निवृत्त शिक्षकका कुरा

एक महीनाको निवृत्तभरण रकम पाउन घटीमा तीन पटक र नत्र चार पटकसम्म जिल्ला शिक्षा कार्यालय धाउनु पर्दथ्यो । किनकि पहिले रकम निकासा भयो वा भएन, दोस्रो अधिकारी छ÷छैन, तेस्रो लेखापालको फुर्सद आदिको संयोगले मात्र पाउन सकिन्थ्यो ।

पहिले पहिले बडादशैं मनाउन पैसाको अभाव नहोस् भन्नका खातिर कर्मचारी अर्थात् निजामती, जंगी, प्रहरी, शिक्षक आदि कार्यरतलाई पहिला पहिला खाइपाई आएको तलब सरह दशैं खर्चलाई पेश्कीको रूपमा दिई पछि तलबमा कट्टा गरिन्थ्यो । पछि आएर खाइपाई आएको तलबको आधा रकम दशैं खर्च नै भनेर दिने व्यवस्था भयो । यो सुविधा निवृत्तहरूलाई पनि प्राप्त भयो । २०५६ सालदेखि एक महीना बराबरको तलब या निवृत्तभरण रकम बराबर दशैं खर्च पाउने व्यवस्था गरियो ।

ललितपुर जिल्लाका निवृत्त शिक्षकहरू २०५६ सालको दशैं खर्च पूरा पाउने आशाका साथ जिल्ला शिक्षा कार्यालय, ललितपुरमा पुग्दा निजामती, जंगी, प्रहरी आदिको आ–आफ्नो नियमावली संशोधन भइसकेको हुँदा त्यस्ता कार्यालयहरूबाट निवृत्त हुनु भएकाहरूले पूरा पाउने भए । तर शिक्षा नियमावली संशोधन भइनसकेको हुँदा निवृत्त शिक्षकहरूले साविक बमोजिम आधा मात्र पाउने जानकारी प्राप्त भयो । त्यहाँ उपस्थित निवृत्त शिक्षकलाई छानाबाट खसेको जस्तो भयो । तत्कालै आदर्श कन्या निकेतन उमाविका नन्दगोविन्द राजकर्णिकारको अध्यक्षतामा नियमावली संशोधनको लागि पहल गर्न तदर्थ समिति गठन गरियो । जसमा यो पंक्तिकार सदस्यसचिव रह्यो । केही दिनपछि नै नन्दगोविन्द राजकर्णिकार अस्वस्थ हुनुभएपछि स्व. कृष्णलाल जोशी अध्यक्ष, केशरबहादुर के.सी. सदस्य, हरिप्रसाद घिमिरे सदस्य, न्हुच्छेदास नापित सदस्य र म पुनः सदस्य सचिव भएको अर्को तदर्थ समिति गठन गरियो । २०५६ सालको फूलपातीको अघिल्लो दिनसम्म पनि नियमावली संशोधन गराउन असफल भएपछि उही आधा रकममा दशैं मान्न बाध्य भयौं । उक्त साल कतिपय जिल्लाका निवृत्त शिक्षकहरूले पूरा दशैं खर्च पाए भने कतिपय जिल्लाका शिक्षकले पूरा पाएनन् । अनि कतै चाहिं खाइसकेको फिर्ता गर्नुपर्ने भन्ने समेत सुन्नमा आयो ।

यसरी अन्योल अवस्था भएको हुँदा यसलाई सशक्त रूपमा अगाडि बढाउन एकताको आवश्यकता महसूस गरियो । यहाँनेर आउँदा दशैं खर्चको कुरा मात्र नभइकन त्यतिवेला शिक्षकले पाउने निवृत्तभरण रकम जिल्ला शिक्षा कार्यालय मार्फत पाउने भएको हुँदा यसको पीडा बोझ्लिो भइराखेको थियो । जसले गर्दा एक महीनाको निवृत्तभरण रकम पाउन घटीमा तीन पटक र नत्र चार पटकसम्म जिल्ला शिक्षा कार्यालय धाउनु पर्दथ्यो । किनकि पहिले रकम निकासा भयो वा भएन, दोस्रो अधिकारी छ÷छैन, तेस्रो लेखापालको फुर्सद आदिको संयोगले मात्र पाउन सकिन्थ्यो ।

यस्ता समस्यालाई समाधान गर्न ललितपुर जिल्लाका निवृत्त शिक्षकहरूबाट मात्र सम्भव नभएपछि वरपर जिल्लाका निवृत्त शिक्षकहरूबीच एकताको आवश्यकता देखियो । यसैलाई मध्यनजर गरी ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रे र नुवाकोटका निवृत्त शिक्षकहरूको भेला गरी २०५७ साल साउन २७ गते “नेपाल निवृत्त शिक्षक समाज– २०५७” विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता गरियो ।

सो समाजको पहिलो केन्द्रीय समितिमा अध्यक्ष स्व. कृष्णलाल जोशी (ललितपुर), उपाध्यक्ष रेवरत्न बज्राचार्य (काठमाडौं), कोषाध्यक्ष शारदाभक्त मधिकर्मी (भक्तपुर) र सदस्यहरू राविन्दु श्रेष्ठ (भक्तपुर), नातिकाजी महर्जन (काठमाडौं), आशाकाजी श्रेष्ठ (काभ्रे), स्व. शारदामान श्रेष्ठ (नुवाकोट), प्रविन जोशी (काठमाडौं), श्यामकृष्ण खमु (भक्तपुर), ध्रुवबहादुर श्रेष्ठ (काठमाडौं) र सदस्यसचिव ईश्वरबहादुर श्रेष्ठ, ललितपुर रहेका थियौं ।

२०५७ सालदेखि दशैं खर्च सबै निवृत्त शिक्षकहरूले समेत पाउन थाले । २०६१ सालदेखि दशैं खर्च पनि ब्याङ्क मार्फत उपलव्ध गराउने कार्य भयो ।

 नेपालको जंगी, प्रहरी आदि सेवामा कार्यरतहरूको निमित्त आ–आफ्नै अस्पतालको व्यवस्था पहिले नै भइसकेको थियो भने हाल निजामती सेवामा कार्यरतहरूको निमित्त पनि निजामती अस्पतालको व्यवस्था भइसकेको छ । जति निजामती कर्मचारी छन् सोभन्दा बढीको संख्यामा शिक्षकहरू भए तापनि शिक्षकहरूको निमित्त छुट्टै अस्पतालको व्यवस्था भइनसकेको तर निजामती कर्मचारी सरह शिक्षकहरूले सुविधा पाइसकेको हुँदा हाल सञ्चालनमा आएको निजामती अस्पतालबाट कार्यरत एवम् निवृत्त शिक्षकहरूले पनि सुविधा पाउने व्यवस्थाको निमित्त यो समाज निरन्तर लागिपरेको छ ।

हाल यस समाजको केन्द्रीय समितिमा अध्यक्ष चूडामणि शर्मा (गोरखा), उपाध्यक्ष नातिकाजी महर्जन (काठमाडौं), महासचिव ईश्वरबहादुर श्रेष्ठ (ललितपुर), सचिव विक्रमबहादुर कायस्थ (भक्तपुर), कोषाध्यक्ष हरिराम श्रेष्ठ (ललितपुर) र सदस्यहरू चूडामणि ओली (चितवन), हर्षबहादुर चुवाङ्ग (ताप्लेजुङ), लीलाधर सापकोटा (लमजुङ), टेकबहादुर केसी (कञ्चनपुर), यज्ञबहादुर सिं ओली (दाङ), श्रीमती काबेरी जोशी (ललितपुर) तथा सल्लाहकारहरू श्यामकृष्ण श्रेष्ठ (दोलखा) र विष्णुप्रसाद शर्मा (दाङ) रहनुभएको छ ।

हालसम्म यस समाजमा विभिन्न १६ जिल्लाका निवृत्त शिक्षकहरू आवद्ध रहनुभएको छ ।

महासचिव, नेपाल निवृत्त शिक्षक समाज

commercial commercial commercial commercial