राजनीति र शिक्षाशास्त्र

एघार कक्षामा पढाइने राजनीतिशास्त्रको पाठ्यपुस्तकमा राखिएको एउटा कार्टूनले ६ महीनाअघि भारतको संसदमा ठूलो आपत्ति र होहल्ला निम्त्यायो । कार्टूनले राष्ट्रिय नायकहरूको अपमान गरेको र नयाँ पुस्ताको दिमागमा गलत विचार भरेको भन्दै साराका सारा विपक्षी तथा सत्ता–सहयोगी दलहरूले त्यस श्रृंखलाका सम्पूर्ण पाठ्यपुस्तक तत्काल ‘स्वच्छ’ पार्न माग गरे । अझ कतिपयले त पुस्तक नै रद्द गर्नुपर्ने र लेखक, तिनका सहयोगी र सल्लाहकारहरूलाई दण्डित गर्नुपर्ने समेत माग राखे । ती पुस्तकहरू सरकारकै योजना, अनुदान र सहयोग अन्तर्गत तयार पारिएका र ६ वर्षअघि, सन् २००६ देखि लगातार पढाइ हुँदै आएका थिए । तैपनि सरकार तिनको प्रतिरक्षामा उभिएन, आत्तिंदै झुक्यो । थप रमाइलो के भने, उक्त कार्टून झण्डै साढे ६ दशक अघि, सन् १९४९ मै प्रकाशित भइसकेको थियो र त्यसले जसलाई अपमानित गरेको भनेर संसदमा त्यत्रो होहल्ला मच्चाइयो, तिनीहरू स्वयंले त्यस कार्टूनमाथि कहिल्यै कुनै आपत्ति प्रकट गरेका थिएनन् ।

कार्टून मात्र होइन हुलाक टिकट, फोटोग्राफ, विज्ञापन आदि समेत व्यापक रूपमा राखिएका, विषयवस्तुलाई बुझन–बुझउन अत्यन्त प्रभावकारी स्वीकारिएका अनि विद्यार्थीलाई समाज र राजनीतिप्रति जागरूक सक्रिय नागरिक बनाउन सघाउ पुर्‍याउने भनेर बहुप्रशंसित थिए ती पाठ्यपुस्तक । संसदमा भएको हंगामापछि यसबारे भारतीय शिक्षा जगत्मा व्यापक बहस चलिरहेको छ । जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्लीको सेन्टर फर पोलिटिकल स्टडीज का प्राध्यापकको यो आलेख त्यही बहसको एउटा कडी हो जसले संसदीय हंगामा र त्यसका पछाडि रहेको राजनीतिक मनसायको चिरफार गरेको छ ।

राष्ट्रिय शिक्षा अनुसन्धान एवं प्रशिक्षण परिषद् (एनसीईआरटी), नयाँदिल्लीले तयार पारेका राजनीतिशास्त्रका पाठ्यपुस्तकमा समाविष्ट कार्टून सम्बन्धी विवादले बेग्लैरूपाकारग्रहण गरिसकेको छ । बाबा साहेब अम्बेडकरलाई अपमानित गरियो भन्ने आरोप, अन्ततः राष्ट्रिय नायकहरूलाई अपमान गर्ने क्रम बढ्दो छ भन्ने शिकायततिर मोडियो र अब मुलुकका राजनीतिज्ञहरूको प्रतिष्ठामा आघात पार्ने मामिलामा परिणत हुन पुगेको छ । कार्टून विवादको तथाकथित ‘लक्ष्य’मा आएको यो परिवर्तन निर्दोष–निश्छल प्रतीत हुँदैन । यसका साथै देशका दुईजना श्रेष्ठतम राजनीतिशास्त्रविद् र परिषद्का कतिपय अधिकारी माथि हिलो छ्याप्ने क्रम जारी छ ।

विद्वत्ता र शिक्षाशास्त्रको सम्बन्ध घनिष्ठ छ । यदि राजनीतिज्ञहरूलाई , कुनै पाठ्यपुस्तकमा के–के कुरा राख्नुपर्छ र के–के राख्नुहुँदैन भन्ने ज्ञान आफैंलाई छ भन्ने लाग्छ भने यी पाठ्यपुस्तक माथिको हमलाले त्यस्तो भ्रमलाई छताछुल्ल पारिदिएको छ । राजनीतिज्ञहरू जुन शक्ति आफूलाई अनधिकृत तवरमै दिन लागिरहेका छन् त्यसको सम्पूर्ण विस्तारको कल्पना मात्रले पनि मुटु कमाउँछ । अझ् डरलाग्दो कुरा त के भने समग्र राजनीतिक वर्गहरूमध्येबाट कुनै एउटाले पनि यसमा सावधानी अपनाउन चेतावनी दिएको छैन । हामी सबैले बुझेकै छौं, कार्टून विवाद वस्तुतः दलितहरूविरुद्ध मञ्चन गरिएको एउटा नाटक मात्र हो । उद्योग र बजार ती समावेशी नीतिहरूका मामिलामा, जसका निम्ति अम्बेडकर जीवनभरि संघर्षरत रहे, एक इन्चसम्म पनि लचिलो हुन नचाहिरहेको अवस्थामा मुखमा दही जमाएर बसिरहेको संसदका दुवै सदनमा एउटा कार्टून माथि अम्बेडकरकै नाममा उठेको यो बवाल दुः खद मात्र होइन लज्जाजनक पनि छ । किनभने, त्यस कार्टूनको वास्तविक महत्व संवैधानिक नैतिकतालाई रेखांकित गर्नु हो । (हे. माथिको कार्टून)

शंकर पिल्लैको कार्टून प्रयोग गरिएको कक्षा ११ को त्यो पाठ्यपुस्तक पहिलो पल्ट सन् २००६ मा छापिएको हो । त्यो किताब मैले त्यतिवेलै पढेको थिएँ । र, किशोर मस्तिष्कका निम्ति, भारतीय राजनीतिका जटिलता र विविधताहरूलाई निश्चित केन्द्रीय अवधारणाहरूका साथ अत्यन्तै सिर्जनात्मक तवरले प्रस्तुत गरिएको देखेर दंग परेको थिएँ । त्यसभन्दा अघि स्वयं परिषद् वा अन्य संस्थाहरूद्वारा यस उमेर समूहका विद्यार्थीका निम्ति प्रकाशित पाठ्यपुस्तकहरूमा भारतीय राष्ट्रिय जीवन र लोकतन्त्रलाई आकार दिने अम्बेडकर जस्ता विभूतिहरूको या त चर्चै गरिएको हुँदैनथ्यो अथवा तिनलाई एउटा कुनामा ठेलिएको हुन्थ्यो । यस पाठ्यपुस्तकमा कैयौं यस्ता विभूतिहरू भेटिन्छन् जसलाई आजसम्म उपेक्षा गरिएको थियो; र उनीहरू आपसमा वार्तालाप गरिरहे जस्ता प्रतीत हुन्छन् । सहमति, असहमति र विवादहरूले यसमा स्थान पाएका छन् । यसका पाठहरू राजनीतिलाई सौम्य–शान्त, प्राकृतिक वस्तुका रूपमा प्रस्तुत गर्नु को साटो त्यसलाई विवेचनात्मक दृष्टिले हेरिनुपर्ने वस्तुका रूपमा सामुन्ने राख्दछन् । पहिलो पाठमै अम्बेडकर अथवा उनीजस्तो देखि ने कुनै व्यक्ति तीनवटा चित्रमा देखा पर्छ जसमध्ये एक यो विवादास्पद कार्टून पनि हो । यो पाठ वस्तुतः अम्बेडकरको त्यो विवेक र दूरदर्शिताकै ‘वक्तव्य’ हो, जसका आधारमा उनी संविधानसभामा संविधानका धारा र प्रावधानहरूलाई अघि बढाउने गर्दथे । उपलब्ध अन्य पाठ्यपुस्तकमा अम्बेडकरको संवादात्मक उपस्थिति यति घनीभूत रूपमा कतै देख्न पाइँदैन । अधिकांश अन्य पुस्तकहरूमा उनलाई ‘दलित मसीहा’ को एकल व्यक्तित्वका रूपमा, त्यो पनि दृष्टान्तका तवरमा प्रस्तुत गर्ने गरिएको छ । यस अवस्थामा प्रश्न उठ्छ, संसदमा खडा भएको यो विवादलाई चिन्तनको नयाँ आयामका रूपमा हेर्ने कि एउटा त्यस्तो पूर्वाग्रहका रूपमा, जसको स्वार्थ कुनै न कुनै किसिमले अम्बेडकरलाई हराम्रो सार्वजनिक जीवनको एउटा कुनामा लगेर थन्क्याइदिनुमा निहित छ ?

संवैधानिक प्रक्रिया
जुन कार्टूनका कारण संसदमा बवाल खडा भयो त्यो शंकर पिल्लैले सन् १९४९ मा बनाएका थिए । (संयोगको कुरा , शंकर पिल्लै उच्चतर राष्ट्रिय सम्मान ‘पद्मविभूषण’बाट सम्मानित कार्टूनिस्ट थिए र उनको कार्टून पत्रिका ‘शंकर्स वीक्ली’ को उद्घाटन स्वयं जवाहरलाल नेहरूले गरेका थिए । तैपनि नेहरू माथि व्यंग्य गर्न उनी कहिल्यै पछि परेनन् ।) त्यसबेला संविधान निर्माणको काम चलिरहेको थियो र भारतीय जनता त्यसलाई तीव्र उत्सुकता एवम् अधीरताका साथ हेरिरहेका थिए । ३० नोभेम्बर १९४९ मा, करीब तीन वर्ष लामो वादविवाद र विचार विचार पछि संविधानसभाले भारतीय संविधान पारित गरेको थियो । यीमध्ये कतिपय बहस त विभिन्न दृष्टिले त्यत्तिकै सघन थिए, जति स्वतन्त्रताको राष्ट्रिय आन्दोलन थियो । संविधान निर्माणका यी गतिविधिहरूको जति व्यापकता र विस्तार थियो, त्यसको दृष्टान्त दुनियाँमा कतै पाइँदैन । संवैधानिक पेटबोली सधैं लामो नै हुन्थ्यो र अम्बेडकर सदैव त्यसको प्रतिर क्षा गर्दथे । साथै अन्य जटिल तथा प्रायशः विवादास्पद प्रावधानहरूको प्रतिर क्षा पनि उनी अत्यन्त परिपक्वता एवं कुशलताका साथ गर्दथे । संविधानसभाका विवाद अभिलेख गरिएका १४ पुस्तक यसका साक्षी छन् । यस क्रममा अम्बेडकरले जुन भूमिका निर्वाह गरे त्यसले सदनका विद्वान मात्र होइन दम्भी सदस्यहरूको समेत प्रशंसा आर्जन गर्‍यो । उनी संवैधानिक नैतिकता तथा कानूनी राजमा दृढ विश्वास राख्थे अनि ‘करिश्माटिक व्यक्तित्वहरू’ जनतामा हाबी हुने कुरा लाई घृणा गर्दथे । लोकतान्त्रिक भएका कारण उनी ती ‘मसीहा’हरूलाई समेत तिर स्कारको दृष्टिले हेर्थे जसले ‘जनताका लागि राम्रो के हो भन्ने मलाई थाहा छ’ भन्ने सोच्थे र यसप्रकार भावी पुस्ताको स्वतन्त्रतालाई पनि नियन्त्रित गर्न पुग्थे । यसका साथै अम्बेडकर जनताद्वारा संकल्पपूर्वक गरिएका कर्महरू माथि विश्वासगर्थे । उनको धारणा थियो, राजनीतिक लोकतन्त्र सामाजिक तथा आर्थिक लोकतन्त्रमा पल्लवित हुन नसक्ने हो भने भविष्यमा यसको अस्तित्व कायम रहने सम्भावना हुनै सक्तैन ।

सर्वविदितै कुरा हो, भारतका जटिल सार्वजनिक संस्थाहरूका वास्तुकार नेहरू थिए । उनलाई थाहा थियो, देशका अधिकांश जनता के चाहन्छन् । साथै ढीलोचाँडो जनताको धैर्य समाप्त हुन्छ भन्ने तथ्यप्रति समेत उनी सचेत थिए । देशलाई तीव्रगतिमा अघि बढाउनु जरूरी थियो । परन्तु नियन्त्रण र सन्तुलनको समुचित व्यवस्था हुनुपर्छ भन्ने पनि उनलाई राम्ररी थाहा थियो । यस्तो भएन भने उनी (नेहरू) तानाशाह बन्न पुग्नेछन् भन्ने उनी स्वयंको टिप्पणी नै यस विषयमा उनको स्पष्ट एवं सुविचार ित मत हो (संसदमा बलियो प्रतिपक्षका आवश्यकताबारे चर्चा गर्दै ‘चाणक्य’ छद्मनामबाट नेहरूले लेखेका थिए, अलिकति पनि तल माथि हुनासाथ जवाहरलाल तानाशाहमा परिणत हुन सक्छ र सुस्त लोकतन्त्रका संस्थाहरूलाई बढारेर किनारा लगाइदिन सक्छ) । यद्यपि नेहरू र अम्बेडकरका बीच कतिपय विषयमा मतान्तर थिए, तर दुवैजना भारतको भविष्य संवैधानिक र संसदीय लोकतन्त्रद्वारा मात्र सुनिश्चित गर्न सकिन्छ भन्ने कुरा मूलतः सहमत थिए ।


राजनीतिज्ञहरू जवाफदेह हुनुपर्ने माग हिजोआज बढ्न थालेको छ । सबैखाले सत्ताधारीलाई यस्तो माग वाहियात लाग्छ । त्यसैले, युवा मस्तिष्कहरूलाई यस्ता कुरा सिकाउने पाठ्यपुस्तक तिनका निम्ति घृणाका वस्तु बन्नु स्वाभाविकै हो ।

कार्टून लचिला हुन्छन् र अन्य पाठको तुलनामा तिनलाई एकाधिक किसिमले पढ्न सकिन्छ । तिनले व्यंग्य गर्छन् अनि कुनै विषयमा निश्चित दृष्टिकोण प्रस्तुत गर्छन् जसले हामीलाई काउकुती लाइदिन्छ । यस प्रक्रियामा तिनले माथिल्लो तहका, शक्तिशाली व्यक्तिहरूलाई हाम्रो स्तरमा ओरालिदिन्छन् । यस चर्चित कार्टूनमा अम्बेडकर एउटा सर्पाकार थुप्रो माथि बसेका छन् जसमा ‘संविधान’ लेखिएको छ र त्यो चिप्लेकिरा माथि अडिएको छ ।

अम्बेडकरका हातमा चाबुक छ जसको सहायताले उनी चिप्लेकिरालाई छिटो हिंड्न उक्साउँदैछन् । पछाडि, ऊर्जावान जस्ता देखि ने नेहरू उभिएका छन् जसले संविधान र चिप्लेकिरातर्फ लक्षित चाबुक लिएका छन् । यसको साक्षीका रूपमा विभिन्न समुदाय र वर्गका मानिसहरूको भीड छ र तिनको अनुहारमा विनोद देखि आश्चर्यसम्मका विविध भावहरू झल्किएका छन् । यद्यपि, यस कार्टूनलाई अन्य किसिमले पनि पढ्न नसकिने होइन तर त्यस्ता विकल्प अत्यन्त सीमित छन् । किनभने, कार्टूनभन्दा पहिलेको अनुच्छेदमा सार्वजनिक विवेकको अवधारणा अघि सारिएको छ । यस्तो विवेक समाज मा असंख्य सम्भावित स्थितिहरू माथिको विचार विचार तथा ती माथिको बहसद्वारा मात्र विकसित हुन सक्छ । पाठको शुरूमै स्पष्टसँग बताइएको छ— संविधान निर्माणका सिलसिलामा भारतलाई असंख्य विविधता र असमान ताहरूको सामना गर्नु परेको थियो । यस क्रममा देशको आधारभूत कानूनलाई आधारभूत सिद्धान्त मात्र उपलब्ध गराउनु परेन, ती मान कहरू समेत प्रदान गर्नु पर्‍यो जसका आधारमा यो जटिलता आगामी समयमा पनि ‘राजनीतिक समुदाय’ का रूपमा एकसाथ जीवित रहन र सम्बोधित हुँदै जान सकोस् । यसरी हेर्दा, कार्टूनले सम्प्रेषित गर्न खोजेको कुरा एकदमै स्पष्ट छ र त्यो हो— भारतको जटिल एवं खुला राज्यतन्त्रलाई कानूनी राजका आधारमा शासित गर्नु र, त्यसका साथसाथै, सकेसम्म तीव्रगतिमा क्रान्तिकारी परिवर्तन ल्याउन कटिबद्ध रहनु ।

अनवरत चुनौती
हुन त शंकर पिल्लैले यस विडम्बनालाई सन् १९४९ मा रेखांकित गरेका थिए तर कतिपय अर्थमा यो चुनौती भारतीय राज्ययन्त्रका सामु आज पनि जस्ताको तस्तै छ । अम्बेडकर र नेहरू यो दोहोरो चुनौतीको सामना गर्न अपनाउनुपर्ने रणनीतिका मसीना पक्षहरूका बारेमा भलै फरक मत राख्ता हुन् तर यी दुवै लक्ष्यहरूको अनुसरण सँग सँगै गरिनुपर्नेबारे उनीहरू एकमत थिए भन्ने विषयमा कुनै शंका छैन । सत्य के हो भने कार्टून सहितको जुन पाठबारे विवाद खडा गरिएको छ त्यसले समग्रतामा यही साझ सरोकारप्रति हराम्रो ध्यान सशक्त तवरमा निरन्तर आकर्षित गर्छ । उसो भए, संसदमा र संसद बाहिर ज–जसले यत्रो बवाल मच्चाए तिनको मनसाय अम्बेडकर र नेहरूका बीच भाँजो हाल्नु, उनीहरूबीचको दूरीलाई अझ् बढाउनु नै थियो त ? यसको निरूपण पछि पछि हुँदै जाला, परन्तु विवादका क्रममा कार्टून र त्यससँग को लिखित पाठांशलाई जसरी छुट्याइयो र छुट्याएर, सन्दर्भबाट अलग्याएर जसरी व्याख्या एवं विरोध गरियो त्यो सर्वथा अस्वीकार्य छ ।


अम्बेडकर ‘करिश्माटिक व्यक्तित्वहरू’ जनतामा हाबी हुने कुरालाई घृणा गर्थे; उनी ती ‘मसीहा’ हरूलाई समेत तिरस्कारको दृष्टिले हेर्थे जसले ‘जनताका लागि राम्रो के हो भन्ने मलाई थाहा छ’ भन्ने सोच्थे ।

दलित सार्वजनिक क्षेत्र
प्रश्न उठ्छ, यही एउटा कार्टून माथि मात्र किन हमला भयो ? कक्षा ९ देखि ११ सम्मका पाठ्यपुस्तकमा राखिएका ती कार्टूनहरूको किन विरोध भएन जसले हिन्दू मतान्धताको अथवा संकटकाल (सन् १९७५–७७) का क्रममा देखा परेको तानाशाहीको खिल्ली उडाएका छन् ? कुरा के हो भने, जसलाई ‘दलित सार्वजनिक क्षेत्र’ भन्न सकिन्छ त्यसमा आज ठूलो शून्यता छ; जसका थुपै्र कारण छन् । वर्तमान समयमा दलितहरू अखिल भारतीय, विशाल र राजनीतिकरूपले जीवन्त मतदाता समूह हुन् । र, यीमध्ये अधिकांश आर्थिक दृष्टिले सीमान्तीकृत अवस्थामा बाँचिरहेका छन् । यस मतदाता समूहसँग केही वर्षसम्म मायावतीको नेतृत्वमा रहेको बहुजन समाज पार्टी (बसपा) को उत्तरप्रदेशको सरकारका रूपमा एकध्रुवीय सन्दर्भ थियो, देशका कैयौं दलित उनको राजनीतिक एजेन्डासँग सहमत नभए पनि । उत्तरप्रदेशमा मायावतीको पराजय भएपछि त्यसको प्रभाव यस सार्वजनिक क्षेत्रमा पर्‍यो । हाल दलितहरूका सामु कुनै विकल्प पनि छैन । आर्थिक मागहरूका नाममा दलितलाई पछि ल गाउँदै आएको संसदीय वामपन्थ आज पंगु भइसकेको छ । पूर्वी मध्य भारतका आदिवासीझै दलितहरू माओवादप्रति पनि उति आकर्षित हुन सकेका छैनन् । सत्तारुढ संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारले दलितहरूका निम्ति बजार अर्थव्यवस्थामा ‘ठाउँ’ बनाउने बाचा गरेको थियो, जसलाई उसले पूरा गरेको छैन । एकपल्ट दलितहरूको एउटा समूह हिन्दुत्ववादी एजेन्डाप्रति आकर्षित भएको थियो, तर त्यहाँ पनि आफ्ना लागि केही रहेनछ भन्ने उसलाई महसूस भएको छ । यस अवस्थामा, राजनीतिक वर्ग वा पार्टीहरूको एउटा मुख्य चासो दलितहरू भविष्यमा कुन दिशातिर मोडिने हुन् भन्ने छ, जो स्वाभाविकै हो । संसदमा भएको व्यापक बवाल र यस विषयमा सत्तारूढ गठबन्धनमा देखि एको भय, दुवैको सम्बन्ध यही शून्यतासँग जोडिएको छ । अम्बेडकर एकीकृत दलित मतदाता समूहका सांकेतिक प्रतीक हुन्; एक अर्थमा उनी दलितहरूको कल्पनामा तिनको ‘सार्वजनिक क्षेत्र’ का मूर्तरूप नै हुन् । त्यसैले, अम्बेडकरको प्रतीकलाई हत्याउने कसैको कुनै पनि प्रयासले यसवेला सबै राजनीतिक पार्टीहरूलाई कामजरो छुटाइदिन्छ ।

अरू त अरू, स्वयं दलित र दलित आधारित पार्टी पनि यसका अपवाद छैनन् । त्यसैले, जब यूपीए गठबन्धनको घटक एउटा क्षेत्रीय दल (‘विदुथालाई चिरुथाइगल’) का सदस्य थोल थिरुगावलम्ले लोकसभामा कार्टूनको कुरा उठाए, बाँकी साराका सारा पार्टीहरूले अम्बेडकरको ‘उत्तराधिकार’ माथि सांघातिक दाबी गर्नु अनिवार्य नै थियो । उनीहरूको हमलाले कार्टूनका खास स्थूल पक्षहरूलाई उक्सायो र त्यसको निरूपात्मक उपयोगितालाई भने पूर्णतः उपेक्षा गरयो । संवैधानिकता दोहोरो धार भएको तरवार हो र यो कानूनी राजको रक्षा गर्नु का साथै कानूनी राजलाई अधिकाधिक न्यायपूर्ण प्रणालीमारूपान्तरित गर्ने संघर्ष पनि हो भन्ने अम्बेडकरको मान्यता थियो । त्यसलाई दलित सार्वजनिक क्षेत्रमा आजसम्म स्पष्ट रूपमा उत्कीर्ण गरिएकै छैन । त्यसैले यो कार्टून अम्बेडकरभक्ति र दलित पक्षधरता प्रदर्शित गर्ने रराम्रो बहाना बन्न पुग्यो । लोकपाल विधेयक र महिला आरक्षण विधेयक जस्ता बढी गम्भीर विषयहरूमा पनि संसदमा यस्तो मतैक्य देखा परेको थिएन ।

पाठ्यपुस्तकहरूलाई ‘स्वच्छ’ बनाउनुपर्ने सामूहिक मागको एउटा अर्को कारण पनि छ । आजभोलि राजनीतिज्ञ तथा अन्य सत्ताधारीहरूले जवाफदेही प्रदर्शन गर्नु पर्ने माग बढ्न थालेको छ । यसलाई भारतमा लोकतन्त्रको तार्किकताले अगाडि बढाएको छ; खास गरी हालैका नागरिक समाज का जन–आन्दोलनहरूले यस्तो मागलाई तीव्र पारेका छन् । जवाफदेह बन्नु पर्ने माग सबैखाले सत्ताधारीहरूलाई वाहियात लाग्छ । त्यसैले, युवा मस्तिष्कहरूलाई राजनीति भनेको माग, आन्दोलन र शासकीय आदेश मात्र होइन, आलोचनात्मक परन्तु युक्तियुक्त गतिविधि हो अनि राजनीतिज्ञहरूले अनुक्रियाशील तथा जवाफदेह हुनुपर्छ आदि/इत्यादि कुरा सिकाउने पाठ्यपुस्तकहरू तिनका निम्ति घृणाका वस्तु बन्नु स्वाभाविकै हुन्छ । सन् २००६ पछि कक्षा ९ देखि ११ सम्म राजनीतिशास्त्रका जति पनि पाठ्यपुस्तक छापिएका छन् तिनको ढाँचा यस्तै छ । विवेचनात्मक सार्वजनिक मतलाई पोषित गर्ने यो संस्कृति सत्ताधारीहरूलाई अत्यन्त खतरनाक लाग्दछ । के काम तिनलाई यस्तो काउछोको ? यी सबै पाठ्यपुस्तकलाई ‘स्वच्छ’ बनाउनुपर्ने ‘सर्वसम्मत’ माग उठ्नुको रहस्य यही हो । एउटा वस्तुनिष्ठ विषयलाई राजनीतिज्ञहरूको अपमान जनक चित्रणका रूपमा व्याख्या गरेर उनीहरू एकातिर अम्बेडकरलाई कुनातर्फ पन्छाइदिन्छन् र अर्कातिर के पनि सुनिश्चित गरिसक्छन् भने दलित मतदाता समूह माथि कसैले एक्लो दाबी गर्न नसकोस् । तिनीहरूको ‘विवेचना’ सही हो भने हामीले भारतीय लोकतन्त्रलाई चुनावको तार्किक नतीजाका रूपमा मात्र हेर्नुको सट्टा ‘चुनाव र त्यसभन्दा बढी’ उपलब्धिका निम्ति जोड दिन थाल्नुपर्ने होइन र ?

शिक्षाशास्त्र माथि आक्रमण
यो कार्टून अम्बेडकरको, राष्ट्रिय नायकहरूको र सम्पूर्ण राजनीतिज्ञहरूको अपमान हो; यसले कच्चा मस्तिष्कहरूमागलत विचार भर्दछ; युवा मस्तिष्कहरूलाई राजनीतिक हित र सरोकारबाट टाढा लैजान्छ; कार्टून विधा विश्वविद्यालय तहभन्दा मुनिका विद्यार्थीलाई पढाउन उपयुक्त माध्यम होइन आदि आरोपहरूका पछाडि शिक्षाशास्त्रका प्रति, अझ् खास गरी सामाजिक विज्ञान र मानविकीका प्रति एउटा विशेष, परम्परागत दृष्टिकोण उभिएको छ । चर्चित पाठले राजनीतिशास्त्र जस्तो विषयलाई पढाउने सबैभन्दा प्रभावशाली तरीका उपस्थापित गर्दछ; यसमा सम्बन्धित उमेर समूहका विद्यार्थीमा विवेक जगाउने, घटना र परिस्थितिहरूको जाँचपडताल गर्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने अनि सरोकार तथा प्रतिबद्धताहरूलाई मलजल गर्ने भाव अन्तर्निहित छ । परम्परागत, औपचारिक मोडेलमा तयार पारिएका पाठ्यपुस्तकले भने विद्यार्थीका सामु ‘सत्यहरूको समूह’लाई स्पन्दनहीन तवरमा पस्किदिने, प्रक्रियाहरूलाई मान चित्रीकरण गरिदिने अनि तथ्य र प्रक्रियाका पारस्परिक सम्बन्धको सपाट व्याख्या गरिदिने काम मात्रगर्थे ।

यसले शिक्षार्थीलाई सामाजिक वास्तविकताहरूबाट टाढा पुर्‍याउने मात्र होइन भावनात्मक रूपमा तीप्रति असंपृक्त एवं निरपेक्ष बनाउँदै उनीहरूमा लठ्यौरो पाराको वस्तुपरकतालाई मात्र संपोषित गर्द छ । यस्तो मोडललाई प्राकृतिक वैज्ञानिकहरू समेतले प्रायः अस्वीकार गर्न थालेका छन् । त्यसका विपरीत, चर्चित पाठ्यपुस्तकहरू विद्यार्थीलाई सामाजिक यथार्थसँग जोडिन आमन्त्रित गर्द छन् । यस सन्दर्भमा हामीले तय गर्नैपर्छ— तरुण विद्यार्थीहरूका निम्ति सामाजिक विज्ञान र मानविकीमा हामी कस्तोखाले अनुशासन प्रस्तुत गर्न चाहन्छौं । र, यो पनि स्पष्ट हुनुपर्छ— यस खालका मामिलाहरूमा कसले बढी उपयुक्त फैसला लिन सक्छः पेशागत विज्ञहरूको नियमानुसार गठित कुनै निकायले अथवा संसदले ?

राजनीतिक अभिमुखीकरण
यहाँनेर एउटा सान्दर्भिक प्रश्न उठाउनैपर्ने हुन्छ— के यी पाठ्यपुस्तकहरूभित्र कुनै खास किसिमको राजनीतिक अभिमुखीकरण लुकेको छ ? र, त्यसको जवाफ हो— हजूर, कुरा ठीक हो; अवश्य पनि पाउन सकिन्छ यिनमा त्यस्तो राजनीतिक अभिमुखीकरण । तर यो अभिमुखीकरण ठूला व्यक्तिहरू वा सत्तालाई ठूलो व्यक्ति वा सत्ताको हैसियतले सम्मान गर्न उत्सुक पटक्कै प्रतीत हुँदैन । बरु यसले सम्मान गर्छ निश्चित सिद्धान्तहरू र तिनको समूहलाई । यस अभिमुखीकरणले न कसैलाई देवतातुल्य बनाउँछ न त कसैको झूठो निन्दा नै गर्छ । कुनैवेला त्यस्तो केही गरिहालेछ भने पनि त्यो विवेकमा आधारित तथा तर्कसम्मत हुन्छ । मोटामोटी रूपमा भन्ने हो भने यी सिद्धान्त मानवीय विवेकशक्ति माथिको आस्था र विश्वासका सिद्धान्त हुन्; यिनले मानिसप्रति सम्मान दर्शाउँछन् र उनीहरूको मान –मर्यादाप्रति पनि ; पृथकता र बहु–मान्यताहरूका बावजूद सबै मानिसहरूबीचको समान तालाई स्वीकार्छन्; विविधता अनि भिन्नताहरूको कदर गर्छन्; त्यस्तो संस्कृति र मान्यताहरूको सम्मान गर्छन् जो अपरिहार्य रूपमा बहुलतावादी छन्; सत्ताप्रति एउटा खास किसिमको सन्देह राख्नुपर्ने र सत्तालाई जिम्मेदारी तथा जवाफदेही अन्तर्गत राख्नुपर्ने आवश्यकतालाई स्पष्ट पार्छन् अनि लोकतन्त्र र सहिष्णुताको सशक्त अनुमोदन गर्छन् । यिनमा आत्मसम्मान को भाव छ । यिनले अंगीकार गरेका मूल्यहरूको केन्द्रमा अवस्थित छ कानूनी राज; अनि जनतालाई समर्थ बनाउने उपकरणका रूपमा संस्थाहरूप्रतिको सम्मान ।

विलोमतः यो अभिमुखीकरण स्वयंलाई तिनका विरुद्ध सशक्त रूपमा खडा गर्द छ जो कसैको दैवीकरण गर्छन्; घटना र परिस्थितिको जाँचपडताल तथा तीप्रतिको सरोकारलाई प्रतिषेध गर्छन्; केही सर्व–सामान्य विचार स्थापित गरेर सबैका लागि यही रराम्रो हो भन्छन्; अनि ‘सत्य के हो भन्ने हामीलाई राम्ररी थाहा छ’ भन्ने दाबी गर्छन् । कक्षा ९–१०–११ का राजनीतिशास्त्रका पाठ्यपुस्तकमा प्रवाहित यस्तो अभिमुखीकरण कैयौंलाई अरुचिकार लाग्न सक्छ भने कतिपयका निम्ति यसले वास्तविक समस्या पनि खडा गर्न सक्छ । तर, त्यसो भन्दैमा, यी पाठ्यपुस्तकहरूलाई कसरी अस्वीकार गर्न सकिन्छ ? अनि, यसका विपरीत कुनै अर्को अभिमुखीकरण प्रस्तुत गर्ने तपाईंको चाहना छ भने तपाईं संविधानको मर्म र आशयप्रति कति इमान्दार हुनुहुन्छ ?

(‘शिक्षा विचार’ जुलाई –अक्टुबर २०१२ बाट साभार)

भाषान्तरः शरच्चन्द्र वस्ती



 

commercial commercial commercial commercial