एउटा माष्टरको विज्ञापन

राणा प्रधानमन्त्री जङ्गबहादुर वि.सं. १९०७ मा बेलायत र फ्रान्स भ्रमण गरी नेपाल फर्किए । उनलाई त्यहाँको शिक्षा पद्धतिले तानेर होला परिवारका छोरा, भतिजाहरूलाई शिक्षा दिन वि.सं १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भुइँतलामा एउटा स्कूल खोल्न लगाए । यसको उद्देश्य आफ्नो परिवारलाई अङ्ग्रेजी भाषाको शिक्षा दिनु थियो तर यो नै कालान्तरमा नेपालको पहिलो औपचारिक शिक्षालयका रूपमा परिणत भयो । विद्यालय सञ्चालनका लागि रोस र क्यानिङ नामक दुईजना व्यक्ति भारतबाट झ्किाइएका र उनीहरूकै सहयोगमा यस स्कूलको विकास तथा विस्तार भएको मानिन्छ । दरबारका मान्छेले पढ्ने र दरबारभित्र खोलिएको ‘दरबार स्कूल’ थापाथलीपछि कहिले जमल तथा कहिले नारायणहिटीमा सर्दै राणा परिवारका आफन्तहरूलाई शिक्षित बनाउँदै गयो । १९३३ मा रणोद्दीप सिंहले राणा शासन वा सरकारसँग पहुँच राख्न नसक्ने राणा परिवारभन्दा बाहिरका व्यक्तिहरूलाई पनि शिक्षा दिने गरी स्कूललाई केही हदसम्म सार्वजनिक गरे । वि.सं. १९४८ मा यसले रानीपोखरी छेउमा आफ्नै स्थायी भवन पायो । १९५७ सालमा देवशमशेरले यो स्कूलमा सर्वसाधारण जनताका छोराछोरीले समेत पढ्न पाउने व्यवस्था गरेपछि यो नेपालको सबैभन्दा पुरानो तथा महत्वपूर्ण सार्वजनिक शैक्षिक थलोको रूपमा चिनियो ।

ब्रिटिश राज्यले भारतमा समेत स्कूल, कलेजको निर्माण तथा पठनपाठनमा जोड दिइरहेको बेला ब्रिटिश राज्यसँग निकै नजिकको सम्बन्ध रहेको राणाकालीन सरकारले भने नेपालको शैक्षिक विकासमा उति उत्साह देखाएन । वि.सं. २००७ सम्म भारतमा २० वटा विश्वविद्यालय खुलिसकेको अवस्थामा नेपालमा त्रिचन्द्र कलेजले मात्र उच्च शिक्षा दिने काम गरिरहेको थियो । स्कूलका हकमा सबै प्रकारका गरेर ३०० जति मात्र अस्तित्वमा थिए ।

संस्थागत रूपमा विद्यालयहरू खुल्नुभन्दा पहिलेदेखि नै नेपालमा गुरु–शिष्य प्रकृतिको शिक्षा परम्पराको विकास भने भइसकेको थियो । वि.सं. १९३० तिर भोजपुरको दिङ्लामा षडानन्द अधिकारीले संस्कृत पाठशाला सञ्चालन गरिसकेका थिए । आफ्ना छोराछोरीलाई पढ्नका लागि गुरुको घरमा पठाउने वा घरमै शिक्षक बोलाएर विद्या दिने चलन विशेषतः सम्पन्न वर्ग र शहर–बजारमा व्यापक भइसकेको थियो । कतिपय शिक्षितहरूले चाहिं हालको ‘ट्युसन’ भने जस्तै घरमै विद्यार्थी भेला गरेर शिक्षा दिने काम गर्थे । स्कूल पद्धतिभन्दा बाहिर शिक्षा दिने यस्तो प्रचलनमा विशेषतः बङ्गाली शिक्षकहरूको योगदान रहेको थियो । नेपालभित्र पढेलेखेका व्यक्तिहरूको कमीले गर्दा शुरूमा भारतबाट झ्किाइएका यस्ता शिक्षकहरूले नै शैक्षिक संस्थाका शिक्षकका रूपमा विद्यालय तथा घरघरमा पुगेर शिक्षा दिने मास्टरजीका रूपमा आफ्नो पेशा गरिरहेका थिए । खास सम्पर्क सूत्रको प्रयोग गरेर यस्ता शिक्षकहरूलाई घरमा पढाउन बोलाउने गरिन्थ्यो । तर, ट्युसनको बजारमा प्रतिस्पर्धा बढेर हो वा अन्य कुनै कारणले हो, वि.सं. १९५८ आषाढ ८ को गोर्खापत्र मा एउटा यस्तो विज्ञापन देखा पर्‍योः

यो विज्ञापन गर्ने माष्ट’साबले आफू बीए फेल भएको कुरा इमानदारीपूर्वक खुलाएका छन् । अर्को कुरा; जागिर खान आवश्यक पर्ने ‘हैसियत’ देखाउन कमाण्डर कर्णेल फौदसी खत्री क्षेत्रीलाई ‘रेफरेन्स’का रूपमा प्रयोग गरिएको छ भने उनका नातिहरूलाई पढाइरहेकोले आफ्नो योग्यता र अनुभव पुगेको कुरा पनि अप्रत्यक्ष रूपमा भनिएको छ । पढाउँदा कति फिस लिने भत्रे कुरा उल्लेख गरिएको छैन तथापि आफ्नो ठेगाना सहित फिसको कुरा उठाइएको छ र राम्रोसँग पढाउने वाचा गरिएको छ ।

१९५८ वैशाख २४ मा गोर्खापत्र को पहिलो अंक प्रकाशित भएपछि धेरै समयसम्म गोर्खापत्र मा फाटफुट मात्र विज्ञापनहरू देखा पर्छन् । विज्ञापनको कम महत्व भएको वा विज्ञापन नै नगरिने त्यस जमानामा ‘ट्युसन–माष्टर’ का निम्ति विज्ञापन गरिनुको अर्थ पढ्न–लेख्न जात्रेको घरमा पत्रिका जाने र उनीहरूले यaसै विज्ञापनका आधारमा शिक्षकसँग सम्पर्क राख्ने आशा गरिएको हुन सक्छ ।
 

commercial commercial commercial commercial