अमेरिकी कक्षामा नेपाली शिक्षक

कुनै बिदाको दिन, डुल्दै शिक्षक मित्र सूर्यबहादुर गुरुङकहाँ पुगें । उहाँ शिक्षक पत्रिका पढेर बसिरहनुभएको थियो । शिक्षक का पाना पल्टाउँदै जाँदा ‘नेपालका शिक्षक पनि अमेरिका जाने अवसर’ भन्ने शीर्षक (शिक्षक, फागुन २०६९) को समाचारमा आँखा परे । त्यो कार्यक्रमको नाम टिचिङ एक्सेलेन्स एण्ड एचिभमेन्ट प्रोग्राम (टीईए) [Teaching Excellence and Achievement Program (TEA)] रहेछ । आफ्नो पेशासँग सम्बन्धित कार्यक्रम लाग्यो । आवश्यक कागजातका साथ निवेदन पेश गरें । विभिन्न चरण पार गर्दै अन्त्यमा विश्वव्यापी प्रतिस्पर्धामा नेपालको तर्फबाट छानिन सफल भएँ ।

विश्वका विभिन्न देशका शिक्षकलाई आफ्नो विषयगत ज्ञान फराकिलो पार्ने, सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित टीईए कार्यक्रम अमेरिकी विदेश विभागको सहयोगमा ‘आइरेक्स’ (International Research and Exchange Board) नामक संस्थाले सञ्चालन गर्दाे रहेछ । शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यो ६ हप्ते कार्यक्रममा शिक्षण पद्धति, पाठयोजना, शिक्षण रणनीति र प्रशिक्षण सम्बन्धी प्रविधिमा प्रशिक्षण लिने अवसर प्राप्त भयो । यस अवधिमा अमेरिकाका विद्यालयमा गएर करीब ४० घण्टाको शिक्षण अनुभव हासिल गर्ने र विभिन्न सांस्कृतिक, ऐतिहासिक ठाउँको अवलोकन भ्रमण गर्ने मौका पनि पाइयो ।

यो कार्यक्रममा ३१ देशका ७४ जना शिक्षक सहभागी गराइएको थियो । वासिङटन डीसीको प्लाजा होटलमा पहिलो पटक सबै सहभागीलाई एकै पटक भेट्दा अचम्मै लाग्यो । सबैले अङ्ग्रेजीमा नै कुरा गर्दथे तर विभिन्न ठाउँ र परिवेशको भिन्न लवजले गर्दा मैले जस्तै अरूहरूले पनि सबैका कुरा राम्ररी बुझन नसके जस्तो लाग्थ्यो । करीब तीन दिनको वासिङटन बसाइँमा हरेक शिक्षकले आ–आफ्नो देशको संस्कृति; शिक्षा, रहनसहन र विभिन्न क्षेत्रका चुनौतीलाई पोस्टरका माध्यमबाट प्रस्तुत गरेका थिए । प्रायः सबै विकासोन्मुख देशहरूको शैक्षिक परिवेश उस्तै उस्तै लाग्यो । साथीहरू सांस्कृतिक पहिरनमा सजिएको बेलाको त्यो दृश्य साँच्चिकै बगैंचामा रंगीविरंगी फूलहरू फक्रिए झैं थियो ।

सहभागी शिक्षकहरूलाई कार्यक्रमको उद्देश्य अनुसारको प्रशिक्षण गराउन र शिक्षण अनुभव दिलाउने जिम्मेवारी त्यहाँका विभिन्न चार वटा विश्वविद्यालयले लिएका थिए । त्यसमध्ये म लगायत १६ देशका १९ जना सहभागी विनथ्रोप विश्वविद्यालय (Winthrop University, South Carolina) को भागमा परेका थियौं ।

विनथ्रोप विश्वविद्यालयमा पुगेपछि त्यहाँका विद्यार्थीको जस्तै एउटा परिचयपत्र पाइयो । उक्त परिचयपत्रको प्रयोग मूलतः डाइनिङ हलमा खाना खान जाँदा गर्ने गरिन्थ्यो । आफू बस्ने कोठा र मुख्य भवनको गेटको ढोका खोल्नका लागि अर्कै कार्ड ‘स्वाइप’ गर्नुपथ्र्यो ।

विश्वविद्यालयका कक्षाकोठा शैक्षिक सामग्रीबाट भरिभराउ थिए । एक दिन प्रविधि सम्बन्धी कक्षा लिने प्रोफेसरले ‘ब्ल्याक बोर्ड डिजाइन’बारे अध्ययन गर्ने प्रस्ताव राखे । हामीले त सोझै ब्ल्याक बोर्ड कता रहेछ, त्यसलाई कस्तो डिजाइन दिनु रहेछ भनेर सोच्यौं । तर कुरा फरक रहेछ । ‘ब्ल्याक बोर्ड डिजाइन’ भनेको त एउटा वेब पेज पो रहेछ । त्यसमा लगइन (Login) गरेपछि प्रोफेसरहरूले विद्यार्थीलाई पढ्नको लागि राखिदिएका सामग्री हेर्न; उत्तर अपलोड गर्न र उहाँहरूले सच्याएर पुनः त्यहीं राखिदिएका सामग्री दोहोर्‍याइ तेहेर्‍याइ पढ्न सकिने रहेछ । यो त विद्यार्थी र शिक्षकको प्रत्यक्ष उपस्थिति विना पनि सिकाइ गर्न सकिने एउटा तरीका पो रहेछ । यस्ता प्रविधि हाम्रा विश्वविद्यालयहरूले पनि अवलम्बन गर्ने हो भने दुर्गममा बसेर जागीर खाएर पनि आफ्नो अध्ययनलाई अगाडि लैजान खोज्ने विद्यार्थीका लागि निकै सहज हुने थियो होला ।

विश्वविद्यालयसँगै हामीलाई विद्यालयको अनुभव पनि गर्ने अवसर मिलेको थियो । त्यसनिम्ति म क्यासल हाइट मिडल स्कूल, साउथ क्यारोलिनमा परेको थिएँ । हप्ताको दुई दिन बिदा हुने त्यहाँका विद्यालय बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालित हुने रहेछन् । एक घण्टाको एक पिरियड हुने रहेछ । हामीकहाँ शिक्षक विभिन्न कक्षामा पुगे जस्तै त्यहाँ विद्यार्थी एकअर्काे कक्षामा पुग्दा रहेछन् । एउटा कक्षामा एउटा मात्र विषय पढाइ हुँदो रहेछ । प्रत्येक कक्षामा इन्टरएक्टिभ बोर्ड, ल्यापटप सहित अन्य आवश्यक सामग्री राखिएको हुँदोरहेछ ।

पहिलो दिन क्यासल हाइट विद्यालय पुग्दा त्यहाँका एक शिक्षकले कक्षामा मेरो परिचय गराए । उनले विद्यार्थीलाई मसँग आफ्ना जिज्ञासा राख्न भन्ने वित्तिकै विद्यार्थीले मलाई यस्ता प्रश्न सोधे– “तपाईंको देशको राष्ट्रपति पुरुष कि महिला ? तपाईंको देशले कति पटक विश्वकप जित्यो ?” आदि । तिनले मेरो ढाका टोपी सम्बन्धमा खुब चासो दिई सोधेका थिए । म नेपालमा दिनहूँ तीन–चार ओटा कक्षामा पढाउँछु भन्दा उनीहरू आश्चर्यमा परेका थिए ।


पाँच जना विद्यार्थीलाई अगाडि बोलाएर ‘मुसुमुसु हाँसी देऊ न लै लै...’ गीतमा नाच्न अनुरोध गर्दै आफू नाच्न थालें । बाजाको तालमा बसेर–उठेर नाच्ने तरीका पनि सिकाउँदै गएँ । बल्ल सम्पूर्ण कक्षा रमायो । कतिले ‘आइप्याड’ मा भिडियो समेत खिचे । अन्त्यमा मेरो प्रयास सफल रह्यो ।

त्यहाँ; शिक्षकहरूलाई प्रत्येक दिन पढाउने पाठको योजना बनाउनका लागि दुई पिरियड समय दिइँदो रहेछ । विद्यार्थीहरू ऐच्छिक विषय (कला, खेलकुद, विदेशी भाषा, कम्प्युटर आदि) पढ्न जाँदा अनिवार्य विषय पढाउने शिक्षकहरूका लागि पाठयोजना बनाउने समय निस्कँदो रहेछ । शुक्रबार चाहिं एउटै विषय एउटै कक्षामा पढाउने शिक्षकहरू सँगै बसेर अर्काे हप्ताका लागि पाठयोजना बनाउँदा रहेछन् । हाम्रो देशमा पनि शुक्रबार विद्यालय चल्दा केही समय पाठयोजनाको लागि छुट्याएर विभागीय प्रमुख वा प्रअ समक्ष बुझाउने पद्धति लागू गर्न पाए उत्तम हुनेथियो कि भन्ने लाग्यो ।

अध्ययनको क्रममा मलाई त्यहाँ ११–१३ उमेर समूहका कक्षा– ६ मा अध्ययनरत विद्यार्थीको मनोभावना बुझन मन लाग्यो । त्यसनिम्ति मेरा शिक्षक मित्रसँग अनुमति मागी केही क्रियाकलापहरू गरें । सर्वप्रथम मैले नेपालको शिक्षा पद्धति, परम्परा र विद्यालय सम्बन्धी कुराहरू बताएँ । मेरो भाषागत समस्याले वा उनीहरूको न्यून इच्छाले गर्दा हुन सक्दछ– उनीहरूले मेरो कुरामा त्यति धेरै ध्यान दिएनन् । लगत्तै रोकेर नेपाली विवाह समारोहको भिडियो तथा नेपालसँग सम्बन्धित अरू कुराहरू देखाएँ । यसले केहीको ध्यान आकर्षित त गर्‍यो तर पूरै गर्न सकेन । त्यसपछि पाँच जना विद्यार्थीलाई अगाडि बोलाएर ‘मुसुमुसु हाँसी देऊ न लै लै...’ गीतमा नाच्न अनुरोध गर्दै आफू नाच्न थालें । बाजाको तालमा बसेर–उठेर नाच्ने तरीका पनि सिकाउँदै गएँ । बल्ल सम्पूर्ण कक्षा रमायो । कतिले ‘आइप्याड’ मा भिडियो समेत खिचे । अन्त्यमा मेरो प्रयास सफल रह्यो । नयाँ विषयवस्तु सिकाउनका लागि भाषण र भिडियो भन्दा पनि विद्यार्थीलाई समावेश गर्ने विधि नै उत्तम रहेछ भन्ने थप बुझें । 

मैले हरेक पटक यता नेपालमा हाम्रा सम्भावना र त्यहाँको सिकाइको तरीकालाई नियाल्दै गएँ । कक्षा ६ मा त्यहाँ पनि गणितको सरल (Simplification) पढाइ हुँदोरहेछ । क्यासल हाइटकी शिक्षक मेरी विलियम्सले नसुनेका पद्धति (GEMDAS) को प्रयोग गरेर सरल सिकाइरहेको थाहा पाएँ । मलाई आश्चर्य लाग्यो अनि उनको पिरियड सकिएपछि उनीसँगै एउटा प्रश्न अघि सारें । उनीसँग 12÷6 (5–3) को समाधान गर्ने तरिका र उत्तर मागें । उनले यसलाई यसरी समाधान गरिन् ।

12÷6 (5-3)
= 12 ÷ 6×2
= 2×2
= 4

यो समाधानले मलाई आश्चर्यमा पार्‍यो । अनि GEMDAS को पूरा अर्थ सोध्नतिर लागें । त्यसको अर्थ यस्तो हुँदोरहेछः
G- Grouping, E- Exponent, M- Multiplication, D-Division, A-Addition र S- Subtraction.  Grouping भनेको Brackets को काम रहेछ । तीन थरी Brackets लाई क्रमशः सानोलाई ( ) parenthesis, मझैलालार्ई { } brackets र ठूलोलाई [ ] brakets भनिंदो रहेछ । brackets को काम सकिएपपछि Multiplication / division first come first serve from left to right काम गर्ने, 'of' को रूपमा सीधै गुणा (Multiplication) प्रयोग गरिंदो रहेछ ।

आखिर कार्यक्रम नै आदान–प्रदानको निम्ति भएकाले मैले पनि हामीले प्रयोग गर्दै आएको ‘BODMAS' अर्थात् Brackets, या, Division, Multiplication, Addition and Subtraction का बारेमा बताएँ । हाम्रो तरीका अनुसार माथिल्लो सरलको समाधान यस्तो हुन्छ:

12÷6 (5-3)
= 12 ÷ 6 (2)
= 12×12
= 1

हामीकहाँ जब कुनै अङ्क र ब्राकेटको बीचमा चिन्ह हुँदैन त्यहाँ सर्वप्रथम 'of' को काम गरिन्छ; त्यो काम भागा (Division) भन्दा पहिले गरिन्छ भनेर बताएँ । उनले हाम्रो विधिबारे आफूले थाहा नपाएको बताइन् । त्यो कुरा उनले विद्यालयका अन्य साथीहरूसँग पनि राखिन् । सबैले आश्चर्य माने फरक उत्तर आएको देख्दा । त्यसपछि उनले यो कुरा विद्यार्थीसँग पनि राखिछन् । एक जना भारतीय मूलका विद्यार्थीले त्यो कुरा आफ्नो बाबालाई घरमा गएर सुनाएछन् । उनले पनि BODMAS पद्धति नै प्रयोग गर्ने गरेको बताएपछि मेरा शिक्षक मित्रलाई अलि छुट्टै प्रभाव परेछ । यो फरक पद्धति र उत्तरको जिज्ञासाले अरूलाई पनि घचघच्यायो । कार्यक्रममा सहभागी भारतीय, दक्षिण अफ्रिका, जिम्बाबे र निकारागुवाका शिक्षकहरूले पनि नेपालमा प्रयोग BODMAS तरीकाबाट नै समाधान निकाल्ने गरेको बताए । यो प्रश्नको उत्तर उनीहरूले पनि १ नै निकाले । पछि विश्वविद्यालयका गणितका प्राध्यापकहरूसँग पनि यो प्रश्न लिएर पुगें । उनीहरूले ४ नै उत्तर निकाले । यसरी एउटै प्रश्नलाई दुई तरीकाले समाधान गरेर दुई ओटा उत्तर आउनेसम्म गणित विषयमा हुँदो रहेछ भन्ने कुराको जानकारी प्राप्त गरें । अझै मलाई घरीघरी सोचाइ आउँछ अब मेरा बच्चालाई 'of' काे काम सिकाऊँ वा नसिकाऊँ ?

समयको उचित सदुपयोग गर्ने, सही तरीकाले योजना बनाउने र कार्यान्वयन गर्ने अमेरिकन शिक्षकहरूको पद्धति उत्कृष्ट लाग्यो । यसै सन्दर्भमा त्यहाँ एक दिन शिक्षा कार्यालयबाट निरीक्षक आउँदा मेरा शिक्षक मित्रले गणित शिक्षकहरूसँगको भेटघाटमा मलाई पनि जाने अनुमति दिए । बैठकमा कक्षा ६ मा गणित पढाउने अरू तीन जना शिक्षक, विनि र म गरी पाँच जना भयौं । पहिला मैले उनीहरूको छलफल सुनें । विनि शुरूदेखि नै आइप्याडमा शिक्षकहरूले भनेका कुरा टिपोट गर्दै थिए ।

उनीहरूको छलफल आजसम्म पढाएका पाठ, ती पाठ पढाउँदा शिक्षकले भोग्नु परेका कठिनाइ, विद्यार्थी मूल्याङ्कनमा परेका समस्या र आउँदा दिनमा अपनाउन सकिने उपाय तथा रणनीतिहरूको बारेमा केन्द्रित थियो । करीब हप्तैपिच्छे वा १५/१५ दिनमा विषयगत विनिहरू प्रत्येक विद्यालयमा पुग्ने, यसरी नै छलफलमा जुट्ने र प्राप्त भएका टिपोट अन्य विद्यालयमा जाँदा बाँड्ने गर्दा रहेछन् । उनीहरूले मूलतः एउटा पथप्रदर्शकको भूमिका निर्वाह गर्ने गरेको पाइयो । हाम्रो देशमा पनि यस्तो तरीका अपनाउन सक्ने हो भने शिक्षकलाई आइपरेका समस्या हराएर जाने, सजग र सरल भएर शिक्षक साथीहरूले शिक्षण गर्न मद्दत मिल्ने थियो कि ?

तालीममा सिकेका कुराहरू कक्षाकोठामा प्रयोगमा ल्याउँदा आएका सकारात्मक परिवर्तनले अझ् बढी उत्साह थप्दै जाँदोरहेछ । भविष्यमा यस कार्यलाई अरू सुदृढ र निरन्तरता दिने सार्वजनिक प्रतिबद्धता जाहेर गर्दछु ।

(गण्डकी आवासीय उमावि, पोखरा)

शिक्षक  मासिक, २०७१ असोज अंकमा प्रकाशित । 


commercial commercial commercial commercial