फेरियो पढाउने शैली

नेपालका अधिकांश सामुदायिक विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको प्रयोग गरी शिक्षण–सिकाइ गरेको पाईंदैन । केही विद्यालयमा प्रयोग हुने शैक्षिक सामग्रीहरू पनि या त कुनै गैर सरकारी संस्थाले दिएका वा रेडिमेड हुने गर्द छन् । स्थानीय सामग्री र शिक्षक–विद्यार्थीको सीप संयोजनबाट निर्मित शैक्षिक सामग्रीहरूको प्रयोग विद्यालयहरूमा हुने गरेको छ । विद्यालयका कक्षाकोठामा प्रयोग गरिने शैक्षिक सामग्रीको कुरा गर्दा अधिकांश शिक्षकहरूले शैक्षिक सामग्री निर्माण गर्न समय निकाल्ने गरेको पाईंदैन ।

नेपालीमा एउटा उखान छ ‘निदाएकालाई ब्यूँझाउन सकिन्छ तर निदाएको बहाना गर्ने लाई ब्यूँझाउन सकिंदैन ।’ निदाएकालाई ब्यूँझएको जस्तै भएको छ कैलाली जिल्लाको राष्ट्रिय मावि, मुनुवाका शिक्षक जीवनलाल बडायकलाई । रिच आउट टु एशियाको आर्थिक सहयोगमा एक्सनएड नेपाल र फाया नेपाललेगत वर्ष दिएको बालकेन्द्रित शिक्षण सिकाइ तालीम पछि उनले शैली नै परिवर्तन गरेका छन् । वर्षौ देखि किताब हेरेर पढाउँदै आएका उनलाई तालीमबाट बालकेन्द्रित सिकाइ प्रक्रिया र शैक्षिक सामग्री बनाउने तरिका सिक्न पाउँदा आजकल हातमा कुनै न कुनै थप शैक्षिक सामग्री नभई पढाउन मन लाग्दैन । यसरी पढाउन थालेपछि विद्यार्थीहरू नियमित आउने, हाफ टाइममा भाग्न छोडेका, कक्षाकोठा, सरसफाई राम्रो भएको छ । उनीहरू आपसमा झैँझगडा न गर्ने र सिर्जनात्मक हुने गरेका छन् । शिक्षक र विद्यार्थी बीचमा सम्बन्ध एकदम सुमधुर र एकै परिवारको जस्तो भएको छ । पहिले आफूलाई देखेर डराउने विद्यार्थीहरू अहिले कक्षामा जान ढिलो भयो भने बोलाउन आउने गरेको उनी बताउँछन् । शिक्षक तालीममा सिकेका कुरा लागू गरेका कारण विद्यार्थीको बानी–व्यवहारमा परिवर्तन हुनुको साथै सिकाइ उपलब्धि समेत बढेको छ ।

गत जेठमा भएको ३२ दिने लामो बन्द र दशैंतिहार विदाको कारण उनी पढाउने स्कूल राष्ट्रिय मावि, मुनुवा सुनसान भएको थियो । त्यतिबेला कक्षा २ माग्रेड टिचिङ्ग गरिरहेका जीवनलाल बडायक एक्लै कक्षाकोठामा बसेर विभिन्न शैक्षिक सामग्री बनाउँदै थिए । उनी विदाको समयमा शैक्षिक सामग्री बनाउन बिद्यालय आउने गरेका छन् । अरू समयमा फुर्सद नहुने हुँदा विदाको बेला शैक्षिक सामग्री बनाउने गरेको बडायकले जानकारी दिए । उनले थपे, “मलाई नयाँ–नयाँ शैक्षिक सामग्री बनाउन रमाइलो लाग्छ । किताब हेरेर पढाउँदा छात्रछात्रा आकर्षित हुँदैनन् । चित्र र शैक्षिक सामग्रीको प्रयोग गर्दा उनीहरू रमाएर छिटो सिक्छन् ।” शैक्षिक सामग्री निर्माण गर्ने समयको प्रसंगमा जीवनलाल भन्छन्, “समय त कसलाई पुग्छ र ? समय व्यवस्थापन गर्नु पर्दछ ।” उनले पाठ्यपुस्तक पढाउन सहज हुने अन्य शैक्षिक सामग्री देखाउँदै भने, “दशैंतिहारको विदामा मैले धेरै शैक्षिक सामग्री बनाउने मौका पाएँ ।”

इच्छाशक्ति भएमा बन्द र दशैंतिहारको जस्तो लामो विदामा समेत शैक्षिक सामग्री निर्माण गर्न सकिन्छ । त्यसैले त भनिन्छ ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ अरू शिक्षकले पनि जीवनलालबाट सिक्ने कि !
 



 

commercial commercial commercial commercial