निःशुल्क पाठ्यपुस्तकः ‘उल्फाको धन, फुपूको श्राद्ध !’

किताबका पाना क्रमशः च्यातिएर जाँदा छन्, सरस्वतीका भक्तहरूलाई कुनै वास्ता छैन । वास्ता गरुन् पनि किन ? विद्यालयमा गोदामभरि थुप्रिएका किताब सित्तैंमा पाइएको छ । त्यसका लागि न त एक पैसाको दुःख गर्नुपरेको छ, न त दुई पैसा खर्च नै । सरहरूले, “किताबको जतन गर” भन्न पनि मिलेन । भने पनि विद्यार्थी किन टेरिरहन्छ ? सरकारबाट उसकै लागि सित्तैं आएका किताब भन्ने कुरा उसलाई थाहा छैन र !

“हाम्रो पालामा त फोन गर्न पनि यति टाढा पुग्नुपथ्र्यो, अहिले त हात हातमा ... ।”
“हाम्रो पालामा त नुनतेल लिन यति टाढा पुग्नुपथ्र्यो, अहिले त घरघरैमा जस्तो... ।”
“हाम्रो पालामा त जाँतोमा नै सामल पिंध्नुपथ्र्योे । कुखुरो नबासी नउठी धरै थिएन, कहिले कहिले त रातैभरि पनि... । अहिले त टोलटोलमा मील आएको छ ... ... ।”

“हाम्रो पालामा त गाडी हेर्न पनि तीन दिनको बाटो हिंड्नुपथ्र्यो । अहिले त गाउँगाउँमा ... ।”

सबैले आफ्नै पालाको कुरो गर्छन् । आफ्नै काम कुराको व्याख्या गर्छन् । अहिले हरेक कुरामा सुविधा भएको छ, सजिलो भएको छ । तर आफ्नो पालाको कुरोले जसलाई पनि पछ्याइरहँदो रहेछ । मलाई पनि त्यस्तै भइरहन्छ । त्यो पनि अरू कुरोको हैन, विद्यालयमा पढाइने पाठ्यपुस्तकको ।

हाम्रो पालामा पाठ्यपुस्तक अत्यन्त महँगो र दुर्लभ जस्तो हुन्थ्यो । पुग्नै दिनभरि लाग्ने जिल्ला सदरमुकामस्थित एउटा पुस्तक पसलमा खै कतिखेर किताब आएर कतिखेर सकिइसक्थ्यो, थाहै पाइँदैनथ्यो । शायद त्यतैतिरका विद्यार्थीहरूलाई नै पुग्दैनथ्यो होला । हामी जस्ता गाउँले भने प्रत्येकपटक गयो, रित्तै फक्र्यो । बल्लतल्ल एक दिन एउटा, अर्को दिन अर्को गर्दै कैयौं पटक धाएपछि किताबको सेट पूरा हुुन्थ्यो । अन्यत्र जिल्लाको अवस्था मैले भोगेभन्दा पनि बढी कष्टकर थियो होला ।

काठमाडौंतिरबाट झ्किाउन सक्नेहरूले समयमै सेटै किताब पढ्न पाउँथे । त्यसो गर्न नसक्नेहरूले, जिल्ला सदरमुकाम धाएर ल्याइएका एकसेट किताबबाटै काम चलाउन, एउटा टोलमा दुई–तीन जनासम्मका समूह समेत बनाइएका हुन्थे । (गाउँमै जन्म लिएर हाल शैक्षिक निकायको उच्च ओहोदामा पुगेका कतिपय महानुभावहरूले पनि यो नियति भोगेको हुनुपर्छ ।) ती किताबलाई भरसक प्लास्टिकको कभर लगाएर खुबै जतन गरिन्थ्यो । केरमेट गर्ने काम हुँदैनथ्यो, आफ्नो नामसम्म लेख्नेबाहेक । स्वाभाविकै पनि हो, धेरै दुःख गरेर जोडेको सामान छ भने, जसलाई पनि त्यसको माया लाग्छ नै । त्यत्तिकै भेटेको वा पाएको कुनै पनि वस्तुको कुनै महŒव हुँदैन । अर्को साल तिनै किताब आधा मूल्यमा अरूले किनेर लान्थे ।

तर अहिलेका विद्यार्थीलाई धेरै सजिलो भएको छ । सरकारबाट आएको निःशुल्क पाठ्यपुस्तक पढ्न पाउँछन् । पाठ्यपुस्तक वितरणमा कहींकतै केही ढीलो भयो भने त्यो निकै ठूलो समाचार बन्छ, शैक्षिक सत्र शुरू भएको यति समय बितिसक्दा पनि फलाना ठाउँका विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित भए भनेर । शिक्षक विद्यार्थीहरूले राम्रो बहाना पाउँछन्– “पाठ्यपुस्तकै नभए के पढ्नु, के पढाउनु ?” केही ढीलो, केही छिटो होला, पाठ्यपुस्तक सबैतिर पुग्छ नै ।

तर ती पाठ्यपुस्तकको हविगत देख्दा रुनै मन लाग्छ । कक्षामा सरले पढाएको बेला, खाली ठाउँ भर्ने वा त्यस्तै केही अरू प्रकृतिको अभ्यास भए किताबमै त्यसको उत्तर लेख्न पनि विद्यार्थीले त्यही पुस्तकको उपयोग गर्छन् । त्यो त लौ आवश्यक कुरो नै भएछ रे ! तल माथि, दायाँ बायाँ, जताततै आफ्ना साथीभाइ, बाउबाजेको नाम, कसैको फोन नम्बर लेख्ने पनि त्यही किताबमै हो । परीक्षामा च्यातचुत पारिने पनि त्यही । कतिले त्यसलाई बडो बेवास्ताका साथ हातैमा बोकेका हुन्छन् । करलाग्दी स्कूल जानु परेका विद्यार्थीले त चट्पटेवालालाई थमाएर, एकसोली चट्पटे खाएर पनि किताब सिध्याउँदा हुन् । किताबका पानाहरू क्रमशः च्यातिएर जाँदा छन् । सरस्वतीका भक्तहरूलाई कुनै वास्ता छैन । वास्ता गरुन् पनि किन ? विद्यालयमा गोदामभरि थुप्रिएका किताब सित्तैंमा पाइएको छ । त्यसका लागि आफूले न त एकपैसाको दुःख गर्नुपरेको छ, न त दुई पैसा खर्च नै ।

सरहरूले, “किताबको जतन गर” भन्न पनि मिलेन । भने पनि विद्यार्थी किन टेरिरहन्छ ? सरकारबाट हाम्रै लागि सित्तैं आएका किताबहरू भन्ने कुरा उसलाई थाहा छैन र ! जुन चीज सित्तैं मिल्छ, त्यसको महŒव हुँदैन भन्ने कुरा ऊ आफैंले बुझ्ेको पनि छ, अर्थशास्त्रतिर कतै पढेको पनि छ । त्यसमाथि पनि आफू र आफ्ना दाजुदिदीहरूले पोहोरपरार विद्यालयमा बुझएका किताबहरू, विद्यालयकै चौरमा डढाएको वा कुनै कोठातिर धमिराले खाएको पनि उसले देखेकै छ । अनि, त्यस्ता फोहोर र कसिङ्गरे किताबलाई किन मानमनितो र जतनजगेडा गरिरहनु ? मामाको घोडामा भान्जाको हि..हि.. हुनैप¥यो ।

हुनत, कतिपय विद्यालयमा पुराना किताब बुझदा, पानापाना हेरेर, कुनै पाना च्यातेको भए, एकपानाको कति रुपैयाँको दरले विद्यार्थीलाई तिराइएको पनि देखिन्छ । तर त्यसलाई पनि, किताब जोगाउने त्यस्तो प्रभावकारी उपाय मान्न सकिन्न । यही कुरालाई लिएर पनि सचेत अभिभावकहरूबाट आवाज उठ्न सक्छ । सित्तैं आएका किताबको पैसा किन तिराउने ?

विद्यार्थीलाई किताब त पढ्न र पढिसकेपछि फ्याँकिदिन नै आएका न हुन् । किनभने अर्को साल, फेरि नयाँ किताब आइहाल्छन् । भनेपछि, किताबको जतन गर्ने, गराउने कुनै आवश्यकता, आधार र औचित्य नै रहेको देखिंदैन । भनिन्छ, मानिस खान नपाएर होइन, खान नजानेर चाहिं मर्छ ।

हाम्रो देशलाई विकासोन्मुख देशका रूपमा चिन्दै चिनाउँदै र पढ्दै पढाउँदै आएको पनि दशकौं भइसक्यो । विकास र उन्नतिका हिसाबले हामी हाम्रा छिमेकी देशहरूका तुलनामा कति पछाडि छौं भन्ने कुरा, सामान्य मानिसलाई पनि राम्ररी थाहै छ । यस्तो देशले विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने उदारता र क्षमता प्रदर्शन गर्न सक्ने कुरै हुँदैन । यो सुविधा उपलब्ध गराउन सकेकै विदेशी संस्थाहरूले दिएको अनुदान वा सहायताका आधारका होला । तर कसैले दिएको उपहार वा सहयोगको त सदुपयोग पो गरिनुपथ्र्यो त ! “हामीले यत्ति किताब निःशुल्क बाँड्यौ” भनेर फुर्ती लगाउँदै वर्षेनि विदेशी सहयोग कुम्ल्याउनुलाई कुन बहादुरी ठान्ने ? बरु, त्यस्तो सहयोग लिनैछ भने, एकसाल किताब बाँडेर, “अब पाठ्यक्रम परिवर्तन नहुन्जेल किताब बाँडिने छैन” भनी, उताबाट भने किताब वर्षेनि बाँडिएको भनेर पनि सहयोग लिइरहन सकिन्थ्यो कि ! त्यसो हुन सके र मिले, सहयोगबाट प्राप्त रकम अन्य विकास निर्माणका काममा उपयोग गर्न सकिने थियो । नत्र त्यसो गर्न मिल्दैन भने, किताब निःशुल्क बाँड्ने कामको कुनै औचित्य नभएकोले अन्य शीर्षकमा पनि त विदेशी सहयोग हात पार्न सकिन्थ्यो होला ! आखिर ती दाताहरू पनि आफूले गरेको सहयोग यसरी दुरुपयोग होस् भन्ने चाहना भएका त छैनन् होला नि !

यसरी निःशुल्क किताब बाँड्दा, विद्यालयका केही प्रअहरूलाई फाइदा हुँदो हो । सम्बन्धित मन्त्रालय वा निकायहरूलाई फाइदा हुँदो हो । छाप्ने क्रममा कसैलाई कमिसनबापतको फाइदा हुँदो हो । खास पाउनुपर्नेले भने पाएको फाइदा त्यही किताब हो, जो एक वर्ष हल्लाएर थोत्रो पारी फालिने गरिन्छ ।

उता निजी विद्यालयका विद्यार्थीहरूले भने टन्न पैसा तिरेर किताब किन्नुपर्छ । उनीहरूका किताब विभिन्न प्रकाशनहरूले प्रकाशन गरेका हुन्छन् । तिनलाई पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरिदिएको हुन्छ । छानीछानी लिने हो । एउटै स्तरमा पढ्ने विद्यार्थीहरू कसैले किताब किन्नुपर्ने, कसैले सित्तैं पाउने । यो पनि त न्यायोचित भएन नि ! कि त उनीहरूलाई पनि किताबमा अनुदान दिनुप¥यो । त्यसो भए, उनीहरूले तिर्ने शुल्क पनि कम हुन्थ्यो होला । किताबको नाममा हुने विभिन्न प्रकाशन र बोर्डिङ स्कूलको कमिसन खेल पनि हराउँथ्यो होला । उता, एसएलसीपछि कक्षा ११, १२ मा गएपछि चाहिं किताब किन्नैपर्छ ।

कहिलेसम्म चलिरहने हो यो जताततैको भद्रगोल !

सरस्वती उमावि खानीभन्ज्याङ, ओखलढुङ्गा

commercial commercial commercial commercial