होश फर्काउने शिक्षा र शिक्षकको खोजी

यहाँसम्म कि अभिभावकको भूमिकामा रहेको सरकार पनि विद्यार्थी–विद्यार्थी बीच भेदभाव गर्छ । आफैंले प्रदान गरेको प्रमाणपत्रको अवमूल्यन स्वयम् नै गर्छ । यसको ज्वलन्त नमूना हो– सरकारी विद्यालयमा पढेकाहरूलाई मात्र कोटा आरक्षित हुनु । निजी विद्यालयमा पढ्नेहरूलाई पनि प्रमाणपत्र दिने निकाय उही हो । योग्यता र क्षमताले प्रोत्साहन पाउनुपर्नेमा त्यसो नभएर भाग नै हरण गर्नु कहाँको न्याय हो ?

म कक्षा–९ मा अध्ययनरत छात्रा हुँ । मैले सम्पूर्ण संसार देखेकी पनि छैन । भोग्नु त परै जाओस्, त्यत्ति सुनेकी पनि छैन । संस्थागत विद्यालयभन्दा बाहिरको कुरा उत्ति साह्रो बुझ्ेकी पनि छैन । मैले ए, बी, सी डीबाट पढ्न सिकें । धेरैपछि मात्र क, ख, ग, घ पढ्न जानें । मसँग किताबबाट आर्जन गरेका थुप्रै अनुभव छन् तर आफैंले अनुभूत गरेका कुराहरू भने थोरै छन् । सानैदेखि कम्प्युटर चलाउन सिक्न पाइयो । हर आवश्यकता पूरा गर्ने पिताजी भेट्टाइयो । शैक्षिक वातावरण भएको परिवारमा रहेर किताबी ज्ञान लिन पाइयो । धेरै कुरा जान्ने भोक जाग्यो तर समय विल्कुलै पाइएन । किताबी ज्ञान नलिइकन धर छैन ।

किताबभन्दा बाहिरको संसारमा विचरण गर्ने मन नभएको पनि हैन, त्यो अहिले सम्भव नै छैन । लगातार किताबतिर चित्त नलगाए राम्रो अङ्क ल्याउनै सकिन्न । राम्रो अङ्क नल्याए राम्रो विद्यार्थी हुन नसकिने धारणा भएको कारण जसरी भए पनि किताबी कीरो बन्न बाध्य छु । शिक्षकहरूको ध्यान पनि मलाई असल तुल्याउने छ, समाजको धारणा पनि अरूलाई उछिन्दा मात्र सफल विद्यार्थी भइने भन्ने छ । म यी दुवैथरी धारणालाई आत्मसात् गरेर हिंड्न बाध्य छु । विरोध गर्न मिलेन । विरोधको स्वर निकाल्दा अलच्छिन भइएला भन्ने त्रास छ । जे छ मनभित्रै छ । बाहिर निकाल्ने मन छ तर साहस भने त्यत्ति छैन । यस पटक भने मनका कुरा राख्न खोज्दैछु । विद्यालय तह पार गर्न आँटेको कारण शिक्षक वर्गमा विन्ती बिसाउन प्रयत्न गर्दैछु ।

वास्तवमा हामी विद्यार्थी पढ्नुपर्ने विषयवस्तुमा अबुझ् भएकाले बुझन दिनहुँ विद्यालय धाउँछौं । हामीमा रहेको अज्ञानी धब्बा मेटिदिनुहुन्छ भनेर शिक्षकलाई शिर निहु¥याएर श्रद्धा गर्छौं । ज्ञान दिलाउने र खराब बानी हटाउने पवित्र स्थल ठानेर विद्यालयलाई विद्याको मन्दिर मान्छौं । नयाँ जीवन दिलाउने ब्रत ठानेर दिनहुँ लेखपढमा एकचित्त लगाउँछौं । शिक्षाले व्यवहार, विचार र दृष्टिकोण बदल्छ भनेर विद्यार्थी जीवनलाई सर्वाधिक बहुमूल्य समय ठान्छौं । पर्याप्त समय दिएर भए पनि नयाँ जीवन आर्जन गरी छाड्ने कसम खान समेत प्रतिबद्ध हुन्छौं ।  

हामी एकाध विद्यार्थीमा सद्विचार होला तर सबैमा छैन । केही शिक्षकमा ज्ञानका भोका विद्यार्थीहरूको रुचिलाई सम्बोधन गर्ने इच्छा र तत्परता होला तर सबैमा छैन । कसैमा विद्यालयलाई साँच्चैको विद्याको मन्दिर बनाउने मन होला तर सबैमा छैन । यहाँसम्म कि अभिभावकको भूमिकामा रहेको सरकार पनि विद्यार्थी–विद्यार्थी बीच भेदभाव गर्छ । आफैंले प्रदान गरेको प्रमाणपत्रको अवमूल्यन स्वयम् नै गर्छ । यसको ज्वलन्त नमूना हो– सरकारी विद्यालयमा पढेकाहरूलाई मात्र कोटा आरक्षित हुनु । निजी विद्यालयमा पढ्नेहरूलाई पनि प्रमाणपत्र दिने निकाय उही हो । योग्यता र क्षमताले प्रोत्साहन पाउनुपर्नेमा त्यसो नभएर भाग नै हरण गर्नु कहाँको न्याय हो ?

पवित्र भावनाले विद्यालयले विद्यादान दिनुपर्नेमा हामीकहाँ पैसा कमाउने भाँडोको रूपमा निजी विद्यालय देखिएका छन् रे । त्यत्रो लगानी गरेर खुलेको शैक्षिक संस्थाले सित्तैंमा सेवा उपलब्ध गराउने कुरै भएन । तर, विद्यालय स्तरको शिक्षामा पनि व्यापार हुनु दुर्भाग्य हो । विद्यालय स्तरको शिक्षा लिन त जसले पनि पाउनुपर्ने हो । शैक्षिक संस्थाले असल शिक्षा दिएर मानिसको जीवनलाई सौभाग्यमा बदलेको छ वा खराब शिक्षा दिलाएर जीवनलाई दुर्भाग्यमा परिणत गरिदिएको छ भन्ने कुराको निर्णय विद्यालयीय शिक्षामा नै गर्न सकिन्छ । धन हुनेका छोराछोरीले पढ्न पाउने र धन नहुनेका छोराछोरी निरक्षर नै रहने अवस्था हट्नुपर्छ । शायद त्यसैको लागि माध्यमिक तहसम्मको सरकारी शिक्षा निःशुल्क छ । समाजमा विद्यालय जानबाट बञ्चित बालबालिकालाई खोजीखोजी विद्यालय भर्ना गरिन्छ । निःशुल्क पाठ्यपुस्तक तथा छात्रवृत्ति सुविधा पनि उपलब्ध गराइन्छ । सरकारी नियम उदार छ । निजी विद्यालयको स्थिति सङ्कीर्ण छ । तर, व्यवहारमा निजी विद्यालयले दिने शिक्षा नै एकनम्बर गनिन्छ । निजी विद्यालय नभए नेपालको शिक्षा अधुरो र अपुरो रहने निश्चित छ ।

विद्यार्थी जिज्ञासु, अनुशासित र भद्र हुनुपर्छ । शिक्षकलाई सानातिना कुरा सोधिराख्नुहुन्न । साथीसंगीबाट समेत स–साना समस्या सुल्झउने प्रयत्न गर्नुपर्छ । आफूले जानेका कुरा इच्छुक वर्गलाई दिन र दिलाउन पछि सर्नुहुन्न । जटिल समस्या शिक्षककहाँ राख्न समेत पछि सर्नुहुन्न । विद्यार्थीको अर्थ नै हर्दम केही न केही जान्न चाहने स्वभावको अर्को नाम हो । त्यसैले नयाँ–नयाँ कुराको खोजीमा चित्त लगाउनुपर्छ । कसैले भनिदिएको उत्तरमा मात्र चित्त बुझएर आफ्नो मौलिकपनलाई ध्वस्त पार्ने भूल गर्नुहुन्न ।

हामी अर्काकै इशारामा नाच्यौं भने आफ्नो अन्तस्करणमा चोट पर्छ । शिक्षकको उत्तर सुनेर सिक्ने हो तर दुरुस्त उतार्ने हैन । मौलिकपनको मिश्रण गर्दै आफ्नै तवरले अभिव्यक्त गर्ने कला हुनुपर्दछ । कलाविहीन व्यक्ति विद्यार्थी हुनै सक्दैन । किताब, कापी लिएर दैनिक शिक्षण संस्था धाउने तर सिकाइसागरमा पौडिन हिम्मत नगर्नेलाई विद्यार्थी उपाधि दिनु श्रेयष्कर पनि हुन्न । त्यस्ता व्यक्तिले आफैंलाई ठगिरहेका हुन्छन् । विद्यार्थी कालमा ज्ञानार्जन गर्न बाह्र हात पछि सरेर, कुलतमा फँसेर जीवनलाई नरक तुल्याउन खोज्ने व्यक्ति नै पछि गएर समाजमा भ्रष्टका नायक बनेको सर्वविदितै छ । त्यसैले विद्यार्थी जीवन नै जीवनको सर्वाधिक बहुमूल्य क्षण हो । यसको पलपल सदुपयोग गरौं र मानव चोला धन्य तुल्याऔं ।

शिक्षक सभ्य र अनुशासित हुनुपर्दछ । उनको चरित्रले विद्यार्थीलाई अनुशासित हुन र सभ्य बन्न प्रेरणा दिनुपर्छ । शिक्षक भाषिक कलामा निपुण हुनुपर्छ । विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्नुपर्छ । शिक्षक यान्त्रिक र जड हुनुहुन्न । विद्यार्थीका जिज्ञासा तत्काल समाधान गर्न असहज भएमा भोलिपल्ट भए पनि हल गरिदिनुपर्छ । तर, झ्ूटो कुरा बताएर विद्यार्थीको कलिलो मानसिकतालाई कुल्चने भूल गर्नुहुन्न । शिक्षकले जे पायो त्यही बोल्दा विद्यार्थीको आस्था घट्न सक्छ । शिक्षकको विरुद्ध कुरा गर्न विद्यार्थीले पचास पटक सोच्नुपर्ने अवस्था ल्याउन शिक्षकले आफूसँग भएको ज्ञान र तत्परता इमान्दारीपूर्वक विद्यार्थीमा सम्प्रेषण गर्नुपर्छ । शिक्षकले जीवनको मूल्य बोध गराउनेदेखि लिएर गलत बाटोमा हिंड्दा हुने दुष्परिणामका बारेमा आफ्ना विद्यार्थीलाई हर्दम सचेत पार्नु जरूरी हुन्छ । परिस्थिति महसूस हुन गएमा शिक्षकले विद्यार्थीलाई नैतिक सजाय दिएर सचेत पार्न सक्नुपर्छ । कहिल्यै पनि लज्जास्पद कुरा बताउनुहुन्न । आफूले दिएको शारीरिक र मानसिक सजायले विद्यार्थीमा प्रतिशोधको भावना नआओस् भन्ने कुरामा हर्दम सचेत रहनुपर्छ । शिक्षक सधैं मृदुभाषी हुन सक्नुपर्छ । कहिलेकाहीं चुट्किला, कथा भन्नुपर्छ । गीत, गजल गाउनुपर्छ । तमाम विद्यार्थीको मनोभावना सम्बोधन गर्न परिस्थिति अनुसार शिक्षकले अभिनय गर्न पनि सक्नुपर्छ । मायालु व्यवहार प्रदर्शनमा शिक्षक माहिर हुनुपर्दछ । विद्यार्थीको मनोभावनाको कदर हुने गरी शिक्षकले वेलावेलामा विभिन्न प्रतियोगिता सञ्चालन गर्नुपर्छ र उत्तम गर्नेलाई स्याबासी र प्रयास गर्नेलाई अझ् उत्प्रेरित गर्नुपर्छ । अरूलाई केही भन्नुपूर्व शिक्षक आफैं अनुकरणीय भूमिकामा रहनु जरूरी हुन्छ । उदाहरण बनेर शिक्षक विद्यार्थी सामु पेश हुनुपर्छ ।
म होश सहितको जोश दिने शिक्षा र शिक्षकको खोजीमा भौंतारिरहेकी हुन्छु । प्रयोगात्मक शिक्षामा मेरो लगाव र झ्ुकाव छ ।

मानिसले स्वतन्त्र मनोदशामा विचार सम्प्रेषण गर्न पाउनुपर्छ भन्ने विचार राख्छु । जीवनमा अरू काममा असफल हुनेहरू नै राजनीतिज्ञ बन्छन्, शारीरिक तागत हुनेहरू प्रहरी–सेना बन्छन् । मानसिक तागतवालाहरू भने शिक्षक बन्छन् भन्नेहरू पनि हाम्रो समाजमा पर्याप्त छन् । तर मलाई शिक्षण पेशा सबैभन्दा मर्यादित, सफल र पुण्यकर्म गर्न पाइने पेशा हो भन्ने लाग्छ । त्यसैले भविष्यमा शिक्षक बनेर समाजको हितमा समर्पित हुने उद्देश्य बोकेर म अज्ञानता हटाउन सिकाइको सागरमा पौडिन सिकिरहेकी छु । सिकिनै रहनेछु । धन्यवाद ।

विद्यार्थी, लिटिल फ्लावर उमावि,
राजविराज–९, सप्तरी

commercial commercial commercial commercial