‘सुधा म्याम’

उसले छोरीहरूलाई समय दिन सकिन, त्यसैले असल आमा हुन सकिन । आज विद्यालयमा ऊ अक्षम र बेमतलवी शिक्षकको रूपमा गनिएकी छे । अभिभावकहरूको नजरमा ऊ कामचोरमा गनिई । सरकारको नजरमा त झ्न् ऊ राहतवाला नै भइहाली, कुनै सुविधा दिनु नै नपर्ने । विद्यार्थीहरू पहिलेकी सुधा मिस र अहिलेकी सुधा म्याममा आएको परिवर्तन देखेर ट्वाल्ल पर्छन् ।

‘दुलही, गाईबस्तुले हिजोदेखि घाँसको त्यान्द्रो देख्न पाएका छैनन् । मैले नकराई काम हुँदैन ?’
(एक्लै भुतभुताउँदै) ‘बडो मास्टर्नी भैखाकी ।’

‘यी लौ हेर, यस्तो ताल छ । यति बेलासम्म खाना पाकेको छैन । जागीरे श्रीमतीका लोग्नेहरूले त टाइममा खानै नपाइने पो रहेछ ।’

‘मामु मलाई स्कूल जान ढीला भइसक्यो । होमवर्क नै सकेको छैन । मिसले पिट्नुहुन्छ । यो बहिनी पनि कति रुन्छे ।’

‘म्याडम; खै आज पनि स्कूलमा ढीला ! यस्तो पाराले त सधैं चल्दैन है ।’

‘म्याम, खै त अस्ति नै चेक गर्न लगेको कपी फिर्ता दिनुभएको । हाम्रो परीक्षा नै आउने बेला भइसक्यो । त्यति पनि नहेर्दिने ?’

‘यो मास्टर्नीलाई जागीर बढी भए जस्तो छ, हाम्रा बच्चाको भविष्यमाथि खेलबाड गर्न त पाइन्न नि !’

‘आज बसेको मन्त्रिपरिषद्को बैठकले राहत, निजी स्रोत, करार आदि अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरूलाई प्रतिस्थापन गर्न खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी नियुक्ति गर्ने निर्णय गरेको छ ।’

‘तपाईंको यो तेस्रो गर्भ होइन ? दुइटी छोरी भएपछि पनि अझ्ै सन्तान चाहियो ? तपाईं शारीरिक रूपमा त्यस्तो कमजोर हुनुहुन्छ । स्वास्थ्यको पनि ख्याल राख्नुहोस् ।’

‘छोरी तिमीले राम्ररी पढेर यहाँसम्म आयौ । तिमी अझ्ै ठूलो मान्छे भएको हामी देख्न चाहन्छौं । अझ्ै मिहिनेत गर, ठूल्ठूलो ठाउँमा नाम निकाल्नुपर्छ ।’

उफ् ! कुन साइतमा जन्मन पुगिछे सुधा । सानी छँदा बाबुआमाले छोरी धेरै पढ्नुपर्छ; पढेर मात्र ठूलो मान्छे भइन्छ भन्दा भित्रभित्रै ऊ ठूलो मान्छे भएको कल्पनामा रमाउँथी । तर ऊ बल्ल बुझदै छे एउटी छोरी मान्छेलाई ठूलो मान्छे बन्न कत्ति गाह्रो हुँदोरहेछ । विद्यालयमा हुँदा त पढाइको महŒव बुझने बेला भइसकेको थिएन । उच्च शिक्षा अध्ययन गर्दा बल्ल उसले पढाइको महŒव बुझ्ी र जोशिएर पढी । ठूलै सपना बोकेर आइएडमा भर्ना भई । सँगसँगै घर नजिकैको बोर्डिङ स्कूलमा पढाउन थाली । बिहान अध्ययन, दिनभरि अध्यापन । तैपनि थकाइको महसूस भएन उसलाई । आमाबुबाको प्रेरणा र हौसलाले ऊ सफलतापूर्वक अघि बढ्दै गई । उसले बीएड प्रथम श्रेणीमै पास गरी । त्यसै क्रममा गाउँकै सरकारी स्कूलमा राहत कोटाको प्रतिस्पर्धामा सबैलाई उछिन्दै नाम निकाली उसले ।

हुर्केकी छोरी छिप्पिउन्जेल माइतीमा राख्नुहुँदैन भन्ने निःशुल्क सुझवको ओइरो लाग्न थाल्यो छरछिमेकी र इष्टमित्रहरूबाट । बिहे गर्ने कुराको कल्पना गर्न नभ्याउँदै आमाले उसलाई फकाउन थालिन् ।

‘पुग्ने पढिहाल्यौ । सरकारी स्कूलको जागीर, आफ्नै खुट्टामा उभिन पनि सकिहाल्छ्यौ । त्यसमाथि केटो कुल घरानाको, निजामती सेवामा लडेर अधिकृतमा नाम निकालेका रे । शहरमै राखेर पाल्छु भनेका छन् ।’

‘आमा, भर्खर त बीएड सकें, अझ्ै दुई वर्ष डिग्री पढ्नुछ । जागीर पनि अस्थायी । आफ्नो खुट्टामा राम्ररी उभिने नभई त्यस्तो कुरा सोच्न नि सक्दिनँ । भो, तपाईं आफ्नो काममा जानोस् । म कविता लेख्दैछु ।’

‘तिम्रै भविष्यको लागि त हो नि ! नाइँ नभन न छोरी । बुझ्ेका केटा छन् । तिम्लाई पढ्न र अगाडि बढ्न कहाँ रोक्लान् र ! कुरा बुझ् छोरी, अब हाम्रो अन्तिम कर्तव्य पूरा गर्न देऊ । त्यसपछि हाम्रो पनि स्वर्गको बाटो खुल्छ ।’
‘आमा ! मेरो पनि त इच्छा हुनुप¥यो । मलाई त्यतातिर अहिले चासो नै छैन क्या !’

छेउमै बसेर चुपचाप आमाछोरीको वादविवाद सुनिरहेका सुधाका बाबु पनि छोरीलाई सम्झउन अघि सरे । ‘ल तँ आफ्नो सुर गर त्यसो भए’ भन्ने धम्कीको तहसम्म पुग्यो वादविवाद । सानैदेखि आपूmभन्दा ठूलाले भनेको खुरूखुरू मान्दै आएकी सुधाले त्यतिको प्रतिवाद गर्नु पनि सामान्य कुरा थिएन । अन्ततः बाबुआमाको ढिपीका अगाडि उसको केही जोड चलेन ।

उसले आफूलाई जबर्जस्ती बिहेका लागि मानसिक रूपमा तयार बनाई । उसलाई केटा र उसका अभिभावक हेर्न आउनुअघि ‘उनीहरू तिमीलाई हेर्न आउँदैछन्, तिमीले पनि हेर्नू, आपसमा कुरा गर्नू र निर्णय लिनू’ भनियो । ‘निर्णय लिनू’ भन्ने वाक्यभित्र औपचारिकता मात्र थियो भन्ने उसले बुझ्सिकेकी थिई । उसले केटासँग कुरा गर्नु र उसका बारेमा बुझनु त परैजाओस्; मुन्टो उठाएर उसको अनुहारसम्म हेरिनँ । बाबुआमाको उत्साहित अनुहार पढेर नै उसले हुन्छ भन्ने निर्णय दिई । बिहे धुमधामसँग भयो ।

बिहेसँगै उसका कहाली लाग्दा दुःखका दिन शुरू भए । उसका बाबुआमाले शिक्षादीक्षा दिएका छौं; तिमीलाई दाइजो त्यही भयो भनेका थिए तर पतिको घरमा भित्रिएकै दिन ‘माग्नेकी छोरी’ भन्ने शब्दरूपी तीरले उसको मुटु छेड्यो । दोस्रो दिनदेखि शिल स्वभाव र ढंगरंग केही नभएकी भन्ने वचनरुपी बाण प्रहार सहनुप¥यो उसले । घरभरी मान्छे हुँदा पनि भात भान्सा, चूलो चौको तथा सरसफाइमा उसलाई सहायता गर्ने कोही निस्केन । नन्द, आमाजू तथा सासूका गोडा नमिचेसम्म आधारात बितिसक्दा पनि ऊ सुत्न पाइनँ । त्यति गर्दा पनि उसले कुनै दिन उनीहरूका मुखबाट मीठो वचन सुन्न पाइनँ । छोरा पाउन नसकेकोमा उसको नामको अगाडि अलच्छिनी विशेषण थपियो । घरायसी कामको बोझ् र जागीरको व्यस्तताले थिचिएर एकनिमेष फुर्सद नहुँदा पनि लोग्ने चाहिं आफूलाई ‘टाइम नदिएको’ भनेर सधैं ठुस्किरहे ।

सुत्केरी हुँदा स्कूलबाट अरू सरह दुई महीनाको विदा सुविधा उसले पनि पाई । शरीरको हेरचाह र सन्तुलित आहारबिहारमा ध्यान दिनुपर्ने उसको त्यो समय झ्न् कठोर घरायसी शारीरिक परिश्रम गरेरै बित्यो । आफ्नो शारीरिक पीडा र थकानबारे उसले मुख खोल्नुअघि नै सासू आफ्ना पुराना दिनका पुन्तुरा खोल्न थालिहाल्थिन् । ‘हाम्रा पालाँ अहिलेकालाई जस्तो सुख कहाँ थियो र बाबै ! जंगलैमा बच्चा जन्मायो, घाँसको भारीमाथि राखेर घर ल्यायो । दुई छाक तातो खान माइत नगई पाइन्नथ्यो । अहिलेकालाई त के छ र ? अस्पतालाँ गएर ब्यायो, मज्जाले घिउ र भात हसु¥यो । तैपनि सासूले दपेटी भन्न छोड्दैनन् ।’

उसले छोरीहरूलाई समय दिन सकिन, त्यसैले असल आमा हुन सकिन । आज विद्यालयमा ऊ अक्षम र बेमतलबी शिक्षकको रूपमा गनिएकी छे । अभिभावकहरूको नजरमा ऊ कामचोरमा गनिई । सरकारको नजरमा त झ्न् ऊ राहतवाला नै भइहाली, कुनै सुविधा दिनु नै नपर्ने । विद्यार्थीहरू पहिलेकी सुधा मिस र अहिलेकी सुधा म्याममा आएको परिवर्तन देखेर ट्वाल्ल पर्छन् ।

म्यामले गृहकार्य समयमा नहेरिदिने; कक्षामा समयमा उपस्थित नहुने र परीक्षा नजिकिंदा पनि कोर्स नभ्याउने भन्दै उनीहरू गुनासोको बिस्कुन फिजाउँछन् । उसको गर्भमा भएको बच्चाको लिंग परीक्षण गर्ने पारिवारिक दबाबलाई टार्न नसकेर ऊ क्लिनिक जान्छे । फेरि पनि छोरी नै भएको समाचार सुनेर ऊ लामो सास तान्छे र भावविह्वल बन्छे । उसलाई थाहा छ परिवारबाट गर्भपतनका लागि उसलाई दबाब आउनेछ । त्यस्तो कल्पना मात्रैले पनि उसको ममतामयी मन छियाछिया हुन्छ । डाक्टरले उसको गम्भीर स्वास्थ्यबारे सबैलाई सचेत गराइसकेका छन् । तैपनि उसको वेदना कसले सुनिदेओस् ।

अनेकन कष्टपूर्ण परिस्थिति सहेर बाँचिरहेकी सुधा कति ठूली बनी ऊ आफैंलाई थाहा छैन । परिवार, समाज, पेशा, स्वास्थ्य सबैप्रति नै ऊ आक्रोशित छे । महिला भएर हेपिएर बस्नुहुन्न भन्ने चेतना भएर पनि ऊ विद्रोही बन्न सकेकी छैन । आमा भएर बालबच्चाको राम्रो हेरविचार गर्नुपर्छ भन्ने थाहा नभएको कहाँ हो र ! लैंगिक भेदभाव गर्ने यस समाजलाई ऊ बहिष्कार गर्न पनि सक्दिनँ । स्वास्थ्यप्रतिको चिन्ता गर्ने फुर्सद कहाँ उसलाई ! आखिर कहिलेसम्म शिक्षक सुधा ? कहिलेसम्म ? प्रतिष्ठित शिक्षण पेशामा आबद्ध भएर पनि... तर... के भन्ने होला त उसलाई ? हरे शिव ! ? स्याबास ! ?

श्री बागेहिणी मा.वि., भक्तपुर

commercial commercial commercial commercial