‘पास खोजिएको परीक्षा’

पहिला तीन वटा चरणमा परीक्षाले मलाई लखेटेको थियो । चौथो चरणमा परीक्षा मेरो र मेरा विद्यार्थीको प्राथमिकताबाट बाहिर छ । सिकाइ रसिलो बनेको छ । मूल्यांकन गर्न सजिलो भएको छ । तर, ‘पास मात्र खोजिएको’ प्रवेशिका परीक्षाले कक्षाकोठाको गुणस्तरमा समस्या पारेको छ ।

मैले पढाउन थालेको एकतीस वर्ष भयो । म डोल्पाको सुगम सदरमुकामस्थित सरस्वती उच्च माध्यमिक विद्यालय, दुनैमा पढाउँछु । यहाँ मलाई बूढो सर भनेर चिन्छन् । मेरो जागीरमा धेरैका आँखा परेका छन् । कोही यसले कहिले छोड्ला र खाली ठाउँमा छिरौंला भन्ने दाउ हेरिरहेका छन् । कतिपय आफन्तहरूबीच ‘यस्तो नाथे जागीरमा के घिस्रिरहेको’ भन्ने खासखुस चल्छ । मलाई भने बल्ल पढ्ने–पढाउने, सिक्ने–सिकाउने, जाँच्ने–जँचाउने रहर जागेको जस्तो छ ।

 म शुरू–शुरूमा पाठ्यपुस्तक पढेर कक्षामा भाषण गर्थें, घुमाउरा प्रश्न झ्किेर विद्यार्थीलाई अल्झउन सकेकोमा गर्व गर्थें र परीक्षामा विद्यार्थी फेल हुँदा विद्यार्थी र अभिभावकका अगाडि अर्ति फलाक्दै हिंड्थें । परीक्षा हाम्रो हातमा हुन्थ्यो । पढाइ हाम्रो मुखमा हुन्थ्यो । सबै आरामसँग चल्थे ।

दोस्रो चरणमा तालिमका कुरा आए । पाठ्यक्रम हेरेर विद्यार्थी घोकाएँ । परीक्षा चलाएँ । पास फेलको नाटक खूब खेलियो । तेस्रो चरणमा पास हुनेलाई पुरस्कारको व्यवस्था गरियो । गेसपेपर रटाएँ । विद्यालयलाई लाख लाख पुरस्कार पारियो । विद्यार्थीलाई परीक्षाको कीरा बनाइयो । उनीहरूको जीवनको मूल्य अंकले नपाइयो ।

चौथो चरणमा होश खुल्यो, विद्यार्थीको क्षमता चिनेर, उसलाई परेको समस्या खोजेर कक्षाकोठामा सहयोग गरिरहेको छु । पहिला तीन वटा चरणमा परीक्षाले मलाई लखेटेको थियो । चौथो चरणमा परीक्षा मेरो र मेरा विद्यार्थीको प्राथमिकताबाट बाहिर छ । सिकाइ रसिलो बनेको छ । मूल्यांकन गर्न सजिलो भएको छ । तर, पास मात्र खोजिएको प्रवेशिका परीक्षाले कक्षाकोठाको गुणस्तर विकासमा समस्या पारेको छ ।

अरू जिल्ला कस्ता छन्, मलाई कुनै मेसो छैन । डोल्पा जिल्लामा प्रवेशिका परीक्षाका दुई वटा केन्द्र छन् । दुवै केन्द्रका परीक्षामा हामी विद्यालयका प्रअ र विषय शिक्षकहरूको कुम्भ मेला लाग्छ । केन्द्राध्यक्ष र निरीक्षकहरूको नियुक्तिमा ठूलो दबाब पर्छ । विद्यार्थीले आफ्नो सिकाइबाट लेख्ने वातावरण नै बन्दैन । शिक्षकहरू विद्यार्थीको सहयोगको लागि, विद्यालयको नामको लागि आफ्नो धाकको लागि प्रवेशिका परीक्षामा रहर र कहर दुवै तरिकाले लागिरहेका हुन्छौं ।

यहाँ परीक्षामा हालिमुहाली गर्ने केही जिल्लास्तरीय माफिया शिक्षकहरू पनि छन् । उनीहरू जिल्लाका असल, कर्मठ र जुझरु शिक्षकहरूमा गनिन्छन् । प्रवेशिका परीक्षाको नतीजाको आधारमा विद्यालयको दर्जा तोकिन्छ । परीक्षामा आफ्नो विषय र विद्यालयलाई पास गराउन सकेको आधारमा पुरस्कृत गरिन्छ । तर परीक्षा कसरी संचालन भएको थियो, यसको बारे कुनै चासो छैन । पास खोजिएको परीक्षा संचालन प्रक्रियालाई व्यवस्थित गर्ने कसैको आँट र जाँगर छैन । मर्यादित परीक्षाको कुरा गर्ने शिक्षक कुरामा राम्रो मानिए पनि व्यवहारमा पाखा लाग्छ । जिल्ला शिक्षा समिति, परीक्षा समन्वयन समिति लगायतका सरोकारवाला, अधिकारवाला र राम्रो नराम्रो परिणामका भागिदारवाला सबै यस मामिलाका जानकार छन् । कसैलाई सुधारको चासो छैन । किनकि हाम्रो परीक्षा प्रणालीले अंकाङ्कन गर्नको लागि पास खोजिरहेको छ । मूल्यांकन गर्नको लागि परीक्षा खोजेको छैन ।

हाम्रा विद्यार्थी ८ कक्षासम्म लगनशील, मिहिनेती र अनुशासित देखिन्छन् । जब उनीहरूले प्रवेशिका परीक्षाको नाममा डोल्पामा तीसौं वर्षदेखि मञ्चन भइरहेको नाटकको विषयवस्तु र कलाकारहरूको बारेमा सुईंको पाउँछन् अनि पठनपाठन बन्द हुन्छ । उनीहरू पहुँच अनुसार नाटकका पात्रहरूलाई आफ्नो बनाउने प्रयासमा लाग्छन् ।

पास मात्र खोजिएको परीक्षाका प्रमुख पात्र को को हुन् भन्ने थाहा हुँदाहुँदै पनि सबै सरोकारवाला टुलुटुलु हेरेर बसेका मात्र छन् । एउटा पात्र परीक्षा केन्द्र हुँदा भन्दा अहिले दुई वटा केन्द्रका कारण विद्यार्थी सहयोग कार्यक्रममा ठूलो प्रतिस्पर्धा चलेको छ । सफलताका लागि निरन्तर, आन्तरिक र आत्म मूल्यांकनको आवश्यकता पर्दछ । आत्म क्रियाकलापको लेखाजोखा गर्नुपर्छ ।

त्यो कार्य अहिले हामीकहाँ चलिरहेको लिखित परीक्षाले केही गरे पनि पूरा गर्न सक्दैन । कक्षाकोठामा विद्यार्थीको अगाडि हैन, माझ्मा जाउँ, उनीहरूलाई आफ्नो सुविधाले बस्न, छरिन, घोरिन दिउँ । उनीहरूसँगै बसौं । उनीहरूका क्रियाकलापको अवलोकन गरौं । उनीहरूलाई जे थाहा छ त्यसैको प्रशंसा गर्दै व्यवहारहरू निकालौं । उनीहरूलाई सबै काम आफैंले आफ्नै लागि गरिरहेको महसूस हुने गरी पहिचान गरौं । इमान्दारी अभिलेखीकरण गरौं । उनीहरूलाई पढाउने कार्य सकिन्छ । अनि सिक्ने, सिकाउने र सहयोगको कार्य शुरू हुन्छ । मूल्यांकन चलिरहन्छ । परीक्षाको अप्राकृतिक झ्ञ्झ्ट पनि हट्छ । सिक्न र सिकाउन नसकेको अवस्थामा मात्र मात्रा निर्धारण गर्न परीक्षाको आवश्यकता पर्दछ । खोजिराखेका, रोजिराखेका, पढिराखेका, गरिरहेका व्यवहारहरूको मूल्यांकन हाम्रो जस्ता पास खोजिएका परीक्षा खोज्नु नै गुणस्तरको ह्रासको कारण हो ।

हामी सबै पास खोजिरहेका छौं । हाम्रो शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, तालिम योजना, परियोजना, परीक्षा, मूल्यांकन, अभिभावक, शिक्षकदेखि सरोकारवालाहरू सबै पास खोजिएका परीक्षा संचालनमा जुटिरहेका छौं । ज्ञान, सीप र व्यवहारको लिखित र मौखिक परीक्षा हुँदैन । शिक्षालाई पासको प्रविधि, अंकको मूल्य र जागीरको मान्यतामा खोजिएको छ । यही नै गलत अवधारणा हो ।

मूल्यांकनको मापदण्ड बाध्य पार्ने प्रणालीमा भन्दा खोजी गर्ने प्रवृत्तिको हुनुपर्छ । हाम्रा धेरै विद्यार्थी आफ्ना कारणले भन्दा शिक्षक र परीक्षाका कारणले कक्षापास गर्न असफल भएका तर जीवनमा सफल भएका उदाहरण छन् । हामी मूल्यांकनकर्ताले लिखित परीक्षालाई मात्र खेलाइरहेका छौं । हाम्रा परीक्षाहरू स्मरण मूल्यांकन नमूना मात्र हुन् । यी परीक्षाले सीप क्षमता र प्रतिभाको मूल्यांकन गरिरहेका छैनन् । स्मरणको भण्डारण गर्ने मौलिक यन्त्रको विकास भइसकेपछि उसको लागि मानव संयन्त्रलाई झ्ञ्झ्टमा पार्नु आवश्यक छैन । परीक्षामुखी व्यवहारहरूको निर्माण र अंकाङ्कन स्तर निर्माणको सट्टा जीवनमुखी क्रियाकलापहरूको परीक्षा संचालन गर्न सकिन्छ ।

शिक्षाको उद्देश्य र पाठ्यक्रमले पास र अंक खोजेको छैन । तर हामी सरोकार व्यक्ति, संस्था, सामग्री, प्रक्रिया र प्रणाली नै पास र अंक खोजेको छ । अब त राज्यले पास र अंकलाई प्रोत्साहन दिने ५ लाख जिल्लामा नै पु¥याएर प्रवेशिका परीक्षाको कुम्भ मेलालाई अझ्ै आकर्षक पारेको छ । प्रवृत्तिको नियन्त्रण भन्दा पहिला असल र व्यावहारिक प्रणालीको विकास गराउनुपर्छ ।

शिक्षक र सरोकारवालाहरूबाट विद्यार्थीहरूको मूल्यांकनको समयसापेक्ष विधि र विज्ञानको खोजी गरिएको छैन । अनुभवबाट सिकिएको छैन र सिकेका अनुभवहरूको संचार र प्रयोग पनि भएको छैन । हामी अझ् पनि लिखित परीक्षाको एकपक्षीय, तानाशाही अंककुण्डमा सिकारुहरूको स्वतन्त्र सिर्जनशीलताको हवन गरिरहेको छौं । प्रत्यक्ष अनौपचारिक अवलोकन गरिरहेका अभिभावक र शिक्षकहरूमा कार्यलाई औपचारिकतामा परिणत गर्न सकिन्छ । विज्ञान र प्रविधिले विद्यार्थीहरूका हरेक क्रियाकलापहरूको वर्गानुसार संकलन परीक्षण विश्लेषण गरी मूल्यांकन गर्न सकिने साधन र विधिको विकास गरेको छ । लेख्ने र बोल्नेको पीठो भन्दा गर्ने, देखाउने, रमाउने र बनाउनेको रोटी बिक्न थालेको छ । अति प्राविधिक रूपमा संचालन गर्न खोजिएको निरन्तर मूल्यांकन प्रणाली समेत पास खोज्ने परीक्षाकै रूपमा झ्न् व्यापक अन्योलता सिर्जना गरेको छ । निरन्तर मूल्यांकन प्रणालीको सही मर्म र भावना बुझ्ेर यसलाई क्रियाकलाप मूल्यांकनको मौलिक प्रणालीको रूपमा विकास गर्न सकिन्छ । क्रियाकलाप परीक्षणको क्षेत्र घर, विद्यालय र समाज हुनुपर्दछ । हाम्रो परीक्षा प्रणालीमा सुधारको सट्टा विकल्प खोजिएन भने नीमको थाँक्रोमा तितेकरेला झल हुनेछ र शिक्षकहरूले ट्वान्टी नाइन र विद्यार्थीले थट्टी टु को खेल खेलिरहने छन् ।

सरस्वती उच्च मावि दुनै, डोल्पा

commercial commercial commercial commercial