खैराती मास्टर

प्रख्यात साहित्यकार हृदयचन्द्रसिंह प्रधान (वि.सं. १९७२–२०१६) ले २०१२ सालमा एउटा नेपाली शिक्षकलाई मुख्य पात्र बनाई लेखेको यो एकाङ्कीले तत्कालीन नेपालको शिक्षा र शिक्षकको अवस्था मात्रै बताउँदैन, त्यतिबेलाको राजनीतिक र सामाजिक परिवेशको पनि राम्रो झ्ल्को दिन्छ ।

चारवटा एकाङ्की संग्रह (छेउ लागेर, गंगालालको चिता, उनी देवता हुन्, कीर्तिपुरको युद्धमा); दुई वटा उपन्यास (स्वास्नी मान्छे र एक चिहान); पाँच वटा निबन्ध संग्रह (भूस्वर्ग, तीस रुपैयाँको नोट, जुँगा, कुरा साँचो हो, अफसोस) र कथा, समालोचना तथा व्याकरणका समेत गरी डेढ दर्जन कृतिका लेखक स्वर्गीय प्रधान यथार्थवादी साहित्यकारका रूपमा सुपरिचित छन् ।

commercial commercial commercial commercial