हरियोपरियो जसलाई पनि राम्रो लाग्छ !

हेटौंडामा बास बस्नुपर्ने भयो । सहयात्रा गरिरहेका एक मित्रले “यसो रूख–हरियाली भएको होटलमा बसौं है !” भन्ने प्रस्ताव अघि सारे । खोज्दै–बुझदै जाँदा त्यस्ता होटल अरूभन्दा महँगा फेला परे । रूख–बगैंचा केही नभएको होटलमा रात गुजारेर भोलिपल्ट राईगाउँतिर लागियो ।

रूख–विरुवा भएका होटलमा बस्ने सहयात्री मित्रको रहर अनि त्यस्तो विशेषता भएका होटलको तुलनात्मक उच्च दरले हामीलाई थप चर्चा गर्ने मसला प्राप्त भएको थियो । ‘रूख–बगैंचा अर्थात् हरियाली होटल र लजका निम्ति गुणस्तरका सूचक हुन सक्छन् भने विद्यालयका निम्ति किन नहोलान् ? के राम्ररी हरियाली व्यवस्थापन गरिएका, राम्रो बगैंचा भएका अथवा विद्यालय वरिपरि अगाडि–पछाडि सम्भव हुने जति ठाउँमा वृक्षरोपण गरिएका विद्यालयहरू त्यस्तो केही नगरिएका विद्यालय भन्दा बढी आकर्षक हुन्छन् ? के हरियालीयुक्त विद्यालयका बालबालिका बढी रमाउलान् ? वृक्षरोपण गरी विद्यालयलाई हराभरा पार्न बजेट धेरै चाहिन्छ कि व्यक्तिको उत्साह ?’

यस्तै प्रश्नमा छलफल गर्दागर्दै यो लेख तयार भएको छ । यो विषयमा रुचि हुने विद्यालय या व्यक्तिहरूले तल दिइएको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ ।

हामी हरेकजसो विद्यालयमा स्थानीय हावापानी र उपयोगिता अनुसारका बोटबिरुवा लगाउन सक्छौं । बोट बिरुवाले विद्यालयको परिवेशमा रमाइलोपन थप्छन् । बोट बिरुवा भएको ठाउँमा गर्मीमा शीतलता प्रदान त गरिहाल्छन् । त्यस्तै कुनै बोटबिरुवाले बारको काम गर्छन् भने कुनैले हावा छेक्छन् । बोटबिरुवा देखाएर विद्यार्थीलाई प्रकृति र वनस्पतिका बारेमा कति कुरा पढाउन पनि सकिन्छ । बोटबिरुवाबाट फलफूल पाइने कुरा त दोहोर्‍याउनै परेन ।

विद्यालय वरिपरि, अगाडि–पछाडि मिलाएर वृक्षरोपण गर्दाका केही सतही लाभबारे यहाँ छोटो चर्चा गरिन्छः

सौन्दर्यः विद्यालयमा रोपिने रूख बिरुवाहरूको मुख्य प्रयोजन सुन्दरता हो । रूख बिरुवा प्राकृतिक रूपमा त्यसै सुन्दर मानिन्छन् । बोटबिरुवाका विभित्र आकार, तिनका नानाथरी पात, फूल र फलहरूले बोटबिरुवालाई सिंगारेका हुन्छन् । ठाउँको उपलब्धता अनुसार ठूला–साना, फुल्ने वा चराहरूले मनपराउने वा सधैं हरियापरिया रहने बिरुवा रोपेर विद्यालयमा वर्षैभरि हरियाली र फूलहरूको सौन्दर्य थप्न सकिन्छ । विद्यालयले अभिभावकसँगको सल्लाह र आफ्नो अवलोकनबाट यसरी रोप्न–हुर्काउन मिल्ने–सकिने बिरुवाको सूची बनाउन सक्छन् ।

छाया–छहारीः हाम्रो देशका अधिकांश ठाउँमा गर्मी मौसममा निकै गर्मी हुन्छ । तर छहारीका हिसाबले विद्यालयमा बोटबिरुवा लगाउने चलन निकै कम छ । छहारी मुनि पढ्नु–पढाउनुलाई अल्छी गरेको भत्रे किसिमले लिइने चलनका कारण पनि छहारी भएका ठाउँमा समेत त्यसरी पढाइत्र । तर छहारीको प्रयोगले बालबालिकालाई अनौपचारिक वातावरणमा पढ्ने, सिक्ने र प्रकृतिका विभित्र पक्ष बुझने अवसर दिन सकिन्छ ।

बारः धेरै सार्वजनिक विद्यालयमा राम्रो बारबन्देज नभएकाले विभित्र किसिमका समस्या आइपरेको कुरा सुनिन्छ । कतिपय विद्यालयमा ढुङ्गा वा ईंटाको पक्की पर्खाल लगाउने चाहना र योजना रहेको पाइन्छ । तर त्यस्तो पर्खाल निकै महङ्गो हुन्छ ।

हाम्रा घर गाउँमा हरियो बार लगाउने पुरानै चलन हो । विद्यालयमा पनि ‘हरियो बार’ लगाएर खर्च घटाउन र विद्यालयको सौन्दर्य बढाउन सकिन्छ । ठाउँ अनुसार बाँस, निगालो, चिया, नीलकाँडा, सिउँडी, सजिवन, सिमाली, असुरो, बैंस आदि लगाएर सदाबहार बार बनाउन सकिन्छ । विद्यालय हातामा बारका लागि लगाइएका निगालो, नर्कट जस्ता वनस्पतिलाई शैक्षिक र अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । रैथानेकरण भएको लालुपाते, जपाफूलका विविध प्रजातिहरू पर्याप्त छाँटकाँट सहन्छन् । विद्यालयमा रोप्नका लागि पशुले नखाने बोट–वनस्पतिहरू नै उपयुक्त हुन सक्छन् । लहरे गुलाब पनि धेरै ठाउँमा उपयोगी हुन्छ तर यो पतझड र काँडा भएको वनस्पति भएकाले एकल रूपमा लगाउनु राम्रो हुँदैन ।

‘बार’ लाई पशु वा मानव रोधक मात्र नमानेर प्राकृतिक पर्दाका रूपमा पनि लिन सकिन्छ । विद्यालय भवनहरू आमनेसामने हुँदा रूखले ध्वनि एवं दृश्य पर्दाका रूपमा पनि काम गर्दछन् । यसका लागि सदाबहार रूख रोज्नु उपयुक्त हुन्छ । जस्तै– ठाउँ सानो भएमा पातलो अशोक उपयुक्त हुन सक्छ । ध्वनि रोधक बनाउन झयालका तहमा पात रहने गरी काँटछाँट गर्नुपर्ने हुन्छ । हावा प्रतिरोधका लागि बलियो जरा भएका रूख छान्नुपर्छ र मिलेसम्म एक्लो रूख रोप्नुहुत्र । हावा आउने दिशामा होचो र त्यसपछि अग्लो रूख रोप्नुपर्दछ । हाम्रो देशमा जाडो ठाउँमा उत्तरतर्फबाट हिउँदमा आउने सिरेटो र सामान्यतः दक्षिणपूर्वबाट चल्ने मनसुन हावाका झेंक्का प्रतिरोध गर्न यस किसिमका रूख रोप्न सकिन्छ ।

शिक्षा: शिक्षाका लागि रूख बिरुवाको धेरै महत्व छ । तर शिक्षाका लागि बोट–बिरुवाको प्रयोग गर्ने चलन खासै छैन भने पनि हुन्छ, हाम्रो देशमा । रूख बिरुवा साना केटाकेटीलाई रङ्ग, आकार सिकाउनदेखि निकै जटिल वनस्पति विज्ञान पढाउन समेत उपयोगी हुन सक्छन् । शिक्षाका दृष्टिले रूख बिरुवा रोप्दा रूख बिरुवाको विविधता हेरिनु उत्तम हुन्छ । विविधता, वनस्पतिका परिवारदेखि बोट बिरुवा एवं पातको आकार–प्रकार र फूलका रङ्ग र किसिम जस्ता विभित्र तहमा हेर्न सकिन्छ ।

याद गर्नुपर्ने केही कुरा
विद्यालयमा वृक्षरोपण गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । जस्तो, ऋतु अनुसारको फूल रोप्न तिनको व्यवस्थापनमा समस्या हुने र फलफूल फलेका वेला विद्यार्थीले अनुशासन तोड्न सक्ने भएकाले फलफूलका बिरुवा विद्यालयका लागि उपयुक्त नहुन सक्छन् । तसर्थ विद्यालयमा कस्ता बिरुवा रोप्ने भत्रे कुरा विद्यालय कुन भौगोलिक क्षेत्रमा छ र विद्यालयको स्वामित्वमा कति जमीन छ भत्रे कुरामा भर पर्छ ।

विद्यालय हाताको बीचतिर रूख रोपेमा केटाकेटीको खेल्ने ठाउँमा बाधा पर्छ । त्यसैले छहारीका लागि रोपिने रूखहरू अलि कुना पारेर भवन नजिक रोप्नुपर्ने हुन्छ । सानो ठाउँमा हामीले परम्परादेखि रोपिआएका वर, पीपल, समी आदिको विकल्पमा कपुर, सल्ला जस्ता रूख रोप्नुपर्ने पनि हुन्छ । तराईमा ‘चेरी’ भनिने रूख र कर्णाली क्षेत्रमा लौंठों भनिने जैतून गर्मीमा, हावाका दृष्टिले उपयुक्त रूखहरू हुन् । घरदेखि नजिक रूख रोप्नुहुत्र भन्ने हाम्रो मान्यता छ तर योजनाबद्ध रूपले रोपेर काँटछाँट गरेमा रूख समस्या बन्दैनन् । एउटा उचाइमा पुगेपछि उचाइ बढ्न नदिए यिनीहरूको जरा पनि बढ्दैन । विशेषगरी गर्मी मौसममा उच्च तापक्रम रहने तराई र औलमा भवनको स्थिति अनुसार दक्षिणतर्फ पतझड रूखहरू रोपेमा यिनले गर्मीमा छहारी दिन्छन् भने जाडोमा घाम छेक्दैनन् । रैथाने भएकाले त्यति महत्व दिइत्र तर बकाइनो हाम्रो देशको धेरैजसो ठाउँमा लगाउन सकिने र छिटो हुर्कने पतझड वृक्ष हो । अति उचाइमा फिरफिरे पनि लगाउन सकिन्छ जो सघन व्यवस्थापन पनि सहन्छ । चिस्यान हुने ठाउँमा बैंस पनि उपयुक्त रूख हो । आजकल धेरै ठाउँमा छरितो अशोक रोप्ने दौड चलेको छ । यिनीहरू सामान्यतः पूर्व–पश्चिम हुने गरी रोपेमा अपरान्हपछि केही छहारी दिन सक्छन् । ठाउँ मिलेमा उत्तरतर्फ रोपेमा सौन्दर्य र हावा प्रतिरोधकको काम गर्न सक्छन् । मुख्य कुरा यस्ता रूखको व्यवस्थापन गर्दा ठिक्क छाया पर्ने जति उचाइ भएपछि वर्षेनि पात झ्रेको वेला काँटछाँट गर्नुपर्छ । धेरै अग्लो भयो वा हाँगा ठूला भए हावाले ढाल्ने खतरा हुन सक्छ ।

(लेखक शिक्षा नीति तथा अभ्यास केन्द्रसँग आवद्ध छन् ।)


हराभरा विद्यालय’ बनी पुरस्कार जित्ने अवसर !

कुनै विद्यालयका प्रअ, शिक्षक या व्यवस्थापन समितिका पदाधिकारीहरू आफ्नो विद्यालयमा बिरुवा रोप्ने सोचाइमा हुनुहुन्छ भने त्यस्तो सोचाइलाई यथार्थमा परिणत गर्ने सही समय यही हो । अर्थात् वृक्षरोपण गर्ने याम नजिकै आइसकेको छ । त्यसनिम्ति पूर्वतयारी (कहाँ रोप्ने, के के रोप्ने, कति वटा रोप्ने, खाल्डो कसरी खन्ने आदि कुराको निक्र्योल र कार्यान्वयन) अहिले नै गर्नुपर्छ ।

यदि तपाईंले आफ्नो विद्यालयमा वृक्षरोपण गरिसक्नुभएको छ अथवा चाँडै नै वृक्षरोपण गर्दै हुनुहुन्छ भने रोपिएका बोट, बिरुवाका प्रकार, रोपिएको ढाँचा आदि स्पष्ट देखिने गरी दुईदेखि चार वटासम्म फोटो असोज मसान्त, २०७१ भित्र शिक्षक मासिकमा पठाउनुहोस् । त्यसरी पठाइएकामध्ये हामीलाई उत्कृष्ट लागेका फोटो पठाउने अधिकतम २ वटा विद्यालयलाई शिक्षक मासिक तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको तर्फबाट रु.२० हजार नगद सहित ‘हराभरा विद्यालय’ को प्रमाणपत्र प्रदान गरिनेछ । 



 

commercial commercial commercial commercial