स्कूल सुधार्न अभिभावकको लगानी जरूरी

लगानी गरेको क्षेत्रमा लगानीकर्ताको ध्यान पटक पटक जान्छ — लगानी अनुसारको प्रतिफल मिल्यो वा मिलेन ? सुधार कसरी गर्ने ? जस्ता कैयौं कुरा अनुगमन गर्न लगानीकर्ता सक्रिय हुन्छन् । तसर्थ शिक्षामा अभिभावकको आर्थिक लगानी हुनु अति आवश्यक छ । हाम्रा विद्यालय र त्यहाँको शिक्षा सुधार्ने भरपर्दो उपाय यही नै हो ।

शिक्षा, शिक्षण र सिकाइ एक अर्कासित सम्बन्धित विषयवस्तु हुन् । यिनीहरूको सम्मिश्रणबाट मात्र बालबालिकाको सर्वाङ्गीण विकास गर्न सकिन्छ । तर आज देशको शैक्षिक क्षेत्र अस्तव्यस्त देखिन्छ । शैक्षिक गुणस्तर खस्किंदै गइरहेको छ । यसनिम्ति शैक्षिक नीति–निर्माता, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी सबै जिम्मेवार छन् ।

ग्रामीण क्षेत्रको एक दशक अगाडिको शैक्षिक, भौतिक अवस्था

  • विद्यालयहरूको भौतिक पक्ष कमजोर थियो
  • सञ्चार सुविधा थिएन
  • विद्यालयहरूको संख्या कम थियो
  • अभिभावकहरूको विद्यालयप्रति चासो र संलग्नता थियो
  • द्वन्द्वको कारणले विद्यालयमा विद्यार्थीको भर्नादर कम थियो भने मचयउयगत चबतभ बढी थियो ।
  • युवाहरूमा लागूपदार्थको लत थियो ।
  • गल्ती गर्नेलाई आर्थिक तथा भौतिक दण्ड दिन सहज थियो ।

अहिलेको अवस्था
क)    विद्यालयहरूको भौतिक पक्ष तुलनात्मक रूपमा निकै बलियो भएको छ ।
ख)    हरेक विद्यार्थीको खल्तीमा मोबाइल छ । मोबाइल नभए विद्यार्थी स्कूल जान मान्दैन ।
ग)    संचार सुविधाको दुरुपयोग भएको छ; विद्यार्थीहरूको ध्यान नराम्रा भिडियो हेर्नमा बढी छ ।
घ)    विद्यालयमा अभिभावकको सहयोग न्यून छ ।
ङ)    दैनिक रक्सी पिउँछन् तर आफ्ना केटाकेटीलाई विना कापीकलम विद्यालय पठाउँछन् ।
च)    शिक्षकहरूको मनोवृत्ति निराशाजनक छ ।
ञ)    सरकारी अनुगमन छैन ।
ट)    दण्ड र पुरस्कार नीति छैन ।

शैक्षिक गुणस्तर
हाम्रो समाजमा असमानताहरू थुप्रै छन् । शिक्षा, स्वास्थ्य, भाषा, जातजाति, लैङ्गिक, भौगोलिक, सामाजिक जस्ता क्षेत्रमा भएको असमानताले शैक्षिक पक्ष, रोजगारी र राष्ट्रिय उत्पादनको वितरणमा प्रत्यक्ष प्रभाव पारेको छ ।

यस्ता भेदभावले कैयौं बालबालिकाहरू शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । कतिपय विद्यालयको भौतिक अवस्था दयनीय छ । शिक्षकको उचित व्यवस्थापन छैन, नियमित सुपरीवेक्षण छैन, राज्यलाई ठग्ने प्रवृत्ति छ, शिक्षक तथा विद्यालय–कर्मचारीको पेशागत विकास एवं रोजगारीको सुनिश्चितता छैन, उदारकक्षोन्नतिको दुरुपयोग भएको छ ।

सरकारले शिक्षा क्षेत्रमा वर्षेनि ठूलो लगानी लगाउँदै आइरहेको छ तर त्यसको परिणाम भने बालुवामा पानी हाले जस्तै भएको छ । प्रवेशिका परीक्षाको प्रश्नपत्र विषयविज्ञद्वारा निर्माण गर्न लगाई परीक्षा सञ्चालन गरिन्छ तर परीक्षा केन्द्रमा हुने अनियमितता देखेर यस्तो परीक्षा भन्दा त सरकारले स्वतः पास भनेर घोषणा गरेको भए हुन्थ्यो भन्ने कुरा सबैको मुखबाट सुन्न पाइन्छ । जसरी भए पनि परीक्षाफल बढी निकाल्ने प्रतिस्पर्धा चलिरहेको छ । यस्ता कार्यहरूले विद्यार्थीहरूमा नपढे पनि पास भइन्छ भन्ने सोचाइको विकास भइसक्यो अनि कहाँबाट, कसरी प्राप्त हुन्छ त शैक्षिक गुणस्तर ?

यसरी शैक्षिक गुणस्तर खस्कनुमा शैक्षिक क्षेत्रसित सम्बन्धित शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता, कर्मचारी सबै उत्तिकै जिम्मेवार छन् । शैक्षिक गुणस्तरको लागि शिक्षकको स्वभाव, नीति नियमको कार्यान्वयन, शैक्षिक वातावरण, समुदायको सहयोग महŒवपूर्ण पक्षहरू हुन् ।

शिक्षामा आर्थिक लगानी एक महŒवपूर्ण पक्ष हो । लगानी  लगाएको क्षेत्रमा लगानीकर्ताको ध्यान पटक पटक जान्छ । लगानी अनुसारको प्रतिफल मिल्यो वा मिलेन ? सुधार कसरी गर्ने ? बढीभन्दा बढी प्रतिफल कसरी मिल्छ ? जस्ता कैयौं कुराहरूमा आवश्यक अनुगमन, कार्यान्वयन गर्न लगानीकर्ता सक्रिय हुन्छन् । तसर्थ शिक्षामा अभिभावकको आर्थिक लगानी हुनु अति आवश्यक छ । हाम्रा विद्यालय र त्यहाँको शिक्षा सुधार्ने भरपर्दो उपाय यही नै हो ।

श्री विशालपुर मावि, बैतडी

commercial commercial commercial commercial