उदयपुरका ३१ विद्यालय नील

गएको एसएलसीमा सामेल उदयपुरका १३३ माविमध्ये ३१ विद्यालय नील गएको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ । ती स्कूलबाट एसएलसी दिएका ६ हजार ३५२ परीक्षार्थीमध्ये ९६१ जना मात्र उत्तीर्ण भए । अघिल्लो वर्षको एसएलसीमा पनि २७ वटा विद्यालय ‘नील’ गएको समाचार शिक्षक मासिकमा छापिएको थियो । यसपालि यो संख्या बढेर ३१ पुगेको छ ।    

उदयपुरमा यो वर्ष एसएलसीमा ‘नील’ खाने विद्यालयहरूमा मावि भारतजोर पाबु रौता, सरस्वती मावि मालबाँसे पोखरी, मैनामैनी मावि मूलगाउँ, भगवती मावि मसुहरनिया, जनविकास मावि भीमा, थानपोखरी उमावि ज्यामिरेझेर, उमावि सिवाइ सुन्दरपुर, शिव मावि सुन्दरपुर, मावि साउने, मावि भोर्ले चिलाउने, रसुवा उमावि भुट्टार, जनता मावि नौले कर्कुसे, उमावि झ्ल्किे पोखरी, उमावि छिन्द्रिङ्गखोला बर्रे, पञ्चावती मावि खसिबास, जनमुखी मावि बसेरी, महेन्द्रदीप मावि ताम्लिछा, मावि बासबोटे, मावि लिम्फाटार, मावि फुस्रेपीपल भञ्ज्याङ्ग, जनता उमावि रसुवा लाफागाउँ, महेन्द्र मावि रसुवा पोखरी, कौशिका मावि धर्मे लाफागाउँ, मावि पटनाभञ्ज्याङ्ग, जनता मावि लुगिनटार, शारदा मावि चौदण्डी, पशुपति उमावि आँपटार, जनता मावि बरुवा डहर, कालिकादेवी मावि कालीमाटी, मावि भुँवरे पञ्चावती र जनकल्याण मावि रूपाटार रहेका छन् । यी स्कूलका एक जना परीक्षार्थी पनि एसएलसी उत्तीर्ण हुन सकेनन् ।

सारै कम बजेट लगानी भए पनि एउटा माविमा वार्षिक न्यूनतम २५ लाख खर्च भएको हुन्छ । तर, आफ्नो विद्यालयबाट एक जना परीक्षार्थी पनि सफल तुल्याउन नसकेर यी स्कूलले सरकारी लगानी मात्र खेर फालेका छैनन्, अभिभावकको लगानी पनि माटोमा मिलाइदिएका छन् । यसपालिको एसएलसीको राष्ट्रिय नतीजा चाहिं ४१ प्रतिशत छ ।

काठमाडौं

commercial commercial commercial commercial