छन् । खाली दिमाग शैतानको घर हो । जुन शिक्षक अध्ययन/अध्यापनमा व्यस्त हुन्छन् उनीहरू बौद्धिक तथा शारीरिक रूपमासमेत स्वस्थ हुन्छन् । सामान्यतया त्यस्ता शिक्षकहरू मधुमेह, मोटोपन, युरिक एसिड आदि समस्याहरूबाट मुक्त हुन्छन् । त्यस्ता शिक्षकको विद्यार्थीले पनि सधैं प्रशंसा गर्छन् र भन्छन्, “सर त उस्तै हुनुहुन्छ । २० वर्ष पहिले जस्तै !” यस्ता कुरा हरूले शिक्षकको जा“गर झन्–झन् पलाउ“छ । जुन विद्यालयमा जाँ गरिला दुई/चार जना शिक्षक छन् ती विद्यालयहरूको शैक्षिक उपलब्धि साह्रै चिन्ताजनक अवस्थामा पुगेको हुँदैन तर यत्तिमै सन्तोष मान्ने कुरा भने आउँदैन ।

हामीले पढाएका मध्ये कति जनालाई फेल हुनबाट बचाउन सक्यौं ? कति जनाको भविष्य बर्बाद हुनबाट जोगायौं ? हामीले पढाएका मध्ये बहुमत विद्यार्थी असफलताको चाङमा पर्छन् भने हामीहरू अन्याय गरिरहेका छौं । यदि हराम्रो शैक्षिक उपलब्धि क्रमशः ५० बाट बढेर १०० तर्फ उन्मुख छ भने सन्तोष मानौं र अझै अहोरात्र खटौं । एसएलसी रिजल्टलाई मात्र आधार मानिनु पनि हुँदैन । हामीले अध्यापन गर्ने हरेक कक्षाका हरेक विषयमा विद्यार्थीहरू अधिकतम रूपमा उत्तीर्ण भइरहेका छन् वा शायदै फेल हुन्छन् भने हामीहरू ठीक दिशामा हिंडिरहेका छौं भन्ने महसूस गर्न सकिन्छ । २/३ कक्षा वा ४/५ कक्षामा आफ्नै हात हो भनी मनोमानी उत्तीर्ण गर्ने वा सबै विद्यार्थी अनुत्तीर्ण थिए, उनीहरूलाई आफ्नै कलमले ३२ उत्तीर्णाङ्क दियौं र आनन्दसँग आफ्नो विषयको उत्तीर्ण प्रतिशतको तारिफ गर्यौ भने पनि हामीहरू घोर अन्याय गरिरहेका हुन्छौं । विगतको वा आफ्नो जमानाको पढाइ सम्झ्ने र दुई/चार जनाले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई नै उपलब्धि ठानी सन्तोष मान्ने बानी छ भने हामीहरू पुनः भ्रममा हुनेछौं । विगतमा पढ्ने कुरा पार्टटाइम थियो या भनौं विद्यार्थी अन्य काम गरेर बँचेको समयमा पढ्थे । अहिले प्रायः सबै अभिभावकहरू विद्यालय तहको शिक्षा आर्जन गर्ने बालबालिकालाई आफ्नो घरको काममा ल गाउँदैनन् । हरेक अभिभावक आफ्ना बालबालिकालाई आफ्नो भन्दा गुणस्तरीय जीवन दिन चाहन्छन् । त्यसैले उनीहरू आफ्ना नानीहरूलाई आफ्नो भएभरको श्रमशक्ति, पैसा लगानी गर्न तयार छन् ।

अहिले अभिभावकहरू शिक्षामा शिक्षालयले मागे जति लगानी गर्न तत्पर छन् । शिक्षा नै जीवन उत्थानको आधारस्तम्भ हो भन्ने तिनले बुझेका छन् । यस्तो चरम चाहना भएका अभिभावकका नानीहरू पढाउने हामी शिक्षकले आफू वा आफ्नो कार्यलाई जनसरोकार नहुने अफिसका कर्मचारीहरूको कामसँग तुलना गरेर आनन्द मान्यौं भने एकातर्फ प्रकृतिले हामीलाई अपाङ्ग (रोगी) बनाउँछ र अर्कोतर्फ विगत लामो समय देखि शिक्षकका अगुवाहरूले आर्जेको शिक्षक पद हामी वर्तमान खास गरी २०७० को दशकका शिक्षकहरूको हातबाट विसर्जन हुनेछ । हामीहरू आफूलाई विद्यालयमागई नपढाउने, विद्यालयको कुनै काममा सरिक नहुने, विद्यार्थी वा अभिभावकहरूसँग सम्पर्कमा नआउने र केही काम न गरी आउँदा प्रशन्न एवं प्रफुल्ल मुद्रामा हुन्छौं भने भोलिका दिनमा सरकारी स्कूल, सरकारी विद्यार्थी र सरकारी शिक्षक एकादेशको कथा हुनेछन् । सरकारी विद्यालयलाई सुविधासम्पन्न बनाउन अहोरात्र खट्ने हाम्रा शिक्षकका अगुवा नेताहरूलाई भावी पुस्ताले दण्डित गर्ने छ । आफूले प्राप्त गर्ने सबै सुविधाहरूलाई एक/एक गरी विश्लेषण गर्ने र तिनै अगुवा शिक्षकहरूले ल्याएका शैक्षिक सवालहरूलाई बेवास्ता गर्ने हराम्रो बानीले अहिलेका हामी सरकारी शिक्षकहरू २०२८ देखि २०७८ सम्म चलेको नाटकको ५०औं वर्षगाँठका अन्तिम पात्र हुने दिशातर्फ उन्मुख छौं । अहिले प्रत्येक गाउँमा स्थापित भएका निजी विद्यालयहरूले सार्वजनिक विद्यालयहरूलाई विस्थापित गरिरहेका छन् । निजी विद्यालयमा काम गर्ने पेशाकर्मी र सरकारी विद्यालयमा काम गर्ने पेशाकर्मीबीच ज्ञान आर्जनका दृष्टिले कुनै अन्तर छैन । दुवै योग्य छन् काम गर्ने शैली मात्र फरक हो । त्यो शैली पनि ती शिक्षक र तिनका संस्थाले आफैं निर्माण गरेको कार्यविधि हो । अहिले सार्वजनिक विद्यालयहरूगाभ्ने, हटाउने वा स्थानान्तरण गर्ने जस्ता विषयहरू शैक्षिक फाँटका राज्यका मुख्य मुद्दाहरू बनेका छन् । यी मुद्दाहरूको निकास हराम्रो कार्यशैलीले किनारा लाग्नेछ ।
जनज्योति उमावि, सन्धिखर्क–७, अर्घाखाँची

commercial commercial commercial commercial