युवा भित्र्याउन ढिलो भो !

निजी विद्यालयहरूले २५/३० वर्षे सक्षम युवाहरूको जोश, जाँगर, सृजनशीलता र परिश्रमलाई भरपुर प्रयोग गरिरहेका छन् । तर, सरकारी विद्यालयमा १५/२० वर्षअघि नियुक्ति पाएका लगभग केश फुलेका शिक्षकहरूको जमात छ । यसोभन्दा अग्रज शिक्षकहरूको अपमान गरेको होइन, बरु; सामुदायिक विद्यालयहरूमा पनि युवा जोश र जाँगरको प्रयोग नितान्त आवश्यक भइसकेको छ ।

सरकारी तथा सामुदायिक विद्यालयको अहिलेको हविगत हुनुमा शिक्षकहरूको गैर जिम्मेवारीपनले नै प्रमुख भूमिका खेलेको छ । तर शिक्षकहरूमा त्यो गैर जिम्मेवारीपनको विकास गराउने पक्ष पनि यही समाज को एउटा पाटो हो । त्यो हो—यहाँको राजनीतिक संयन्त्र, कर्मचारीतन्त्र रगौण रूपमा समुदाय । शिक्षित समाज सेवी र परिवर्तनकारी स्वभाव भएका शिक्षकहरूलाई आफ्नो अभीष्ट पूरा गर्न राजनीतिकर्ताले आफ्नो र राजनीति गर्ने माध्यम बनाउँदा आज यो बर्बादी आइपरेको हो । जुन देशको राजनीति कमजोर हुँदै जान्छ त्यस देशको कर्मचारीतन्त्र पनि धराशायी र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको हुँदै जान्छ । यस्तो स्थितिमा समस्या जहाँबाट शुरू भएको हो, त्यहींबाट समस्याको समाधान खोज्न सके मात्र छिटो निष्कर्षमा पुग्न सकिन्छ । पेशागत संगठनको नाममा शिक्षकहरू आफ्नो पेशामा भन्दा राजनीतिप्रति बढी उद्दत देखिन्छन् । फेरि राजनीतिबाट पृथक् रहोस् पनि कसरी ? यहाँ निजी स्रोतमा शिक्षण गर्न समेत राजनीतिक फोर्स चाहिन्छ । दरबन्दी माग गरे कुन पार्टीको टिकट छ त्यो प्रमुख हुन्छ न कि योग्यता र क्षमता । कसैलाई सरुवा र बढुवाका लागि राजनीति त कसैलाई कालो कर्तुतबाट चोखिन राजनीति चाहिन्छ ।

यता प्रशासकीय राजनीति अझै जटिल र डरलाग्दो छ । त्यसले भ्रष्टाचारलाई राम्रैसँग मलजल गरेको छ । विद्यालय देखि मन्त्रालयसम्म पुगेका तथ्याङ्क हेरेर वास्तविक धरातलमा हेर्ने हो भने आकाश पातालको भिन्नता पाइन्छ । दुर्गम गाउँको विद्यालयमा एउटा योजना बल्लतल्ल पार्नु अघि सम्बन्धित देखि सूचकसम्मलाई कमिशन प्रतिशतको अंशबण्डा अघोषित रूपमा अनिवार्य जस्तो भएको छ । विद्यालयका शिक्षकहरूको माथिल्लो निकाय भनेको तिनै प्रशासनिक कर्मचारी हुन् भने तिनीहरूको पनि निर्देशनात्मक निकाय भनेको राजनीतिक व्यक्तिहरू नै हुन् । त्यसैले यस्तो विचलित राजनीतिक र प्रशासनिक क्षेत्रबाट निर्देशित रग्रसित शिक्षकहरू आफैं शतप्रतिशत चोखो हुने कुरै भएन । यसको मतलब शिक्षकहरू सरासर ठीक ठाउँमा छन् भन्ने हैन । तर शिक्षकभन्दा माथिल्लो निकाय यदि उस्तै रहिरहने हो भने बाध्यताका नाममा शिक्षकका कमजोरीहरूले सधैं बाँचिरहने अवसर पाउँछन् ।

एकातिर सरकारले विद्यालयको अवस्था र मागका आधारमा शिक्षक दरबन्दीको सन्तुलित व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतर्फ भएका शिक्षकहरूलाई समेत विभिन्न वर्गमा विभाजन गरेर असमान र अन्यायपूर्ण व्यवहार गरिरहेको छ । सरकारले दरबन्दी उपलब्ध गराउन नसकेपछि समुदायले आफ्नै स्रोतमा निजी तथा पीसीएफ शिक्षक नियुक्ति गरेर काम चलाइरहेको छ । यसरी नियुक्त शिक्षकहरू चर्को श्रमशोषणमा छन् । तर सरकार हरेक वर्ष स्थायीलाई मात्र सुविधा थप गर्छ । ती पीडितप्रति जिम्मेवारी महसूस गर्दैन । वास्तवमा अहिले विद्यालयमा साँच्चै मिहिनेत गर्ने शिक्षक खोज्ने हो भने स्थायी अर्थात् सुविधासम्पन्न शिक्षकको झ्निो संख्या बाहेक बाँकी सबै सुविधाविहीन शिक्षकको संख्या नै बढी भेटिन्छ । किनकि; जति धेरै मिहिनेत गरेर रराम्रो नतिजा निकाल्न सकियो त्यति नै विद्यार्थी संख्या बढ्ने र त्यसैमा आफ्नो भविष्य देखेका छन् उनीहरूले । ‘काग कराउँदै गर्छ...’ भन्ने मनसाय भएका सुविधासम्पन्न शिक्षकहरू भने ‘राजनीतिमा रराम्रो पकड भए कसले हल्लाउन सक्छ ?’ भन्ने मनोविज्ञानबाट प्रभावित भएको पाइन्छ । हुन पनि हदै भए सरुवा त्योभन्दा अर्काे के होला र ?

विद्यालयभित्र पस्दा
अभिभावक, विद्यार्थी र शिक्षक अर्थात् विद्यालयभन्दा बाहिरको वा माथिल्लो निकायको बेथितिले पक्कै पनि विद्यालयलाई नकारात्मक प्रभाव पार्छ; तर विद्यालय परिवार (शिक्षक, कर्मचारी, प्रशासन) साँच्चै कर्तव्यनिष्ठ, जिम्मेवार भएर लाग्ने हो भने यी समस्याका बाबजुद पनि तीन चौथाई शैक्षिक समस्याहरू निराकरण भएर जान्छन् । जसका लागि प्रअ र शिक्षकबीच सहयोगात्मक साथै ‘कमाण्डिङ’ सिस्टमको सम्बन्ध हुनुपर्दछ । शिक्षकका हरेक शैक्षिक गतिविधिमा प्रअले तत्काल निगरानी र निर्देशन गर्न सक्ने हुनुपर्छ । निजी विद्यालयहरूमा कुनै शिक्षकको शैक्षिक गतिविधिमा खोट देखि एमा प्रअले तत्काल नियन्त्रण र निदान गर्ने स्थिति हुन्छ । त्यहाँ समयको पालना पनि कडाइका साथ हुन्छ । निजी विद्यालयका शिक्षकहरूले बढी तालिम नलिएको भएतापनि प्रअ र अभिभावकको प्रतिक्रिया तत्काल प्राप्त हुने भएकाले तोकिएका शैक्षिक उपलब्धि हासिल गर्न हदैसम्मको मिहिनेत गर्द छन् । सरकारी विद्यालयमा हुन नसकेको कुरा यही नै हो । त्यहाँ प्रअले आफ्ना शिक्षक तथा कर्मचारीलाई निगरानी र नियन्त्रण गर्न सक्ने अवस्था छैन । अभिभावकहरू विद्यालयसम्म आएर चासो राख्ने संस्कार नै छैन । शिक्षकले ४५ मिनेटको समय पनि कक्षामा बिताउन सकेको अवस्था छैन । अर्काे कुरा आफ्ना नानीहरू सबै निजी स्कूलमा पढाउने र आफू कसैप्रति जवाफदेही पनि हुनु नपर्ने भएपछि शिक्षकहरूको हेलचेक्र्याईंले चरम सीमा नाँघेको हो । तिनले लिएको महँगो शिक्षण तालिम कक्षामा नपुगी अर्थहीन भएको छ ।

सरकारी विद्यालयलाई समुदायमा हस्तान्तरण त गरियो तर समुदायलाई विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिप्रति प्रतिक्रिया जनाउन सक्ने गरी तयार गर्न सकिएको छैन । अभिभावकले पढेलेखेका शिक्षकसँग आँखा जुधाएर आफ्नो प्रतिक्रिया राख्न सक्ने वातावरण सिर्जना हुनसकेको छैन । त्यसैले त शिक्षक वा सरकारी तलब खाने व्यक्ति आफूलाई शासक र बाँकीलाई शासित ठान्दछन् । यसको मतलब शिक्षक बाहेक समाज मा सबै अचेत छन् भन्ने होइन तर जो अलिकति सचेत र सक्षम छ उसका बच्चा बोर्डिङ स्कूलमा हुन्छन् । यतिसम्म कि शिक्षककै बच्चा सरकारी स्कूलमा हुँदैनन् । त्यहाँ त तिनीहरूका बच्चा हुन्छन् जसको अहिलेको छाक खाए भरेको छाक कहाँबाट ल्याएर कति खेर खाने टुङ्गो हुँदैन । त्यस्ता निमुखाहरूले शिक्षकसँग आँखा जुधाउने आँट गर्दैनन् । अर्थात् विद्यालयको गतिविधि तथा नानीहरूको सिकाइ उनीहरूको दैनिकीमा नै पर्दैन । त्यसैले विद्यालयको व्यवस्थापन समुदायमा जिम्मा लाए पनि समुदायका सचेत र सकारात्मक व्यक्तिहरूद्वारा विद्यालयको नेतृत्व हुनसकेको छैन ।

निजी विद्यालयहरूले २५/३० वर्षे सक्षम युवाहरूको जोश, जाँगर, सृजनशीलता र परिश्रमलाई भरपुर प्रयोग गरिरहेका छन् । तर, सरकारी विद्यालयमा १५/२० वर्षअघि नियुक्ति पाएका लगभग केश फुलेका शिक्षकहरूको जमात छ । यसोभन्दा अग्रज शिक्षकहरूको अपमान गरेको होइन; बरु, सामुदायिक विद्यालयहरूमा पनि युवा जोश र जाँगरको प्रयोग नितान्त आवश्यक भइसकेको छ । अहिले ६ वर्षको बच्चालाई मोबाइल चलाउन सिकाउनु पर्दैन । तर कतिपय हामी यस्ता शिक्षक छौं जसलाई मोबाइलमा नम्बर ‘सेभ’ गर्न समस्या पर्छ । अनि अहिलेका विद्यार्थीको मनोविज्ञान बुझन पनि त्यतिकै समस्या पर्न सक्छ ।

वर्षभरिमा शैक्षिक गतिविधिमा देखि एको सक्रियता, कक्षा शिक्षणको क्रममा भएका शैक्षिक साम्रग्रीको प्रयोग, परियोजना कार्य बीचबीचमा भए– गरेका आन्तरिक मूल्याङ्कन, विद्यार्थीको व्यक्तिगत विवरण, निरन्तर विद्यार्थी मूल्याङ्कन फारम जस्ता कुरा हरूमा देखि एका सक्रियता, विषयगत शैक्षिक उपलब्धि आदिका आधारमा छानिएका उत्कृष्ट शिक्षकलाई विद्यालयको वार्षिक कार्यक्रमको अवसर पारी त्यस्ता मिहिनेती शिक्षकलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने हो भने ‘केही गर्नु पर्छ’ भन्ने सोच भएका शिक्षकहरूमा हौसला बढ्नगई थप उन्नतिका लागि प्रेरणाको स्रोत बन्न सक्दछ । यसले शिक्षकलाई सामाजिक रूपमा पनि थप जिम्मेवारी र सजगताको बोधगराउँछ । अनि यिनै शैक्षिक गतिविधिका आधारमा शिक्षकको बढुवा लगायतका पदोन्नतिको वातावरण बन्नु पर्दछ, न कि दलको बल ।

श्री मनोकामना प्रावि, मधुमल्ला, मोरङ

commercial commercial commercial commercial