हामी परिवर्तन हुन नसकेका शिक्षक

शिक्षा मानव जीवनका लागि अति आवश्यक भएकाले नै शिक्षाका सम्बन्धमा विभिन्न क्षेत्रबाट धेरै विचार आइरहेका हुन् । ती सबै विचारको सार खिच्ने हो भने शिक्षक, अभिभावक र विद्यार्थीकोे त्रिकोण नै शिक्षाको आधार हो भन्ने देखिन्छ । यी तीन अंगहरू बीचको सम्बन्ध राम्रो भयो भने शिक्षा राम्रो हुन्छ र त्यसमा कमजोरी आयो भने शिक्षाको स्तर खस्किन्छ । सरकारको पनि यसमा प्रमुख जिम्मेदारी छ भनिन्छ तर नयाँ ढंगले अगाडि बढ्न खोज्ने विद्यालय र शिक्षकका लागि सरकार बाधक छैन । सरकारले शिक्षकको सेवा–सुविधा र शिक्षकको जात विभाजन गरिदिएकोमा मात्र दोषी छ ।

हामी शिक्षक सधैं अरूलाई दोष दिएर आफू चोखो बन्ने प्रयासमा निरन्तर लागिरह्यौं । हामी यसो गर्छौं भनेर योजना लिएर अगाडि बढ्ने धेरै विद्यालयले सफलताको शिखरतिर पाइला हालिसकेका छन् । तर आफ्नो विद्यालयलाई कसरी सुधारेर लाने भन्ने बारेका कुनै योजना नभएका हामी भने फेदीमा नै बसेर हल्ला गरेर मज्जा लिइरहेका छौं । अधिकांश विद्यालयको असार सकिंदा रुटिन तयार भएको देखिन्छ भने कति विद्यालय त त्यो अवस्थामा पुग्न बाँकी नै देखिन्छ । उत्तरदायित्वबाट सबै टाढा टाढा भागिरहेका देखिन्छन् । शिक्षक–शिक्षकबीच तालमेल नदेखिएर बेमेल देखिन्छ । प्रधानाध्यापक पदले गर्दाखेरि एउटा शिक्षकले बिहान विद्यालय व्यवस्थापन समितिको बैठकदेखि लिएर दिउँसो धेरैजसो कक्षा भ्याउन अनिवार्य छ, जिल्ला शिक्षा कार्यालयको विभिन्न भर्नुपर्ने फारामले गर्दा उसको निदाउने समय कहिले हो थाहा छैन । त्यही पढाउने अर्को शिक्षकले घरमा धेरै काम भ्याएर सिंह बनिरहेका हुन्छन् । धेरैजसो विद्यालयमा सबै शिक्षकहरू जम्मा हुने भन्ने कुरा एका देशको कथा हुने भएका कारणले त्यसको खलनायकको जिम्मेदारी पनि उसैले लिनु अनिवार्र्य छ ।

हामी शिक्षकहरू धेरै वर्ष पढाइसकें भनेर विना तयारी कक्षाकोठामा प्रवेश गर्छौैैैं । विद्यार्थी भने अहिलेका विभिन्न सूचना सामग्रीका कारणले हामीले दिएका शिक्षाले नअघाउने भइसकेका छन् । हामी बाह्र वर्ष अगाडि जसरी पढाइरहेका थियौं, त्यसरी नै पढाइरहेका छौं । जस्तो व्यवहार गरिरहेका थियौं, अहिले पनि त्यस्तै गरिरहेका छौं । आफू घरमा केही नपढिकन जाने अनि विद्यालयमा गएर तैंले पढिनस् भन्नु कति किफायती होला ? चोकमा बसेर मद्यपान गर्ने र विद्यालयमा स्वास्थ्य र सामाजिक पढाउने, पाँच जना सन्तान जन्माउने अनि जनसंख्याको महŒव पढाउने भयौं भने परिवर्तन भन्ने कुरा दूर नै रहन्छ ।

हामीले हाम्रो पेशालाई एकचोटि दिलबाट आगो निकालेर जलाएर हेरौं त कतिको हामीले जलाएको चीजहरूले प्रकाश दिन सकेछन् । परिवर्तन हामीबाटै गर्नुपर्छ त्यसैले आजैबाट कम्मर कसेर दिल दिमाग लगाएर अगाडि बढांै ।

श्री शिखर माध्यमिक विद्यालय, वेल्टार, सिन्धुली

commercial commercial commercial commercial