गाउँ रित्याउने शिक्षाको विकल्प खोजौं !

गाउँमा पढ्नको लागि स्कूल त छ, तर त्यसले नै वर्षेनि धेरै युवाहरूलाई गाउँबाट शहरतिर लखेटिरहेको छ । राम्रै पढ्नेहरू पनि जागिरको खोजी तथा उच्च शिक्षाको लागि शहर पस्छन् र गाउँ फर्कन चाहेर पनि सक्दैनन् । शंका लाग्छ— यो शिक्षाले अब १०–१५ वर्षमा कतै गाउँ नै रित्याउने त होइन ?

मेरो गाउँगुल्मी जिल्लाको उत्तर पश्चिम एक दुर्गम भागमा पर्छ । आजभन्दा ३०–३५ वर्षअघि त्यहाँका मानिस डोकोभरी खर्च अर्थात् बेच्ने घिउ, भटमास आदि कुरा बोकेर बटौलीसम्म हिंडेर आउँथे र फर्किंदा पनि डोकोभरी नै नुन, तेल, कपडा आदि लिएर फर्कन्थे । यो कुरा अहिलेको पुस्तालाई दन्त्यकथा जस्तो पनि लाग्न सक्छ; किनकि अहिले कच्ची नै भए पनि गाउँ गाउँमा मोटर बाटो पुगेको छ र टोलटोलमा पसलहरू छन् । त्यहाँ नुन, तेल मात्र होइन चामल, पीठो, तरकारी, फलफूल समेत बाहिरबाट पुग्छ । गाउँका तीन–चार ओटा कुवाबाट गाउँलेले पानी बोकेर खानुपर्दथ्यो । खानको लागि कोदो/मकै नै प्रमुख थियो । कहिलेकाहीं मौसमगडबड हुँदा अनिकाल पनि चल्थ्यो र कोदो साहुका कोदोका पुराना भकारी खोलिन्थे । गरीबहरू त्यही पुरानो कोदो खाएर ज्यान जोगाउन बाध्य हुन्थे । कहिलेकाहीं त त्यसैले झडापखाला पनि ल गाउँथ्यो । तर आज मेरो गाउँमा सबैले किनेर भए पनि चामलको भात खान पाएको देखिन्छ । टुकी तथा निगालोको उज्यालोको ठाउँमा गाउँकै फेदीमा रहेको खोलाबाट निकालेको बिजुली बत्तीले गाउँ झलिीमिली छ । घरघरमा टीभी, सीडी/डीभीडी प्लेयर चलेका छन् । कोही पनि बाहिर जाँदा हिंड्नु पर्दैन र नुन, तेल, चामलको भारी बोक्नु पनि पर्दैन । घरघरमा खाननेपानीका धारा पनि पुगेका छन् । सामान्य उपचारका लागि गाउँमा हेल्थपोष्ट छ । १२ कक्षासम्म पढ्नको लागि स्कूल छ ।

के मेरो गाउँमा आएको यो परिवर्तन नै विकास होइन र ? अवश्य पनि केही हदसम्म यो विकास नै हो, परिवर्तन हो र विकास को पूर्वाधार हो । तर म यहाँ अर्कै महत्वपूर्ण कुरा भन्न गइरहेको छु । त्यो हो— यहाँ जुन विकास भएको जस्तो देखि एको छ त्यो सकारात्मक छैन; त्यो साँचो विकास होइन । किनभने गाउँका धेरै मानिसहरू खाद्यवस्तु बजारमा किनेर त खान्छन् तर तिनको नगद आम्दानीको दिगो र भरपर्दो स्रोत छैन । अहिलेको मुख्य स्रोत भनेको वैदेशिक रोजगार हो । जति पनि मानिसको जीवनस्तर बढेको जस्तो देखि एको छ, त्यसको कारण विदेशमा गएर धेरै दुः खकष्ट गरेर कमाएर ल्याएको आम्दानी नै हो; जो दिगो हुन सक्दैन । गाउँमा पढ्नको लागि स्कूल त छ, तर त्यसले नै वर्षेनि धेरै युवाहरूलाई गाउँबाट शहरतिर लखेटिरहेको छ । राम्रै पढ्नेहरू पनि जागिरको खोजी तथा उच्च शिक्षाको लागि शहर पस्छन् र गाउँ फर्कन चाहेर पनि सक्दैनन् । शंका लाग्छ— यो शिक्षाले अब १०–१५ वर्षमा कतै गाउँ नै रित्याउने त होइन ?

अब प्रश्न उठ्छ; विकास भनेको के हो त ? हामीलाई चाहिएको विकास कस्तो हो ? मेरो सानो दिमागले जाने अनुसार हराम्रो देश गाउँ नै गाउँले भरिएको छ । ८०–८५ प्रतिशत नेपालीहरू अझै गाउँमा छन् । नेपालका अधिकांश गाउँ मेरो सानो गाउँभन्दा फरक स्थितिमा छैनन् । हराम्रो देशका शहर पनि फोहोर, भीडभाड, अस्तव्यस्तता, अभाव र बेरोजगारीलेगाँजिएका छन् । वास्तवमा हाम्रा युवाहरूका निम्ति शहर पनि गाउँबाट आएर केही समय बस्ने ‘स्टेसन’ जस्ता भएका छन् । जहाँबाट युवाहरू वैदेशिक रोजगारका निम्ति प्रस्थान गर्छन् । धेरै मानिसको अनुभवमा वैदेशिक रोजगार पनि अव्यवस्थित, असुरक्षित; अप्ठेरो र फोहोरी खालको छ, जसले रराम्रो भविष्यको संकेत गर्दैन ।

देशमा ठूला–ठूला उद्योग खोल्न र खोलेका उद्योग पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएको छैन । जताततै लगानी प्रतिफल पाउन नसकिएको, सरकारबाट सुरक्षा नपाएको, समुदायले पनि यस्ता कुरा मा चासो नदेखाएको अनि वैदेशिक वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसकेर, भ्रष्टाचार भएर उद्योगहरू धरासायी भएको भन्ने मात्र सुनिन्छ । त्यसै गरी वैदेशिक रोजगारबाट बचेको रकम पनि अनुत्पादक कार्य, जस्तै— महङ्गा विदेशी वस्तु, घरजग्गा आदिको खरीदमा खर्च भएको देखिन्छ । खेतीयोग्य जमिनहरू कंक्रिटमा परिवर्तन भइरहेका छन् । किसानले जेनतेन महङ्गो बीउ, मल किनेर उब्जाएको अन्नबालीले रराम्रो भाउ पाउँदैन, पशुपक्षी पालकले पनि महङ्गो खर्चमा उत्पादन गरेको आफ्नो उत्पादनको भाउ पाउँदैन, न त उपभोक्ताले नै सस्तोमा उपभोग गर्न पाउँछन् । दलाली कार्यले केही मानिसहरू मालामाल भएका छन् भने धेरैजना मर्कामा मात्र ।

हुनत विकास भन्ने कुरा निरपेक्ष नहुन सक्छ; किनकि हाम्रा चाहना र आवश्यकता समयसापेक्ष परिवर्तन हुँदै जान्छन् । तर पनि कमसेकम प्रत्येक नेपाली आफ्नै देशमा सम्मान जनक रूपमा बाँच्नको लागि रोजगारको व्यवस्था होस्, त्यसले बास,गाँस र आङ ढाक्ने लुगाको व्यवस्था गर्न सकोस्, छोराछोरीलाई स्कूलमा पठाउन सक्ने होस्, स्वास्थ्य उपचारको व्यवस्था होस् र केही हदसम्म आफ्ना चाडपर्वहरू मनाउन पाओस्— तब विकास भएको भन्न मिल्ला । अहिलेको जस्तो अव्यवस्थित वैदेशिक  रोजगारले हामी उँभो लाग्न सक्दैनौं । गाउँमा पाखोबारी, खेतहरू बाँझे हुँदै गएका छन्, पुराना घरेलु उद्योगहरू हराउँदै छन्, एउटागाई बाँध्ने दाम्लो र सानो भारी बोक्ने नाम्लो समेत गाउँमा बुनिन छाडेको छ । स्थिति साँच्चै नै विकराल बन्दो छ ।

मैले नौ कक्षामा पढ्ने एकजना भाइलाई सोधें— ‘के छ तिम्रो भविष्यको योजना ?’ उसले भन्यो, “सर, जेनतेन एसएलसी दिऊँ, पास भए पनि ठीकै छ, नभए पनि ठीकै छ, अठार वर्ष पुगिहालिन्छ । नागरिकता र पासपोर्ट बनाउने, भिसा मगाउने, दुईचार वर्ष विदेश गएर पैसा ल्याउने अनि बिहे गर्ने । सर ! मेरो बिहेमा तपाईं पनि आउनुपर्छ है !” मलाई लाग्छ नौ कक्षामा पढ्ने ८० प्रतिशतभन्दा बढी हाम्रा भाइहरूको भविष्यको सपना यही हो । धिक्कार छ हामी र हराम्रो शिक्षा प्रणालीलाई !

सारांशमा म के भन्न चाहन्छु भने अब पनि ठूलाठूला कुरा गरेर समय खेर नफालौं । हराम्रो अहिलेको क्षमता योग्यता के हो ? हामी कहाँ छौं त्यो जगलाई चिनौं र अगाडि बढौं । १७–१८ वर्षको शिक्षण अनुभवले मलाई के भन्न लगाइरहेछ भने आठ कक्षासम्म मात्र सबैलाई अनिवार्य शिक्षा दिऊँ । त्यसपछि विद्यार्थीहरूको कुन विषयमा, कुन क्षेत्रमा रुचि छ, जाँगर छ र योग्यता छ, सम्भव भएसम्म विशेषज्ञको सहायताले क्षेत्र छुटयाऊँ । एकथरी विद्यार्थीलाई खेतीपाती पशुपालनसँग सम्बन्धित रराम्रो शिक्षा दिऊँ, खेतबारी तथा फार्म हाउसमै राखेर शिक्षा र रोजगारलाई सँगै बढाऊँ । अर्काथरीलाई देशमै उत्पादित ऊन, कपास लिएर चर्खा आन्दोलन चलाऊँ । यसले आमजनतालाई जाडोबाट बचाउनेछ र लाजबाट पनि । त्यस्तै योग्यता, रुचि र लगावको आधारमा डाक्टर, इञ्जिनियर, वकिल, प्राध्यापक, राष्ट्रसेवक जस्ता जनशक्ति तयार पार्दै जाऊँ । कसैलाई पर्यटन, सञ्चार, वातावरणीय क्षेत्रमा स्थान दिऊँ ।

अहिले हराम्रो देशमा चलिरहेको शिक्षा आठ कक्षाभन्दा माथि दिनु व्यर्थ छ किनभने ७० प्रतिशत विद्यार्थीहरूका लागि त्यो अनुत्पादक छ । मैले नै पढाएका विद्यार्थीहरू बीएड, बीबीएस पास गरेका त छन् तर अहिले आएर तरकारी खेती गर्दा होला कि ? कुखुरा पालेर होला कि ? बंगुर पो पाल्ने हो कि ? भन्दै छटपटिंदै छन् । उनीहरूको सात/आठ वर्षको मिहिनेत खेर गएको छ । न त उनीहरू आफ्नो क्षेत्रमा जागिर पाउँछन् न त उनीहरूलाई कृषि, पशुपालन वा त्यस्तै अन्य व्यवसाय गर्ने सीप र ज्ञान छ । यसरी, एउटा ठूलो बेरोजगारी समूह देशमा वर्षेनि उत्पादित भइरहेछ । त्यो समूह पनि विदेश नै ताकिरहेको छ । यहाँ हामीहरूले विचार गर्नु पर्ने कुरा के हो भने सबै प्रकारका काम गर्नेहरूलाई समान सम्मान दिऊँ । हरेक प्रकारका कामदारको इज्जत हुनुपर्छ । किसान, मजदूर, कर्मचारी, शिक्षक, नेता, डाक्टर, कण्डक्टर, ड्राइभर सबैको समान महत्व छ यो देश निर्माण गर्न भन्ने भावनाको विकास हुनुपर्छ, त्यहीं हामी सबैको कल्याण छ । त्यहीं हराम्रो जीवनस्तर बढ्ने पक्का छ । शान्ति र सम्पन्नता पनि त्यहीं छ ।
नवविजयी महेन्द्र मावि, भलायडाँडा, रसुवा

commercial commercial commercial commercial