आफू सुध्रिऊँः त्यही हो साँचो विकास

‘विकास ’ लाई कुनै कुरा को नव सिर्जना हुनु, सुधार हुनु, सकारात्मक परिवर्तन हुनु, विस्तार हुनु भन्ने अर्थमा बुझन सकिन्छ । उदाहरणार्थ, हवाइजहाजको मोडल, बनोट र विशेषतामा भएको परिवर्तन विकास हो भने मानिसको शारीरिक, मान सिक, सामाजिक, बौद्धिक, नैतिक विकास ; देशको आर्थिक विकास , भौतिक विकास आदि पनि विकास हुन् । विकास को प्रभावले हराम्रो जीवन सुखमय, आरामदायी र उच्चस्तर को हुन्छ । हाम्रा कार्यहरू सरलतापूर्वक सम्पन्न हुन्छन् ।

हराम्रो देशलाई गरीबी, अशिक्षा, कुपोषण, अन्धविश्वास जस्ता कुरा लेगाँजेको छ । जनसंख्याको निकै थोरै संख्याले आधुनिक सुविधा पाएका छन् । ती पनि देशको विपन्न अवस्थाका कारण विदेश पलायन हुँदैछन् । यस्तो अवस्थामा जनताको आधारभूत आवश्यकता पूरा गरी जीवनस्तर माथि उठाउनु नै विकास हो ।

हराम्रो देशको साँचो विकास हुनका लागि पहिले शिक्षाको विकास हुनुपर्छ । जलस्रोतमा धनी कहलिएको हराम्रो मुलुकमा जलसाधनलाई विविधरूपले उपयोग गरी कृषि विकास , जलविद्युत् विकास , पर्यटन विकास गर्न सकिएको अवस्था पनि साँचो विकास हुन सक्छ । देशमा उद्योगधन्दाको विकास पनि चाहिएको छ । जसको माध्यमबाट यहाँको बेरोजगारी हटाई गरीबी घटाउन र देशको राष्ट्रिय उत्पादन बढाएर आर्थिक विकास कोगति तीव्र पार्न मद्दत पुर्याउन सकियोस् । सडक विकास हुनसके कृषि, व्यापार, उद्योग, पर्यटन व्यवसायमा वृद्धि हुनेछ । विकास का हरेक गतिविधिले आखिर जनताका आवश्यकता पूरा हुने, आम्दानी बढ्ने गर्द छ ।

विकास को एउटा पाटोले अर्को विकास को ढोका खोल्न मद्दत गर्द छ । जस्तो सडक यातायातको विकास भएसँगै पर्यटन, उद्योग, कृषि, व्यापार विस्तार र विकास हुन सहयोग गर्छ । एकै थरीको खाना खाएर हराम्रो शरीर स्वस्थ, बलियो, फूर्तिलो, निरोगी हुन सक्दैनौं । त्यसै गरी एउटा कुरा को विकास भएर मात्र हराम्रो जीवन सुखी हुन सक्दैन । देशको सर्वाङ्गीण विकास भए जीवन सुखी र आनन्ददायक हुन्छ ।

विकास भन्ने कुरा देशमा सडक, पुल बन्नु , नहर खन्नु, रेलमार्ग बन्नु आदि मात्र होइन । विकास भन्ने कुरा हराम्रो कार्य व्यवहार र आचरणसँग पनि सम्बन्धित छ । जथाभावी फोहोर नफालेर निश्चित ठाउँमा फाले त्यो पनि विकास हो । सडकमा हिंड्दा सडकको बायाँ छेउबाट हिंड्नु, जथाभावी सडक पार न गर्नु , आफ्नो कर्तव्य इमान्दारी साथ पालना गर्नु ,गलत व्यवहार न गर्नु —हराम्रो व्यक्तित्व विकास भएको संकेत हो । जब हरेक क्षेत्रमा इमान्दार, कर्तव्यनिष्ठ व्यक्तिको बहुमत हुन्छ, तब देशमा विकास का गतिविधि सफल हुन्छन् । राजनीतिमा होस् वा कर्मचारीतन्त्र होस्—जहाँ पनि असल, इमान्दार, कर्मठ, दक्ष व्यक्ति भएमा नै देशको विकास ले तीव्रता पाउनेछ । यसैले हामी पहिला सुध्रिऊँ, सबैले आफ्नो क्षेत्रमा इमान्दार भएर लागौं, त्यही हो; त्यहीबाट हुन्छ साँचो विकास को थालनी ।
प्राथमिक शिक्षक, श्री शारदा रा.मा.वि.,
वाइसी बिचवा–४, कैलाली

commercial commercial commercial commercial