खाँचो सहभागी केन्द्रित शिक्षण विधिको

‘निरक्षर प्रौढ, तन्नेरी र बालबालिकालाई पढ्न, लेख्न सिकाउने सबैभन्दा सजिलो, किफायती र भरपर्दो उपाय के हुन सक्ला ?’ भन्ने प्रश्न आफैंमा नयाँ अवधारणा र खोजको विषयवस्तु होइन । यसमा धेरै अभ्यास , अनुसन्धान र विश्लेषण भइसकेको छ । हो, निरक्षरलाई साक्षर तुल्याउन राज्यस्तर बाट भएका धेरै प्रयासहरू सफल भएका छैनन् ।

२०४४ सालमा सहयोगी कार्यकर्ता भई मैले यसै भैरव निमाविलाई मातृ विद्यालय कायम गरी महिला शिक्षा कार्यक्रम सञ्चालन गरेको थिएँ । तात्कालीन प्रअ पदम पन्तलाई उक्त कक्षाको सुपरीवेक्षक (मासिक पारिश्रमिक रु.५००) नियुक्त गरिएको थियो । कक्षामा ३० जना सहभागी थिए । तीमध्ये तीन जनाले पछि विद्यालयमा प्रवेश गरी १० कक्षासम्मको शिक्षा हासिल गरे भने अरू २७ जना साधारण हिसाबकिताब, आयआर्जन व्यवसाय तथा सिलाइकटाइ सम्बन्धी काम गर्न सक्षम भए । उनीहरू अहिले पनि पत्राचार गर्न तथा राम्रैसँग नेपाली पुस्तकहरू पढ्न सक्छन् । मेरो त्यतिबेलाको अनुभवको निष्कर्ष हो– अनौपचारिक शिक्षालाई परिपक्व सहयोगी कार्यकर्ता आवश्यक हुन्छन् । त्यसनिम्ति विद्यालयका शिक्षक नै पहिलो रोजाइमा पर्नुपर्छ । तिनलाई थप जिम्मेवारी दिनुपर्छ ।


‘क’ लेख्दाको अभ्यास ‘फ’ लेख्दा र ‘म’ लेख्दाको अभ्यास ‘भ’ र ‘न’ को अभ्यास सँग मिल्न सक्छ । क पछि सीधै ख सिकाउँदा बढी कठिनाइको सामना गर्नु पर्छ । तर, प्रायः सहयोगी कार्यकर्ता भने ‘क’ पछि ‘ख’ नै सिक्नुपर्छ भन्ने मान्यतामा सीमित रहन्छन् ।


निरक्षरता उन्मूलनको सवालमा गाउँ, वडा, टोलमा सबैभन्दा प्रभावकारी भूमिका स्थानीय विद्यालयमा कार्यरत शिक्षक र क्रियाशील बालक्लबबाट निर्वाह हुनसक्छ । निरक्षर बाबुआमाका बालबालिका नै विद्यालयमा रहने भएको ले साक्षर तथा निरक्षर अभिभावकको विद्यालयप्रति अपनत्व भाव हुन्छ । उनीहरूले प्रअ तथा शिक्षकलाई मार्गदर्शकको रूपमा हेरेका हुन्छन् । विद्यालय स्थानीय सरकार, राजनीतिक दल समाज सेवी तथा बुद्धिजीवी तथा शिक्षाप्रेमीको नजरबाट धेरै टाढा पनि हुँदैन । विगतमागैससले निरक्षरता उन्मूलनको साटो कक्षा नै नचलाई आफन्तलाई पैसा खुवाउने भ्रष्ट व्यवहार प्रवेश गराए । केवल कागजातको भरमा कार्य सम्पन्न भए । निरक्षर समुदायले कक्षा सञ्चालन को, कहिले, कसले, कहाँ, किन, कसरी गर्छन् भन्ने पहिचान गर्नै पाएनन् । त्यसमा शैक्षिक जिम्मेवारी लिएका व्यक्ति तथा संस्थाहरू अलग्गै रहे । यसको परिणाम जो नेपालको निरक्षर दर वास्तविकतामा कायम देखिन्छ भने कागजातमा मात्र घट्दो क्रममा छ ।

शिक्षा नियमावली २०५९ मा गाउँ शिक्षा समितिको व्यवस्था गरिएको छ । तर त्यो नियमावलीमा मात्र सीमित देखिन्छ । गाउँ शिक्षा समितिले औपचारिक शिक्षा अन्तर्गत अनिवार्य प्राथमिक शिक्षालाई पनि कार्यान्वयनमा ल्याउन सकिरहेको छैन । कतिपय गाविसमा गाविसस्तरीय शैक्षिक योजना नै छैनन् । तर स्थानीय विद्यालयमा क्क्ष्ए निर्माणको प्रक्रियाले गर्दा विद्यालय सेवा क्षेत्रको नक्साङ्कन तथा जनसंख्या विवरण विद्यालय जाने उमेरको जनसंख्या, साक्षर/निरक्षर महिला पुरुष न्भ्च्, ल्भ्च् तथा विद्यालय शिक्षाबाट बाहिर रहेको समुदाय, समुदायको विपन्नता; विद्यालयमा प्रवेश लिन नसक्नु र निरक्षर बस्नुपर्ने कारण आदि सबैको वास्तविक अभिलेख सम्बन्धित विद्यालयमा हुन्छ । अनौपचारिक व्यवस्थापन गरिएका कर्मचारी; स.का. स्थानीय निरीक्षक पनि विद्यालयको कर्मचारी अनुसार क्रियाशील भई अनौपचारिक शिक्षा विभागको नियम तथा विद्यालयको सल्लाह सुझाव र निर्देशनमा रहने गरी राखिनुपर्छ । अनि मात्र हामी देशलाई साक्षर बनाउन सक्छौं ।

मेरो विचार मा सहयोगी कार्यकर्ता प्रवक्ता होइनन्, उनले मात्र सहजकर्ताको भूमिका खेल्नुपर्छ । सहभागी केन्द्रित अभ्यास विधिलाई प्रमुखताका साथ प्रयोगमा ल्याउनुपर्छ । कतिपय कक्षामा स.का. आफैं सक्रिय रही शिक्षण गरिरहेका हुन्छन् भने सहभागीहरू सुझ् न बुझका साथ वाल्ल परिरहेका हुन्छन् । शिक्षण क्रियाकलाप गर्दा ज्ञातबाट अज्ञाततिर, सरलबाट जटिलतिर, पूर्णबाट अंशतिर र मूर्तबाट अमूर्ततिर लैजानुपर्छ । जस्तै दही कसरी मथिन्छ भन्ने सिकाइ गर्दा ठेकी, मदानी र दही मात्र देखाएर हुँदैन । धेरैजसोले मौखिक रूपमा ठेकीमा दही राखेर मही गराउने काम हो भनेर कुरा सिध्याउने गरेको देखिन्छ । यो पूर्ण सिकाइ होइन । यसमा ठेकीमा दही राखेर मथेपछि मही बन्छ भन्ने सवालमा आवश्यक सामग्रीको व्यवस्थापन, सामग्रीको नाम तालिका, सामग्रीको प्रयोग गरी पूर्ण क्रियाकलाप गरिनुपर्छ ।

त्यस्तै काटिएका अक्षरको मिलान न गरी शब्द बन्दैन । ‘क’ लेख्दाको अभ्यास ‘फ’ लेख्दाको अभ्यास मा मिल्न सक्छ । ‘म’ लेख्दाको अभ्यास ‘भ’ र ‘न’ लेख्दाको अभ्यास सँग मिल्न सक्छ । तर ‘क’ पछि ‘ख’ को धारणा सिकाउँदा बढी कठिनाइको सामना गर्नु पर्छ । प्रायः सहयोगी कार्यकर्ता भने ‘क’ पछि ‘ख’ नै सिक्नुपर्छ भन्ने मान्यतामा सीमित रहन्छन् । समान्तर वर्णको धारणापछि मात्र फरक वर्णको धारणा दिंदा सरल हुन्छ । समान अभ्यास वर्ण दुई वटा र फरक वर्ण एक गरी शब्दावली निर्माण गर्नु पर्छ । जस्तै कफन=कपडा । यसमा समान अभ्यास बाट कफ लेखिन्छ भने फरक अभ्यास बाट ‘न’ लेखिन्छ । जगत=पृथ्वी । यसमा जग समान अभ्यास छन् भने ‘त’ अलि फरक छ । यो पाठ्यपुस्तकमा नै हुनुपर्छ भन्ने होइन । यो सहयोगी कार्यकर्ताको शिक्षण विधिमा भर पर्ने कुरा हो । यसैले पाठ्यक्रम पाठ्यपुस्तकलाई उचित विधिद्वारा प्रयोग गर्न सक्नु सहयोगी कार्यकर्ताको विवेक र सीपमा भर पर्ने कुरा हो । माथि उल्लिखित भनाइको सार तत्व के हो भने सहभागी केन्द्रित अभ्यास विधि र सहयोगी कार्यकर्ताको सीपमा आधारित शिक्षण गरेर मात्र सफल र उद्देश्यमुखी साक्षरता सिकाइ हुन सक्दछ ।

प्रअ, भैरव निमावि दहगौरी, दैलेख

commercial commercial commercial commercial