बीउमाथिको परनिर्भरता र सिक्नुपर्ने पाठ

आयातीत बीउको सञ्जालले गर्दा स्थानीय प्रजातिका बीउ लोप हुँदै गएका छन्, समग्र कृषि प्रणाली अपाङ्ग हुँदो छ । सन् १९०२ मा मकैको बीउबाट वर्णशङ्कर बीउको सुरुआत भएको हो । हाल आएर यो प्रयोग तरकारी र फलफूलमा पनि हुँदैछ ।

नेपालमा केही वर्ष अगाडि सम्म देश भित्रको स्थानीय उत्पादनले वर्षैभरि खान पुग्थ्यो । हाल कृषिमा घट्दो जन–आकर्षण, कृषियोग्य जमिन र बीउको गुणस्तरमा ह्रास र युवा वर्गको विदेश पलायनले खाद्य सुरक्षा राष्ट्रकै चासोको विषय बनेको छ । अतिवृष्टि, अनावृष्टि जस्ता प्रकोपका कारण बालीनालीमा लाग्ने रोग र कीराको प्रकोप पनि बढिरहेको छ । तर कतिपय मानिसहरू उत्पादन कसरी बढाउने वा अन्य केही गर्ने भनी विकल्पबारे पनि सोच्दैछन् । यसमा पाल्पाको मदनपोखरा गाउँको उदाहरण लिन सकिन्छ । मदनपोखराको करीब १३०० सय घरधुरीमध्ये करीब १ हजार घरधुरी प्रत्यक्ष रूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । सन् १९७० को दशकतिर त्यहाँ अन्नबालीको उत्पादन पर्याप्त हुन छोडेपछि किसानले विकल्प खोजेका हुन् । सो प्रयोगले गर्दा आज मदनपोखराको पहिचान नै बेग्लै बनेको छ ।

उत्पादन बढाउन नेपालमा हाल प्रायः किसानले वर्णशङ्कर बीउको प्रयोग गर्छन् । यस्ता बीउ भारतलगायत अन्य मुलुकबाट आयात गरिन्छन् । तर यो भरपर्दो बाटो हैन । कथं विदेशबाट समयमा बीउ आएन वा आएको बीउ पुगेन भने सम्पूर्ण बालीचक्र तहसनहस हुन सक्छ । किनभने आयातीत बीउको सञ्जालले गर्दा स्थानीय प्रजातिका बीउ लोप हुँदै गएका छन्, समग्र कृषि प्रणाली अपाङ्ग हुँदो छ । सन् १९०२ मा मकैको बीउबाट वर्णशङ्कर बीउको सुरुआत भएको हो । हाल आएर यो प्रयोग तरकारी र फलफूलमा पनि हुँदैछ । यसै सन्दर्भमा वर्णशङ्कर बीउ उत्पादन गर्ने अमेरिकी कम्पनी मोनस्यान्टोले केही समयअघि नेपालमा आफ्नो बजार विस्तार गर्न निकै प्रयास गरयो । जीएमओ र हाइब्रिड बीउ उत्पादन गर्ने विश्वका ठूला कम्पनीहरूमध्येको एक मोनस्यान्टो विश्वभरि नै विवादास्पद छ । हरित क्रान्ति गर्ने र उत्पादन बढाउने नाममा रैथाने बीउ विजनलाई सखाप पार्दै गरीब किसानहरूलाई आफ्नो जालमा फँसाएको भन्दै यो कम्पनीका विरुद्ध विश्वभर लाखौं मुद्दा दायर गरिएका छन् । नेपालमा संक्रमणकालको फाइदा लिन त्यसले गरेको प्रयास सफल भएन । यो एउटा उदाहरण मात्र हो । यस्ता कैयन् कम्पनीहरूले नेपालमा आफ्नो साम्राज्य फैलाइरहेका छन् र सोझ किसानहरूलाई फँसाइरहेका छन् ।

माथिको प्रसंगले नेपालमा बीउ माथिको परनिर्भरताको अवस्थालाई प्रतिबिम्बित गर्छ । यस्तो समस्या तरकारी बाली र अन्नबाली दुवैमा छ । फलफूलमा त नेपाल पूर्णतः भारत र अन्य मुलुकमै निर्भर छ । नेपालमा धेरै कृषि वैज्ञानिकहरू जन्मिए, धेरै प्राविधिकहरूले गाउँ– गाउँमा कृषि सेवा सम्बन्धी तालिम पनि दिए तर विषयको गम्भीरतालाई बुझेर विकल्पको प्रयोग गर्न जानेनन् । स्थानीय प्रजातिका बीउबिजन संरक्षणका केही पहल अवश्य भए । यसमा लि–बर्ड नामक संस्थाले कास्कीकोरूपा जलाधार क्षेत्रमा स्थानीय समुदायसँग मिलेर गरेको पहल, विज्ञ प्रताप कुमार श्रेष्ठ तथा दीपक रिजालको सिड ब्याङ्क स्थापना गर्ने प्रयास सराहनीय छ । त्यस्तै बालीनालीमा लाग्ने रोग र कीराको प्रकोप घटाउन केही जैविक विकल्पहरूको प्रयोग भएको छ । उदाहरणका लागि इलामको सुल्बुङ गाविसमा जैविक खेतीको थालनी भएको छ, त्यस्तै स्थानीय प्रजातिका बीउ संरक्षण र प्रयोगको थालनी रसुवाको भोर्ले गाविसमा भएको छ तर यी नगन्य थालनी पर्याप्त भएनन् र परीक्षण किताबी ज्ञानमै सीमित रह्यो ।

बीउमािथको परनिर्भरता घटाउन र आफ्नो स्वतन्त्र प्रयोग गर्ने अधिकार हनन हुन नदिन छिमेकी राष्ट्र भारतमा डा. बन्दना शिवाले एकखाले अभियान चलाइन् । सो अभियान किसानले कसरी बीउका स्थानीय प्रजातिलाई आवश्यकता अनुसार सुधारिएको प्रजातिमारूपान्तरण गर्न र बीउको सुरक्षित भण्डारणको बारेमा जनचेतना फैलाउन सक्छन् भन्ने कुरा मा केन्द्रित थियो । बीउ माथिको स्वतन्त्र अधिकार कायम गर्नु यो अभियानको मुख्य उद्देश्य हो ।

गोरखपुर शहर आसपासका विभिन्न गाउँमा ‘गोरखपुर इन्भारोन्मेन्टल एक्सनग्रुप’ले प्रशंसनीय काम गरयो– बीउ माथिको परनिर्भरता घटाउन । संस्थाले क्याप्यिरगञ्ज, जङ्गल; कौडिया लगायतका ब्लकहरूमा वर्णशङ्कर बीउलाई सुधारिएको प्रजातिमा परिवर्तन गर्दै प्रयोग गरयो । सो प्रयोगले बीउ भण्डारण गरी पुनः प्रयोग गर्न सकिने र वर्णशङ्कर बीउ प्रयोग गर्नु नपर्ने बनायो । साथै संस्थाले खेत डुवानमा परेको बेला समेत लगाउन सकिने तथा खडेरी सहने अन्न एवं तरकारीका नयाँ प्रजातिको पनि विकास गरयो ।

अर्को उदाहरण भारतको अरुणाञ्चल तथा उत्तराखण्ड राज्य अन्तर्गतका क्षेत्रहरूमा एकीकृत रोग तथा कीरा नियन्त्रण कार्यक्रमको अवधारणा हो । यसमा स्थानीय प्रजातिका धानको खेती भिरालोगह्रा–गह्रा बनाएर गरिएको छ, मलको रूपमा पशुवस्तुको मल तथा झरपात कुहाएर प्रयोग भएको छ । धानको जरामा लाग्ने कीरा नियन्त्रण गर्न धान खेतमा विभिन्न जातका माछापालन गरिएको छ; यसो गर्दा माछाका निम्ति छुट्टै दानाको व्यवस्था गर्नु पर्दैन । यस्ता प्रयासले रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग घटाउँछ र माटोको गुणस्तर कायम राख्छ ।

यदि यसखाले प्रविधिलाई मदनपोखरा र अन्य क्षेत्रहरूमा भित्रयाउने र प्रयोग गर्ने हो भने भविष्यमा स्थानीय प्रजातिका बीउको संरक्षण तथा प्रयोगमा प्रोत्साहन मिल्छ । बीउमा देखि एको परनिर्भरता क्रमशः कम हुँदै जाने, रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग घट्छ ।

जलवायु परिवर्तनको असरबाट कुनै पनि क्षेत्र टाढा छैन । विश्वव्यापी रूपमा कृषि, वनजङ्गल, पानीका स्रोतहरू लगायत दैनिक जीविकोपार्जनका भिन्न आयामहरूमा यसले प्रभाव पारेको छ । हालको परिवेशमा विकसितभन्दा विकासोन्मुख मुलुकहरू ज्यादा प्रताडित छन् । यस्ता मुलुकले खाद्य सुरक्षाको कमजोर अवस्थालाई सुधार्ने क्रममा बीउविजनको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ ।

(सत्याल आइसेट–नेपालमा अनुसन्धान सहायकका रूपमा कार्यरत छन् ।)



 

commercial commercial commercial commercial