घरपायकः घातक !

शिक्षामा उन्नति हुनु राष्ट्रको उन्नति हो । आम समुदायको शिक्षाको स्रोत भनेको सामुदायिक विद्यालय हो । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिमा परिवर्तन ल्याउने मुख्य कालिगड भनेको शिक्षक हो । आजका शिक्षकले आफ्नो पेशालाई आत्मीय हिसाबले लिएका छैनन् । पेशालाई तलब आर्जन गर्ने स्रोतको रूपमा लिनेमा विशेष गरी स्थानीय शिक्षकहरू पर्छन् ।

स्थानीय शिक्षकहरूका अनेकौं पेशा हुन्छन् । जस्तै वैदेशिक रोजगारमा पठाउने म्यानपावर ओभरसिजका मालिक, एजेन्ट, विभिन्न गैरसरकारी संघसंस्थाका कर्मचारी, वित्तीय संस्था संचालक, नेट बिजनेस संचालक, घरघडेरी प्लटिङका एजेन्ट, व्यापारी, किसान लगायत खेतीपाती तथा आफ्नो घरायसी काम आदिमा बढी समय र ध्यान दिने गर्दछन् । जसले गर्दा कक्षाकोठामा बालबालिकाले हासिल गर्नुपर्ने शैक्षिक उपलब्धिहरू हासिल गर्न नसकी राष्ट्रलाई ठूलो शैक्षिक क्षति भइरहेको छ । यसतर्फ राज्य तथा शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबैको ध्यान पुग्नु आवश्यक छ ।

त्यसनिम्ति एक व्यक्ति एक पेशा हुनु आवश्यक छ । राज्यको कोषबाट तलबभत्ता खाई शैक्षिक क्षति पु¥याउने कुनै पनि राष्ट्रसेवक, शिक्षक, कर्मचारीलाई दण्डित गर्नु अहिलेको आवश्यकता भएको छ । हाम्रो शैक्षिक समस्याको मूल जड भनेको स्थानीय (घरपायक) शिक्षक हो । तसर्थ शिक्षकलाई निजामती कर्मचारीसरह सेवासुविधा दिंदै पचहत्तरै जिल्लामा सरुवा गर्ने व्यवस्था हुनुपर्छ । मावि शिक्षकलाई देशभरि, निमावि र प्रावि शिक्षकलाई क्षेत्र र अञ्चलभरि सरुवा गर्ने प्रावधान हुनुपर्छ । अनि मात्र शिक्षकले आफूलाई राष्ट्रसेवक ठानेर असल पेशाकर्मी बन्ने प्रयास गर्नेछन् । असल पेशाकर्मीको पदचिन्ह पछ्याउने छन् । अनि मात्र सामुदायिक विद्यालयको शिक्षास्तर माथि उठ्नेछ ।

जनविकास प्रावि, चोथ्रे, लक्ष्मीपुर, सल्यान

commercial commercial commercial commercial