प्रभावकारी सिकाइका उत्प्रेरक मार्ग

कुनै पनि किताब या पाठ त्यतिवेला राम्रो, ज्ञानबद्र्धक र उपयोगी लाग्छ जब पाठकले त्यसलाई रमाई–रमाई अध्ययन गर्छ र लेखकले दिन चाहेको ज्ञान पूर्णरूपले प्राप्त गर्छ । किताब–पाठमा रमाउनको लागि पाठक वा विद्यार्थीलाई आन्तरिक तथा बाह्य उत्प्रेरणा जरूरी हुन्छ । उत्प्रेरणा विनाको पढाइ न आनन्ददायी हुन्छ न त ज्ञानबद्र्धक नै । शिक्षक तथा बालबालिका दुवैलाई सिक्ने–सिकाउने कार्यमा सक्रिय बनाई पाठ्यक्रमले लिएको उद्देश्य पूरा गराउन निम्न २१ वटा सजिला उत्प्रेरणाका तरिकालाई प्रयोगमा ल्याउँदा सिकाइ प्रभावकारी हुन सक्दछ ।

क) बालबालिकालाई नियन्त्रणको आभास
बालबालिकालाई पाठ या काममा सक्रिय रूपमा सहभागी गराउनको लागि उनीहरूलाई एकातिर उत्प्रेरित गरिरहनुपर्छ भने अर्कातिर नियन्त्रणमा राख्नु पनि त्यत्तिकै जरूरी हुन्छ । यसले विद्यार्थीहरूलाई कक्षा–कार्यको चयन गर्न, अनुशासित र लगनशील भएर समस्या समाधान गर्न मद्दत गर्छ ।

ख) सिकाइ उद्देश्यलाई स्पष्ट पारौं
सिकाइलाई प्रभावकारी बनाउन तथा बालबालिकालाई त्यसमा सक्रिय सहभागी गराउन, कार्य शुरू गर्नुपूर्व सिकाइको उद्देश्य बारे राम्ररी प्रकाश पार्नुपर्छ । नीतिनियम तथा उद्देश्यमा स्पष्टता आएपछि विद्यार्थीहरू उद्देश्य हासिल गर्न निरन्तर उत्प्रेरित हुने र लगनशील भएर कार्य पूरा गर्न प्रयासरत रहने गर्छन् ।  

ग) बालमैत्री वातावरण सृजना गरौं
विद्यालय तथा कक्षाकोठा बालमैत्री बनाउनु अति महŒवपूर्ण हुन्छ । बालबालिकाको दिमागमा कुनै किसिमको शारीरिक, मानसिक तथा संवेगात्मक भय, डर र त्रासको वातावरण हुनुहुँदैन । मनमा भय, डर र त्रास भयो भने उनीहरूको सारा ध्यान त्यसैमा केन्द्रित रहन्छ । सिकाइको वातावरण नै बन्दैन । शिक्षकको डर वा भयको कारणले एकछिन पढे जस्तो गरे पनि वास्तविक सिकाइ हुन सक्दैन । वास्तविक सिकाइको लागि बालबालिकाको वरिपरि रहने शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण वातावरण नै बालमैत्री हुनुपर्छ ।

घ) आफ्नो ‘सिन’ तथा दृश्य परिवर्तन गरिराखौं
सिकाइ प्रक्रियामा आसपासको वातावरणले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकालाई सधैंभरि उही एउटै बेन्च, डेस्क, कार्पेट वा कोठाभित्र बस्दा र काम गर्दा उराठ लाग्दछ; त्यसकारण उनीहरूलाई उत्प्रेरित गर्नको लागि समय सन्दर्भ अनुसार अध्ययन गर्ने वातावरणमा पनि परिवर्तन ल्याउनु जरूरी हुन्छ । कहिलेकाहीं विद्यार्थीहरू कक्षाकोठा बाहिर जाँदा परियोजना कार्य पनि हुने, वास्तविक विषयवस्तु हेरेर, छोएर ज्ञान पनि पाउने भएकोले त्यस्तो अपनाउनु अति महŒवपूर्ण हुन्छ । समय समयमा पायक पर्ने नदी किनार, जंगल, नजिकको बजार, धार्मिक तथा ऐतिहासिक स्थलमा लगी अध्ययन गर्ने–गराउने दृश्यमा परिवर्तन ल्याउँदा राम्रो हुन्छ । यसले अध्ययन तथा अध्यापन कार्यमा थप उत्प्रेरणा प्रदान गर्छ ।

ङ) व्यावहारिक अनुभव साट्नु
शिक्षकले विद्यार्थीलाई किताबको कुरा मात्र दियौं भने हामी डाँकिया (हुलाकी) मात्र हुन्छौं । हामी शिक्षक हौं त्यसकारण हामीले विद्यार्थीसँग आफ्नो बुझइ, विचार र अनुभव पनि साट्नुपर्दछ । आफ्ना तथा बालबालिकाका अनुभव साटासाट गर्दा बालबालिकाको बुझइ स्पष्ट हुँदै जान्छ । र; सिक्ने प्रक्रिया अझ् मजबूत बन्दै जान्छ । यसले बालबालिकामा एककिसिमको भित्री उत्प्रेरणा पनि थप्दै गएको हुन्छ ।

च) सकारात्मक प्रतिस्पर्धाको विकास गरौं
ठाडो प्रतिस्पर्धाले एक जनालाई अगाडि बढ्ने अवसर प्रदान गर्छ भने अर्कोलाई मानसिक रूपमा दबाउने कार्य गरेको हुन्छ । त्यसकारण शिक्षकले सधैं सकारात्मक प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुपर्दछ । हामीले बालबालिकालाई थप मिहिनेत गर्न, थप काम गर्न प्रोत्साहित गर्नुपर्दछ, न कि कमजोर विद्यार्थीसँग तुलना गरेर उसको मानसिकतालाई गिराउने काम । बालबालिकालाई सकारात्मक रूपमा प्रतिस्पर्धी बनाउन सक्ने हो भने उनीहरू स्व–उत्प्रेरित भइरहन्छन् र राम्रो काम गर्न थप प्रेरित हुन्छन् ।

छ) पुरस्कार प्रदान गरौं
कक्षा तथा विद्यालयमा राम्रो काम गर्ने बालबालिकालाई पुरस्कार दिने व्यवस्था मिलाउनुपर्दछ । पुरस्कार ठूलै हुनुपर्छ भन्ने छैन । यो एउटा सानो ट्रफी, स्याबास, सामान्य अवसर जस्तै सिनेमा हेर्ने अवसर, कार्यक्रममा भाग लिने अवसर आदि हुन सक्दछन् । पुरस्कार दिंदा हामीले आन्तरिक उत्प्रेरणा जगाउने किसिमले दिनुुपर्छ । विद्यार्थीमा आन्तरिक उत्प्रेरणा जाग्न सकेन भने उनीहरू परनिर्भरतातर्फ उन्मुख हुन सक्छन् । त्यसकारण पुरस्कार दिंदा ध्यान पु¥याएर दिनुपर्दछ ।

ज) बालबालिकाहरूलाई जिम्मेवारी प्रदान गरौं
बालबालिकाहरूमा नेतृत्वसीपको विकास अति नै जरूरी हुन्छ । त्यसैले उनीहरूलाई जहिले पनि नेतृत्व गर्ने जिम्मेवारी दिइरहनुपर्दछ । त्यसबाट उनीहरूमा काम गर्ने तथा नेतृत्व लिन सक्ने क्षमताको विकास हुन्छ । आफ्नो नेतृत्व वा अगुवाईमा काम हँुदा सहजता महसूस गर्नुको साथै जोस–जाँगरमा पनि वृद्धि हुन्छ । त्यसकारण कक्षाकार्य, परियोजना कार्य, अतिरिक्त क्रियाकलाप गर्न–गराउन विद्यार्थीलाई नै जिम्मेवारी दिनुपर्दछ । शिक्षकले सहयोगी र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ । बालबालिकाहरूले आफैं काम गर्दा भित्रैबाट एककिसिमको उत्प्रेरणा प्राप्त गर्छन् जसले त्यस्तो कार्य गर्न अझ् प्रोत्साहित गरेको हुन्छ ।

झ्) बालबालिकाहरूलाई सँगै तथा समूहमा काम गर्ने अवसर
बालबालिकाहरू किताबको अक्षर भन्दा विद्यालयमा केही कुरा गर्न बढी मन पराउँछन् । गरेर सिकेको ज्ञान दिगो र प्रभावकारी हुन्छ । काम गर्दा बालबालिकाहरूलाई सँगै राखेर आफू पनि गर्ने उनीहरूलाई पनि गर्न लगाउन सकिन्छ । विद्यार्थीहरूको समूह विभाजन गरेर पनि काम लगाउन सकिन्छ । तर काममा लगाउँदा लक्ष्य तथा नीतिनियमबारे स्पष्ट पार्नु जरूरी हुन्छ । जस्तै शैक्षिक सामग्री निर्माण गर्दा, विद्यालयको सरसफाई गर्दा, विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा उनीहरूलाई काम गर्ने अवसर दिनुपर्छ ।

ञ) सफलताको प्रशंसा गरांै
मानिस प्रशंसाको भोको हुन्छ । बालबालिकाले पनि आफूले गरेको कार्यको प्रशंसा चाहेका हुन्छन् । शिक्षकले बालबालिकाहरूले गरेको राम्रो कामको कक्षाकोठाभित्र, शिक्षकको अगाडि, सार्वजनिक समारोह तथा अभिभावकहरूको अगाडि प्रशंसा गरेर उनीहरूलाई अझ् उत्साहित बनाएर थप राम्रा काम गराउन सकिन्छ । शिक्षकले जहिले पनि बालबालिकाका राम्रा पक्षलाई लिएर सकारात्मक प्रशंसा गर्नुपर्दछ । यसबाट बालबालिकाहरूलाई भविष्यमा थप राम्रो काम गर्न र राम्रो बन्न उत्प्रेरणा प्रदान गर्ने भएकोले यसमा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

ट) स्वाध्ययनलाई प्रोत्साहन गरौं
सबै बालबालिकाहरू राम्रो काम गर्न चाहन्छन्, सफल हुन चाहन्छन् । तर सही बाटो पहिल्याउन मुश्किल हुन्छ । शिक्षकले पथप्रदर्शकको रूपमा बालबालिकाहरूको सबल पक्ष तथा सुधार गर्नुपर्ने पक्षको पत्ता लगाई सही मार्गदर्शन दिन सक्नुपर्दछ । बालबालिकाहरूको लागि सही मार्ग पहिल्याई उद्देश्य किटान गर्न मद्दत गर्नुपर्दछ । काम गर्न उत्साहित गर्नुपर्दछ । यसले बालबालिकाहरूको सिकाइमा थप उत्प्रेरणा प्राप्त हुन्छ ।

ठ) शिक्षक आफैं उत्साहित बनौं
शिक्षक विद्यार्थीको लागि मार्गदर्शक हो । त्यसैले विद्यार्थीको अगाडि शिक्षकले आफूलाई सधैं उदाहरणीय रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । शिक्षकका हरेक क्रियाकलापबाट बालबालिकाहरू सिकिरहेका हुन्छन् । अतः एवं शिक्षकले आफैं सक्रिय हुन र आफूसँग भएको अनुभव, ज्ञान, सीप दिन कदापि पनि कन्जुस्याईं गर्नुहुँदैन । बालबालिकासँग हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, बालबालिकाहरूलाई सधैं सहयोग गर्ने र सहजीकरण गर्ने कार्य निरन्तर गरिरहनुपर्छ ।

ड) विद्यार्थीलाई चिनौं–जानौं
शिक्षक जति बालबालिकासँग नजिक हुन सक्यो त्यति नै सिकाइ कार्य प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीको नाम मात्र सम्झ्ेर पुग्दैन, तिनको इच्छा, चाहना तथा घरायसी परिवेशसँग समेत परिचित हुनुपर्ने हुन्छ । जब विद्यार्थी शिक्षकसँग नजिक हुन्छ; उसले आफूलाई सुरक्षित अनुभव गर्छ । बालबालिकाको वास्तविकता र मनोदशा राम्ररी बुझ्ेका शिक्षकले नै बालबालिकाको अप्ठ्यारो हटाइदिन सक्छन् । शिक्षक र विद्यार्थीको राम्रो सम्बन्ध र एकअर्काबाट नजिक रहेर कार्य गर्दा सिकाइ प्रक्रिया प्रभावकारी र थप प्रेरणादायी हुन सक्दछ ।

ढ) सिकाइलाई विद्यार्थीको इच्छा र चाहनासँग जोडौं
विद्यार्थीको इच्छा वा चाहनासँग सिकाइको तालमेल भएन भने उनीहरू सिकाइप्रति उत्प्रेरित हँुदैनन् । यसर्थ विद्यार्थीको चाहना अनुसार शैक्षिक सामग्रीको प्रयोग र तिनको इच्छा अनुसारको सिकाइ तरिका अपनाउनुपर्ने हुन्छ ।

ण) आन्तरिक उत्प्रेरणाको लागि बालबालिकालाई सहयोग गरौं
उत्प्रेरणा दिनु राम्रो हो तर बालबालिकालाई सधैंभरि उत्प्रेरणा दिइरहनुप¥यो भने त्यसले पनि परनिर्भरता निम्त्याउन सक्दछ । तसर्थ बालबालिकालाई शुरूमा उत्प्रेरणा दिएर पछि त्यो काम स्वस्फूर्त रूपमा गर्न सक्ने बनाउनुपर्दछ । बालबालिकाहरूमा स्वस्फूर्त उत्प्रेरणा भएन भने सिकाइलाई माया गर्दैनन्, उनीहरू सधैंभरि उत्प्रेरणा अर्थात् कुनै पुरस्कार, प्रशंसा आदिको खोजीमा हुन सक्दछन् । त्यसैले शिक्षकले बाह्य भन्दा आन्तरिक उत्प्रेरणा जगाउन विद्यार्थीलाई सहयोग गर्नुपर्छ ।

त) विद्यार्थीको चिन्ता र चासोलाई व्यवस्थापन गरौं
विद्यार्थीले कुनै विषयमा लिएको चिन्तालाई शिक्षकले सही ढंगले व्यवस्थापन गर्न सक्नुपर्दछ । अनि मात्र शिक्षक माथि बालबालिकाको विश्वास बढ्दछ । हरेक चिन्ता र चासोको व्यवस्थापन भएको खण्डमा मात्र विद्यार्थीले सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित गर्न सक्दछ ।

थ) लक्ष्य ठूलो तर प्राप्त गर्न सकिने बनाऔं
बालबालिकालाई अध्ययनको लक्ष्य निर्धारण गर्न शिक्षकले सहयोग गर्नुपर्दछ । लक्ष्य निर्धारण भएन भने मन लागे काम गर्ने नलागे नगर्ने व्यवहार गर्न सक्छन् । लक्ष्य जहिले पनि ठूलो राखिनुपर्छ जसले बालबालिकालाई कडा मिहिनेत गर्न प्रेरित गरोस् । तर लक्ष्य प्राप्त गर्नै नसक्ने तथा अस्पष्ट किसिमको भने हुनुहुँदैन ।  

द) सुधार गर्ने अवसर दिऊँ
विद्यार्थीले काम गर्दा भएका कमी–कमजोरीलाई सकारात्मक ढंगले लिएर शिक्षकले उनीहरूलाई आवश्यक सुझव र पृष्ठपोषण दिनुपर्दछ । दिइएको पृष्ठपोषणलाई सुधार गर्ने अवसर पनि प्रदान गर्नुपर्दछ । पृष्ठपोषणपछि भएको सुधारलाई पनि शिक्षकले हेरिरहनुपर्दछ । यसरी बालबालिकाहरूले गरेको कार्यको चेकजाँच, आवश्यक पृष्ठपोषण तथा सुधार कार्यको प्रगति नियमित रूपमा हुँदै गयो भने सिकाइ प्रभावकारी हुन्छ । बालबालिकाहरू कार्य गर्न प्रोत्साहित र सक्षम पनि हुन्छन् ।

ध) प्रगतिको मापन गरौं
विद्यार्थीले गरेको प्रगति नियमित मापन नहुँदा सिकाइको वास्तविक अवस्था पत्ता लगाउन सकिंदैन । विद्यार्थीको वास्तविक अवस्थाको जानकारी बेगर शिक्षण गर्नु अँध्यारोमा मुक्का हान्नु जस्तै हुन्छ । यसर्थ विद्यार्थीले गरिरहेको कार्यको नियमित अनुगमन, त्यसबाट उनीहरूमा आएका परिवर्तन, त्यसबाट हुन सक्ने गलत असर आदित्यादिको नियमित मापन गरी समयमै समाधान गर्ने प्रयास गर्नुपर्दछ । यसो गर्दा बालबालिकाहरू ठूला गल्तीबाट बच्न सक्दछन् र सुधार गर्ने मौका पनि पाउँदछन् ।

न) विषयवस्तुलाई आनन्दमय बनाऔं
रमाइलो वातावरणमा भएको सिकाइ प्रभावकारी तथा दिगो हुन्छ भन्ने कुरामा कुनै द्विविधा छैन । विषयवस्तुलाई रमाइलो बनाउनको लागि शिक्षकको भूमिका नै अहम् हुन्छ । कक्षाकोठाको अगाडि उभिएर पढ्नु र शैक्षिक सामग्री प्रदर्शनसँगै छलफल गरी सिकाउनुमा धेरै फरक हुन्छ । त्यसकारण विषयवस्तु अनुसार शिक्षकले शैक्षिक सामग्रीको प्रयोग, सृजनात्मक शिक्षण क्रियाकलाप आदि प्रयोग गरी कक्षाकोठा रमाइलो बनाउनुपर्दछ । आनन्दमय वातावरणमा शिक्षण गर्दा न शिक्षकलाई थकाइ लाग्दछ न त विद्यार्थीलाई ।

प) सफलताको लागि अवसर प्रदान गरौं
भनाइ नै छ ‘मिले हावापानी शुद्ध तो हम भि बन्ते गौतम बुद्ध’ । अवसर र वातावरण सिकाइको लागि अति महŒवपूर्ण कुरा हो । बालबालिकालाई सिक्ने राम्रो अवसरको सृजना मात्र गर्न सकियो भने उनीहरू धेरै कुराहरू सिक्न सक्दछन् ।

बालबालिकाहरूको इच्छा, चाहना र क्षमता अनुसार अवसर र उत्प्रेरणा दियौं भने अवश्य नै सफल हुन्छ । एउटा सफलता, विद्यार्थीको लागि अर्को सफलता प्राप्त गर्ने उत्प्रेरणाको स्रोत बन्न सक्दछ ।
प्रअ, श्री कपिलवस्तु रा.मा.वि. चेतरादेई, कपिलवस्तु

commercial commercial commercial commercial