“छात्रावस्था तथा शिक्षकको कर्तव्य”

जुन राष्ट्र र जातिको उत्कर्षको इतिहास हामी देख्तछौं, शिक्षा नै उन्नतिको मूल साधन पाइन्छ । यसैले यो निश्चित छ कि विना जनसमुदायका शिक्षित हुनाले कुनै पनि राष्ट्र तथा जातिको प्रतिष्ठा बढ्न सक्दैन । जापानको आश्चर्यजनक उन्नति पनि एक मात्र शिक्षाका कारणले नै भएको हो । जापानका बादशाहले आफ्ना देशका दुनियाँ जवानहरू अरू अरू देश–देशावरमा नगइकनै आफ्नै देशमा सबै प्रकारका शिक्षा पाई प्रवीण कारीगर बन्न सकून् भन्नाका लागि आफ्ना देशका सर्वत्र प्रान्त–प्रान्तमा असंख्य शिल्प, कृषि र व्यापारिक संस्थाहरू खोलिदिए । उच्च उच्च कक्षाका शिक्षा दिने भएका शिल्पी संस्थाहरू ठूला ठूला महत्वका स्थानहरूमा स्थापित गराई उनमा योग्यता पूर्ण भएका अनुभवी शिक्षकहरू राखिए ।

सारांश यो हो कि, शिक्षक नै वास्तवमा राष्ट्र निर्माता हो । शिक्षकले जतातिर समाजलाई लैजान चाहन्छ, लैजान सक्दछ । किनकि, व्यक्ति समाजको एक अंग हो, अनि व्यक्तिका उपर छात्रावस्थामा शिक्षकको कुन प्रभाव रहन्छ, पाठकहरूमा छिपेको छैन । छात्रको बाल्यावस्था काँचा माटाका समानको छ । जस्तै कुम्हाले माटाका गुणानुसार जस्तो गाग्रो बनाउन चाहन्छ, बनाउन सक्दछ । शिक्षक पनि उस्तै प्रकार बालकका जीवनलाई जस्तो बनाउन चाहन्छ, बनाउन सक्तछ । जस्तै कुम्हाले माटाका गुण अवगुण उपर विचार गरेर भाँडा बनाउँदछ, उस्तै प्रकार हाम्रो प्रार्थना छ, शिक्षक पनि बालकका मनमा रूचिलाई राम्ररी हेरी विचारी शिक्षा दिने गरून् ।

“शिक्षा सम्बन्धी कुराहरूमा शिष्यका योग्यताको विचार ठूलो महत्वको छ । बालकको योग्यता, विशेष गरेर उसको रूचि, कुल र मानसिक तथा शारीरिक स्थितिका उपर निर्भर छ । यो विषय गहन, उपयोगी र महत्वपूर्ण छ । यसका साथ यो पनि मनन गर्नु योग्य छ कि शिक्षामा पाठ्यक्रम कस्तो प्रकारको हुनुपर्दछ, अनि शिक्षा प्रणाली कस्ता हिसाबको रहनुपर्दछ ।


छात्रको बाल्यावस्था काँचा माटाका समानको छ । जस्तै कुम्हाले माटाका गुणानुसार जस्तो गाग्रो बनाउन चाहन्छ, बनाउन सक्दछ । शिक्षक पनि उस्तै प्रकार बालकका जीवनलाई जस्तो बनाउन चाहन्छ, बनाउन सक्तछ । जस्तै कुम्हाले माटाका गुण अवगुण उपर विचार गरेर भाँडा बनाउँदछ, उस्तै प्रकार हाम्रो प्रार्थना छ, शिक्षक पनि बालकका मनमा रूचिलाई राम्ररी हेरी विचारी शिक्षा दिने गरून् ।


“शिक्षकले ध्यान दिनुपर्दछ कि यस अवस्थामा शरीर शीघ्रताका साथ बढ्दछ । साना साना स्नायु, पञ्जातन्तु पूर्णावस्थामा रहँदैनन्, यसैकारण मिहीं मिहीं काम बालकहरू गर्नै सक्तैनन् । उदाहरणार्थ— सियोमा धागो हाल्नु, मसिना अक्षर लेख्नु इत्यादि । यदि बालकहरूसित यस अवस्थामा कुनै ठूलो काम लिइयो भने उसको शारीरिक अवस्थाका उपर केही न केही प्रभाव अवश्यमेव पर्नेछ ।

“यस समयमा बालकको ध्यान तात्कालिक कुराहरूमा रहन्छ । लोभ्याउने वस्तुहरूका उपर उनीहरूको ध्यान आफैं आफ जान्छ । यस अवस्थामा तार्किक र कार्य कारण भाव जान्नाको शक्ति रहँदैन । जे आँखाका अगाडि देखिन्छ, उसैतिर मन जान्छ । मस्तिष्कका आन्तरिक रचनामा जुन भिन्नता तरुणावस्थामा हुने हुन्छ, उसको प्रारम्भ पनि यसै अवस्थादेखि नै हुन्छ ।

ज्ञानेन्द्रियहरूको शक्ति तिखो हुँदै जान्छ । असल र खराब चालचलनको बानी पर्नाका लागि पनि यही समय मुख्य हो । मानसिक र नैतिक व्यापार, जो आफैं आफ हुने गर्दछन्; उनीहरूलाई आदत (बानीहरू) ले बन्धनमा पार्नाका लागि यही समय विशेष उपयुक्त छ । नयाँ बानीहरू पार्नाका लागि र घटिया बानीहरू छुटाउनका लागि यो समय बहुतै उपयोगी छ । वास्तवमा जुन घटना बाल्यकालमा घट्तछ, उसको स्मरण वृद्धावस्थासम्म रहन्छ । अनि यस अवस्थामा शाब्दिक–स्मरणशक्ति बहुतै उज्ज्वल रहन्छ । प्रामाणिकता, स्वच्छन्दता उद्योगप्रियता यसै कोमल अवस्थामा दिनुपर्दछ । शिक्षकका उपर विश्वास राखी बालकहरू नीति र अनीतिको अनुकरण या अनुसरण गर्दछन् । किनकि यसको उनीहरू स्वतन्त्रताले विचार गर्न सक्तैनन् ।

आत्मसंरक्षण, वंशवृद्धि जाति सम्बन्धी मनोविचारका अंकुर यसै समयमा (अंकुरित हुन या फुट्न) लाग्दछन् । यो अवस्था कस्तो महŒवपूर्ण र कमजोर छ भने शिक्षक (माता–पिता–गुरु आदि र मान्यजन) का अलिकता प्रमाद या उदासीनता–सुस्तीले पनि समाजका उपर के–कस्तो असर पर्न जाला, विचारवान गुणीजन स्वयं विचार गरून् ।

“वर्तमान शिक्षाबाट भारतको के कस्तो लाभ भएको छ । सो पनि ज्ञान नै भएको छ । शारीरिक–शक्तिको दिन परदिन ह्रास हुँदै गइरहेको छ । भारतवर्षमा रोग, वृद्धता र मृत्यु आर्त प्राणीहरूको प्राणधार छ । हामीहरूलाई रोगी भइरहनामा आनन्द, वृद्ध हुनमा घमण्ड र मृत्युका आलिङ्गनमा–अमरानन्द भास हुन्छ ।

स्रोतः गोर्खापत्र, वि.सं. १९८२ वैशाख १५, पृष्ठ ३
सौजन्यः दीपक अर्याल÷मदन पुरस्कार पुस्तकालय



 

commercial commercial commercial commercial