विद्यार्थी नियमित गराउने हाम्रो अथक् प्रयास

एक दिन त एक जना अभिभावकले भने, “मास्टरहरू किन घरी घरी गाउँमा आएर विद्यार्थी पठाइदेऊ भनेर भन्छ भनेको त बल्ल थाहा पायो नि — विद्यार्थी धेरै हुँदा उनीहरूको तलब धेरै आउने र थोरै हुँदा तलब पनि थोरै आउने रहेछ !” झ्ट्ट सुन्दा हाँसो उठ्ने यो भनाइले यहाँका अभिभावकको अवस्था झ्ल्काउँछ ।

म२०६५ चैतदेखि मकवानपुरको राईगाउँ–७ अन्तर्गत पर्ने श्री बुद्घि सिद्घि प्राविमा अस्थायी शिक्षकका रूपमा कार्यरत छु । यो गाविस भौगोलिक दृष्टिले विकट त छँदैछ, त्यसमाथि वडा नं. ७ गाविसकै पिछडिएको क्षेत्रमध्ये मानिन्छ । २०४६ सालमा स्थापना भई कक्षा ५ सम्म सञ्चालित यस विद्यालयको मुख्य चुनौती भनेको विद्यार्थी नियमित उपस्थित नहुनु हो । शिक्षकका नाताले बालबालिकालाई स्तरीय शिक्षा दिनु हाम्रो प्रमुख कर्तव्य हो । तर त्यसका लागि बालबालिका नियमित रूपमा स्कूल त आइदिनुप¥यो नि ! त्यसैले बालबालिका नियमित नहुने समस्याको समाधान गर्न हामी शिक्षकले अभिभावकलाई भेला गरेर छलफल गर्ने र घरदैलो कार्यक्रम गर्ने योजना बनायौं र त्यसै अनुरूप ग¥यौं पनि ।

हामीले तपाईंका बालबालिका किन नियमित विद्यालय आउँदैनन् भन्ने प्रश्न गर्दा अभिभावकले आर्थिक अवस्था कमजोर भएकोले घरमुली पैसा कमाउन बाहिर जानुपर्ने र बालबालिकाले घरायसी काममा सहयोग गर्नुपर्ने जस्ता उत्तर दिन्थे । त्यस्तो अवस्था हामी प्रत्यक्ष पनि देख्न सक्थ्यौं तर हामीले बालबालिकालाई काममा लगाउनुहुँदैन भन्न सक्ने अवस्था थिएन र समाधान गर्ने उपाय पनि थिएन । हामीले शिक्षाको महŒव बुझउन सके केही सुधार हुन्थ्यो कि भन्ने ठानेर शिक्षित भएमा गर्न सक्ने काम र शिक्षित व्यक्ति आत्मनिर्भर भएका उदाहरण दिंदै आफूले थप मिहिनेत गरेर भए पनि बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्ने कुराहरू ग¥यौं ।

हामी प्रायः जसो फुर्सदमा गाउँ घुमेर र घरमा पढ्ने वातावरण बनाइदिन पनि आग्रह गथ्र्यौं । तर पनि विद्यार्थी भने नियमित भएनन् । अभिभावकसँग पटक पटक आग्रह गर्दा उस्तै समस्या दोहो¥याउने गर्थे । बालबालिका विद्यालय पठाउँदा घाँसदाउरा काट्न नपाउने, बस्तुभाउ भोकै हुने, बालीनालीको हेरचार नहुने, स–साना केटाकेटी हेर्न समस्या हुने आदि । दुई वा सोभन्दा बढी विद्यार्थी भएको घरबाट चाहिं पालैपालो गरी स्कूल आउँथे । हामीले गाउँका बुद्धिजीवीसँग आग्रह गर्दा, “यहाँको चलन यस्तै हो, जति जना आउँछन् त्यतिलाई पढाइदिनू” भन्थे । एक दिन त एक जना अभिभावकले भने, “मास्टरहरू किन घरी घरी गाउँमा आएर विद्यार्थी पठाइदेऊ भनेर भन्छ भनेको त बल्ल थाहा पायो नि — विद्यार्थी धेरै हुँदा उनीहरूको तलब धेरै आउने र थोरै हुँदा तलब पनि थोरै आउने रहेछ !” झ्ट्ट सुन्दा हाँसो उठ्ने यो भनाइले यहाँका अभिभावकको अवस्था झ्ल्काउँछ ।

नेपालका अन्य ठाउँहरूमा जस्तै यहाँ पनि प्रौढ शिक्षा र साक्षरता कार्यक्रम सञ्चालन भए पनि त्यसको प्रभाव खासै पर्न नसकेको जस्तो लाग्छ ।

हामी विद्यार्थी नियमित गराउने अन्य उपायको खोजीमा लागि नै रह्यौं । त्यसमध्येको एउटा उपाय अन्तर्गत कक्षागत हाजिरी गणना गरी सबभन्दा बढी हाजिरी हुनेलाई वार्षिक परीक्षाको नतीजा प्रकाशनसँगै शैक्षिक सामग्री दिएर पुरस्कृत गर्ने तथा विद्यालयभरिमा सबभन्दा बढी हाजिर हुनेलाई नगद पुरस्कार दिने नियम बनाएर लागू ग¥यौं । त्यस्तै विद्यार्थीको रुचि अनुसारका खेलकुद सामग्री खरीद गरी खेल्न दियौं । अभिभावक, विद्यार्थी, शिक्षक र विव्यसको आचारसंहिता निर्माण ग¥यौं । अभिभावकलाई कम्तीमा महीनाको एक पटक विद्यालयमा आई अवलोकन गर्न र मनमा लागेका र देखेका केही कुराहरू लेख्न अभिभावक आगन्तुक पुस्तिकाको व्यवस्था ग¥यौं ।

कम्तीमा ८०% हाजिरी नभएका विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण नगर्ने निर्णय अभिभावकको उपस्थितिमै ग¥यौं तर त्यो निर्णय पनि लागू गर्न सकिएन, किनभने कुनै पनि विद्यार्थीले एक शैक्षिक सत्रभरिमा ८०% हाजिरी पु¥याउनै सकेनन् । उनीहरूले पाउने सेवा–सुविधाबाट बञ्चित गर्न हाम्रा लागि सम्भव थिएन । विद्यार्थी नियमित उपस्थित नहुनु ग्रामीण क्षेत्रको साझ समस्या हो । यो क्षेत्रमा विद्यार्थी नियमित गराउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो भन्ने हामीलाई लाग्न थालेको छ । अहिले पनि हाम्रो विद्यालयको विद्यार्थी उपस्थिति दर ४०–५० प्रतिशतको बीचमा छ भने औसत शैक्षिक उपलब्धि ५०–६० प्रतिशतको हाराहारी रहेको छ । चार÷पाँच वर्षको अवधिमा धेरै सुधार गर्न नसकिए पनि केही सुधार भने भएको छ भन्ने हामीलाई लागेको छ ।

अहिले फेरि शिक्षा नीति तथा अभ्यास केन्द्र नामक एक गैसससँगको सहकार्यमा कक्षाकोठा रङ्गीचङ्गी बनाउने, अभिभावक उत्प्रेरण कार्यक्रम गर्ने तथा मासिक आमा भेला गरी विद्यार्थीलाई नियमित हुन प्रेरित गर्ने र विद्यार्थी सरसफाइमा ध्यान दिने आमाहरूलाई मासिक रूपमै पुरस्कृत गर्न अर्काे प्रयास शुरू गरिएको छ । विद्यार्थी नियमित हुनु स्तरीय शिक्षाको आधार भए पनि “स्तरीय शिक्षाको लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७” ले जुन १४९ वटा सूचकहरू तोकेका छन्, हाम्रो जस्तोे ग्रामीण क्षेत्रका विद्यालयमा तत्काल लागू गर्न सकिने अवस्था छैन । किनभने ती सूचकमा उल्लेख गरे बमोजिमका पक्की भवन, खेल मैदान, करेसा बारी, स्वास्थ्य परीक्षण, विद्युतीय उपकरण र विद्युत्, समुदायको सहभागिता, पर्याप्त खानेपानी, विद्यार्थी नियमित उपस्थिति लगायत अन्य विभिन्न सूचकहरू यस क्षेत्रका विद्यालयको पहुँच भन्दा निकै टाढा छन् । तैपनि अधिकतम शैक्षिक उपलब्धि वृद्धि गर्न र स्तरीय शिक्षा प्रदान गर्न हामी निरन्तर प्रयास गरिरहने छौं ।

प्रधानाध्यापक
श्री बुद्घि सिद्धि प्रावि राईगाउँ–७, मकवानपुर

commercial commercial commercial commercial